[Show all top banners]

lamjung
Replies to this thread:

More by lamjung
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेसिन रिडेबल पासपोर्ट
[VIEWED 13402 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको ठेक्का भारतीय कम्पनीलाई
दिने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले गत भदौमा सुरु गरेको टेन्डर
पुसमा रद्द गराएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले
विनाटेन्डर भारतीय कम्पनीलाई ठेक्का दिन थालेकी हुन् ।

मन्त्री कोइरालालाई चार डलरमा एमआरपी बनाइदिने भारतीय राजदूत राकेश सुदले
बताएका थिए । जब कि अरू देशका प्रस्ताब त्योभन्दा सस्ता छन् । मन्त्री सुजाताले अचानक ठेक्का-प्रक्रिया नै रद्द गराएकी मलेसिया, फ्रान्सलगायतका देशहरूले भारतभन्दा सस्तो तीन डलरसम्ममा बनाइदिने प्रस्ताब पेस गरेका थिए । परराष्ट्र मन्त्रालयको तयारीअनुसार भारतको सरकारी कम्पनी सेक्युरिटी
पि्रन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छपाइको जिम्मा दिने तयारी भएको हो ।

http://www.dainikee.com/newsdetail-13853.html


सुजाताले छिमेकी राष्ट्रसँग सद्भाव बढी हुने भएकाले एमआरपी छपाइमा -भारतबाट) सहयोग लिनेबारे कुराकानी भइरहेको बताइन् । भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल भ्रमणमा आएका वेला एमआरपी छपाइको जिम्मा भारतीय कम्पनीले लिने प्रस्ताव गरेको जानकारी पनि उनले गराइन् ।

लेखा समिति सदस्य डा. प्रकाशचन्द्र लोहनी ः
चारवटा कम्पनी अन्तिम छनोटमा परेपछि एउटा कम्पनीलाई ठेक्का दिनुपथ्र्यो, तर ठेक्का-प्रक्रिया नै रद्द भयो, किन ?

परराष्ट्रमन्त्री सुजाता कोइराला ः कति यही कुरा मात्रै ? अर्को कुरा सोध्नूस् ? मैले बुझिसकेँ । -दिक्क मानेर उनी कपाल कनाउन थालिन्)


लोहनी ः तपाईं परराष्ट्रमन्त्री होइन ? संसद्को समितिले सोधेका सबै प्रश्नको जवाफ दिनुपर्छ ।


सुजाता ः मेरा अन्त पनि कार्यक्रम छन्, मलाई हतार छ । छिटो-छिटो कुरा गर्नूस् ।


लोहनी ः तपाइर्ं को हो समितिलाई निर्देशन दिने ? आई एम नट योर सेक्रेटरी, यु क्यान गो ।


सुजाता ः तपाईं किन रिसाउनुहुन्छ । एउटै कुरा कति दोहोर्‍याउने ?


-सभासद्हरु
एकातिर मन्त्री अर्कोतिर, विवाद चर्कियो । सँगै रहेका पत्रकार ऋषि धमलाले
बिस्तारै-बिस्तारै भन्दै सम्झाएपछि सुजाता अलिक मत्थर भइन् । उनले एमआरपी
तयार गर्न प्रयास गरिरहेको बताउँदै समय -२८ चैतभित्र) मै नयाँ पासपोर्ट
नआए राष्ट्रिय संकट निम्तने घोषणा पनि गरिन्. 
)


http://www.nayapatrika.com/newsportal/permalink/11034.html



 
Posted on 02-23-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यस्ता भाङ्ग्रेहरुले देश चलाऊने!!! राम राम राम !!!
 
Posted on 02-23-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनिहरु ले कहीले धमिजा, कहीले लौडा, कहीले चेज एअर को नाममा देश लाई नै टेन्डर
गरीरहेका छन । जाबो पासपोर्ट को ठेक्का त कही पनि होएन यिनिहरु लाई । नत्र कसरी गर्ने त देश डुवाउने भ्रस्टचार - सुजाता जस्ता जनताले त्रिरस्क्रि ब्यक्तिहरुले ।
Last edited: 23-Feb-10 10:36 AM

 
Posted on 02-23-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NRN ko id ta dekheyo easko
aba mitrarastra ma passport banauda khai ke swroop ko aune ho.
aba eastai ho bhane ma chai aaru ko nai passport leene b4 gardai chu hai
Last edited: 23-Feb-10 01:54 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters