नेपालको घटनाक्रममा चासो राख्ने विश्वका धेरै संचारमाध्यमहरुले प्रयोग
गर्ने गरेको मसालेदार शिर्ष हो 'नेपालमा राजतन्त्र समाप्त भयो" । नेपालको
दुरावस्थाको प्रमुख भागिदार र निर्देशक नेपालको नजिकको छिमेकी भारत देखिन्छ
। यसको केहि ऐतिहासिक र समसामायिक पृष्टभूमि केलाउन उपयुक्त हुन्छ । यो
विश्लेषणको अभावले नेपालमा भएको आतंकवाद भारत प्रायोजित भएको कुरामा विश्व
अनभिज्ञ छ । यो अशान्तिमय विश्वमा नेपाल एक अत्यन्त शान्त अघिराज्य भएको
थाहा थियो । जो संभवत भारतलाई मन परेको थिएन । विसौ शताब्दिको मध्यतिर
नेपालमा यस्तो कहालीलाग्दो दर्रि्रता थिएन भन्ने सत्यबाट धेरैले आंखा
चिम्लने प्रयत्न गर्न सक्दछन । प्रधानमन्त्री जंगबहादुर राणाले बृटिर्सर्
इन्डीयालाई सिपाही ब्रि्रोह दवाउन मद्धत गर्नु नै नेपाल र भारतका अहिले
शासन गर्नेहरुकोे बीचको वैमनश्यताको शुरुवात मान्न सकिन्छ । नेपालका राणा
प्रधानमन्त्रीहरुले बृटिस इन्डीयालाई सहयोग नगरेको भए संभवत १८५७ मै भारत
जन्मिने थिया । अझ गोरखा फौजको तागत भरतीय स्वतन्त्रता आन्दोलनको निमित्त
अगम्य बाधा सरह थियो । भारतको स्वतन्त्रता लगत्तै १९५०मा नेपालमा राणा
शासनको पनि पतन भयो । तत्कालिन प्रधानमन्त्री मोहन शमसेर राणा सत्ताच्यूत
भएपछि स्वनिर्वासनमा भारत नै गए । नेपालको हालीमुहाली १९५० सम्म
राजतन्त्रलाई थपना राखेर राणाहरुले नै चलाए ।
अहिले नेपालका महत्वपर्ूण्ा व्यक्ति मानिएका कोईरालाहरु भारतीयहरुसंगै का
इतिहासकारहरुको भनाई अनुसार कोईरालाहरुले राणा शासन फाल्नमा भारतले मद्धत
गरेमा नेपाल भारतमा मिलाउने वाचा गरेका थिए । भारत कोईरालहरुको
केटाकेटीपनको त्यो भाकलमा मख्ख पर्यो । बच्चा पनि आङ्खनो फाईदा देखेमा
कसैलाई मद्धत गर्छ । अन्ततः १९५० मा राजा त्रिभुवन राणाहरुब्ााट बच्न भारत
उडे । तीन बर्षा तत्कालिन राजकुमार ज्ञानेन्द्र भने एक्लै नेपालमा छुटेका
थिए । चतुर राणाहरु भ्ाारतको यो खेलबाट अनभिज्ञ थिएनन् । १९५० मै
राजतन्त्रको अन्त्य गर्ने भारतको यो सुनियोजित योजना तीन बर्षो
ज्ञानेन्द्रलाई राजमुकुट पहिर्याएर राणाहरुले तुहाई दिए । राजतन्त्र फालेर
नेपाललाई कमजोर बनाउने अनि हडप्ने भारतीय योजनाको र्सर्ुइको राणाहरुले
पाएका थिए । त्यसैले राणाहरुले नेपाल बचाउन यो बुद्धिमत्तापर्ूण्ा कदम चाले
। यस दृष्टिमा राणाहरु सच्चा राष्ट्रवादी थिए । तिनको पतनले नेपाललाई
भारतमा गाभ्ने कुचेष्टा गर्न भारतलाई हौस्यायो ।
हिन्दूहरुले राजालाई भगवानको अवतार मान्ने हुनाले राजतन्त्र रहुन्जेल नेपाल
भारतमा गाभ्न सकिंदैन थियो । तै पनि भारत चुपलागेर बसेन, नेपाल र
सिक्किमलाई भारतमा विलयको प्रस्ताव राख्यो , तत्कालिन राजा महेन्द्र यो
प्रस्तवबाट रिसाए, तर कोईरालाको प्रतिरुप सिक्किमको प्रधानमन्त्रीले भने यो
कुरा स्वीकार गरेर सिक्किम भारतको हातमा सुम्पिए । तीनै जना कोईराला
भाइहरु भ्ाारतको सुझाव र दवावमा एक एक गरेर नेपालको प्रधानमन्त्री भए ।
सबैले आआङ्खनो शासनकालमा भारतको हितमा सम्झौता गरेका छन, यसले नेपालको
परिस्थितिमा भारतलाई नजिकबाट अध्ययन र हस्तक्षेप गर्ने सजिलो गरायो ।
नेपालको राजतन्त्र भारतको यो चालसंग अनभिज्ञ थिएन । नब्बेको दशकमा राजा
वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोपणा गरे, जसलाई भारत वाहेक विश्वका
एकसय दश मुलुकहरुले वैधानिकता दिए । साउथ ब्लकबाट आईरहेको यो षड्यन्त्रको
दुगन्ध बुद्धिजीविहरुले महशुस गरेका थिए । राजा वीरेन्द्रको लोकप्रियता
भारतको निमित्त प्रतिकुल थियो । भावी राजा दीपेन्द्रको लोकप्रियताले त झन
परिस्थिति निकट भविष्यमा भारतको अनुकुल हुने सम्भावना टरेर गएको थियो ।
भारतका प्रधानमन्त्री राजीव गान्धीले श्रीलंकामा एलटिटिइ पैदा गरेको कुरामा
विश्लेषकहरु विश्वास गर्दछन, त्यसै गरेर उनीहरुले नेपालको मनोवल तोडन
माओवादी ब्रि्रोहको विजारोपण गरे । नेपालमा माओवादीहरुलाई राज्यको
विरुद्धमा लडन भारतले आर्थिक मद्धत गरेको कुरा १९९६ देखी नै धेरै लेखहरुले
तथा नेपालका विपक्षीदलका नेताहरुले उठाउदै आएका हुन । अनि, माओवादीहरुको
प्रमुख माग राजतन्त्रको समाप्ति थियो । माओवादीका नेताहरुको पृष्ठपोषण भारत
सरकारबाट
नेपालका दलहरुको माओवादीहरुसंग छलफलमा भारतीयहरुको उपस्थितिले उनीहरु बिचको
गहन अन्तरसम्वन्ध देखाउछ । ध्यान दिन योग्य कुरा यो पनि छ कि माओवादी
तत्कालिन सरकारको प्रहरी महानिरिक्षकको हत्या सजिलै गर्न सक्छन, तर कुनै
नेताको हत्या प्रयास असफल हुन्छन । माओवादीहरु र नेताहरु वीचमा एक अर्कालाई
नमार्ने संझौता थियो भन्नु संभवत गलत हु
दरवार हत्याकाण्ड पछि नाना थरिका अफवाहहरु फैलाईयो । घटनाको लगत्तै पछि
भारतीय लगानीका संचारमाध्यमहरु सिंहासनको उत्तराधिकारीका विरुद्ध
प्रचारवाजीमा लागे । नेपालमा राजतन्त्र बारेमा अनास्था फैलाउनु कोइराला,
माओवादी र भारतको संयुक्त रणनीति थियो । राजा वीरेन्द्रको लोकप्रियताले यो
हत्याकाण्डको दोष सिंहासनको उत्तराधिकारी माथि थुपार्न सकिएमा राजतन्त्र
उखेल्न सजिलो हुनेछ भन्ने कुरा उनीको बिश्लेषण थियो, यहि भयो । राजपरिवारमा
गद्धी थाम्ने कोहि सदस्य नरहने गरेर सबैलाई मार्ने योजना आंशिक सफल भयो ।
हत्याकाण्डको वेला ज्ञानेन्द्र शहर बाहिर थिए, रात्री भोजमा सरिक हुन दरवार
जादै थिए, जो त्यसबेलासम्म हत्याकाण्ड भै सकेको थियो । नेपालीहरु राजालाई
बाबु सरह माया तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव गराउन,
भन्ने राजाको चाहाना दुइ चोटी चुनावको मिति सार्दा पनि पुरा भएन । संभवत
चुनाव सार्दै हमेशा पदमै बसिरहने यो प्रधानमन्त्रीको राजनीतिक चाल थियो ।
राष्ट्रप्रमुखलेे मुलुक अनिर्ण्र्ााो बन्दि भैरहेको हेरेर बस्न ह
अब राजतन्त्र विदा भएको छ, र्सवसाधारण नेपालीहरु ज्ाो राजाका कट्टर प्रशंसक
थिए उनीहरु आङ्खनो भगवान खोजी रहेका छन । यद्यापी हिन्दूत्व र बुद्धत्वले
हिंसा सिकाउदैन तथापी र्सवसाधारण नेपालीहरु किन सडकमा निक्लेका छैनन् यो
प्रश्न अनुत्तरित छ । के यो हिन्दूत्वको धर्मको परिक्षा हो - के गोर्खालीको
रगतको परीक्षा हो - के नेपालीहरुको परीक्षा हो - नेपालले अहिलेसम्म
माओवादीको भिड देखेको छ, नेपालीको हैन । एकदिन आउनेछ जव गोर्खालीहरु
अमरसिंह थापा, वीर वलभद्र कुंवर, भिमसेन थापा वा अर्को जंगबहादुरको बहादुरी
देखाउन सडकमा आउने छन् । .......के थाहा टुट्दै गरेको नेपाल एकतावद्ध गर्न
पृथ्वी नारायण शाह नै पो अवतरित हुन्छन की -