हर्केको अन्तर्वार्ता
हर्के लाई जागिर खान को निम्ती अन्तर्वाता दिनु पर्ने छ, ऊ आफ्नो पालो कुरेर बसेको छ, ऊ भन्दा अगाडिको साथी अन्तर्वाता दिएर निस्केपछि उसले हतार हतार सोध्छ-" के के सोध्यो भित्र?"
उसले भन्यो-"पहिलो राणा प्रधानमन्त्री को हो? भनेको थियो, जँग बहादुर भनिदिएँ, बहुदल कहिले आएको हो भनेको थियो, २०३६ देखि प्रयास गरेको, आउन चाहिँ२०४६ मा आएको, भनिदिएँ, अनि चन्द्रमा मा बस्ती बसाउन सकिन्छ रे हो?भनेको थियो, खोइ सबै त्यसै भन्छन्,साँचो के हो मलाई थाहा छैन भनिदिए,”
हर्के को पालो आइसकेको थियो ऊ भित्र गयो, उसलाई उत्तर हरु कन्ठै थियो,
उसलाई सोधियो-"तपाई को नाम के हो?
हर्के: जँग बहादुर,
फेरि उसलाई सोधियो, “तपाई कहिले जन्मिनु भएको? “
हर्के: “२०३६ देखि प्रयास गरेको, आउन चाहिँ २०४६ मा आएको।“
प्रश्न सोध्ने हरु छक्क पर्दै- "हैन, तपाई पागल हुनुहुन्छ कि क्या हो?
हर्के: “खोइ सबै त्यसै भन्छन्,साँचो के हो मलाई पनि थाहा छैन “
Source: www.sangalo.be