[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 381977 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी गीत त सर्है दामि छ । यो खब्रे गुरुजी त आफ्नै गाउका परेछन । अब नाइट बसमा यात्राा गर्दा हुटेलमा मलाई स्टाफ सँग भात खान बस्नदिनु है । बसको स्टाफसङ बसेर खादा मिठो खाना पाईन्छ नि, होइन त गुरुजी ।
 
Posted on 03-22-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु है ख्याब्रे भनि कन स्वागत् गर्ने सप्पै हेरु लाइ धन्ने बाद् छ है....
लु त एउटा गीत एउटी सानी बुइनी ले कन्याम चिया बगान तिर गाउदा हुँदी सुनेको है:


गङटा ले जुत्ता मोजा
भ्यागुता ले चस्मा,
गड्यौला ले दुर्बिन् हेर्यो
आमृकन् को देस्मा!!
 
Posted on 03-22-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपू तपाईँलाई नमस्ते गर्न त भसक्कै बिर्हेछु, गरेँ है अहिले । बसाँ स्टाफसँग चिनाजानी हुनु भन्या त त्यो मुजा परेका घाँटीवाला बाउन्सरहरुसँग दोस्ती हुनुजस्तै त हो। ज्या अरे नि हुन्छ त्यसपछि । बसाँ पिंध अडाउने ठाम छैन भनेनि, बसेको मान्छेलाई "स्टूल" मा बसाएर तपाईँलाई झ्यालको सीट मिलाउँछन । अनि मुंङ्गलिङ्गमा पर्दा पछाडिको कोठामा भात हसुर्न नि पाइन्छ। गुरुजी ब्यागपाइपर खाने कि श्री तान्ने आज भनेर बोतल का बोतल लाइन लगाइदिन्छन हो गाँठे । मलाई नि केटाकेटी छँदा त्यसतै देखेर डराइभर हुन खुब रहर थियो.... हरे अभागि कर्म, अहिले कहाँ आएर फँसियो
 
Posted on 03-22-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssss!!!! चौतारीमा त सप्पै ग्यादर रैछन्त हौ । मो हिजो बाङ्गो चौतारीमा एन्ट्री मारेर सुतेको कि, आजो आएर हेर्दा त सेन्टिफ्लाट खायो नि हौ । पुन्ट्स सुड्डाले त हर्रामि दे छन्त हौ । गाम्दै नाच्तै कुकुर भन्दै कोता गोयो त्यो ?

लु सपैलाइ तारेमाम । उता देशाँ मुन्छे बहुला'को देखेर दिमाsssssख तातिरा'छ । खै बरफ छ? बरफ छ? खुवा बरफ? बरफ खाएर दिमाख ठण्डा गर्न परो है ।
 
Posted on 03-22-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हौ टिरे, किन बेपत्ता मा आगो सल्काउदा छौ? मस्टर्नि नानि मु लाइ मुन् पर्छ कि! म अलि ह्यान्सम् गुरु जि परें क्या! अन्त, भात् को हुटेल् मा हामि इस्टाफ् लाइ त कुख्रो को इस्पेसल् हुन्छ नि, हौ तेसैले मोटो घाटो देखिन्छ नि हो! के को सिस्नु पानि खानु नि मस्टर्नि को हात् को? कस्ति राम्री छिन्! सोभाव् पनि उत्तिक्कै असल् रान्!
अन्त नि हौ डल्लि रेशम्, अर्को चोटि घर् जाँदा खबर्दार् गुरुजि को बस् कुन् हो भनेर सोधेर मात्र टिकस् काट्नु ल! सङै जाउला अनि खाना खाने बेला मा इस्टाफ् को खाना ख्वाउला नि ल?
 
Posted on 03-22-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् वाह् वाह् गज्जब् छ कबिता।

रामे, चित्त ठिक भो? सम्झाइ सम्झाइ जिस्काको के, नरिसाम् है। :D

ए ख्याब्रे हाम्री मिस दिदिलाई त्यसो नभन है अहिले भिनाजुले दिनु होला दनक। :P

तितौरीले यामेको ग्राफमा जित्ने भयो ल।
 
Posted on 03-22-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम् चन्द्रे र अरु लाइ जुवाप् पछि दिन्छु नि ल! ऐले लाइ हतार् छ कि, अन्त पो त! ऐले लाइ गुएं ल!
 
Posted on 03-22-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुलाउन देउ चने, बहुलाउँदै गर्छन् देश चलदै गरछ । हिजो हामी छँदा हामी बाहुलाएकाथियौं, आज हामी छैनौं तैपनि बहुलाएकै छन् । भिराट तल हेर्दा कहाली लाग्थो पहिला पहिला, आजकल त समाचार पत्रहरुका साइट खोल्न कहाली लाग्न थालिसको । अब क्या अर्ने, कतापट्टि धारे हात लगाउने हो त्यहि नै बुझ्नसकिन । यो राजनिती भन्ने पोलिटिक्स सार्‍है बेमज्जाको हुँदोरैच भन्ने थाहापाइसकेपछि त बातै भएन नि ।
 
Posted on 03-22-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो खब्रे ले के खोज्या हो कुन्नी ?
धेरै दिन भयो हात चिलाइ रा' थ्यो आज काम आउँला जस्तो छ! x-(
 
Posted on 03-22-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हौ खोब्स सुड्डा? एन्ट्री दिने बित्तिकै मिसलाइ लाइन मार्दिने ? मिसको लौरो त तगडा पो छ हौ फिरि । गोदाइ भेट्लास नि । होटेलवाल्निलाइ जस्तै नजिस्काउ हौ, सोमलै फिरि तिरिमिरिझ्याँइ पार्देलान नि ।

रामे ठीक भन्यौ - आजकल त समाचार पत्रहरुका साइट खोल्न कहाली लाग्न थालिसको ।

के अर्नु त नि, ज्यान यता आफु उता, न हेरि चित्त बुझाउन सक्नु, न नहेरि चित्त बुझाउन सक्नु । हन मलाइ मात्रै यस्तो भ'को कि गाम्लेहरुलाइ नि भ'को ? साँच्चि भनेको म त बिमार पर्नै पो आँटे । केहि गरे नि मन शान्त छैन हौ ।
 
Posted on 03-22-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए खाब्रे !! पुराइदिम्ला नि काभ्रे ।
जे पायो बोल्छ बा आम्न नपाम्दै ।

मेरी बुइनीलै टिरे भन्छस ?:) चौतारीगाम बाट हटाएदिम?? ( नरिसाम है --- 'त ' भन्यो भनेर मलाइ त्यस्तो( माथी जो हउरले लेख्नुभओ ) तरिकाले बोल्न आम्दैन के)

युद्ध पर्यो भने नि मेरो भाइहरुको अगाडि टिक्न सकिएला त??

हरिशिव! के सुन्न पर्यो फेरी गुरूजी भए राम्रो सअ गाडि चलाम । फेरि कृष्णभिर मा बस पल्टेला

अब त चौतारी टुप्पो मै लेख्न पर्ला अस्तो लागिसक्यो......

'राम्रो तरिकाले हासठट्टागरुम .
नत्र चौतारीलै हेर्दै नहेरुम '
 
Posted on 03-22-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त ब्रो र मैले अल्गरामा भेटने प्लान त बनाको थो कि अस्तिनै चित्तेका भेट्दा -- चित्ते के त --- चितरन्जन हौ -- बङ्गे -- अनि म झरेँ हो पेदोङ्गबाट अनि सन्तेब्रो नी आयो कि गोरुबथानबाट --- अन्त १०-१५ किलोमिटर लागेसी कालेबुङा तेइ डम्बर चोकाँ ह्याप्स दिइयो फ्रेश् बाइट्समा --दामी लागो हो खाना --भोकले कि आन्द्रा झुत्ती खेल्दै थ्यो --

तो दिन तीन बजे तिर काकरभित्ता आएर कन्काई समातेर छिरेको की खाल्डोमा -- खाल्डो हौ काठमाडौं -- खाल्डाँ छिरेसी त ब्रो एका तिर भास्सियो हो म अर्को तिर -- बिजोग पो भो त पैला त -- पछी सन्तेले कि एउटी समी भन्नेलाई --- आम्म्म्मामामा डर पनि लाग्छ कि फेरी सन्तेले कुरा खोलो भनेर हुक्स देला भनेर ---

सन्ते ब्रो यता चौतारीमा इन्ट्री मारेर भयङ्कर खोक्दो र छ हो -- पोलको पैरो जान्छ के एक् दिन् अन्त चाल पाउँछ --
 
Posted on 03-22-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ४८लाई कतैबाट मेटाउने बन्दोबस्त गर्नुपरो । एकफेर पित्त जस्तो चित्त मादक पदार्थको संगत आँ लागेर के दुख्याथियो, बसिनसक्नु भो गाँठे । सान्नानी, चित्त ठिक भएर भोलि बन्डेज खोल्न जाने हो डाउडरकाँ, सब तहमा लागिसको । :पी
 
Posted on 03-22-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची ज्यू, मैले ल्याएको खानाले पुगेन भने म कपी पेस्ट गरेर अर्को नि बनाएर ल्याइदिम् कि? :P

ग्वाँचे, ल मैले हुलाकबाट पठाएँ खाना, भोलितिर आइपुग्छ होला। :)

ए ख्याब्रे, आउने बित्तिकै मास्टर्नी दिदीलाइ त्यसो नभन है, भिनाजु र भान्जीहरूले तिम्रो तालुमा आलु फलाइदेलान् नि, अनि म नि छु त्यतिले पुगेन भने।
 
Posted on 03-22-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम । ख्याब्रे गुरु को स्वागत गर्न पछि परेछु । स्वागत है, मन्तयक ला?

राम्चन्द्रे भाग्यमानी रैछ, २० रु मा छाता पाए छ ।

आफ्नो त कर्मै उस्तो, जहिले कृक्रेट को वर्ल्ड कप भए नि कृक्रेट न हेर्ने देश मा हुन्छु । २००२ को मा हल्ला ल्याण्ड मा फसियो। त्यहाँ का गोरालाई कृक्रेट् भन्ने फट्याङ्ग्रा मात्र थाह् रैछ। कृकेट्नेक्स्ट् थोप्लो कम् मै ज्यान् ले चित्त बुझायो। भएन बा भनेर एक् जना छाता वाल लाई बिन्ति गरेको, हुन्छ त भन्यो तर बजियालाई नै थाहा रैनछ कृक्रेट् भन्ने चरो। कति घन्टा को गेम् हुन्छ भनेर सोधे, मैले नि लाग्छ होला ७-८ घण्टा भनेको त त्यहिं बेहोस्। हुन्न बा, मेरा त ४ ओटि छोरि छन्, पुरुष् देख्यो कि घुम्टो लगाउनु पर्छ, गाह्रो हुन्छ भनेर भने, मुशलमान् मित्र ले। ठुक्क, एक् जना मुर्गा भेटेको नि बिरामी।

अनेक उपाय निकालेर एक जना भारतीय मित्र मार्फत भारतीय को घर मा फाइनल हेर्ने चाँजो मिलाएं । ट्राम चढेर २ युरो खर्चेर गैयो, भैया को घर मा । फेरी थुक्क । सारा इण्डिया नै त्यो घरमा भेला भए रैछ, नेपाली लाई कहाँ ठाम हुने । तीन कोठा बाहिर पनि भीड । पैसा को पैसा नाश, ट्याम को ट्याम । मेरो कथा सधैं यस्तो हुने भो ।

अहिले कुन चाँही धर्मात्माले बेला कुबेला चोर चार गरेर भए नि इन्टर्नेट भन्ने जालोमा राखी दिएको छ र मन लाई सन्तोख भएको छ । हद हुन्छ नि जहिले नि कृक्रेट हेर्न न पाउने? नेपाल मै आनन्द थ्यो, जहिले टी भि खोले नि कृक्रेट ।त्तस्तो पो देश । पैसा न तिरि त हँ पनि भन्दै न बा । हुन्छ नि , मानव मानव को नाता । यहाँ त मानव्-दानव को नाता होइन डाटा मात्र छ ।
 
Posted on 03-22-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्तेब्रोको आन्दै देखी भन्ने बानी त पुरानै पो हो त -- तेई कन्काई बाट खाल्डा आउंदा लाहानमा ह्याप्स दिन रोको बस-- अन्त तिन प्लेट भात डकारो हौ ब्रोले ---हुटेल साहु त सारो इम्प्रेस् भछ की अन्त आर "खाइयो रामरी" भनेर सोधो -- निसान्तब्रोले नी दिइहालो -- "आन्द्रै देखी भरीयो हो"।
 
Posted on 03-22-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हइन हौ राहुलदाइ, छाता त बेलायतिलाई फर्काउनु परिहाल्यो नि पछि, खालि यो ग्यामभरिको सदस्यता हो । याँ हाम्रो गामको माथ्तिर एउटा तातोचरो (Hotbird) भन्ने जिनिस घुम्दो रैच अनि तेल्ले नै फाल्ने रैछ किरिकेट का ग्यामहरु। यहाँ तल राखेको भाँडोमा एउटा कार्ड घुसाएपछि किरिकेट हेर्न पाइने रैच । हो त्यहि कारड किन्या मैले, छाता त के दियोस् र सँधैको लागि । त्यो छातापनि अहिले आफूसँग रेन्चु नभएर जोड्न सक्या छैन । अब भोलि रेन्चु ल्याएर इन्डेन र लंकेहरु लडेको हेर्नुपर्छ ।
 
Posted on 03-22-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलिको लागि म नि लंकाको पंखा - मलाइ रावणका सन्तानहरले खेलेको साह्रो मन पर्छ भन्या, तर यसपालि तिनेरले जित्दैन होला । फाइनलाँ बटुको कल्ले लग्छ त ठुल्दाइ?
 
Posted on 03-22-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाकिस्तान ले जित्छ भनुम भने अर्को वर्ल्ड को कुरा हुन्छ । अष्ट्रेलिया ले जित्ला जस्तो छ, बलियो छ टीम । हाम्रा दुष्ट छिमेकी को पनि टीम राम्रो छ, भोली चाँही जित्ला । तर वटुको नै जितोस् भनेर सराप्न चाँही सराप्दिन ।
अर्को बेलायति को टीम ले जिटे हुन्छ जस्टो पनि लाग्छ । न्युजील्याण्ड को पनि चानस् वानस् छ । वेष्ट इण्डिज को नि घरेलु मैदान हो, जिते आश्चर्य हुने छैन । मेरो अन्दाज चाँही बेलायती टीम ले कुछ गर्छ जस्तो छ ।
 
Posted on 03-22-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो के कलि आयो हं? राम्रो मन्छे लाइ राम्रो भन्न पनि पो नहुने भो त, बाबा ठाकुरे!झन् मास्टर्नि नानि असल् छिन्, राम्री छिन् भन्दा हुँदी त खुशि पो हुनु पर्ने, अझ च्यँठ्ठियेर पो गालि गर्छिन् त! हन गाँठे, चौतारि बटै निकालि दिन्छु पो भन्छिन् त हौ! गांठे, जिरे खोर्सानि पो रैछिन् त! फेरि तेस्मा सन्तानै खनिनु त हुंदैन नि हौ, साला, भिनाजु, सप्पै पो गालि गर्छन् त! हुंदा हुँदा राम् चन्द्रे पनि पो!!उता हुँदी हाम्रो पूर्ब तिर त तेस्तो भनो भने मुइया हेरु त खुशि पो हुन्छन् त!जे होस् गुरिजि को दिल् चिँ हिन्दि फिलिम् को हिरो को जस्तो छ ल!
अन्त हौ चना तर्कारि, के सारो झयाप्स् गरेको हौ? कलेबुङ् तिर गाको हो? टिस्ता माथि को गोलाइ मा चाद्दा छाद्दा खत्तम् हुइन्छ नि हगि?
अनि नि हौ,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters