[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी तिहार विशेषांक ~~

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 406281 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-07-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 11-12-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darsan garehai gaamle haru taaaaaaaaaaaaaa


 
Posted on 11-12-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली आज किन ढिला नि? भाइटीका लाग्यो कि क्या हो?

 
Posted on 11-12-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबैलाई शुभप्रभात
ठुल्दाइ ठुलि आरामै हुनुहुन्छ?
ठुल्दाइको तिहार त भब्य भएछ, देउसी भइलो पनि रमाइलो भयो होला
अनी ठुलि मेरो 'बेस्ट अब लक' कत्ती को काम लाग्यो अस्ती?


 
Posted on 11-12-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई तिहार सकिएको शुभकामना!

ठुल्दाई, तो माथिको फोटुमा भा' रंगि चंगि फलफुलहरु सबैलाई बाँडम क्यार परसाद, म बुडोलाई चाइँ तो तल छरिएका हरिया हरिया चाइन्जो कागत भ' हुन्छ!


 
Posted on 11-12-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ समस्त गाम्ले हरुलाइ।

राहुल दाइहरुको त दामि भै छ नि त, देउसि कार्यक्रम्।

आफुत आफ्नै घरमा आफै भट्याउने, आफै देउसिरे भन्ने।

अनि अरु हरुको कस्तो भयो त तिहार्। ककस्ले कति कति हार् जित् गरे कुन्नि?

 


 
Posted on 11-12-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी को पनि देउसी हेरेउ क्यार हामीले पनि
आँफै आँफैमा गाएपनी राम्रो थियो
नमस्ते सुन्तले जी र जिम्माल बा



 
Posted on 11-12-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, सुन्तले, बिर्खे बा - तारेमाम्।
जिन्दगीले ४० तिहार देखे तर यो तिहार पहिलो हो जसमा देउसी भैलोमा मनको मैलो धोएं। काठमाडौंको नेवार समाजमा हुर्की बढेकोले होला, द्यौसी भैलो को असली मजा लिन पाएको थिएन। यसपाली अम्रिकामा सही माने मा द्यौसी भैलो देखियो। सम्चार पनि चापेको रैछ।( ठुल्दाई को उपस्थितिले होला)

 
Posted on 11-12-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसी भैलोमा ठुल्दाईको सवारी:

अमेरिका भन्ने मुलुकको फिला-दे-फिया भन्ने शहरमा अस्ति करिब ७० जना नेपाली हरु द्वारा देउसि भैलोको आयोजना गरियो। उक्त देउसि भैलोमा ठुल्दाई भनिने श्री राहुलभाई रायमाझीको उपस्थितीले गर्दा हामि यो समाचार लेख्न बाध्य भएका छौँ। निज ठुल्दाईले घन्काएको मादलको आवाज उत्तरमा नयाँ ओक्रे, दक्षीणमा ह्युस्टनपुर, पश्चिममा साँफ्रेबगर र पूर्वमा आन्ध्रे खोला पारि सम्म सुनिएको थियो। उक्त अवसरमा श्रीमती राहुलभाई रायमाझीको पनि उपस्थिती थियो!

धन्यवाद्!


 
Posted on 11-12-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे र सुन्तले लाई जदौ!

ठुल्दाईलाई तारेमाम् तथा राम राम।

बाँकि सबैलाई पुन: एकपटक नमस्ते!

धन्यवाद्!


 
Posted on 11-12-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा अनी टेउसास भन्ने गाउको देउसी भईलो कस्तो भो त? अनी जुवा तासमा कत्तीको हार जीत भयो त्यो पनि यस्सो सम्चारमा राखौन



 
Posted on 11-12-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा, ठुल्दै र रिठ्ठे लाइ मेरो नि तारेमाम्।

रिठ्ठे, उहिले उहिले खुब् खेलिन्थ्यो, अनि मन् बुझाउन यस्पाला पनि एक्लै भे नि खेलि टोपलेको। धन्यवाद् है, राम्रो भन्देको मा।

 


 
Posted on 11-12-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइपाल् भे छ। यो काटिदिए।

 

Last edited: 12-Nov-07 09:58 AM

 
Posted on 11-12-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेउसास भन्ने गाउँमा जुवामा जितेर लेउसास चढ्ने  बिश्वास गर्दा गर्दा जिम्माल भन्ने बिर्ख बहादुर बोगटीको जिन्दगीको जुवामा च्याँखे थाप्ने चानस समेत छुटेर स्वासमा कठिनाई भएको  समाचार प्राप्त भएको छ। कौडा हानेर तिघ्रा ठटाएर जग्गा जमिन जोड्ने आसमा खल्तिमा खालि कौडा मात्र बाँकि भएको झोकमा कौडा लिएर दौडँदा त्यहि कौडा समेत लुट्नको लागि केहि अपराधिक छौँडाहरु पछि लाएको कुरा पनि खुल्न आएको छ।

धन्यवाद्!


 
Posted on 11-12-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल इन्डिया रेडियोमा हाम्रो रिकुटेको संदेश:

नमस्कार, म रिकुटबहादुर रोका, लान्सनायक, सात राइफल, गोर्खा बटालियन। मेरो घर सुर्जेमुखि गाबिस वडा नम्बर सत्र हो। हामि सबै यहाँ पल्टनमा दुर्गामाताको कृपासे आरामै छौँ। कश्मिर गएर वापस आएको पनि सोलह दिन भयो। वापसिमा थोडा जोरो आएको थियो पर सरहरुको दवाइले सब ठिक गरिदियो। मासु नखाएको पनि पन्ध दिन भयो। आए साल दशैँमा घर आउँछु। यो संदेश जसले सुने पनि, सुर्जेमुखि गाबिस वडा नम्बर सत्रमा खभर करिदिनुहोला। बुबा, आमा, काका, मसुरिथानको मामा, बडा बा हर्कबहादुर, भतिजा गगन, भन्जि चन्द्रमाया, साथिहरु चन्चले, हर्के सबैलाई दर्जा अनुसारको ढोग छ। मेरि श्रिमती फुलकुमारि र छोरा भुन्टेलाई ढेर सारा प्यार। अल इन्डिया रेडियोलाई मुरि मुरि धन्यवाद्। यति भन्दै मेरो संदेश बन्द कर्छु।

रिकुटबहादुर रोका

लान्सनायक, सात राइफल, गोर्खा बटालियन

 


 
Posted on 11-12-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा


 
Posted on 11-12-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिकुटे र टेउसासको देउसी भईलोको समाचार पनि सुनियो, अब भउत भाई भण्डारी र बिर्ख बहादुर बोगटीको देउसीको समाचार पनि छ कि त?


 
Posted on 11-12-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए रिट्ठे कता लागे अरु सपै???

हाउँरो कुम्ले बजिया मुगलान भासियो कि के हो हँ? देखिया छैन त?


 
Posted on 11-12-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् जिम्मालबा।
पहिला पहिला खूब सुनिन्थ्यो, रिकुटे"हरु"को सन्देश अल् इन्डिया रेडियो बाट। जमाना रंग बद्लन्छ भन्थे देबकोटा बाजे।
अहिले लाहुरे गाममा सन्देश रेकर्ड गरेका क्यासेट चक्काहरु हुलाकीको झोला भरि हुन थाले। कुनै दिन त्यो पनि बन्द हुन्छ। गाउं गाउं फाइबर सहितको साइबर हुन धेरै दिन कुर्नु पर्दैन। लाहुरेको सन्देश अब म्युजियम र जिम्मालबा भित्र मात्र सिमीत हुन बेर छैन।

 
Posted on 11-12-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""जमाना रंग बद्लन्छ भन्थे देबकोटा बाजे।"""

प्रस्तुत हरफ, श्री राहुलभाई रायमाझीको चौतारी पोस्ट बाट उध्रित गरिएको हो। यसमा राहुलभाई रायमाझिले महाकवि देवकोटाको भनाईलाई व्याख्या गर्दै जमाना, यो समय एक जनावर हो भनेर प्रमाणित गर्नु भएको छ। प्रस्तुत छ उक्त भनाईको गणितिय प्रमाण-

जमाना= समय ( ध्रुबसत्य कुरा)------------------------१

छेपारो= रंग बदल्ने जनावर (बैज्ञानिक तथ्य)----------------२

जमाना=रंग बदल्छ (ठुल्दाई को देवकोटे थेउरी)

यदि, छेपारो रंग बदल्छ र जमाना रंग बदल्छ भने-

जमाना = छेपारो (बराबरि तथ्य)

त्यसैले,

समय = छेपारो ( १ बाट)

समय = जनावर (२ बाट)

प्रमाणित भयो!

 


 
Posted on 11-12-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा
हन ए जिम्माल बा कता लागे अरु सपै???

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters