Forward garda garda kahabata mero mailbox ma pugecha. Forwarded but interesting Why don't they try to solve their problems on their own instead of trying to drag them into public court. I would stay away from these cheap DJs.
निर्मल झा को नामबाट आएको पारिवारीक भिडियो हेर्ने मौका मिल्यो ! तर भिडियोसंगै प्रश्न पनि उठ्यो, साच्चै निर्मल झाले नै पठाएको हो त? हो जस्तो लागेन, आफ्नो बिरुद्दमा किन हुन्थ्यो यस्तो !
मलाई त यस्तो लाग्यो, पैसा नपाएको झोंकमा भिडियोग्राफर (?) ले नै झा परिवारको बेइज्जत गर्ने उद्देश्य लिएर उस्कै स्वर जस्तो रेकर्ड गरेर उनकै नाम प्रयोग गरि समाजमा पठाएको देखिन्छ ! झाले पैसा किन दिएन, त्यो उनीहरु बिचमा के सम्झौता भएको थियो,त्यस अनुसारको काम भयो भएन हाम्रो चासो को बिषय भएन, चासोको बिषय भनेको कामको जिम्मा लिएको मान्छेले नितान्त कसैको पारिवारीक मामिलालाई बेइज्जत गर्ने उद्देश्यले बाहिर ल्याउनु हो ! यस बिषयमा सक्कली निर्मल झाले दिने प्रतिक्रिया हेर्न बांकि नै छ, नियम कानुनले के बोल्छ थाहा छैन तर यो सानो नेपाली समाजमा यस्तो देखिन थाल्नु भनेको सामाजिक एकताको सुचक भने पटक्कै होइन ! काम लगाउनेले पनि धेरथोर दिएको भए हुन्थ्यो, काम गर्नेले पनि मेरो काम मानिसहरुको चित्त बुझ्ने स्तरको भईसकेको रहेन रहेछ भनेर सुधार्न तिर लाग्नु पर्ने थियो, यहां त भिडियोमा नक्कली स्वर छ भन्ने प्रष्ट थाहा भएको स्थितीमा भिडियो निर्माता अर्थात् जो संग त्यो भिडियो छ उस्ले कर्तुत गरेको प्रष्ट छ र घाटा उसैलाई छ ! आफ्नो खुट्टामा बन्चरो आफैले हानियो !
हामि यस समाजमा रहनेहरु पनि यो सवालमा सजग हुन पर्ने भयो कि भोलि हाम्रो पनि भिडियोमा यस्तो हाम्रै नक्कली नकारात्मक स्वर सुन्न नपरोस् !
सावधान, आउंदा दिनहरुमा यस्ता सिपालुहरुबाट बचौं र अरुलाई पनि बचाऔं ! पिडित भएर कसैलाई गुहार्न भन्दा अगाडि नै सतर्क होऔं !
यो आफुलाई लागेको कुरा हो, कुनै पक्षलाई तलमाथि पार्ने उद्देश्य होइन !
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.