Surendra Shakya

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 थुनेर मात्र राख्ने? हेप्ने?
Keywords associated with this thread

Nepal politics Nepal lockdown Nepal scandals
[VIEWED 1878 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-20 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ततःलकडाउन फेरि लम्बियो। चर्चामा आए पनि क्रमबद्ध रुपमा खुकुलो बनाएर लाने भन्ने कुरा चर्चा मा नै सिमित रह्यो। यसबाट सरकारमा बस्नेहरुको कुनियत प्रश्ट हुन्छ। बुद्धिमानीको काम गर्ने भए त जनतालाई सहयोग गर्ने काम हुन्थ्यो। जब भित्री मनशाय नै बदनियतपूर्ण छ जनतालाई थुनेर राख्ने बिचार नै त सब भन्दा स्वाभाविक हुन्छ।

नेपालमा कोरोनाले कसैको मृत्यु भएको जानकारी छैन यदापी संक्रमितको संख्या भने बढ्दैछ। नेपालका ७७ जिल्लाहरुलाई खताराको स्तर मापन गरेर हरियो, पँहेलो र रातो क्षेत्रमा छुट्याएर आर्थिक कारबारमा पहल बढाउने काम उचित हुने सुझाव थियो। लकडाउन भन्दा सामाजिक दुरी अपनाउनु उचित हुने र मानिसलाई खुल्ला हावामा जान दिनाले मानिसको स्वास्थ पनि राम्रो हने थियो। यो घर भित्रै कोचिएर बस्नु पर्नाले अनेक मानसिक समस्या बढ्दै गएको संसार भर देखिंदैछ। तर नियत नै खराब भए पछि त यस्तै त हने हो।

नपत्याए काम हेरौं न। पहिले काम त भयो यस्तो संकटको बेला पनि सामान खरिदमा घोटाला। जस्तो सुकै अवस्थामा पनि भ्रष्टाचार भने नछोड्ने कति निच मानसिकताको चरित्र हो? त्यसपछि जरुरि काममा निस्केका जनतालाई प्रहरीद्वारा निर्घात कुटपिट। अत्यावश्यक औषधि लिन गएको महीलालाई दुई जना प्रहरी मिलेर लछारपछार गर्ने कुनै दानवताको प्रदर्शन नभएर के हो?

शुरुमा समाचार आएको थियो हाम्रो राष्ट्रपतिलाई अमेरिकामा भएको नेपालीहरुको चिन्ता भयो रे। निकै उछाल पाएको यो समाचार वास्तबमा असत्य थियो। खास कुरो अमेरिकामा अलपत्र परेको नेपालीहरुको लागी नभै राष्ट्रपतिको आफ्नै छोरी जुवाई बारे थियो। नाममा पो त बामपन्थि हो। बाँकी सबैमा त हामपन्थि नै त हो। कम्निस्टको डंका बजाएर सपना त रातदिन अमेरिकाकै देख्ने त हुन्।

त्यसपछि ठाडो आदेशले बाहिर बसेका नेपालीहरुलाई आफ्नो गाउँघरमा नै फर्कन नदिने हुकुम भयो। भारतमा रजेका नेपालीलाई पनि सिमाना मा नै बस्न बाध्य पारियो। समस्याको सोच समझ पुराएर मानवियताको सानो अंश मात्र भए पनि देखाएर सही सूचना फैलाएर क्रमबद्ध रुपमा नेपालमा नै समावेश गर्ने यस्तो सुनौलो अबसर चुकाउन त नहुने हो नि तर त्यस्तो उदार र उत्तरदायि हुने चरित्र पनि त चाहिन्छ।

कति नाली बेली लाउनु यिनीहरुको दुष्चरित्रको? समय मात्र बर्बाद हुन्छ र नकारात्मकता मात्र बढ्छ। जनताको मनमा त एउटै प्रश्न बारबार घचघचाई रहेको छ। हामीलाई हेप्नि?

For more interesting write-ups, please visit: https://strong-nepal.blogspot.com/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Facts showing how US is worse than Russia
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters