[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 285594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-23-07 8:19 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    उत्तर्, दक्षिण,पूर्व , पश्छिम सबै ध्रुव बाट यस चौतारिमा पाल्ने सबै चौतारिवासिलाइ रातो,हरियो,पहेलो,सेतो जस्तो जस्तो अभिवादन मन पर्छ मैले पनि टक्र्याएँ है।
     
    Posted on 02-23-07 8:20 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते फर्काए है जस्जस्ले गर्या हो उसैलाइ ।
    यस्तै ता होनि ग्वाचे च्याङ्बा, क्या गर्ने? साउले फुर्सदै दिदैन । मु ता साउकै मा हो ।
    आज ता त्यो के जाती विकैण्ड कि के भन्ने पो हो क्या रे । के छ त च्याङ्बा तिम्रो प्लान ?

    ल चित्रे यह छ है
    http://nepalibergen.googlepages.com

    ए ह्यारी के छ खबर ?

    वेदर अपडेट: अझै पनि फुसुफुसु हिउ पर्दै छ बहिर म झ्याल बाट चियाउदै छु ।
     
    Posted on 02-23-07 8:21 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम है , मन्तयका ला ? नयाँ चौतारी बासिलाई स्वागत छ, दिन खोलेर ।
    बाकी सबैलाई नि जदौ, नमस्कार । के हुँदै छ हो , आफु त ढिलो उठियो । गांइगुइं निकै सुनिन्छ ।
     
    Posted on 02-23-07 8:23 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ल ग्वाचे च्याङ्बा ले पोस्ट गरि सकेछ नि गाँठे ।

    त्यो हाम्रो मा यौटाले बनाएको त्यो माथीको लिङ्कमा चाँहि अरु पनि धेरै राखेछ तेस्ले । ल विकण्ड रमाइलो सङ्ग मानम ।
     
    Posted on 02-23-07 8:24 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुलदाइ पनि आइ पुगेछन ।
    तारेमाम ठुलदाइ । के छ हजुरको खबर?
     
    Posted on 02-23-07 8:24 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ हेर के भाको यो गाम मा पुनि मुन्छे को त बर्षा लाउन थालिछ बा । होइन कस्ले भन्यो मुइले जरा मुनि फर्सि को जरा खोज्दै छ भनेर , भएको जरा पनि उखेल्दै छु । बिगार्ने काम पो अर्छु मैले । उपद्रया काम अर्छस भनेर भन्छन केरे गाम का मुन्छे ले पनि । राम्रो अर्छु भन्यो हुदैन के अर्नु त नहुनु भन्दा त बिउरेको पनि जाति नै हुन्छ के रे । अर्दा अर्दै बिउरियो भन्नु त पाइन्छ नि ।

    होइन हो ठुल्कान्छि क्यानाम वोहेर इज सान्कान्छो तुडे भनेको चाहि के पर्यो । आज मेरो घर गुन्द्रुक पकाको छ खान आइज भनेको हो । ठिकै छ तेसो हो भने आज सुउरबार हाफट्याम मै भाएर आउछु के रे । अल्लि मिठो पकार राख है । मु त अल्लि दुब्लो पातलो मुन्छे परे , ज्यान लाउन परेको छ ।
    मलाइ त बिर्खे दाइ ले त सान्कान्छा त्यो सहर तिर त्यो जिम कि जिन भन्ने जिनिस गएर फलाम का भाँडा उचाल्यो भने मोटाउछस रे भनेर भनेका त थिए कहिले सहराँ जान पाको पनि होइन , जाबो फलाम उचाल्न परे किन सहराँ जानु गाम मा नै फरुवा , कोदालो , बन्चरो , उचाल्छु । अनि दह्रो १ भारि घाँस दाउरा बोकेर पारि को खरभिर बाट घर आसि जिउ त लाउला नि । कि कसो त गाम्ले हो ।

    ठुल्कान्छि आज त तिमी छिटो गैछौ स्कुल पनि आज त म एकलै पो भए। होइन यो ग्वाँचे पनि जरामुनि तिर हो कि के हो? कुन वडा तिर डेरा लिएका छौ हो तिमि ले ।
    चित्रे लाइ मुरि मुरि बधाइ छ । कमेडि को लाइ ।
    ल अहिले लाइ यति नै बाकि अर्को भारि लिएर आउदा।

    नमस्ते
     
    Posted on 02-23-07 8:34 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरि जी ले ठ्याक्कै मिलाम्नु भयो!
     
    Posted on 02-23-07 8:42 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्लेहरु ताआआआआआआआआआआआआआ

    नया मान्छेको नाम बेदे हो? स्वागत छ है चौतारीमा। अहिले मास्टर्नी दिदि आएर भर्ना जाँच लिनुहुन्छ, तयारी गर्दै गर्नु है बेदे।
     
    Posted on 02-23-07 8:46 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए सान्नानी ल नमस्ते फर्काए है ।

    कस्तो राम्रो नाम जुराइदिया नि सान्नानी ले - बेदे रे । राम्रो छ । लौ सान्नानी ले नै न्वारन गरे हुन्न ?

    ठुलीको रोग सान्नानी लाइ सरेछ कि क्या हो ? ताआआआआआआआआआआआआआआ
     
    Posted on 02-23-07 8:49 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे धेरै दिन भयो नि भेट् नभाको, कता गायब हो? तिम्रो त्यो लाइन् भाको नक्शा खै ताआआआआआआआआआआ अचेल्?
     
