[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 153587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-31-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, हाम्रातिर ठीकै छ, पानी परिरहेछ, त्यसैले धान रोप्न अझै व्यस्त छु।

मास्टर्नी दिदी, गद्य लेख्नको लागि,

g + d + / + y = गद्य
p + d + / + y = पद्य

अनि आज ठूल्नानी कता गै? ;) ए ठूल्नानीऽऽऽऽऽ, के छ हालखबर? :)
 
Posted on 08-31-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गद्य पद्य :D जाने नि मैले नि
 
Posted on 08-31-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बोरो

gad/ya = गद्य

pad/ya = पद्य

होला हैन ???
 
Posted on 08-31-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे,
यहाँको 'Roman to unicode Nepali converter' प्रयोग गर्दा
gadya = गद्य हो।

तर Romanized unicode' कीबोर्डमा टाईप गर्दा चैं
gd/y = गद्य हो।
 
Posted on 08-31-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ चित्रे म यताइ छु । यो तपाईं के के गद्य पद्य को कुरा गर्दै हुनुहुन्छ । तेस्क बारेमा मलाई केही ज्ञान छैन तेसै ले चुप चाप लागेर बसेको छु ।
 
Posted on 08-31-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिजेका परेलीहरु - झरेका आँसुहरु
मनका आज सहयात्रीहरु।

मुर्झाएका आशाहरु - चर्किएका भरोसाहरु
यिनै छन अब सहाराहरु।

निभेका बत्तीहरु - उठेका बस्तीहरु
धेरै भए साथिहरु।

घायल भावनाहरु – कायल बाचाहरु
यस्तै भेटेँ आसिर्बादहरु।
.
.
.
भैगो अरु नदे जिन्दगी!
प्रसस्तै भए उपहारहरु।
 
Posted on 08-31-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइया!!!!!!!!!!!!!! दीप जी!
 
Posted on 08-31-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी,
सन्चै छ तिमीलाई? ल यो कविता तिम्रो लागि लेखेको भर्खर, भोलि त शुक्रवार हो, के छ वीकेन्डको प्लान? ;)

महासागर झैं तिम्रा आँखा मुस्काइरहेछन् हरपल
सुन्दरताको प्रतीक भई चम्किरहेछन् झलमल
म हेरिरहन्छु तिम्रो बाटो कुर्दै तिम्रो आगमन
तिम्रो आकृति देख्नको लागि उत्सुक छ मेरो मन। ;)
 
Posted on 08-31-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई सञ्चै छ । तपाईं लाई नि? मेरो काम ४ बजे सकिन्च नै फेरी ४:३० देखि १०:३० सम्म स्कुल छ । मलाई त अहिलेनी अल्छि लागि सक्यो।
हुम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म् वीक् एन्द् म खै के गर्चु मलाइ नि थाहा चैन।
 
Posted on 08-31-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भरियो यो अन्जुलि
नमागेका श्राप् हरु ले
नदे अब जिन्दगि पुण्य मलाइ,

चढाएर सपना
माग्छु अर्को जन्म म
साचेर राख्दे सबै अर्को जन्मलाइ ।
 
Posted on 08-31-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कस्तो हो ? दिप र तिरु कहिले काहि खुसिको कविता पनि पढ्न पाम न

नभन न त्यति साह्रो
कताकता मुटु दुख्छ
तिम्रो आशु भित्र मेरो
सारा संसार त्यसै डग्छ

दिन खोजेको त पूण्य नै हो
समयले श्राप रोज्यो
भेट्ने खोजे यो जूनी मै
सपनामै सिमित रह्यो
P:P हे हे हे
 
Posted on 08-31-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम सबै मित्रहरुलाई
सबैका कबितहरु साह्रै राम्रा छन तर..........................................
मैले एउटा कुरा बुझिन :O
कबिता मात्र यस्तो हो कि चौतारीका सबै साँच्ची नै वीरक्तिएका हुन । ल साथी हो यसरी वीरक्तीन त भएन नि..........:(
कबिता लेख्न लाई मात्र हो भने त ठिकै छ ।
:डि
 
Posted on 08-31-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
फुलौरेको कुरा!!!

राम्रा राम्रा कविताहरु आइरहेकाछन्।

जाओस जाओस!!

आजकाल त मेरो यो कविता फुर्ने दिमाग पनि बन्द भए जस्तो भा'छ, एउटा फुर्ने होइन!
 
Posted on 08-31-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि विरहको कविता लेख्न त आउँछ, तर अचेल खुशी र उमंगको मात्र लेख्न मन लाग्छ। दीप जी, तितौरी र मास्टर्नी दिदीको चैं खाली विछोड र विरहको कविता मात्र आइरा'छ त। ;)

ल, मेरो फेरी फुर्यो केही लाईन। यो नि ठूल्नानीको लागि। ;)

बिहानीको घाम जस्तै
मेरो मुटु हाँसिरह्यो
तिम्रो सुन्दर नाम जस्तै
मित्रता गाँसिरह्यो

संसार भयो रंगीचंगी
मन मेरो उडिरह्यो
मेरा उत्सुक नयनले
तिमीलाई नै हेरिह्यो। :D
 
Posted on 08-31-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
जति कस्सम् खाए पनि
जति माया लाए पनि
ठुऽलीले कुरो नबुझे पछि
मनमा पिर त पर्ने नै भयोऽऽ
यो मन तेसै मर्ने नै भयो
हाहाऽऽऽ दु:ख तिम्रा सबै लिई
सुख दिन्छु भनेकै थिएँ ...


चौपारी महोत्सव आयोजक समिति, अब सेल रोटी मात्रै खाइर बस्ने हैन नि.
लास्टाँ पुरुस्कारको पनि व्यवस्था छ. ठुल्नानीले जित्यो भुने चुइगम, कुम्लेले जित्यो भुने ?ट्टु, भ-ट-टले जित्यो भुने बुढी औँलामा दुलो परेको मोजा आदि आदि.

विज्ञापन:
चित्रे: ओम्, राम राम सिरिराम राम! हैन, कता हो ठुली!
ठुली: चौपारी महोत्सवको लागि सामान किन्न हिड्या के, बिर्सेऊ?
चि्त्रे: ए मैले त मर्लक्कै बिर्सेको. कहिले रे ठूली भन भन्!
ठूली: यही सितेम्बर महिनाको ७ तारिक त हो नि.
चित्रे: भनेसी अउँरेजी तारिक कहिले परो?
ठूली: अब जापुनतिर ७ तारिक अम्रिकातिर साढे ७ तारिक.
चित्रे: ए बल्ल बुझैँ. राम राम श्री राम राम! कता हो ठुली?
 
Posted on 08-31-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो जससँग सम्बन्धित छ

बिषय : चौतारी महोत्सवमा अनुपस्थित हुने बारे।

महोदय,

उपरोक्त सम्बन्धमा मेरो आन्तरिक कारणले गर्दा चौतारी महोत्सवमा सम्मिलित हुन नसक्ने ब्यहोरा अबगत गराउन चाहन्छु।

महोत्सवको सफलताको कामना गर्दै,

प्रार्थी
ग)ळव (सही)
गालउ, रोल लम्मर २
 
Posted on 08-31-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गाले मोरो कता मर्ने बिचार छ हं ? अब महोत्शपको दिना पनि भाग्ने कुरो गर्च , दिमाग खराब गर्च, मैले अइले नि भनिदिएर ल्याको छ हं, भाग्ने काम गर्न पाइदैन भनेर ।
 
Posted on 08-31-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताहरु एक से एक छन् मिस, दिप र तिरुका।

तर माथिनै कसैले भनेजस्तो चौतारीमा वैरागीहरु भेला हुन थाले जस्तो होला भन्ने डर! यस्तै ताल हो भने दिपजी आजभोलिनै खरानी घसेर चिम्टा बजाम्दै "जय शम्भो---" भन्दै हिँड्या सुनिन बेर छैन। मिस र तिरा पनि पढाइ-सढाइ हापेर ध्यान गर्न जंगल पस्नी होला! हैन के कुराले तेस्तो वैराग्य आ'को हो?
 
Posted on 08-31-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मउसबमा नआम्नीलाई पछि आम्दा सय पटक उठबस गराम्नी हो।

चित्रेले नक्शाको क्वीज हाल्छु भनेको छ, स्यान्कान्छाले गीत हाल्छु भन्थ्यो। अरुले के के बिशेष दिने हो तयार पार्नु होला। सबैले जतिसक्दो चाहिने-नचाहिने गफ हानिनेनै छ।

चौतारी महोत्सब दुई दिन गर्ने मेरो कुरो गाम्लेहरुलाई कस्तो लाग्छ?

अनि नमे, चौतारी महोत्सबको टाउकोको पल्याकपुलुक फुटोसंग यो मेरो पुरानो गजल राख्दा कसो होला? चौतारी नेपालप्रेमी धागो भएकोले प्रासंगिक होला भन्ने आशयले प्रस्ताव राखेको मात्रै हो है, राख्नै पर्छ भन्ने छैन।


पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters