[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 186055 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-26-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त नयाँ पो परे केरे मेरो रोल नम्बर चै २१ है त, कलेजमा तेइ रोल नम्बर थ्यो क्यारे हात उठाए है मैले पनि
सानो कान्च को लिस्ट म मेरो नाम त छुटेछ नि, मेरो नाम पनि थपि पाउ न हाजिर कपि म लौ
 
Posted on 03-26-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, कताटि फस भाई हुनु नि। किलासाँ जम्मा एउजाना म मात्तै फस भनेनि लास्ट भनेनि :)

पइला पइला हामि वनमा गोठालो जाँदा ढुकुरलाई ताकेर गुलेली हानेको सम्झना आओ यो सानेओ चाला देखेर। एउडा नाउँ हेरो पइलो अछ्छेर पढेर अर्को पढौँ भनो चिप्लेर अन्तै जाँदो रेछ। कस्तो चटपटे हो साने केइ न केइ अरिरन्छ बाख्राओ पुच्छर खा छौ कि के हो? फेरि नरिसाउ नि यस्तो भनो जिम्मालले भनेर, तिमी त फेरि मुगलान पस्ने घुर्कि लाउँछौ।मुख मात्तै छुच्चो हो मेरो।

चित्रे-

पहिला लम्बर सुन
यो मनकी अप्सरा मायालु
पूर्णिमाकी जुन

 
Posted on 03-26-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यहाँ ता चौतारी बनाम्न पनि भ्याएचन
गाम्ले हुरले गरेचन्
लौ यो सानो कान्छो फुत्त निस्केर चौतारी बनाम्न पुनी भायछ
लौ सबैलाइ नमस्कर् गरम्तनि
त्यो बिर्खेले भुन्या कथा त पहिला कतै पत्रीकामै पढ्या जस्तो लाग्छ साच्चै नै हो त्यो

लौ मैले पनि हाजिर गरे है
मेरो रोल लम्बर ता १ नै हो है १ चोटि मत्र स्कुल मा दोश्रा भए क्यारे
यैले ता आलु मात्रै
लौ मस्टेर्नि नै नदेख्ने पनि आफु पछडि बस्ने होचि रहिचन् मस्टेर्नि ता नदेखिने पनि

लौ लास्ट बात हात उठायेँ है
 
Posted on 03-26-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको छोरा र पानपाते नि आएचन्।

लु पानपाते चिलिम भर बैराग लाओ मुलाई दुई चार सर्को तानुम्।
 
Posted on 03-26-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइ दाई
ओहो माल्दाइ लौ
अब चौतारी मा बसेर चिलिम तान
म चै एसो सिठी फुक्छु क्या २-४ ओटि तरुनी आउँदै छन

खान्न मत लाम्पते सुरती
लाम्कि क्याहो जुगजाने पिरति
 
Posted on 03-26-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है अब पो चौपरि मा रमाइलो होला जस्तो छ। ल गाम्ले हरु झर्नु पर्यो चौपरि मा मास्टर्नि ले आज बाट कखरा पढाउछिन् रे । हाजिर पुनि अर्छिन रे। मेरो रोल नुम्बर जति राखि दिये पुनि हुन्छ जति धेरै त्यति नै राम्रो नि।
 
Posted on 03-26-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घन्टी लाई सक्यो आज मास्टरनी को अत्तो पत्तो छैन बा
के भएछ आज
माल्दाइ यसो भुसा तान्दै थिए बुडा त भुसुक्कै निदाअचन
लौ ये बुढा उठ अब
साँहिलीको भट्टी तिर पनि जान पर्यो
गाम्ले हरु तेता छन् जस्तो छ
आज तल्लाघरे हर्के ले लौ है पान्पाते आज दरमारा खेल्नु पर्छ भन्दै थियो
लौ मत चार जाना को टिम तिर लाग्नु पर्यो
 
Posted on 03-26-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल चिलिम मा ककड राखेर तान्दै छन।

 
Posted on 03-26-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
रमाइलो हुदैरहेछ । अमेजिंगको अमेजिंग आइडिया !!:)

चित्रे भाइ विद्यालयको 'फस बोई' " त नमे पो त (१००मा १०० ल्याएको बिर्स्यो)।

बिर्खे माइला त प्रौढशिक्षा तिर को। भर्खर राम्रो कबिता सम्म लेख्न सक्ने हुनुभाछ ।
ल हेर्नुस त बिर्खेको कबिता ---
"कालोलामो केश माथिगुराँश सजाइदिउला
हास्दा हासिदिउला रुँदा आशु पुछिदिउला ":)



कान्छाको उपद्रो गर्ने बानि अझै छुटेको रहेनछ। मेरो चस्मा ले काम नगरेको होकि के हो ?! पढ्दा पढ्दे मिटिन्छ बाSSS। कक्षामा को आयो को आएन थाह पाउनै नसकिने

प्रिति र डल्ली समान पोको पार्न नभ्याएको हो कि ??

ल पानपाते पुडको भएर मलाइ पो होचि रे । चित्रे भइ हुन सब भन्दा अग्लो
स्कूल को।म भन्दा चित्रे भाइ ३ ईन्च होचो छन्।

के भन्या होला मास्टरनी मात्र?( मास्टरनी होइन मास्टरनी नानी अथवा मास्टरनी दिदी)

नाम कति लामो रहेछ ? नेपाल को छोरा !!! केभन्ने होला अब? छोरा भन्न भएन:) छोटो नाम राख्नुस पहिले ।अनि मात्र नाम ळेखिन्छ नेपालको छोराजी
:)
 
Posted on 03-26-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानपाते फेल बनाइ दिन्छु म :) :)
 
Posted on 03-26-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मिस्स् नमस्ते
ए बा मास्टरनी नानी ले केभन्या हुन त्यसरी
मुलाई फेल बनाइ दिने रे लौ त आपत
लौ कान समाते है नाम मा गल्ती भएकोमा
माफ पाउँ
यस्तो मेहेनत गरी राबेला भोली जाँच छ
नेपाली को हो
बोरु मास्टरनी दिदी (माया गरेर है) बोरु सुटुक्क प्रश्न भन्न मिल्दैन
भोली ता यस् अल सि को जाच छ नि
 
Posted on 03-26-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनि दिदी, लामो नाम् भयो रे?

कस्तो आपतमा पार्नु भयो गाठे हजुरले त मलाइ, अब के भन्नु खै।
पन्डित् बाजेले न्वारनमा येहि नाम् जुराइ देका रे, बा ले भने अनुसार त।
हजुरलाइ छोरा जस्तो लाग्छ भने छोरा नै भने पनि हुन्छ :)
नत्र अर्को नाम् चै हजुर्ले नै जुरै दिनु पर्ला आज् को शुभ साइतमा

:)
 
Posted on 03-26-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भाइ मलाइ त कुनै नाम नै आएन ।नेपाल को छोराकोनाम राखिदेउ त । राम्रो साइत जुरेको छ रे क्या:)

नेपाल को छोराजी चित्रेले दिएको नाम भन्ने है त!


पानपाते भाइ पढ्ने बेला खोपि खेल्न ठिकक भो ।अहिले आएर प्रश्न देउ रे ?? हुदैन बाबु तेस्तो कुरो। जति जानेको छ त्यति नै लेख :)
 
Posted on 03-26-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीको अनुरोध अनुसार नेपालको छोराको नाम ‘नेप्चे’ राखिदिएँ लौ। ॐ नमो शिवाय:, भगवान् विष्णु मंगलम्, मंगलाय तनोहरी……..

स्कूलमा पढ्दाको यौटा कविता याद आयो:

नेपाल नेपाल शिरभरी
मुटु भरी माया
जता जान्छु म नेपाली
उतै देशको छायाँ

बादलको माथि माथि
डाँडा माथि घर
वीर जाति नेपालीलाई
कहाँ कसको डर

आकाश छुने हिमाल पुग्छु
सुन फल्ने फाँट
आजै नेपाल स्वर्ग बन्छ
गरौं सबले आँट।।।


वास्तविकता पनि यस्तै भएको भए कति राम्रो हुन्थ्यो होला है?
 
Posted on 03-26-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ गाह्रो उहि बजिया सारो
भन्या जस्तो यसो उपाए हुन्छ कि भन्या मास्टरनी दिदी ले पनि लोप्पा खुवाउनु भयो गाठें
लौ मेरो त भोली जाँच छ
पढ्न गए है
फेरी नाम बिगारेर मास्टरनी दिदी को तारो भाछु
कापी खोजी खोजी फेल गर्ने पो हुन्की ऐले त डर लाग्नो पो थाल्यो गाठें
 
Posted on 03-26-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow nice name "Nepche"
thankyou world _map ji :)
 
Posted on 03-26-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ है मेरो मास्टरनि दिदी अनि चित्रे लाइ नया नाम जुराइ देकोमा।
नेप्चे रे, हाजिर कपिमा नाम चढाइ दिनु होला है मास्टरनि दिदी।
:)
 
Posted on 03-26-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why do all the old guys go and write in nepali in this thread ke??? that's not fair, i can't read nepali! :( uffffffff!!!! damn all of you! :P just kidding! :D
It's seems to me like they have their own little secret thing going in here ke! :S :S :S
aaaaaaaaaaahhhhhhhhhhhhhhhhhhhhh! :P
 
Posted on 03-26-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो अब नेपाल को छोरो हैन नेपाल को चेलो भन्न पर्‍यो
नेपाल को चेलो को छोटकारी मा नेप्चे हुन्छ क्या हैन
 
Posted on 03-26-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ajja pahilo patak padna aaudai chi. masterni didi le ba aama lai chori lai ni padhanu parcha bhanere akha kholdinu bha thiyo.tesai le ba aama le ja ajja dekhi padna bhanere pathaunu bhako. masterni didi ae masterni didi yeso mero naam ni hajir kapi ma tasdinu paryo. lau ma ta kohi ni chindina chi laaj jagyo malai ta k gerne hola. masterni didi ni hunuhunna. :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters