भक्तपुर, फागुन २६ - हनुमन्ते खोलाको बहाव फर्काउने र पीडित पक्षबीच बिहीबारदेखि विवाद भएको छ । यो खोला एक महिनाअघि फर्काएका थिए ।
इमाडोल
र टीकाथलीका जग्गाधनीले ललितपुरतर्फो खोला भक्तपुरतिर फर्काएका थिए ।
पीडित पक्षले बिहीबार खोला साविकमा लान खोज्दा दर्ुइ पक्षबीच विवाद भएको
हो ।
खोला फर्काएपछि लोकन्थली बुढाथोकी टोल किनारमा अवस्थित जग्गा
धनीहरू वषर्ात्मा आफ्नो सम्पत्ति बगाउने आशंकाले उनीहरूले खोलालाई साविकमा
पुर्याउन खोज्दा दर्ुइ पक्षबीच विवाद सुरु भएको थियो ।
आफ्नो जग्गा खोलामा हुने भएकाले जग्गाधनीहरूले प्रतिरोपनी १० हजार उठाएर डोजेर लगाएर खोला फर्काएका थिए ।
इमाडोल
र टीकाथलीका जग्गाधनीले लालपर्ुजा देखाएअनुसार ललितपुरको जग्गा
भक्तपुरतर्फो क्षेत्रफल बढेको छ । २०२१ सालमा नापीअनुसारको आफ्नो जग्गा
गुम्ने त्रासले उनीहरूले खोला फर्काएको बताए । ३७ रोपनी
जग्गा खोलाले कटान गरेको उनीहरूले बताए । खोला आफ्नो जग्गातर्फफर्काएको थाहा पाएपछि खत्री टोलका जग्गाधनी परिवार नै आएका थिए ।
लोकन्थली
बुढाथोकी टोलका जग्गाधनीहरूले खोला फर्काउन नपाउ“दै इमाडोलका विमला केसीको
नेतृत्वमा जग्गा धनीहरूबीच ढुंगा हानाहान भएको थियो ।
लोकन्थली
बुढाथोकी टोलका जग्गा र घर मात्र होइन किनारमा रहेको राम मन्दिरसमेत
वषर्ात्को बेला बगाउने अवस्थामा छ । बुढाथोकी टोलकी सावित्री बुढाथोकीले
भनिन्- 'इमाडोल र टीकाथलीवासीले हाम्रो टोललाई
बगाउन खोला फर्काएका हुन् ।'
डोजर
लगाएर खोलाको प्राकृतिक बहाव नै बिगारेर सरकारलाई चुनौती दिएको उनले
बताइन् । उनले भनिन्- 'खोलाले मेरो घर जग्गा बगायो भने के मैले सम्पत्तिको
दाबी गरेर खोला फर्काउन मिल्दैन ।' हनुमन्ते खोलाको
किनारमा भएका घर जग्गा यस वर्षो वषर्ात्मा बगाउने उनले बताइन् ।
मातेश्वर
समाज सुधार समिति इमाडोलका अध्यक्ष मोहन केसीले भने- 'आफूहरूले फर्काएको
खोलालाई लोकन्थली बुढाथोकी टोलका जग्गाधनीले नफर्काएको र भाडाको गुन्डा
लगाएर जग्गा हडप्ने प्रयास गरेको हो ।'
This is loktantra, do whatever u want nobody will stop u.