    Posted on 02-23-07 8:49 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आबो यामे च्याङ्बा, क्या हुन्छ हाम्रो काम, आबो ता जाडो पानि काम भायो, ताल बेंसीतिर लियेर गाएको चौरि माथि चौरि गोठतिर फार्काउने बेला हुनालाग्यो। यासपालि त बाटो मै दुइटा चौरि नि मारो, १०-१२ वाटा भेंडा नि हारायो, नाराम्रो दासा राइछा। हाम्रो घार तिरा आउने होइन यासपालि? मैच्याङले खास्साको तोङ्बा बानाएको छ, भेंडाको सुकुटि पानि तिम्रोलागि भानेर बाचाएर राखेकोचा, माइले!
    सान्काँचो च्याङ्बा नि जारा मुनी क्या क्या खोज्दाइ हो क्यारे, काता बास्छ तिमी जारा मुनी गाउँमा, यस्सो बिजुली पात्रा पाठाम, मिल्छ भाने !
     
    Posted on 02-23-07 8:56 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए हे सान्नानि तिमि त्यो लाइन भको नक्सा देख्यो नि कुना तिर गएर लुक्ने । तेहै भएर मैले त्यो बनाउनै छोडिदिएनि ।

    खोइ ग्वाचे च्याङ्बा, आउनुता मुन लाग्या त्यो, यसपाला सबैतिर घुम्नु पर्ला भन्ने सोचेको हो । छिरिङ्को आमाले पनि घुम्नु जाउ कि जाउ भनेको भन्यै छ । यसपाला घुम्ने पिलान बनाउदै छु । अनि समर तिर कतै घुम्न जाने पिलान छ कि फेरि तपाइको? ओ हो त्यो तोङ्बा को के कुरा गार्नुहो गाँठे, मुखै रसिलो भएर आउँछ नि फेरि ।

    आम्मामा भेडाको सुकुटी पनि राहेछ, लु मता जसरी पनि आयो ल यसपाला ।
     
    Posted on 02-23-07 8:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए ग्वाँचे खाली यामेलाई बोलाउने? हामि तोङ्बा नखाए नि अरु मिठो मिठो रोटि, मोमो त खान्छ नि हौउउउउउउउउउउउउउउउउउउउउउउउ।
     
    Posted on 02-23-07 9:01 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लु सान्नानी र सान्कान्छा पनि आएचन, नमस्ते ठोकें है। के छ खबर?

    nvidia को नाम पनि जुरेछ, बेदे रे गज्जप छ। सप्पै साउकाँ होला हैन, काँ बाट भेंडाको सुकुटी र तोङबाको नाम लिन्छन यार, मुखै रसार आउने के। यो वीकेण्डमा जम्ने हो त? गामतिरको कुखुरो पनि जम्मै सकिईहालो, पुरस्कार लिन जाम भने, अब तेई भेंडा र तोङबाले मस्ती गर्नु पर्ला।

    यामेलाई तो भरेङको लागी धन्नेबाद है।
     
    Posted on 02-23-07 9:04 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आपुइ........ क्या भान्छा यो सान्न्नानी, यामेलाइ मात्राइ तोङ्बा खाना बोलाएको हो र, सप्पै गाम्लेहारुलाइ बोलाएको हो नि, तिमी पानी आम्नु है, मो मो अनि रोटी अनि भेडाको सुकुटी खाना!
     
    Posted on 02-23-07 9:04 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुल्दाइलाई तारेमाम भन्नै बिर्सेछ, बुडा रिसार चिलिम नै नदेलान भन्ने पीर के फिरि,
    मन्तयका ला ?

    वेदर अपडेट: राम्रो देखिदै छ बाहिर, म झ्याल बाट चियाउदै छु । अरु के कस्तो छ था' छैन :)
     
    Posted on 02-23-07 9:06 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यु आर वेलकम ह्यारी ।

    विकैण्डमा जम्ने रे ? ल मेरो ता सुरु हुन लाग्यो, साउ भर्खरै निस्केर गयो अब आफ्नै रजाइ हो । चौतारी कुरेर बसेको छु ।

    जम्ने हो त रे? कस्तो कुरा गर्या जम्ने नि ।
     
    Posted on 02-23-07 9:07 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरि, त्यो गोतामे दाइ खोरमा दुइटा पुरुस्कार चम्किराखेको देख्या थे, जित्ने हैन त यसपालिको विकएन्डको लागि?
    यो विकएन्ड्म सारो जम्नु परो भन्ने सोच्दैछु, के छ बिचार?
     
    Posted on 02-23-07 9:07 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ म पनि आए है । सुकुटि खान

     
    Posted on 02-23-07 9:11 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्वाँचेलाइ अब नबोलाइ सुख? ल सबै गाम्ले हो जाम् है ग्वाँचेका केके ख्वाउने हो हेरम् न, नभे नजिकै सान्कान्छा या यामे नि छदै छन् नि, के को पिर हाम्लाई। :D
    ए हरि तिमि सधै शुक्रबार घरमै हुन्छौ त? :O कस्तो मजा हो, हाम्लाई नि तेस्तै काम् खोज्देउ ल। :)
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    NRN card pros and cons?
    TPS To F-1 COS
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    legal Query for married nepali girl now have taken US citizenship
    ए १ पनि पुगेनछ ?
    Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
    A legit Non-Profit organization "United For TPS Nepal "
    Business Ideas in Nepal?
    Leave messages on US congressman's facebook to support TPS
    2020 : Why No Trump !
    Democrat lies revealed
    #MAGA#FAFO is delicious
    TPS Sakiyo Tara Case is in Court.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    Supporting issues on principle instead of blind brainwashed support
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters