|
|
| |
|
"प्यारी सपु", प्यारीलाइ काट्यो र सपुलाइ "सपना" मात्र लेख्यो उसले। हुन त यो भन्दा अघि उसले "मेरी माया" बाहेक केहि भन्न चाँहदैंनथ्यो, "सपना"लाइ छोट्याएर "सपु" उसैले बनाएकोथ्यो। सुन्नेहरु डाह गर्थे, अडकल काट्नेहरु अनेक ब्यङ गर्थे। सपना उसको लागी मरुभुमिमा देखिने भ्रमको पानी जस्तो थ्यो। उसले कहिले सपनालाइ पाउने उदेश्यले चाहेको होइन। माया प्राप्तिमा मात्र समाप्त हुँदैन, गहिराइको प्रेमानन्द त गुमाउनुमा हुन्छ भनेर उसले कहिं सुनेकोथ्यो। उ बास्तबमा हार्ने मान्छे होइन तर परिस्थितिको भुंवरीले न सपुलाइ छोड्थ्यो न त उसले पुजेको सामाजिक घेरालाइ। तेसैले उसले सपुलाइ सात जुनीसम्मको लागि कसम खाएन। जिन्दगीभरी नभुल्ने बाचा पनि गरेन। तेस्तो बाचा के गर्नु जसको केहि अर्थ छैन, मनमनमा त डराँउथ्यो पनि। त्यो दिन आउनेछ जब सपु भुल्नै पर्ने बिगत भएर फेरि दुनियाको भिंडमा हराँउछे। आखिर तेही भयो, जुन हुनु नैं थ्यो। उसको बाटामा कुनै अर्को बाटो मिस्सियो। सपुको घुम्ति त पहिले नैं तय भैसकेकोथ्यो। तेसमा गति कति लिने र नलिने भन्ने दुबिधामा थी उ। बाटो छुट्टिएकै हो भन्ने यकिन गर्न गार्हो थिएन। तैपनि घरिघरि उ आफ्नो सेल फोनमा मिस कल कुर्दैथ्यो। झस्किदै सपुको मेल 'इन्बक्स'मा खोज्थ्यो। कुनै पनि कुरा बानी भैसकेपछि परिबर्तन गर्न सुरुसुरुमा अलि अप्ठ्यारो हुन्छ। उसलाइ पनि भयो, सङै रहेको खुशीलाइ पन्छाएर पीडा चाहनु मुर्खता हो। यो जुन मोड छ, यसमा त पहिले नै सबै कुरा प्रस्ट भै सकेको थ्यो। घुम्ति पछिको दोबाटोमा उ आफै अघि बढ्नु पर्छ कुनै सुन्दर फुल टिपेर। हैन भने उसको जिन्दगी रोकिनु हुँदैनथ्यो। जिन्दगी आफैमा प्रस्न र उत्तर भएर आइसकेको छ। तर यो अपरिभासित सम्बन्धलाइ पूर्णबिराम दिनै पर्छ। उसले चिठि फेरि सुरु गर्यो। "सपना, सपना साँचो हुन सक्दैन। तिमी पनि मेरो जिबनमा एकपलको सपना जस्तो भएर आयौ। त्यो अबास्तबिक पल केबल अर्धचेतन मनको तरङहरुको उपज हो। जुन सत्य हुन सक्दैन। म अब तिमी नआउने बाटोमा यसरी सधैँ कुरेर बस्न सक्दिन। म जिन्दगी केबल सपनामा बाँच्न सक्दिन। मलाइ बिपना चाहिन्छ। जबसम्म म तिम्रो प्रेमोत्कर्षको रापबाट भाग्न सक्दिन, मेरो जिबन मेरो झ्याल अगाडीको रुख झैं स्थिर रहनेछ। तिमी मलाइ अबश्य पनि रुख बनेको हेर्न चाहन्नौ। म गति लिन चाहन्छु र पानीको फोका आकाशबाट झरेर भुइँमा फुटेको जस्तो यो क्षणभङुर साथलाइ म यहीँ बिश्राम दिन चाहन्छु। यो मेरो अन्तिम पत्र हो।" उसले अहिले "तिम्रो उहि" भनेर लेख्न सकेन। सुहाँउदो शब्द खोजीरह्यो। तेस्तो शब्द जसले उसलाइ सपुबाट धेरै नजिक बनाँउदैन र टाढा पनि धकेल्दैन। नेपाली शब्दकोशमा त्यस्तो कुनै अर्थ भेटेन जस्ले उसलाइ सपुको मनबाट निकालेर परचक्री बनाओस्। उसले चिट्ठि फेरि पढ्यो। के नमिलेको के नमिलेको जस्तो लाग्यो। शब्द हरु केलाइ रह्यो, भाबहरु बुझ्न खोज्यो। केहि गरि पनि उसले निर्क्योल गर्न सकेन। अन्तिम पत्र भन्ने बाक्यांशलाइ दोहोरायि