:: Blog Home       :: vivid ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW vivid's BLOGS
:: The Three Witches and a Tomato!
:: मुस्ताङ यात्रा संस्मरण-२
:: मुस्ताङ यात्रा संस्मरण
:: जिन्दगी जस्तै अनिस्चित यात्रा रामेछापको ।
:: A Tribute Paid!
:: Kao Sarn Road
:: Dinner by midnight!
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
The Three Witches and a Tomato! [vivid's blog]
Blog Type:: Blog
Friday, December 11, 2009 | [fix unicode]
 

Once, there were three witches. One was a witch with a tiny frame who descended from the high Himalayas to

acclimatize herself in the low lands, the second fair skinned with a heavily built body was from the land once

ruled by Count Dracula who crossed into the neighboring country Hungary in search of fresh witch craft where

as the third with a robust and slightly chubby frame was a real football fan who came from the land who raised

the controversial king of football, Maradona. These three witches were together in the land that bred the

Red Devils. When their caucus was over, they decided to splurge on a feast before they depart. Thus at 6.00 pm,

they whisked their brooms towards ACapella (?) Restaurant by the canal only to find that their brooms were not

fast enough to get them on time to book a table for three. Dismayed at their own foolishness, with their crinkled

hats hanging by their robes on their backs, they pleaded to a waiter for a table in their surreptitious French.

The waiter not able to refuse their imploring gazes thus replied with a nod that he would try if they come back

half an hour later.

 

With certainty lurking in their minds, they swaggered towards a small park nearby to spend the momentous time

generated by their visit to ACapella. They brewed their magic potion with laughter and delight and their flamboyant

gestures attracted a sequel of glares from the passers by. Yet the pestering glances could not stop them from their

evocative spell.

 

Time waits for none but it passes for all. The witches were no exception. Thus, precisely at 6.30 pm., their brooms

once again geared towards ACapella. This time, they were able to trap their luck in the cauldron. A middle aged

waiter escorted them towards an empty table upstairs which was more like an attic. A single line 'enjoy your evening',

expressed eloquently by the waiter opened up a whole new dimension for the witches as they no longer had to

converse in their meager French.

 

Their magic wand scrolled up and down the menu & WHAM!!!! A huge plate full of fresh greens landed on their

table. Gargling down their choices of drinks, they started fishing for their choices of greens in the plate. WHOOSH!!!!

Something went missing from among the components in the plate. With mouth agape and fingers gripping tightly

around a fork, the Argentine witch started darting her eyes impatiently. A whole tomato was missing from the nest

and was nowhere to be seen. All three pairs of eyes hunted for the tomato but alas! it seemed as if it had hidden

itself under the invisible cloak. The crystal ball was of no use, as it could not help them locate the tomato.

 

The three witches squirmed with fear as they dreaded the tomato would be trampled upon and the clean parquet

floor would be splashed with tiny seeds and bloody pulp. But even after a vigorous and thorough scan of the

whole room, they couldn't locate the tomato. Thus they diverted their minds towards refueling their green filled

tummies and ordered their main courses.

 

Suddenly, to add to their utter dismay, out from its hiding place, the lone tomato rolled out and landed in the middle

of the two tables just below theirs. As if it was challenging their witchcraft, the tomato laid there with its bloated pride.

Once again, the waiter came to their rescue. He slowly picked up the tomato, threw an upward glance towards their

table, shed an ear-to-ear grin and left for the main meal they just ordered. All the three witches could do at the moment

was to hide their embarrassment inside their oral cavity with a stretched yet sealed lips. PHEW!!!!

 

The bottom line, never underestimate the power of a single tomato!

   [ posted by vivid @ 01:52 AM ] | Viewed: 1090 times [ Feedback]


:

   
मुस्ताङ यात्रा संस्मरण-२ [vivid's blog]
Blog Type:: Blog
Wednesday, October 14, 2009 | [fix unicode]
 

भाद्र ३१

बिहान ४।०० बजे अलर्म बज्दा बल्ल ब्युतिए । तम्तयार भएर निस्कने बेलामा लग बुक पल्टाए,

भाडा दर देखेर छक्क परें एक रातको मात्र रु २५ । अन्य ठाउँमा न्युनतम रु ३०० तिरेको झझल्को

आयो । बाहिर अझ उज्यालो खशी सकेको थिएन टर्चको सहायताले बाटो पहिल्याउन्दै मुल सडकमा

उत्रेसी बल्ल धिमा उज्यालोमा आँखा बानी परे । बिमानस्थलको गेटमा पुग्दा गेटमा ताल्चा झुन्डीरहेको

थियो, चिसो ढिस्को माथि झोला राखेर साथीहरुको प्रतिक्षामा बसें । ५।३० बजे बल्ल बिमानस्थलका

कर्मचारीहरु आए र गेट खोले, म त बाहिर निस्कने गेटमा बसेंछु , तै पनि गेटपालेले छिर्न दियो ।

साथीहरुको अत्तो पत्तो थिएन बरु मिनी बस भरी भरी सुटिङका उपकरणहरु लिएर सिनेकर्मीहरुको एक

टोली देखा पर्यो । साथीहरु बल्ल आए, चेक इन गर्यौ, यता उता गर्दा गर्दै ७।०० बज्यो । क्याप्टन

बिजय लामा तुप्लुक्क देखिए, सुटिङ टोलिमा उनी पनि आबद्ध रहेछन । जे होस् आज जोम्सोम

पुगिने कुरामा ढुक्क भयौं करण हाम्रो नेपाल एयरलाइन बिमानमा उनीहरुकै बहुल्यता थियो ।



बिमान चदयौ, धावनमार्गमा बिमान गूड्न थाल्यो, हामी भन्दा अगाडि उड्नु पर्ने अर्को बिमानमा

प्राबिधिक गड्बडी देखियो, एका पट्टीको पंखा घुमेन, त्यो देखेर एकछिन नास्तिक भए पनि ईश्वर पुकांरे ।

बिमानले धर्ती छोड्यो, आकासिन्दै जाँदा बादलका मुस्लाहरुले बाटो छेक्ने घ्रिस्टता गरे, बिमान भित्र पसेर

