रामपुरमा नेविसंघका ५ घाइते, चेतन थापा गम्भीर घाईते
भरतपुर, आश्विन १९ - चितवनको रामपुर कृषि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी र वाईसिएलको कुटपिटबाट नेविसंघका ५ कार्यकर्ता घाइते भएका छन ।
सोमबार राति विद्यार्थीहरू छात्राबासमा अध्ययन गरिरहेका बेला राति एक्कासी वाईसिएल र क्रान्तिकारीका विद्यार्थीले ढोका बन्द गरि कुटपिट गरेका हुन् । क्याम्पसका नेविसंघ पुर्व ईकाई अध्यक्ष शुवर्ण शर्माले वाईसिएल र क्रान्तिकारीले क्याम्प्समा श्रंखलाबद्ध रुपमा नेविसंघका विद्यार्थी माथि आक्रमण गरेपनि क्याम्पस प्रशासनले कारबाही नगरी प्रश्रय दिएको आरोप लगाएका छन् । परिक्षाको तयारीमा रहेका विद्यार्थी माथि आक्रमण गरेपनि क्याम्पसमा रहेका सुरक्षााकर्मी तथा गार्ड मुकदर्शक भएर बसेको उनले बताए ।
आफ्ना साथी घाइते भएकाले नेविसंघ रामपुर ईकाईले परिक्षा स्थगित गर्नुपर्ने, दोषीलाई कारबाही गर्ने, सुरक्षा नभएसम्म क्याम्पस बन्द गर्नुपर्ने माग राखेको छ ।
क्याम्पस प्रमुख आइपी ढकालले विद्यार्थीको माग अनुसार क्याम्पसले जाँच स्थगित गर्ने, छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।
क्याम्पसका अध्ययनरत चेतन थापा गम्भीर घाईते भएका छन् । शरिर भरि निल डाम भएका उनको दाया खुट्टा फ्याक्चर भएको छ । अन्य घाइते हुने सन्तोष सन्जेल, प्रमोद पन्त, बेद प्रसाद भट्ट, माधव पंडित रहेका छन् । घाईतेको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
http://www.ekantipur.com/np/2067/6/19/full-news/318788/