तेहराइ पढ्यो। अलिकति ढुक्क भयो। अब देखि उसले सपुलाइ चिट्ठि लेख्ने झन्झट हुँदैन। न त फोनमा कुरा गर्नु पर्ने टेन्सन। अब सजिलो भएको छ बाटोहरु। कतै अडिनु पर्ने बाध्यता छैन, न त सपुलाइ भेट्ने असम्भब रहर। चिट्ठिलाइ बन्द खामभित्र राखेर उ हिंड्यो सपुको घरतिर। एउटा उराठ लाग्दो उकालो चढेपछि बल्ल उसले थकाइ मार्यो। एक मनले आफ्नै घर फर्किन मन लाग्यो उसलाइ बेकारमा सपुको अनुहार देखेपछि झन माया मात्र लाग्छ। "आ होस" जे भये पनि कुरा त छिनफान गर्नै पर्यो नि भन्यो उसको मनले। खल्तीबाट चिट्ठि झिक्यो तर अब पढ्न सकेन। खाम गमले बन्द भैसकेको थियो। एकचोटि चिट्ठिलाइ माया गर्यो उसले अनि छातीमा अङालेर राख्यो। केहि बेरपछि यो माया सपुले पनि महसुस गर्छे। जे भये पनि यो अन्तिम माया त हो नि। उसलाइ त्यो चिट्ठि झन् प्यारो लाग्न थाल्यो। सपु भन्दा धेरै प्यारो। एकछिन सुस्ताए पछि किन हो कुनि उ फेरि सपुकै घरको बाटो लाग्यो। अलि नजिक पुगेपछि उसका खुटाहरु अनायासै काम्न थाले। चिट्ठि त जसरी नि दिनै पर्छ। आज त उ मुख फोरेर कुरा गर्नेछ सपुसङ। ढोकाबाट भर्याङमा ठाडै उक्लियो उ। यसरी कहिले पनि आएको थिएन उ। पहिले तलबाटै बोलाँउथ्यो सपुलाइ अनि मात्र माथि चढ्थ्यो। माथि कोठामा कोहि रोइरहेको आवाज सुनेर उ झस्कियो। उसको मनमा रक्तप्रबाह जमेको जस्तै भयो एकछिन। आज पनि उसले भुसुक्कै बिर्स्यो। सपु बितेको १३ दिन भैसकेछ। उसको मुमा अझै रोइरहनु भएको छ। उ रुन सकेन। चिच्याउन पनि सकेन। खुइय लामो स्वास फेरेर आधा भरेङबाटै उ फर्कियो।
[ posted by
whoIam @
08:09 PM ] | Viewed: 2352 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्पनामा मनलाइ सम्झाउन थालेकी छु। मेल लेख्ने क्रममा पनि सुस्तता आउन थालेको छ उसले अस्ति गुनासो गरेको थियो। मैले चाहेर नलेखेकी होइन, तेस्तै पर्यो भनेर जवाफ लेखेकी थें। के अब हाम्रो सम्बन्धमा पूर्णबिराम लागेको हो त? त्यो मेलको उत्तर चाँहि म सङ थिएन। म पनि तेहि सोचिरहेकी छु। के अब सबै सकिएको हो? मैले उसलाइ बिर्सनै पर्ने हो? किन त? कारण केहि छैन। उ मेरो कहिले थिएन, मन त उ सङै थियो मेरो। अहिले पनि छ। भोली म भन्न सक्दिन। जब म उसलाइ भुल्ने प्रयाशमा हुन्छु, उ झन् म सङ नजिकिदै आँउछ, उहि हाँसो, उहि हिस्सि परेको अनुहार। मध्यरातमा उठेर लेखेको चिट्ठिहरु, बेला बेलामा हुने मिठो झगडा अनि तेसपछिको मिलन। यो भौतिक दूरिले त झन नजिकियाएको छ हामीलाइ। 'सङै बस्दैमा मन नजिक हुँदैन' उसको हरेक कुरा चित बुझ्छ मलाइ। 'तेसो भये यो सम्बन्धको औचित्य नै के रह्यो र?' मैले सोधेकि थें। 'अहिले आएर तिमीले मलाइ भुल्ने अधिकार छैन' उसले लेखेकोथ्यो। ' म तिमीलाइ फोन गर्न सक्दिन' मैले पनि उसलाइ प्रस्ट भनेकि थें। त्यसपछिका उसको मेलको प्रतिक्षा त अत्ति गार्हो थ्यो। उ मौन छ, केहि लेख्दैन, न त फोन गर्छ। अब चाँही सकियो यो मायाको समय पनि मैले सोचें। तर मन ब्यग्र हुन थाल्यो। उसलाइ लेख्न मन लागेपनि इगोले रोक्छ। म मात्र के कम? येदि उसले पनि मलाइ माया गर्छ भने एक चोटी लेखेर के नै बिग्रन्थ्यो? म हजारचोटी उसले लेखेको मेलहरु पढ्छु अनि सम्झिन्छु हाम्रो पहिलो भेट। अब कथा हुन्छ सबै कुरा, अनि हिजो हुनेछ अर्को बिगत। फोनमा घरि घरि चेक गर्छु, शायद उ मलाइ कल गर्ने ट्राइ गरिरहेकै होला। नेपालको लाइन पनि त कहिले राम्रो हुन्न। हिजो राति तेस्तै एउटा कल आकोथ्यो। मैले 'हेल्लो' भन्नासाथ उता लाइन काटियो। उसलाइ इमेल लेख्न मन नलागेको होइन तर अब लेखेर के हुन्छ? अत्ति निस्सारबाद हुँदैछु म। जिन्दगीको अगाडी पहाडजस्ता चुनौतीहरु, सामना गर्नै पर्ने बाध्यता। मनको चाहना र जिबनरुपी यात्रा कुन मोडमा गएर रोकिने हो अथवा दौडिदैं बित्ने हो। केहि बुझेकि छैन मैले। उसको स्वरले उस्तै जादु गरिरहेको छ, म उसलाइ कहिले भुल्न सक्दिन। धेरै चोटि कोशिश गरेकी हुँ, तर असफल मात्र। कति कुरोस त अब उसले पनि। समयले त कसैलाइ कुर्दैन। उसले पनि भेट्यो होला कोहि साथी र मेरो सम्झनाहरुलाइ मेट्दै होला मनबाट। केहि कुरा पनि सधैंको लागी हुँदैन, न माया, न साथ न सम्बन्ध। म कोल्टे फेर्दै सोचिरहेकीथें। यो समय मलाइ कमजोर बनाँउदै छ, म बिस्तारी जिबनप्रतिको मोह त्याग्दैछु। 'फ्रस्ट्रेसन' हुन्छ मान्छेलाइ, कहिलेकाहीं त्यो राम्रो पनि हुन्छ उसले भनेको थ्यो। खोइ मलाइ के भाको हो? यो कुहिरो, मुटु छेड्ने चिसो र उराठ ठाँउ अलिकति पनि बाँच्ने प्रेरणा दिदैन। 'मलाइ बिस्वास छ तिमी फेरि आउनेछौ मेरो जिबनमा जब तिम्रो अप्ठ्याराहरु आफै सुल्झिन्छन्' उसको बिस्वासले म पराजित भएकिथें। हरेक शब्द मेरो मनलाइ न्यानो बनाउदैथ्यो। डेट हेर्छु त्यो त धेरै पुरानो मेल हो, कति महिना अघिको। 'डिलिट' गर्न चाहन्छु म सक्दिन, मेल मात्र त हो नि उसको सम्झना अनि त्यो रमाइलो पलहरु। होइन अब म लेख्नेछु 'हाम्रो सम्बन्ध येहिं सम्म थ्यो तिमीलाइ शुभकामना।' कसरी सुरु गर्ने भनेर सोचि रहेकिथें। 'प्रिय' लेख्न मिल्छ र? अक्षर जे भये पनि मनमा त उ नै मेरो प्रिय छ नि। हर पल सताउन थालेको छ उसले मलाइ आजकाल। 'ध्यान' गर्न खोज्छु उ मलाइ माया गरिरहेको हुन्छ। किताब पढ्न खोज्छु, उ जिस्काइरहेको हुन्छ। मेटाउन खोज्छु अतीत मानसपटबाट, उ अडिग भएर हाँसिरहेको हुन्छ। मोबाइल बज्न थाल्छ, यो भ्रम हो म भन्छु। केहि बेरसम्म बजिरहेको भ्रमलाइ उठाँउछु र भन्छु। "हेल्लो"। "किन नसुतेको अहिले सम्म? मेरो याद आयो? मेरो झगडालु ................. " म सुनिरहन्छु उसलाइ, उहि मन्त्रमुग्ध पार्ने आवाज, उहि लय, उहि मिठास। मेरो मनको बादल आफै फाट्दैछ। मन उजेलिदैछ, जीबन अनायास सुन्दर भएको छ।
[ posted by
whoIam @
12:19 PM ] | Viewed: 2134 times
[
Feedback] (2 Comments)
|
|
|
| : |
"Are u happy?"- My fren asks me in the chat suddenly. This makes me puzzled for a while. I don't have answer for her. I do not want to even think about happiness she knows with the occurring changes in my life. I can't coordinate with her question. I tried to continue chat with her but we got stuck somewhere. I stopped and logged out. Even feeling guilty inside. She is my friend, counselor and teacher everything. I can't lie to her about my life. I can't pretend I am happy. I wanted to tell her "No" but I didn't. I just answered "this is a million dollar question to me now." She tells me happiness visits and u have to wait. I have been waiting from past six months. I wanted to tell her that I am high like on the influence of dope or intoxicated. I have high energy to rock the world. Suddenly, I need to calm down and I can't go like this. I have to meditate. But don't know how to ? My mind keep on thinking about life in past, present and unknown future. Is something wrong with my body? I get to know my pressure has risen up all of sudden. This age is not for increasing blood pressure. I have to normalize everything. My pressure, health and life. I wished she had not asked that question. I have slight headache for few days. Not so serious but I am stressed out. I get angry soon these days. There are many reasons for being restless. I don't want to think about life, career and future. People say this is so normal in the beginning phase. I don't know what's normal. I don't like the work I have to do and the way I am losing my interest in life. Life goes on. I know but not in this way. My life six months back was perfect. I have recognition of my work and people know me who I am. I want to follow my passion and go with my heart. I want to quit this crap job and do what I want. Everything comes slow now. Everything gets blocked on its way to me. I wonder if I need to learn to wait in this stage of life. I never waited for anything in life. There was a time when I wished and had all opportunities. I am tired of applying for jobs but not giving up. That's how I survive going through all vacancies and posting my resume with a letter. I don't get any response and hate to follow again. I have love of my life, saving and well-planned future. Still I am not happy with life. I seek for happiness and satisfaction. What else you need being in USA? my cousin writes me mail. I have no answer. What I am looking for my life. I have perfect life yet I am not happy. If I put same question to everybody in sajha, what your answer would be? Are you happy?
[ posted by
whoIam @
11:11 AM ] | Viewed: 1355 times
[
Feedback]
|
|
|
| : |
|