यात्रुहरुलाई छोप्न कोशीस गरे झै लाग्थ्यो । बिमान घरी घरी यता उता लड्खरायो, तल माथि गर्यो अनी

पुन साम्य भयो। मनमा चिसो पस्यो, यात्रुको सिटबाट चालकहरुको ईशारा स्पष्ट देखिन्थ्यो । क्याप्टनले

कहिले को-पाईलटलाई एक दिशा तर्फ औल्याउन्थ्यो त कहिले अर्को दिशा तर्फ अनी बिमान पनि घरी

उत्तर त घरी दक्षिण मोडी रहन्थ्यो । काली गण्डकीको गल्छिडो पार गरे पछी बल्ल झलमल्ल उझ्यालो

छिर्यो बिमानभित्र । साबिकको समय भन्दा २५ मिनेट बढी समय लगाएर जोम्सोमको धावानमार्गमा

बिमान उत्रियो । बाहिर निस्केर बिजय लामाले यात्राको जोखिमताबारेमा बिस्त्रित कुरा सुनाउदा मात्र हामीले

अफुलाई भाग्यमानी ठान्यौ । मनमनै धन्यवाद दिएं र उस्को फिर्ती सवारी शुभ रहोस् भनी कामना गरें ।

त्यो दिन अरु कुनै पनि उडान जोम्सोम उत्रिएन ।

 

ओहो जोमसोमको चिशो सिरेटो, शिरमा ठडिएको निलगिरी जस्ताको त्यस्तै रहेछ। बिमानस्थलबाट बहिर

निस्के पछी बल्ल जोमसोमको परिवर्तनको यथार्थ अनुभुती गर्न पाइयो । ढुङ्गा छपिएको गाडी गूड्ने बाटो

तल्लो बजारलाई बाग्लुङको बेसिसहरसम्म जोड्न तम्सिएको छ। बजारको मुखैमा अवस्थित साईबर क्याफे,

केही पर तरकारी तथा फलफुल बिक्री केन्द्र, माछापुछ्रे बैंकको ए टि एम मेसिन जस्ता सुबिधाहरु देख्दा

अब जोमसोम कुनै पनि अन्य सुबिधा सम्पन्न जिल्ला भन्दा पछाडि नरहेको भान हुन्थियो ।  जिल्ला

तिर कर्मचारीहरुको दैनिकी बिमानस्थलमा बिमानबाट केही कोसेली, खबरको अपेक्षामा बिहानै जम्मा हुने

गर्छन् । धेरैसँग साथीहरुको चिनाजानी आफु परियो नयाँ । हाइ हेल्लो र नमस्तेको आदानप्रदान पस्च्यात

कर्मचारीहरुको प्रिय सुन कुमारीको होटेलमा चिया पिएर मार्फातर्फ बाटो लग्ने भईयो । आफ्नो दुइटा झोला

मध्ये ब्याक पेक पछाडि र स्लिङ ब्याग अगाडि झुण्ड्याएर लाग्यौं मार्फातिर । शितोष्ण जलबायुमा उम्रने

पोथ्रा पोथ्री सिवाय अग्ला रुखहरुसँग बिरलै जम्का भेट हुन्थ्यो । आफ्नो घुमेन्ते इच्छा पुरा गर्न श्याङ,

मार्फा बजार हुँदै जाने रहर साथीहरुको भोकलाई मध्यनजर गर्दै थाँती राखेर सरासर गन्तब्यस्थान मार्फा

शितोष्ण बाग्बानी केन्द्र तर्फ लग्यौं । मुल बस्तीहरु भन्दा केही तल अवस्थित भर्खर मात्र खनिएको गाडी

गूड्ने धुलौटे सडक पछ्याउन्दै करिब १ घण्टा १५ मिनेटमा हामी गन्तब्य पुग्यौं । उक्त केन्द्रको अवस्थिती

अनौठो थियो । माथि हेर्यो नांगो बालुवा खस्ने ठाडो पाखो, लमतन्न परेको पहाडको श्रिङ्खला टुटेर

कुइनेटो परेझैं खोंचमा अवस्थित त्यो केन्द्र न जोमसोमबाट न त टुकुचेबाट नै देखिन्थ्यो ।  उक्त बागबानी

केन्द्रको आकर्षण प्रवेश द्वारबाट छिर्ना साथ कार्यालय कक्ष  नपुगे सम्म लटरम्म फलेका राता पहेंला स्याउका

बुटाहरु दाँया बाँया आगन्तुकलाई स्वागत गर्न मुस्कुराएर उभे झैं लाग्थ्यो ।

 

स्याउ खान छोडेको पनि करिब ४ बर्ष भएको थियो पोल्लेन एलार्गीको cross reactivity को कारण

apple allergy शुरु भएको थियो । स्याउ खायो कि कान र घाँटी चिलाउने ।   स्याउ घारीमा आएर

कस्तो बिडम्बना (पहिलो पटकको जोमसोम बसाइमा दिनको सुरुवात नै ब्रेकफास्ट स्वरुप दुइटा स्याउबाट

सुरु भएर डिनर पछीको दिजर्ट स्वरुप दुइटा स्याउमै गएर अन्त्य हुन्थ्यो, दिनभरीको त हिसाबनै रहेन )।

कुन स्याउ टिपी दिउ भनी पियनले सोद्धा मात्र झसङ्ग भएं , जे पर्ला उही टर्ला भनी golden delicious

फर्माइस गरें । डली भरी राता पहेंला स्याउ भरेर एकै छिनमा पियन टुप्लुक्क आई पुग्यो । खै कसरी हो

apple allergy को खासै असर देखिएन, त्यँहाको हावापानीले हो कि? जे होस् स्याउ खान जुरेकै रहेछ

यो पटक पनि ।

 

पाहुना गृह राम्रो बनाएका रहेछन, अग्लो खाटमा डबल डन्लप माथि सुत्दा 'princess and the bean'कथा

