Let me repeat myself a little to clarify the main thing I am going to say in this post:
(This post is corrected with latest changes and added conclusion at the bottom)
कुरा यसरी सुरु भयो …… कृष्णप्रसाद भट्टर्राईलाई प्रधानमन्त्री पदबाट उछिट्याए जस्तै तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवालाई पनि सत्ताच्यूत गर्राई आफू प्रधान मन्त्री हुने दिवास्वप्न देख्दै सभापति गीरीजा कोईरालाले अविश्वासको प्रस्ताब राखी सत्ताबाट उछिट्याउने दुस्प्रयास गरे र सो को मुकाबला गरी सत्तामा अड्न संसद बिघटन बाहेक अर्को विकल्प नदेखेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले संसद बिघटन ।
त्यसपछि अन्य दल सहित सभापति गिरीजा कोईरालाले देउबालाई सत्ताबाट हटाउन अर्को उपाय सोचे । त्यो थियो सरकार व्दारा आम चुनावकोलागी तोकिएको मिति कार्तिक २७, २०५९ मा कुनै हालतमा पनि चुनाव हुन सक्दैन र चुनाव सार्नु पर्छ भन्ने दवाब । अत्यन्त असहज परीस्थिती र सम्पुर्ण दलको असहयोगको कारण प्रधान पन्त्री देउवाले वाध्यताबस एक बर्षभन्दा बढी समय पछाडि चुनाव गर्ने मिति कीटान गरी राजामा गए । जसको फल स्वरुप , देउवा असक्षम घोषित भै पदच्यूत भए ।
यसरी देउवालाई हटाउने गिरिजा कोईरालको 'ग्रयाण्ड डिजाईन' सफल भयो । स्मरणीय छ यदि राजा बाट चुनाव १ बर्षपछि र्सार्न स्विकृत भएको भए पनि दुइ बटा संसद बस्ने समय ६ महिना भन्दा बढि फरक हुन नहुने संबैधानिक व्यवस्था भएको कुरा को हवाला दिदैं गिरिजा कोईरला र अन्य सत्ता- लोलुप नेताले कुनै न कुनै निहुँ र बहानामा स्वार्थ पुर्ति खातीर आन्दोलन त गर्ने नै थिए ।
रमाईलो कुरा के छ भने देउवा पदच्यूत भएपछी आफ्नो सत्ता प्राप्तिको स्वप्न पूरा हुने बाटो खुलेको ठानी मनमनै खुशी भएका नेताहरुले केही दिनसम्म कुनै बिरोध नजनाई मुक दर्शक भै बसे (के को लोकतन्त्र ? के को प्रजातन्त्र ?) । तर जब राजा बाट लोकेन्दबहादुर चन्दलाई प्रधान मन्त्री घोषणा भयो तब आफ्नो दिवा स्वप्न भंग भएका सबै दलका नेताहरु शाही कदमलाई असंबैधानिक र त्रूटी पुर्ण संज्ञा दिदैं त्रूटी सच्याई संसद पुनर्बहालीको लागि चिच्याउन थाले ।
सम्भबत ! राजा बाट गिरिजा कोईराला वा माधव कुमार नेपाललाई प्रधान मन्त्री घोषित भएको भए उक्त शाही कदम पुर्ण संबैधानिक हुने थियो, माधव कुमार नेपालले अन्तिम अबस्थामा समेत उक्त पदकोलागी दाबेदारी दिई निबेदन हाल्नुले पनि यो कुरा कुरा प्रष्ट गर्छ । अन्तत: आफूहरुले प्रधान मन्त्रीको पद नपाए पछि उक्त शाही कदम असंबैधानिक हुन पुगेको हो भन्दै हाम्रा नेताहरु बहुलाउन थाले ।यो कुरा सबैलाई थाहा नै छ ।
त्यसपछि सत्ता नपाई बहुलाउन लागेका नेताहरुले माओबादीको खुट्टा समात्न पुगे।
.......बास्तबमा यो सबै घटना एक्लो गीरीजाको सत्ताप्रतिको व्यक्तिगत हवसले पैदा भएको थीयो । न देउवा हटाउने षडयन्त्र हुन्थ्यो न त आजको जस्तो बबाल ।यसरि एकजनाको व्यक्तिगत हवसले देशै तहस नहस भयो र हाल आएर त्यहि सत्ता पिपासु सत्तामा पुग्ने करिब करिब निश्चित पनि । अझै पनि हामि यस्ता नेताबाट देश बन्ला भन्ने आश गर्छौ भने त्यो हाम्रो पनि मुर्खता नै हो ।
यसरि अन्तत् सत्ताकोलागि आफ्ना ४०-५० बर्षको ईतिहास र पार्टिको सम्पूर्ण निति र बिधान नै परिवर्तन गरेर हाम्रा नेताहरु माओबादलाई नै अगाल्न पुगे । अब संबिधान सभाको माग मात्रै नभई माओबादिको सैन्य राष्ट्रिय सेनामा गाभ्ने कुरा समेत कांग्रेस र मालेको मुखबाट बोलाउन सफल भएको छ माओबादि।
महत्वपूर्ण कुरा अब आँउदै छ । देसमा स्थाई शान्ती आँउछ भने कुनै पनि नेपालिले यसलाई स्विकार्नुमा कुनै संकोच लिनु नपर्ला । तर यौटा महत्व पुर्ण कुरा के छ भने जब देस पूर्ण रुपमा माओबादिको रोडम्याप अनुशार अघि बढदैछ भने अब हामिलाई कांग्रेस, माले र आफ्ना कुनै निति र अडान नभएका अन्य भरौटे दलको के आवश्यक्ता पर्र्यो ? । यिनले पनि केबल माओबादीकै निति अनूशरण गर्छन र यिनका आफ्नो कुनै पनि निति, नियम वा अडान छैन भने या त यि नितिहिन दलहरु माओबादीमा बिलय हुनु पर्र्यो या त आफ्ना कुनै निति र अडान नभएका यि पार्टिहरु खारेज हुनु पर्छ । माओबादीको प्रत्यक Command सात पार्टिलाई आदेश भएको कुरा कसैमा छिपेको छैन र हालैको आन्दोलन पनि सात पार्टिको हैन माओबादीको कारण सफल भएको कुरा यौटा Open Secret नै हो । त्यसैले अब त सात पार्टि माओबादीमा बिलय हुनै पर्छ । यौटै निति भएको ८ ओटा पार्टि कुनै पनि देशलाई आवश्यक हुदैन । या त उनीहरुको छुट्टै निति छ भने खालि सत्तामा जान मात्रै यो सबै नौटंकि गरेको कुरा सात पार्टिले बताउनु पर्र्यो त्यसपछि ति सात पार्टि माओबादीमा बिलय गर्नु कुनै जरुरि हुदैंन जनताले ति पा्टिलाई आफै नाष गरिदिनेछन ।
नेपालि जनता