माल महिमा : Repost - Sajha Mobile
SAJHA MOBILE
माल महिमा : Repost
Posts 10 · Viewed 16228 · Likes 6 · Go to Last Post
everestpep
· Snapshot 0
Like · Likedby · 4

लेखनको पहिलो प्रयास, गल्तीहरुमा क्षमा याचना ।

माल महिमा

आलुको त्यत्रो गाथा लेख्ने भैरव अर्यालले मालको महिमा किन लेखेनन् म दङ्ग पर्छु । भैरव अर्याल जीवित हुँदा हुन त म उनलाई अनेक भाँती गरेर भए पनि माल महिमा लेख्न वाध्य पार्थे होला । उनी छैनन्, म आफै कम्मर कसेको छु रहस्यमयी माललाई खोतल्न । धेरै सम्बादहरुमा सुन्नु भएकै होला “ यो त अस्सली माल हो ” भनेर । तपाईंहरुले कहिल्यै सोच्नु भएको छ आखिर माल के हो ? मैले पनि आजसम्म नेपाली शव्दकोष हेरेको छैन माललाई कसरी परिभाषित गरिएको छ भनेर । तर म आफैंले आजसम्म  सुनेको, देखेको र भोगेको आधारमा यहाँ मालको बहुरुप बर्णन गर्ने प्रयास गर्दैछु ।
मैले पहिलो पटक व्यापारीहरुले सामान्यढङ्गले प्रयोग गर्ने मालसामान शब्द प्रयोग गरेको सुनेको हुँ । यस बाहेक मालको विस्तरित रुपहरुमा, शायद म आठ कक्षामा पढ्दै गर्दा होला मेरो एउटा साथीको मुखबाट सुनेको हुनुपर्दछ । उसले एउटा अलि उत्ताउली खालकी केटीलाई देखाउँदै बढो ठुलो कुरा पत्ता लगाए झैं भनेको थियो – त्यो त माल हो नि । मलाइ अझ एकिन छैन उस्को ठेट आशय के हो भनेर तर मैले अनुमान गरें त्यो केटी सजिलै केटा साथीहरु बनाउन सक्छे वा अलि अघि बढेर भन्ने हो भने खेलाउन सक्छे । त्यतिबेला त्यस्ता मालसम्मको पहुँच हाम्रालागि अकल्पनिय थियो त्यसकारण वास्तवमा उ के थिइ मलाई कहिल्यै थाहभएन । तर आजकल मध्यराततिर रत्नपार्क आसपास जानु भयो भने तपाईंले सजिलै व्यवसायिक मालहरु वा माल भेटाई दिने दलाल भेट्नु हुन्छ रे ।
यात्रा गर्दा देख्छु बडेमाका गाडीहरु – माल ढुवानी सेवा भनेर अगाडि, दायाँबायाँ लेखिएका कुदिरहेका । तीनले कहिले भैंसी, कहिले चामल, कहिले चीनी, कहिले छड सिमेन्ट त कहिले तरकारी आदि वोकी रहेका हुन्छन ।  त्यसकारण भैंसी, चामल, तरकारी यी सब माल हुन् र त्यतिबेला मलाई लाग्थ्यो सबै बिकाउ चीजहरु माल हुन । तर त्यसो होइन रहेछ । मेरो एउटा भाई छ जो भेट हुनासाथ आफ्नो हाकिमको गुणगान गाउँदै भन्न थाल्छ – मेरो हाकिम त माल छ अर्थात् उस्को हाकिम असल छ । तलब वृद्घि, विदा स्वीकृति, बढुवा सरुवामा आफ्नो कर्मचारीको ख्याल गर्छ रे । सबभन्दा ठुलो कुरा उ घुस खाँदैन रे अर्थात् उ बिकाउ होइन । यस्तो माल हाकिमको प्रशंशा नगरोस् पनि किन । तर उस्को हाकिम मालपोत कार्यलयका हाकिमलाई भन्ने गरिए झैं मालको हाकिम भने होइन । प्रायः जसो मालका हाकिम त ठ्याक्कै उल्टो पो हुन्छन् त । केहि न कामका कुमाल – गलत आचरण र घुस्याहा प्रबृतिका । अचम्म छ सामान कुमाल पर्यो बिक्री नहुने, मान्छे कुमाल पर्यो भने जतिमा पनि बिक्री भैदिने ।
माल कामुक, असल वा खराव मात्र होइन, यो नशालु पनि हुन्छ । नशाबाजहरु माल बनाउँछन्, माल भर्छन, सक्र्याउँछन, सुँघ्छन् । यहाँ माल जे पनि हुनसक्छ, गाजा, चरेश, अफिम्, स्म्याक् आदि । गतिलो र चोपे माल पाइन्छ भनेर मेरा कयौं साथीहरुले अध्याँरा गल्लीहरुमा, बसपार्क वरिपरिका भट्टीहरुमा गरेको दौडधुप मलाइ हिजै जस्तो लाग्छ । त्यस्तै खसी बोकाको मासुको शौखिनहरुको मन पनि यस्को मालले तानेको निकै देखेको छु । मालको उपस्थिति कहाँ छैन ? एउटा कुन चाहिं नेपाली फिल्ममा गीत नै छ – मेरो माल फर्काइ दे बाबु ज्यान जोगाउनु छ भने । यहाँ माल के थियो मलाई ठ्याक्कै याद भएन तर गीतको आशयले भन्छ माल मृत्युको कारण बन्न सक्छ । म्यारिज नामको तासको खेल खेल्न बस्नुस् त्यहाँ देख्नु  हुनेछ तपाईंले मालको कमाल । तपाईंको दिमागमा माल बाहेक केहि हुदैन । आफुलाई माल परोस् नपरोस् तपाईं सधैं माल काट्न लालयित हुनुहुन्छ । यदि माल हेर्नु भएको छैन भने तास फाल्नु अघि प्रत्येक तास माल नै हो जस्तो लाग्छ र तास फाल्नै सकस । तपाईं जस्तो सुकै महान खेलाडी भए पनि मालले माया गरेन भने तपाईंको खल्ती रित्तिने निश्चित छ ।
आफ्नो अथावा अर्काको घर बनाउने झन्झटमा कहिल्यै पर्नु भएको छ ? त्यहाँ थाहा पाउनु हुन्छ तपाईंले मालको महत्व । तपाईंको घर तासको महल जस्तो हुन सक्छ यदि जोडाईको माल गतिलो भएन भने । डिजाइनमा तोकिए झैं ठ्याक्कै १ः२ः४ अनुपातमा मैले बनाउन लगाएको माल साह्रो भयो भनेर छत ढलान गर्दागर्दै आधा छोडेर रिसले फन्किएर हिडेको ढलान टोली मैले भोगेको छु । तिनलाई फकाएर फिर्ता ल्याएर उनीहरुले भनेझैंको मालले ढलान सक्न मैले कति पापड बेल्न पर्यो त्यो पीडा मलाई नै थाहा छ । आफु इन्जिनियर भनेर के गर्नु ? धन्य ढलान सकिदिए र मेरो जागिर जोगाई दिए । नत्र मेरो कुमाल हाकिमले कुरा बझ्नेवाला थिएन । अझ, त्यो ढलानको माल बनाउनु अघि चाहिने अरु मालहरु (सिमेन्ट, गिटी, वालुवा, छड) जुटाउन कति गाह्रो छ त्यो भोग्नु भएकै होला । ढुवानीकर्ता वा आपुर्तिकर्ताकहाँ जानुस् , बार्गिनिङ्गको ध्येयले उस्को मुखमा एउटै कुरा झुण्डिएको हुन्छ – बजारमा अहिले माल आएको छैन, गिरेको छैन, मालको हाहाकार छ आदि आदि ।
नेपाली भाषामा मात्रा होइन अन्य भाषामा पनि मालको ब्यापक प्रयोग हुन्छ जस्तो लाग्छ मलाई । मेरो अम्रिका बस्ने साथीले भनेको उनीहरु खुब माल जान्छन रे किनमेल गर्न । जर्मनहरु पनि यस्को प्रयोग मज्जाले गर्छन ।   सोझो रुपमा माल भनेको पटक भन्ने जनाउँछ भने निपातको रुपमा पनि उत्तिकै प्रयोग हुन्छ ।
माल अनिवार्य जस्तै छ हाम्रो जीवनमा । माललाई राम्ररी प्रयोग वा मालको दलाली गरेर रातारात मालामाल बन्नेहरु पनि छन् वा मालको फन्दामा परेर गोलमाल हुने पनि छन् । परिणाम् जे भए पनि मालको पछि लागेकै छौं । अब सुटुक्क भन्नुस त मलाई तपाईं कुन मालको खोजीमा हुनुहुन्छ आजकल ?
 

Patan
· Snapshot 24
Like · Liked by · 0
Keep it up!
ThahaChaena
· Snapshot 60
Like · Liked by · 0
अरे वाह सहि माल पढियो ..... Keep it coming EVERESTPEP....


FOB
· Snapshot 157
Like · Liked by · 0
दामी माल रैछ
Aakinchan
· Snapshot 157
Like · Liked by · 0
 good to see it again...
serial
· Snapshot 168
Like · Liked by · 0
क्या माल हाल्यौ तिमीले - पढ्न मज्जा आयो, अरु पनि यस्तै माल हरु लेख्दै जाम - हामी माल पढ्ने हरु त छदैछ नि
Phatte
· Snapshot 211
Like · Liked by · 0
Aaru pani maal thapam ta sathi....
sam123453
· Snapshot 301
Like · Liked by · 0
 
Good one :-)

everestpep
· Snapshot 553
Like · Liked by · 0
हौशला दिनु भएकोमा Patan, thahachaena, fob, aakinchan, serial, phatte, sam123453 सबलाई "माल सलाम"l "लाल सलाम" भन्ने जमाना गयो रे l
Smaran
· Snapshot 768
Like · Liked by · 0
Really enjoyed reading it!! Nice job!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 1
· Posts 1 · Viewed 226
· Posts 1 · Viewed 295
· Posts 1 · Viewed 235
· Posts 1 · Viewed 253
· Posts 1 · Viewed 392
· Posts 1 · Viewed 440
· Posts 1 · Viewed 322
· Posts 1 · Viewed 498
· Posts 1 · Viewed 399



Travel Partners
Travel House Nepal