याद नआएको भने होइन । २ घण्टा आराम गरेर दिन ढल्के पछी सिरेटो चल्न कम भएको मौका छोपी मार्फा

बजार घुम्न निक्लें , साथीहरु अन्तै Apple र Apricot brandy को स्वाद परिक्षणमा ब्यस्त थिए । 


मार्फा बजारको क्षेत्रफल बिस्तार भएको पांए, पहिले त सानो मुस्किलले दुई लेन घरहरु ढुङ्गा छपिएको साँगुरो

बाटोलाई नै सेप्ने जमर्को गर्दै उभेका थिए तर अहिले थुप्रै नयाँ घरहरु थपिएछन । हुन पनि १ दसक पार भयो

जन संख्या नै पनि बढे होलान् । NTC को UTL? सेवा रहेछ, घरमा सकुशल रहेको खबर गरें, एक छिन

स्थानियहरुसँग गफ गरें र बजार घुम्न तिर लगें । बजारको माझमा एउटा पुस्तकालय थियो तर बन्द थियो ।

पुस्तकालयको दाहिनेबाट उकालो चड्ने खुद्किलाहरु चड्दै जाँदा मार्फाको शिरमा अवस्थित कोरियनको सहयोगमा

बनेको बडेमाको गुम्बा ( १ करोड रुपैयाँ ) पुगियो । माथिबाटको द्रिश्य खुबै मनमोहक थियो, मार्फा बजार

तिन्कुने परेर यही गुम्बाबाट सुरु भएर तल काली गण्डकी को तिर सम्म फैलिएर  बसेको  सबै देखिन्थ्यो ।

तल खेतमा फाफरका गुलाबी फुलहरु हावाको बहाइसंगै नतमस्तक बही रहेका थिए । त्यही खुड्किलाको अर्को

दिशा तिर तल तिर झर्ने खुड्किला थियो जस्बाट झर्दै जाँदा बजारको पुछरमा रहेको भब्य समारोह गृह पुगिन्थ्यो ।

सो भन्दा केही माथि Technical University of Munich, Germany को सहयोगमा बनेको सानो जुस

प्रसोधन केन्द्र थियो । हरेक बर्ष २ जर्मन प्राबिधिकहरुको निर्देशनमा मार्फाका किसानहरुले आफ्नो स्याउबाट

बोटलबन्द रस उत्पादन गर्थे । बजारमा बिक्री गर्न राखिएका ति जुस प्राय बिदेशीहरुले किन्ने गरेको पाइयो,

शायद जुस को गुणस्तरमा विश्वाश भएर होला । बजारमा एउटा पुस्तक पसल पनि थियो । बिदेशी यात्रीहरुलाई

लक्षित गरी हरेक किसिमका किताब हरु राखेका थिए, हिमाल चड्ने गाइड देखी सम्राट उपाध्यायको 'गुरु of लभ'

सम्म । मुल्य निक्कै चर्को थियो । मार्फा बजारको बिच रहेको ढुङे बाटोमा चौरीका बथान ब्यापारीहरुको सामान

बोकेर हिड्दा मुल चौरिको घाँटीमा बाँधिएको घन्टी बज्दा परै बाट बाटो छोड्ने आदेश दिए झैं लाग्थ्यो । मार्फाको

उत्तरी स्वागत द्वारभन्दा पर जिर्ण अवस्थामा रहेको स्याउ सुकाउने solar dryer थियो । हुन त यो पनि जर्मन

को एक प्रोफेसर कै सहयोग मा बनेको थियो १ दसक अगाडि । भर्खर बन्दाको त्यो dryer को अवस्था र अहिले

को अवस्था तुलना गरेर गरी नसक्नु थियो । मन खिन्न भयो स्रोत र साधन खेर गएको देखेर ।मार्फाको दक्षिण

तर्फ गाडीको सडक दाँया बाँया थुप्रै नयाँ घरहरु थपिएका थिए । ति घरहरु हिजोका दिन शिर उठाउन नसकी

बसेका दलितहरुको थियो । नयाँ नेपालको गणतान्त्रिक लहर पुगेको अभाश थियो त्यो । 


रात झमक्क परेकोले हतार फर्कदै थिएं, एक बटुवा भेट भयो, कता हो नानी? अघी मार्फामा देखे जस्तै

लाग्छ भनी सोध्यो उस्ले । बाटो काट्ने साथी पाइयो । गफ गर्दै गयौ, बास गृहको द्वारमा छोडेर उ आफ्नो

गाँउ छैरो तर्फ लाग्यो । 

   [ posted by vivid @ 06:23 AM ] | Viewed: 2064 times [ Feedback]


:

   
मुस्ताङ यात्रा संस्मरण [vivid's blog]
Blog Type:: Blog
Wednesday, October 14, 2009 | [fix unicode]
 

२०६४ भाद्र ३० गते

आईतवार दिउसो १।४० बजेको पोखरा उडान भएकोले १।०० बजे बिमानस्थल प्रबेश गर्नै पर्यो तर १।३० सम्म

पनि पोखरा तर्फको यती एयरलाइन्सको उडान सम्बन्धी कुनै सुचना प्रबाह नभएकोले मन केही आतेश हुनु

अस्वभाबिक थिएन । स्थल ब्यबस्थापकसँग जिज्ञासा राख्दा उडान हुने तर केही ढिला होला भन्ने आश्वासन

पाए पछी मन केही ढुक्क भयो । हिलरी क्लिन्टनको 'लिभिङ हिस्टोरी' को पानाहरु माथि मेरा आँखाका

नानीहरु नाच्न थालेको निक्कै समय पछी पनि उडान्को अत्तो पत्तो नभए पछी पुन शोधपुछको निम्ती उठें ।

अफुसंगै प्रतिक्षा कक्षमा पसेकाहरु धेरै आ आफ्नो गन्तब्य तर्फ उडी सकेका थिए र दिन ढल्दै जाँदा उडानको

चाप पनि कम भएको हुनाले प्रतिक्षा कक्षमा भिड पातलिएको थियो । यतीका कर्मचारीहरुलाई सोध्यो सबैले

उडान हुन्छ मात्र भन्थे कहिले? को जवाफ दिदैनथे । बस्दा रहंदा ३।०० बज्यो, मन झनै भुट्भुटियो, पोखरा

जाने यतिका यात्रुहरु खोजी हिंडे जम्मा ४ आफु समेत , अचम्म! मनमा शंकाले दर्हो अड्डा जमायो, यात्रु

कमिका कारण आज उडान रद्ध गर्ने भयो भनेर । पुन स्थल ब्यबस्थापक संग अनुनय बिनय गर्न पुगें, भोली

बिहान ६।०० बजे पोखराबाट जोम्सोमको उडान थियो र मर्फामा कार्यक्रम पनि तय भइसकेको थियो । तपाईंलाई

जसरी पनि पोखरा पुर्यौंला भएन ? उस्को जवाफले घाउमा मल्हम पट्टी लाग्यो । प्रतिक्षाको अमिलो घडीमा

पुस्तक पल्टन छोड्यो, थन्काए र गफ तिर लागे । १ स्विस जोडी पनि घरी यात्रा विवरण प्रसारण गर्ने बिद्युतिय

पर्दा तर्फ त कहिले हातमा रहेको टिकेट पुलुक्क हेरेको द्रिश्यले सोध्न मन लाग्यो । भरतपुर पुग्नु पर्ने, उडान

ढिलाई भएकोले चट्पटिएका रहेछन् ।

 

आन्तरिक बिमानस्थलबाट धेरै पटक घर फर्केको अनुभव बटुली सकेकी थिए तर यस पटकको यात्रामा आफु

सँगै जोम्सोम जाने शहपाठिहरु सडकको बाटो हुँदै पोखरा लागि सकेका थिए र म यतै भौतारी रहेकी थिए ।

३।२० मा बल्ल स्थल ब्यबस्थापक कान देखी कानसम्मको मुस्कान बोकेर लौ उड्ने बेला भो, तपाईंहरुलाई

सित्तैमा भरतपुर घुम्न पठाइ दिम्ला भन्दै आए । जम्मा ४ मध्ये पनि १ जना उड्ने बेलामा बेपत्ता हराए ।

उस्को खोजी भयो र बल्ल भेट भयो, मोरो दिउसै पिएछ, ओछ्यान् लगाएर सुतेछ कुनामा । गाडीले उही

भरतपुर जाने चार्टर बिमान तर्फ लग्यो । बल्ल उडियो भरतपुर हुँदै पोखरा तर्फ । पोखराको बिमानस्थलमा

निस्कंदा घुवाप्प कालपत्रे धावनमार्गबाट उठेको बाफिलो तातो हावाले स्वागत गर्दा अफुले त काठमाडौं र

जोम्सोमको तापक्रम मात्र ध्यानमा राखेको १ रातको पोखरा बसाइ त ठ्याम्मै बिर्सेंकोमा पस्च्यताप गरें ।

कतै नयाँ ठाँउ जान परे म्याप बोक्ने बानी खुब काम लाग्यो । ईन्टरनेटबाट झारेको पोखराको म्याप पछ्यौउदै

लागें पारदी बजार तर्फ । कार्यालय पुग्दा गाडीबाट आउने साथीहरु आरामले शितल तापी बसेका थिए ।

छोटो परिचय कार्यक्रम पस्च्यात म त्यहीको कर्मचारी सरह भएं । राष्टिय निती देखी लिएर कर्मचारीहरुको

सरुवा बदुवाका गफहरु भये । पियनले अतिथी गृहमा पुर्यौने भयो, झोला तान्यो, मैले दिइन, आँफै

बोक्छु बाटोमात्रै देखाउ भने, उ अनकनी गर्दै अगाडि लाग्यो मैले पछ्याए । अतिथी कक्ष प्रबेश गर्दा पंखा

र सँगै जोडीएको बिश्राम कक्ष देख्ना साथ् मन चङ्गा भयो । एकछिन को आराम र सर सफाइ पस्च्यात

कार्यालय छुट्ने समय पारी निस्कें बाहिर । अरु साथीहरु छिमेकी कार्यालयको हाकिमकँहा बस्ने निधो गरे ।

मेरो लागि खानाको ब्यवस्था क्यानटिनमा भयो, ७।०० बजे खान पुग्नु पर्ने उर्डीका साथ।

 

मेरो आफ्नो स्वार्थ थियो यो पटकको पोखरा बसाइमा । पटक पटक पोखरा पुगेता पनि यो भन्दा अगाडि

पोखरा बिमानस्थल केवल कनेक्सन बिन्दु मात्रै हुने गर्थियो । कि त अर्को उडान त्यतै बाट चड्ने नभए

पिक अप गाडी चढेर गन्तब्य तर्फ हानिने । त्यसैले पनि यो पटकको पोखरा बसाइको बाँकी समय केही

अंश भएनी पोखरा घुम्ने थियो । एसो साथी हरु सँग कुरा राखेको सबैले तुरुन्तै स्विक्रिती दिए ।

साथीहरुको कुम्लो कटुरो थन्काए पछी ५ जनाको टोली लेक साइड घुम्न निस्कियौ । खुल्ला शान्त एवं

सफा शहरको रुपमा परिचित पोखरा खुब गड्यो मलाई, धरानको तल तल मेटियो । गफिन्दै नेपाल

राष्ट बैंक, जिल्ला अदालत, गौरिघाट, राजदरबार हुँदै ड्रिम ल्यान्ड गेस्ट हाउससम्म पुग्यौ र रात

परेकोले सोही बाटो हुँदै फर्कियौ । फर्कने क्रममा कोही दोहोरी हेर्ने कोही नहेर्ने बिच समझदारी हुन

सकेन अन्तमा खाजासम्म खाने निर्णयमा पुग्यौ र छिर्यौ हङ्री अाइ रेस्टुरेन्टमा । ७।०० बज्नै

लागेकोले मेरो खानाको समय भएको सम्झाए साथीहरुलाई र अर्डर रद्ध गराउने सल्लाह पाएं ।

सोही मुताबिक फोन गरेर खाना रद्ध गरें । अर्को दिन उडान हुने नहुनेबारेमा अड्कल बाजी हुन

थाल्यो, मलाई सकश पर्यो करण पोखरा बसाइको निम्ती म तयार थिइन भौतिक एबं मानसिक रुपले ।

रद्ध भएमा के गर्ने ? बिकल्पको खोजिमा पोखरामा रहेका साथीहरुलाई फोन गरें, उडान नभएमा भेटघाट

गर्ने कार्यक्रम तय गरी निशंकोज आफ्नो स्वार्थपनाको प्रदर्शन गरें । करिब ८।०० बजे हामी त्यँहाबाट

हिड्यौं र छिमेकी हाकिमकहाँ पुग्यौ । फेरी खानाको तयारी, ओहो पेट पनि रबर न रहेछ, भर्खर त्यत्रो

खाएको फेरी खाना पनि छिर्यो । अर्को दिन बिहान ५।०० बजे बिमानस्थलको गेटमा भेट्ने टुङो गरी छुट्यौ ।

अतिथी गृह पुग्दा ९।०० बजेको थियो । पियनले लामखुट्टेको धुप , बिजुली गएमा मैनबत्ती र सलाई,

एक जग पिउने पानी राखी दिएकोमा मनमनै धन्यवाद दिएं । गर्मिले के सुत्न सक्नु, फुलस्पिडमा पंखा

घुम्दाको आवाज झनै नहुने । छट्पटिन्दै कती बेला निधाइएछ पत्तै भएन ।

   [ posted by vivid @ 06:06 AM ] | Viewed: 2063 times [ Feedback]


:

   
जिन्दगी जस्तै अनिस्चित यात्रा रामेछापको । [vivid's blog]
Blog Type:: Blog
Tuesday, September 16, 2008 | [fix unicode]
 

गत साल पौष महिनाको बिहान नौ बजे नयाँ बानेस्वर स्थित एभरेष्ट होटेल अगाडिबाट यात्रा शुरु गरियो । कोटेश्वरको सदाबहार ट्राफिकको घुइचो छिचोल्दै भक्तपुरलाई चिर्दै जाँदा स्वागतद्वार दाँया बाँया डोरिमा झुण्ड्यैएको धुलाम्मे लप्सिका माडाहरुले खिसिक्क मुस्कुर्याएर जिस्क्याउन्दमात्र साँगा पुगेको महसुस भयो । लप्सि माडाका लागि प्रख्यात साँगा अझै परम्परागत ढोंगलाई निरन्तर्ता दिइरहेको छ उपभोक्ताहरुको मागलाई उपेक्षा गर्दै । झ्याल बाहिरका बगिरहने द्रिश्यहरुको पातो पल्ट्न्दै जाँदा गफका तरेलिहरु पोखिन थाले हामी चार यात्रुहरु बिच । बनेपा पुग्दा अनायसै बसहरुको लस्करले हामीलाई वास्तबिक धरातलमा ओर्लन वाध्य तुल्यायो । पेट्रोलको अभावमा बनेपाबासिहरुले बाटो बन्द गरेका रहेछन सडकमा गाडी तेर्श्याएर । हामीलाई गन्तब्य पुग्नु थियो, बिकल्पको खोजिमा चालकले झ्यालबाटै बटुवालाई सोधे र प्रतिउत्तरमा पाएको सडकचित्रलाई मानसपटलमा कोर्दै लग्यौ बनेपा होस्पिटल जाने बाटोको खोजिमा । होस्पिटल पार गरे पछी पाँचखाल जने कच्ची बाटो माथि गूड्न थाल्यो हाम्रो गाडी । बटुवाले कती सजिलो दिशा निर्देश गरे झै लगेथियो तर वास्तबिकता बिकट घुमौरो बाटोले हाम्रो समय मात्रा नभै अमुल्य दिजेल पनि खर्च गर्न वाध्य तुल्यायो । नागबेली बाटाहरुको संजाल केलाउदै पाँचखाल पुग्दा मुल सडक रित्तो देख्दा मात्रा समय र दिजेल खर्च गरेकोमा सन्तुस्टी प्राप्त गर्यौ । खानपिनको टिपनटापन पश्च्यात पुन गाडी हुइकियो हामीलाई लिएर दोलालघाट तर्फ । बेला बेलामा प्राकृतिक सौचालयको उपयोग गर्न बहेक हामी गूडी रहयौं गूडी रहयौं गाउँ, शहर, बजार पार गर्दै । तामाकोशीमा खाजाघरको झ्यालबाट देखिने द्रिश्यले मन नलोभ्याएको भने होइन । सधैं बागमतीको धमिलो पानी र दुर्गन्धसँग मडारिन्दै बाँच्न वाध्य म त्यंहाको कञ्चन हरियो पानीयुक्त खोला हेरी रहौ जस्तो, डुबुल्की मारी हालौ जस्तो । जिरी जाने एकल लेनको कालोपत्रे सडक देब्रे छोडे पछी शुरु भयो ढुङे धुलौटे बाटो । आफु अगाडि छौन्जेल पनि बेजोडको झट्का, झन् एउटामात्र गाडीले उछिने सडक माथि धुलोको आँचलले छोपिन्दाको निस्सासिन्दो अवस्था सबैको बावजुध पनि यात्राभरिको आकर्षक मनमोहक प्राकृतिक द्रिश्यले मन रमाइ रहयो ।
तामाकोशी पार गरे पछी धुलाम्मे बाटोमा पसारिएका धारिला ढुङ्गाहरुसंग पौठेजोरी खेल्दै तामाकोशी क्षेत्रभित्रको कालपत्रे सडकमा गूड्दाको आनन्द अवस्मरणिय हुँदो रहेछ । खोलाको दाँया बाँया पार्दै वगरमा अवस्थित रामेछापको सदरमुकाम मन्थलीको स्वागतद्वार प्रवेश गर्दा गन्तव्य नजिकिएको महशुश भयो । यात्राको पहिलो दिनको बिट मन्थलिमै मार्ने निर्णय भयो । महंगीको वावजुध अरामदायी बसाइले शरीरमा स्फुर्ती ल्यायो । बिहान् आठ तिस बजे पुन यात्राको थालनी, उही धुलौटे घुमौरो बाटो पहिल्याउदै करिव दश बजे भालुखोप पुगियो । त्यो डाँडो, उही स्कुल, उही पसल, थप एउटा भोजनालय एवं बास गृह । एक बर्षको अन्तरालमा भएको बिकास सरहनिय लाग्यो । तीन दिनको कार्यक्रम थियो कहिले कार्य कक्षको कटकटाउदो जाडो त कहिले बाहिरको धिमा न्यानो बिच लुकामारी गर्दै बित्थ्यो । त्यो डाँडोमा दिउसै देखी चल्ने सिरेटोले हामीलाई कटकटाउनमा अझै बल पुर्याएको थियो । दोश्रो दिन अनायसै साझमा बर्सेको पानीले झन् चिसोलाई चुलिमा पुर्याएको महसुस भयो । भोजनालयको चुलोमा न्यानोको बिस्तार् गर्न निकै चिसा दौराहरु पोलिए । न्यानोसंगै बिस्तारित धुंवाको तुवालोले आँखा नपोलेको होइन तर बिकल्परहित हाम्रो चाहनाहरु त्यस्ता यातना खप्न वाध्य भए ।
भोजनालयभित्रको द्रिश्य एवं संवादहरु रसिला थिए । कहिले यात्रीहरुले पिउने क्रममा आँफैलाई अस्तित्वबिहिन हुने गरी पिए, सर्बेक्षणमा आएका डाक्टरहरुले सुङुरको बोसो रक्सिले पखलिने गरी पिए, लामाहरुले जिब्रो लर्खरिने गरी पिए, पिउने क्रममा आफ्नो थकान एवं पिडा बिसाउन पिए । तमाङहरुको बहुल्य ताम्सालिङ संघिय प्रन्तको रुपमा प्रस्तावित क्षेत्रमा रहँदा स्थानियहरु तामाङ भाषामा अबिछिन्न वार्तालाप गरेको सुन्दा अफुले थोरै जानेको मत्रिभाषा सामेत सन्दुकमा थन्काउन वाध्य भएकोमा अत्माग्लानीले नपिरोलेको पनि होइन ।
फर्कने समय सम्ममा पनि हामीले दिजेलको थप ब्यवस्था गर्न सक्ने कुनै छांट देखिएन र लग्यौ भालुखोपलाई कोल्टे परेर ओख्रेनी ओर्हालो सुकाजोर तर्फ । मन्थलीमा गाडी, ट्रक सबैको ट्यांकी रित्तो, दिजेलको अभावमा रित्तो सडक माथि पद्चापहरुको चहलपहल बद्दो थियो । रातको अनिंदो बिश्राम बिहान् पुन त्यही भोको प्राडोलाई घिक्च्यौदै बाँकी रहेको करिब पच्चिस लिटर दिजेलमा पाँच लिटर मत्तितेल थप्ने निर्णयमा पुग्यौ गन्तव्यस्थानसम्म पुग्ने सपना पालेर । चालकको अनुहारमा छाएको पिडादायी भावलाई हामीले नतमस्तक हेरिरहयौ । मौन यात्रीहरु सडक नाप्न थाल्यौ पुन एक शिक्षकलाई बाटोमा पर्ने बिद्यालयसम्म पुर्यौने जिम्मेवारीका साथ र तिनै शिक्षकले राष्ट्रिय चिन्ताको बिषयमा कुराको पोयो खोलेर हामी बिच वार्ताको शाहज बातावरण स्रिजना गरी दियो । सिङो राष्ट्र न्युनतम आधारभूत आवश्यकता पुर्तीका निम्ती छट्पटाइरहेको अवस्था, सरकार र उस्का चुनौतिहरु, तराइमा दन्केको 'एक मधेश एक प्रदेश'को नारा सबै माथि बिश्लेषणात्मक बिचार हरु पोखीई रहयो ।
वोधो मगजले ति वाक्यहरु टिपेर उन्ने कोशीश समेत गरेन । बाटोभरी मट्टितेल मिसिएको दिजेलले घर पुर्याउला नपुर्याउला चिन्ता भई रहयो, आँखा घरी घरी फ्युल इन्डिकेटर तर्फ पारी रहयो । तामाकोशी आउन एक किलोमिटर मात्र बाँकी हुँदा अनायसै गाडी घिच्चिएको महसुस भयो, चालक ले सर्बेक्षण पस्च्यात स्पिन्डल भाचिएको अमिलो समाचार सुनाउन साथ मन गर्हौ भयो, हात खुट्टा फतक्कै गले । दिजेलको माहमारी, पातलो बस सेवा त्यस माथि काठमाडौं फर्कने गाडीको अभाव, बिद्युत कतौती को अवस्था अनी भोको पेटमा वगरको एकान्त कुराइ । मेकानिक को खोजाइ पेट पूजा को ब्यवस्था, चरिकोट मा बिध्युत भए नभएको पत्तो स्पिन्डेल को जडानको लागि अनी चरिकोट सम्म पुर्याउने बाहनको खोजी सबै को निम्ती तामाघाट भरिनै दुई घण्टा बितायौ र भाग्यबश भन्नु पर्ला दुईटा बाईक देखियो र मालिक खोज्दै जाँदा काठ तस्करहरुको एक हुल भोजन गृह मा भेट भयो, उनिहरुलाई पेट्रोलको आवश्यकता हामीलाई चरिकोट पुग्नु पर्ने, सहमती गर्यौ चरिकोट पुर्याएबापत दुई लिटर पेट्रोल दिने (धन्य भन्नु पर्ला चरिकोटको उद्योग बाणिज्य संघले तेल को ब्यवस्था गरिदिने बचन दियो )र उस्ले हाम्रो चालकलाई चरिकोट लाने र ल्याउने ।
सुरु भयो वगरको पर्खाइ, तल निलो तामाकोशी वगरमा गिट्टी कुट्ने हरुको आवाजलाई चुनौती दिदै अबिरल सुसाइ रहेको थियो हामी धुलौटे बाटोमा पुर्व लाग्ने गाडीहरुले उछ्रिन्खल रुपमा उडाएको धुलोका पछौरीहरुको सप्को मारी तामाघाट तर्फ आँखा बिछ्याइ चालकको प्रतिक्षा गरी रहयौ गरी रहयौ । मन भुट्भुटी रहयो, मथ्थु बाईक चालकले पुर्यायो पुर्याएन, चरिकोटमा काम भयो भएन । करिब पाँच घण्टा पछी दिनको पाँच नै बजे चालक टुप्लुक्क जिरी छुट्टीने दोबाटोमा देखिन्दा हाम्रो हर्षको सिमा रहेन । हामीलाई हतार भयो स्पिन्डेल जोड्न करण उज्यालो ले नेटो काट्नै लागेको थियो हिउद को समय । सबै जना भएर चालकलाई सघाइ पघाइ गर्न लग्यौ तर भुइफुट्टा हरुको के नै लाग्दो रहेछ र केवल बलको काम सिवाय । भन्दा नभन्दै अन्ध्यारोले छोपी हाल्यो, द्रैनमा लडेको चिलौने को मुढो पोलियो उज्यालोको निम्ती, रु पन्ध्रमा किनेको पेन्लाईटको साहारामा स्पिन्डेल जडान गरियो अनी अन्ध्यारोमा खुब जङली भुसुनालाई ज्यान तोकाइयो । साझको सात बजे जोड्ने काम सकियो, चालकले गाडी गूड्ने नगूड्ने अन्तिम ट्रायल गर्यो, गाडी के गूडेको थियो तालिको फर्रा छुट्यो । अनी पुन दिजेल को पिर बोकी उकालो लग्यौ धिमा गतिमा मधुरो हेडलाईट ले अन्ध्यारो चिर्दै । चरिकोटमा पेट्रोल मिलाई दिनु हुने सज्जनलाई धन्यवाद दिनै पर्यो त्यै भएर त्यही खाना खाने निधो गर्यौ । दाना पानी को ब्यवस्था पछी पुन यात्रा थाल्यौ । साथी हरु थकानले साथै पेट भरिएकोले होला मस्त निधाए । अगाडि बसेकी म चालकलाई पनि निन्द्रा नलागोस भनी गफ गर्न थालें । त्यसै क्रममा चालकले बाटा भरी भेटिएका
रक्तचन्दन तस्करहरु, तिनिहरुको कृयाकलापहरु बारे बिस्त्रित जानकारी दियो, अचम्म सबैलाई सब कुराको पत्तो हुँदाहुँदै पनि तस्करहरु आफ्नो कार्य गर्नमा सफल भएकै छन् । शायद यस्तै रहेछ नेपालको चलन, देख्नेले आँखा चिम गर्ने, सुन्नेले कान थुन्ने अनी बोल्ने ले मुख बन्द गर्ने । यस्तै गफहरुको तरेलिहरु बाट्दै हाम्रो गाडी खरी खानि पार गरी सकेको वास्तबिकता साँझको अन्ध्यारोमा तल खाँडीचौरबाट आएको उज्यालोले दिएको थियो । खाँडिचौर पुगेसी बाटामा देखिएको खैला बैला चहल पहलले केही त अवस्यै भएको हुनु पर्छ भन्ने लागेर एउटा होटेलमा सोधखोज गर्दा थाहा भयो कि धेरै दिन पछी पेट्रोल भित्रिएको कुरो अनी लग्यौ पेट्रोल पम्प तर्फ । पेट्रोल पम्पलाई मियो मानेर बदेमाका गाडीहरुले घेरा लगाएको देखेर चालकले पक्का पेट्रोल रहेको तर बहिर नबाड्ने नियत राखेको रहस्य खोल्यो, शायद उस्को लामो समयको अनुभवले होला । उस्ले पनि जब्बर जस्ती सानो कुइनेटोबाट गाडी भित्र छिरायो र त्यंहा रहेका थुप्रै चलकहरुले घेरा लगाइ पेट्रोल नभएको भन्दै जान अनुरोध गरे । हामी पनि सबै जना बहिर निस्कियौ र हाम्रो वस्तविकता सुनयौ त्यस माथि पनि म एउटी महिला भएको करणले अझ बदी अनुरोध गरे हामी गाउँ तिर कार्यक्रम सकाएर फर्केका, खसै त्यस्तो धेरै दिजेल पनि हामीलाई आवश्यक पर्दैन करण हामी सँग धुलिखेलसम्म पुग्ने दिजेल छ तर पुग्नु पर्ने काठमाडौं भएको भएर मात्रै पाँच लिटेर दिनु भए पुग्छ, त्यती कमिका करण यात्रा अडकिने भयो भनेसी अलिक विश्वाश गरे र मलिकनी आएर पेट्रोल पम्प अगाडिको गाडी हटाउन लगाइन र रु हजार बराबरको दिजेल हली दिने अदेश दिइन् । हाम्रो खुशीको सिमा रहेन करिब सत्र लिटेर दिजेल पाउदा । धन्यवाद दिएर आफ्नो गन्तब्य तिर लग्यौ सिङो यात्रामा पहिलो पटक निस्फिक्री भएर । ओहो खान पाउदा त गाडी पनि निक्कै चम्किन्दो रहेछ, निक्कै चाँदो गूडेको महसुस गर्यौ शायद अघी मिसाएको मत्तितेलको मात्र न्युन भएर गयो होला अनी माथि बाट थपेको दिजेलले बाँकी मत्तितेललाई पातल्याउन मद्घत गरेको होला भनी लख मार्यौ । नाजायज मिसावत सधैं सबैको लागि हानिकारक हुँदो रहेछ, हाम्रो निस्कर्श । पेट्रोल भित्रिएको खबर पाएर होला सबै जना खाली जर्किन बोकेर बाईकमा या त खाँडिचौर या त पाँचखाल हुइकिने हरुको लस्कर पनि खुबै भेटिए । अनगिन्ती गाडीहरु को लस्कर देख्ना साथ पेट्रोल पम्प नजिकिएको ताडैबाट थाहा हुन्थ्यो । भक्तपुर देखी कोटेश्वर छिर्न कत्ती पनि समय नलागे बाट हामी चाँडै आफ्नो गन्तव्य पुगेको महसुस गर्यौ । घर पछाडिको चोकमा गाडीले उतार्दा मध्यरात भएको थियो । धन्य हो चालक र उस्को गाडी, हरेक दु:ख कष्ट सहेर भए पनि अरुलाई गन्तव्यसम्म पुर्याउन सङ्कल्पित छन् , पुर्याइ रहेका छन् । त्यसैले हरेक पेशाको सम्मान गर्न जरुरी छ ।

   [ posted by vivid @ 07:51 AM ] | Viewed: 2391 times [ Feedback]


:

   
A Tribute Paid! [vivid's blog]
Blog Type:: Blog
Monday, November 06, 2006 | [fix unicode]
 

On the onset of the Armistice day, 11th November, I would like to share my travelogue.


In Flanders Fields:

In Flanders fields the poppies blow
Between the crosses, row on row,
That mark our place and the in the sky
The larks, still bravely singing, fly
Scarce heard amid the guns below.

We are dead. Short days ago
We lived, felt dawn, saw sunset glow,
Loved and were loved and now we lie
In Flanders fields.

Take up our quarrel with the foe:
To you from failing hands we throw
The torch; be yours to hold it high.
If ye break faith with us who die
We shall not sleep, though poppies grow
In Flanders fields.

-Lieutenant-Colonel John McCare.
December 8, 1915.

“ The first world war left an indelible mark on the Flanders landscape and its legacy provides an unforgettable experience in living history.”- Cathy Packe.

--------------------A Tribute paid! --------------------------

Flanders is a region in the west of Belgium which stretches North to south from the Netherlands to France.
Ypres/ Ieper is a province in West Flanders where the first world war, the infamous fighting between the Imperial German Armies of the Emperor Wilhem II and the Allied Armies of Belgium, France & Great Britain was fought; between 1914-1918. Many lives were lost, in so small an area for so little material gain.
In Flanders Fields museum, one can see and feel the real horror that a war can cause. The museum so vividly portrays the different aspects of the WWI that one feels like walking past the battlefield, knee deep in the bloody muddy fields under the heavy exchange of shells and bombs in the vicinity. One can feel the suffocation from the Mustard & Chlorine gas, used by the Germans against the Allied forces. Limbs and torsos are seen dangling in the barbed wire, cries and wails from the trodden ones send shiver run deep down your spines.
Finally, when you step the staircase leading to the exit, you start feeling glad that god had spared your life. It makes you ponder, why on earth do wars arise to fallen the braves and braves they remain who don’t even have a grave.
The next stop, the city’s most poignant memorial: The Menin gate, constructed in 1929 to honour those whose bodies were never found. The walls of the gate bear 54,896 names in total, the names which never materialized in the form of a corpse.
I had read in the internet last year, when they put on the site on the 11th of November: Armistic Day: Annual Commemorations in Ypres/Ieper; that several Nepalese serving in the Indian Military Police also died during the Trench war. But among those 54,896 names where can I find them? was my wondering while I was entering the Menin gate. To my astonishment, there right in the entrance, on the inner wall that runs parallel to the main wall and supports the arch of the gate, were the names which sounded so familiar and so dear to my eyes and ears. I mumbled, YES! They were here. I ran my fingers along the grooves of each and every names as to say, I pay tribute to thee, who had fallen in this alien land for the reason which you were not able to see, yet you were gone with the wind and your body was never to be found.

Burma Military Police/ Assam Military Police:
Havildar : Harkaman Rai.
Rifleman : Daulat Man Rai.
Lance naik : Chitang Limbu. : Dharim Bir Rai.
Riflemen : Chandar Bdr. Gurung, Hastia Thapa, Karan Bdr. Limbu, Mehar Man Limbu and San Man Thapa.

Next was the Tyne Cot Cemetery, the biggest military cemetery in the continent where 11,956 commonwealth soldiers were buried and where 34,957 names of the missing soldiers were penned down on the marble wall, which stands at the back of the cemetery. Here every fallen soldier has a white Portland stone as a tombstone, to mark his or her presence; who bear the silent witness to those horrifying days. When you stand in the middle of the cemetery and imagine, instead of the tombstones how would you feel if they are dead corpses lying on the field? Never would a person dream about another merciless war in his/her lifetime that is for sure.
Wherever you drive in this present quite farmland, famous for the best quality hops (main ingredient in beer brewing for the bitterness and aroma) ever produced in the world, you can see the memorials and cemeteries, makes you ponder how gravely this region has witness the horrors of the war. Yet the white tombstones stand proudly, listening to the last post (bugle) played on their honour every evening at 8:00 since the day they fell.
Among the cemeteries, the Deutscher Soldatenfriedhof looks very dejected and gloomy. This is the graveyard for the fallen German soldiers. Flat tombstones with bronze plates bearing the names of the dead, all lie beneath the dark shadow of the huge Oak trees. This is a place where you can read the history of selfless young volunteers abused by the Nazis yet wanted to die for their country.
War is war, either you kill or get killed, by the enemy or by your friends. These detestable and disturbing legacies of the Great War can be felt once you enter the Inner Court of the town hall in Poperinge. Here deserting soldiers were executed by courts-martial. Even today, one can see the shooting post; they used to execute their own people in the false pretence of cowardice.
Finally, after witnessing the horrors of the war for the whole day, a drop by in Dirksmuide, a small town where a story of freedom and peace has been visualized in the form of a monument, THE PAXGATEWAY, gives you a soothing for the freshly bled sores. The ‘Paxgateway’, is a symbol of Freedom, Peace & Tolerance. Never war again, nowhere & peace for everyone whatever his or her convictions.
-------------------
May Peace prevail!

   [ posted by vivid @ 03:36 PM ] | Viewed: 1668 times [ Feedback]


: