[Show all top banners]

haal haal pandit

More by haal haal pandit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर…’
[VIEWED 3557 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-25 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बद्री र दुर्गा एउटै बाआमा छोराहरू हुन् । उमेरमा खासै अन्तर छैन । यसकारण उनीहरू एउटै परिवेशमा हुर्के । बाआमा पनि कलाकार नै भएकाले सानैदेखि कला क्षेत्रमा लाग्न प्रशस्त प्रेरणा थियो ।

फरक व्यक्ति भएपछि रुचि पनि फरक भइहाल्छ । उनीहरूको हकमा पनि यो कुरा लागू भयो । दुर्गा सानैदेखि संगीतमै केन्द्रित भए भने बद्री संगीतका साथै नाटकतिर पनि लागे । पछि उनले केही फिल्ममा समेत अभिनय गरे ।

तर दुवैलै मिलेर गीत सिर्जना गर्ने, लेख्ने र गाउने काम छाडेनन् । त्यस कुराले नै उनीहरूलाई बाँधेर राखेको थियो । र अहिलेसम्म पनि बाँधि नै रहेको छ ।

उनीहरूको सम्बन्धमा पैसा वा प्रलोभनले कहिल्यै स्थान पाएन । उनीहरूको चाहना एउटा साधारण जीवन बिताउँदै रचनात्मक तथा सृजनात्मक कार्य गर्ने र आफूलाई प्रस्तुत गर्ने मात्र थियो ।

यसो भन्दैमा उनीहरूबीच सानोतिनो मनमुटाव नभएको अथवा नहुने होइन । तर त्यसलाई ठूलो रूप लिन उनीहरूले दिँदैनन् । दिएनन् । बरु उनीहरूको प्रलोभन भनेकै संगीत र कला हो । यस क्षेत्रबाट समाजको निम्ति केही गर्न सकियोस् वा समाजलाई केही दिन सकियोस् भन्ने मात्र हो ।

दार्जीलिङ र कला-संगीत

एक त उनीहरूको जन्मस्थल, अर्को संगीतको उर्वर भूमि । उनीहरूले दार्जीलिङलाई कलाको ठूलो क्षेत्र नमान्ने कुरै भएन । तर त्यसभन्दा पनि उनीहरू बाल्यअवस्थामै हुँदा त्यहाँ अम्बर गुरुङ, कपिलराज सुब्बा, शरण प्रधान, अरुणा लामा, गोपाल योञ्जन र कर्म योञ्जन जस्ता धेरै दिग्गज कलाकारहरूसँग संगत गर्न पाएका थिए ।

‘दुर्गा बद्री खरेल’ का लागि प्रेरणा दिने शरण रञ्जित (रञ्जित गजमेर र शरण प्रधानको जोडी) तथा कर्म गोपाल (कर्म योजन र गोपाल योजन) जस्ता कलाकारहरूको जोडी थियो।

दार्जीलिङमा उनीहरू हिमालय कला मन्दिरमा जोडिएका थिए । त्यसलाई बद्री र दुर्गा आफ्नो संगीतको दोस्रो घर मान्ने गर्छन् । किनकि त्यहाँ उनीहरूलाई गोपाल योञ्जनले शास्त्रीय संगीत र आफ्नै रचना गरेका गीतहरू सिकाएका थिए ।

त्यसबाहेक यहीँबाट नै उनीहरूले कलाकारहरूको ठूलो जमातसँग घुलमिल हुने अवसर पाएका थिए । त्यहाँ बद्रीले ड्रम बजाउँथे भने दुर्गा गीत गाउँथे । भनौं, प्रस्तुति र सम्बन्ध विस्तारको अवसर उनीहरूले त्यहीँबाट पाए ।

तर गोपाल योञ्जन काठमाडौँ गएपछि उनीहरूलाई गाउने गीतहरूको कमी भयो । एउटा गोठालेको अभाव भयो । त्यसको अभाव पूर्ति गर्न आफूसँग जे छ, उनीहरूले त्यसबाटै सिर्जनाको काम गर्न थाले । आफैंमा खोज्न थाले ।

अनि त गीत लेख्न थाले । टेबल ठटाएर भए पनि धुन निकाल्न थाले । भलै त्यसको केही समयपछि उनीहरूका बुबाले एउटा हार्मोनियम किनिदिए । तर उनीहरू विश्वास गर्छन् कि गीत बाजाबाट होइन, हृदयबाट जन्मिन्छ ।

पहिलो प्रस्तुति र पाएको दिशा

कला मन्दिरबाहेक उनीहरूको संगीत फस्टाएको कलेजमा हो । कलेज जीवनमा उनीहरू स्टेजमा सँगै गाउने गर्थे । अझ उनीहरूसँग गीतकार साथीहरू जोडिएपछि संगीत सिर्जनाको बाढी नै आएको थियो ।

उनीहरूको पहिलो सांगीतिक प्रस्तुति नै कलेजको फ्रेशर्स वेलकम कार्यक्रममा भएको थियो । कलेजपछि उनीहरूले यात्रा रेडियोतर्फ मोडे । त्यसताका रेडियोमा ‘भ्वाइस टेस्ट’ उत्तीर्ण नभएसम्म गायक नमान्ने प्रचलन जो थयो ।

त्यही अनुरूप उनीहरूले कुर्स्याङको अल इन्डिया रेडियोमा अडिसन दिएर ‘भ्वाइस टेस्ट’ उत्तीर्ण गरे । त्यसपछि अल इन्डिया रेडियोमा आधिकारिक रूपमा गीत गाउन थाले ।

यता बद्रीले अल इन्डिया रेडियोबाट हिन्दी र नेपाली दुवै भाषाका नाटकमा अडिसन पास गरी रेडियो नाटकहरूमा पनि काम गर्न थाले । औपचारिक रूपमा उनीहरूको कला यात्रा त्यहाँबाट सुरु भएको मान्न सकिन्छ ।


बद्री खरेल ।
काठमाडौं आगमन

सन् १९७० को दशकको अन्त्यतिर दार्जीलिङमै हुँदा उनीहरूले रामायणको कथामा आधारित सांगीतिक ओपेरा गरेका थिए । जसलाई देखेर रेडियो नेपालका प्रतिनिधि केशव कृष्ण अधिकारी प्रभावित भएका थिए । अधिकारीले नै उनीहरूलाई गीत रेकर्ड गर्ने प्रस्ताव गरे । र, उनीहरूकै घरमा आए ।

अचम्म लाग्दो कुरा, उनीहरूका केही गीतहरू पहिले नै रेडियो नेपालबाट प्रसारण भइसकेका थिए । त्यसले गर्दा काठमाडौँमा गएर उनीहरूले रेडियो अडिसन दिनु परेन ।

त्यस्तै उनीहरूका लागि काठमाडौं आगमनको बाहना पनि त्यही ओपेरा हुन गयो । जुन काठमाडौंमा उनीहरूको पहिलो औपचारिक प्रस्तुति पनि बन्यो । साढे दुई घण्टाको सांगीतिक ओपेरालाई कमल गुरुङले लेखेका थिए ।

काठमाडौंअघि यसलाई दार्जीलिङको लरेटो कलेजमा दुई वर्षसम्म निरन्तर प्रस्तुत गरिएको थियो । पछि कालिम्पोङको सेन्ट फिलिमिना स्कुलका विद्यार्थीहरूसँग कुमुदिनी होम्समा प्रस्तुत गर्दा यसले ठूलो चर्चा पायो ।

काठमाडौंमा ल्याउन पनि त्यहीँकी शिक्षिका ज्योति सिन्हा (स्वरसम्राट नारायण गोपालकी श्रीमती प्रेमलाकी साथी) र बसन्त नामक शिक्षकले सहयोग गरेका थिए ।

यता नेपालमा नारायण गोपालले ओपेराको प्रस्तुतिको जिम्मेवारी लिएका थिए । र, कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । जहाँ नाट्यसम्राट बालकृष्ण सम स्वयं पनि कार्यक्रम हेर्न आएका थिए ।

काठमाडौँ बसाइका क्रममा उनीहरूले ओपेरा मात्र प्रस्तुत गरेनन् । बरु, रेडियोमा गीत गाए, रत्न रेकर्ड्समा गीत रेकर्ड गरे (रत्न रेकर्ड्सले त्यतिबेला रेडियो नेपालको स्टुडियो प्रयोग गर्थ्यो), र राष्ट्रिय सभागृहमा उदित नारायण झा, कुमार बस्नेत, किरण कपाली, दावा ग्याल्मो र डेजी रसाइली जस्ता कलाकारहरूसँग प्रस्तुति दिए ।

अनि दार्जीलिङ फर्किनुअघि नारायण गोपालसँग नारायणघाटसहित तराईका विभिन्न ठाउँहरूमा गएर कार्यक्रमहरू गरे ।

सांगीतिक शैली र रचना

दुर्गा बद्री खरेल जोडी आधुनिक नेपाली गीतका लागि प्रख्यात छन् । तर उनीहरूमा गोपाल योञ्जनको सांगीतिक शैलीको विशेष प्रभाव देख्न सकिन्छ ।

यसको एउटै कारण – गोपाल योञ्जनले नै उनीहरूलाई यस गोरेटोमा डोर्‍याएका थिए । प्रभाव यतिसम्म छ कि, उनीहरूका सुरुका गीतहरू सुनेर धेरैले गोपाल योञ्जनको नयाँ भन्नेसम्म गर्थे ।

सुरुमा उनीहरू आफ्नो गीत आफैं लेख्थे । ‘जवानीका पाइलाहरू’, ‘कल्पनाको महललाई मुटु भित्र साँचिदिन्छु’, ‘दियोझैँ म यहाँ बलिरहेछु’ केही उदाहरण हुन् । पछि जस योञ्जन प्यासीसँग उनीहरूले सहकार्य गर्न थाले ।

जस योञ्जन प्यासी उनै हुन्, जसले ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ लेखेका हुन् । १७ वर्षअघि रेकर्ड गरेको यो गीत यस्तो लोकप्रिय भयो कि, आज पनि पलेँटीको आधिकारिक युट्युब च्यानलमा सबैभन्दा बढी सुनिनेमा दोस्रोमा छ ।

यसलाई समकालीन पुस्ताले मात्रै होइन अहिलेका पुस्ताले पनि उत्तिकै मन पराइरहेका छन् । पलेँटीका आभासले त कार्यक्रममा यो गीतलाई उनीहरूको ‘एन्थम सङ’ भनेर उपमा नै दिए।

उनीहरूलाई लाग्छ, मायाको गीत भएकाले यो गीत यति धेरै चलेको हो ।


https://www.youtube.com/watch?v=JTfR5Q9gq9o&list=RDJTfR5Q9gq9o&start_radio=1

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters