[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 153595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-27-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ नमे!
धन्यवाद् नयाँ चौतारीको लागि। यसपाली टाँसेका फोटुहरु र लेखेका भुमिकाहरु मजाको लाओ, मलाई नि नाचुम नाचुम लाओ :)

..आफू त सानै उमेरैमा लाहुर
आहाssss हाss रिति थिति केहि थाहा छैन
चिठिमा फोटो पठाउने नानी लाई
आहाssss हाss यसपाली त नलै भाछैन

मुहारै हेर्दा चन्द्रमालाई हराउने
आहाssss हाss मनको कुरा भन्नै पा छैन
भागेर जाने कि पन्चे बाजा बजाउने
आहाssss हाss ज्यानलाई तिमि नभै भा छैन..

 
Posted on 08-27-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ नमे! धन्यवाद!!
नमेलाई धन्यवाद दिने पालो सबैभन्दा पहिले मेरै पर्दो रहेछ। यसपछिको चौतारी त महोत्सव विशेष चौतारी होला।
त्यसपछि दशैंका कुरा गर्न थाल्नुपर्छ। पोहोर यतिखेरैबाट पिङ खेल्न थालिसकिएको थियो.
 
Posted on 08-27-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालले उछिनेछन् मलाई, हा हा हा!
 
Posted on 08-27-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे गोताएँ अलि अगाडि आइपुगेछु, गित पनि गाउन भ्याईसकेँ :)
 
Posted on 08-27-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you , naya chautaree banaaune namee ji lai :)
 
Posted on 08-27-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु तितौरी पनि यहिँ रहिछिन्।
माम खायौ बा?

को को छ अरु? गफगाफ अरुम न गाँठे!
 
Posted on 08-27-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बूढाको आईतवारको सांझ कत्तिको तुच्च-- तुच्च जाँदैछ नी?
आफू त अड्डामा, अब लन्च हसुर्नी हो!
 
presidentofnepal2035
Posted on 08-27-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जम्मा २९ दशै बाकी छ ।
 
Posted on 08-27-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै साँच्चै बुड्यौलि लाएछ अस्तो छ गोताएँ, तुच्च--- तुच्च मा तेस्तोबिधि मन जाँदैन।

'तुच्च--- तुच्च' भनो कि लाले सम्झन्छु। कता लाएछ आजकल?
सिरे चाइँ नेपाल तिर अन्मरियो कि के हो? एउडा गएर दुइटा भएर आउन।
काका बुडाले चौतारी चिहाउनै छाडे जस्ता छन्।

भउते चाइँ उता सत्यजुगे गाममा कस्को गाला कस्तो, चिमट् चामट पार्ने कुरो अर्दै थो।
 
Posted on 08-27-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्सो गास टिप्न निस्केको, आउदा त चौतारी भरीन लागिसकेच । धन्यबादको लागि धन्यबाद तर खास चौतारी बनाउने त सप्पै जो परे के रे, तेसैले सप्पैलाइ धन्यबाद जो टक्राएकेरे मुइले पनि !
 
Posted on 08-27-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा पूर्बेली गित-

केटा-

धनकुटा हिलेS दिल चित्तै मिले
हे माया जाउँ हिँड पाख्रिबास
मरिजाने चोला जे हुन्छ होला
हे माया तिम्रो नै लाग्छ आस


केटी-

आधा उमेर तिम्रो गै सक्यो कठै
हे बरै अझ गर्छौ के को आस
तमोर खोला त्यो ढुङ्गे बगर
हे बरै लाग्दैन तिम्लाई लाज


केटा-

सुन्ताला जुनार निबुवा भोगटे
हे माया रस आउँछ आउँदैन
घर छोडि आको आफ्मो कोई नभाको
हे माया बास पाउँछ पाउँदैन


केटी-

जुत्तामा लाऊने त्यो कालो पालिस
हे बरै कपालमा लाएछौ
जता देख्यो राम्री तरुनि हजूर
हे बरै उतैतिर धाएछौ


केटा-

रातोमा सिन्दूर त्यो गोलो टिका
हे माया गाजलपो लाउने कोश
माइत घर बसि छोरा पाऊने भैछौ
हे माया नलाऊनु मलाइ दोश


केटी-

अल्लारे दाईको जोस मात्रै ठूलो
हे बरै रइनछ केहि होश
हात्ति पाल्न भन्दा स्वास्नि गाह्रो भन्छन
हे बरै नलाऊनु मलाइ दोश


केटा-

माङमाङ्गे खोला बाढि है आयो
हे माया ढाकेर बगर
एऊटा स्वास्नि पाल्न नसक्ने हैन
हे माया मन्मा सुर्ता नगर

 
Posted on 08-27-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा हाम्रो पालाको गित। :)

आकाशैमा चील उड्यो धरतीमा छायाँ
गाँठो पारि बाँधिराख मेरै चोखो माया
आहै रेशमको रुमालैमा

बैशमा समून्द्रै पनि तरुँ तरुँ लाग्छ
फाँसि लागि झुण्डिएर मरुँ मरुँ लाग्छ
आहै तिम्रो त्यो कपालैमा

दिउँसोभरि वारिपारि साथि संगि छन भेला
बरु मलाई भेट्न आऊ है साँझको बेला
आहै पारीको जङ्गलैमा

माया पिर्ती लाएपछि दुनियाँको के डर
जीवनमा एकपल्ट नफँस्ने को छ
आहै मोहनी जंजालैमा

कमिज पतलुन लगाऊने नक्कले म ठीटा
तर जन्तिहरुसित बाँधि आउँला है फेटा
आहै दौरा र सुरुवालैमा

आहै रेशमको रुमालैमा
आहै तिम्रो त्यो कपालैमा
आहै मोहनी जंजालैमा

 
Posted on 08-27-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गीत जाओस् जाओस्,
थपडी मार्ने हामी छम्।
 
Posted on 08-28-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो गाम्ले हो, आजकलका गीत पनि के हो एस्तो।
पोइला जान पाम रे ।।

भयो त अब।


 
Posted on 08-28-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गालउ!

ल अब यो चाहिँ मेरो अहिलेको जमानाको :)

म त बुढो हैन कान्छि
जुङ्गा आको उमेर चाइँ नखाको
तिमी बुढि भैछौ कान्छि
मुखमा किन रगतै नभाको

तिमी रैछौ खुर्सानिको बोटमा भर्याङ लाउने
बोलाउँदा नि नबोलेर नजिकै नआउने
कहाँ पाइन्छ र कान्छि
ऊमेर खा को जुङ्गा चाइँ नआको

भने जस्तो खोजे जस्तो कहाँ पाइन्छ
खोजे जस्तो पाउन ठुलो तालु चाहिन्छ
कहाँ पाइन्छ र कान्छि
मनको लड्डु खाएछौ अघाउने

म त बुढो हैन कान्छि
जुङ्गा आको उमेर चाइँ नखाको
तिमी बुढि भैछौ कान्छि
मुखमा किन रगतै नभाको

 
Posted on 08-28-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोमलजीको यसपाली बिहा होला अस्तो छ :)
 
Posted on 08-28-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबजना गुप्तवास गएछन्। ल म पनि हिडें।
 
Posted on 08-28-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजीको पनि यसपालि बिहा होला जस्तो छ ;)
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters