:: Blog Home       :: urfrenrites ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW urfrenrites's BLOGS
:: "अनुरोध"
:: तिमी अनि तिमी...................
:: शुभकामना
:: तिमी जे हुन सक्छौ र जे नहुन पनि सक्छौ.
:: बुझ्न नसकिएका कुराहरु।
:: 'मन' मन जस्तै हुन सकेन,
:: Still I remember you..
:: Battle with me
:: उसले नलेखेको चिठ्ठी,
:: बुझ्न नसकिएका कुराहरु।
:: तिमीलाइ कतै बाध्यताले छेक्यो कि?
:: के जीवन खाली मृगतृस्ना हो?
:: तिमी 'तिमी' होइनौ, म 'म' होइन' ...........
:: मेरो देश म जस्तै लाचार भएको छ!!!!!!!!!!!!
:: के तिमीलाइ पनि यस्तै हुन्छ?
:: रुदै खोज्छु अझै पनि तिमीलाइ ......
:: तिमी रुदा मेरो पनि त मुटु दुख्छ नि प्रिय.....
:: अर्को दोबाटो अघि फेरि भेट्नु छ,
:: म तिम्रो मीरा भएकी छु........
:: Connection Failure
:: To my valentine
:: I miss you very much
:: I feel like taking my heart out and post it to you,
:: I am sorry for not able to love you any more
:: This moment will be eternal.... (poem)
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
::
:: One more illusion and you
:: My dear love, For Your Information......
:: Once again, I fake my smile for you......(Poem)
:: If I can delete that painful past...........(Poem).
:: Your sparkling eyes (poem)
:: Why are you special to me?
:: Manju Shree, Manisha and me
:: The letter never arrived- Poem
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
"अनुरोध" [urfrenrites's blog]
Blog Type:: Blog
Saturday, February 16, 2008 | [fix unicode]
 


एक हुल तुवाँलो मेरो माया बोकी तिमीलाइ भेट्न आँउदैछन्,
मेरो मुटुको गहिराइबाट न्यानो स्पर्श ल्याँउदैछन्,
कसैले नदेख्ने गरि तिमी मेरो मनलाइ लुकाउनु,
भोलि बिहानको सूर्य सङै एउटा सन्देश पठाउनु।

एक लहर हावा तिमीलाइ खोज्न आँउदैछन्,
मैले पठाको "शुभकामना" कोशेली तिमीलाइ दिनेछन्,
मायाले मेरो भावनालाइ तिमी भित्रै सजाउनु,
सूर्यको पहिलो किरणसङै मिठो चुम्बन पठाउनु।

एक बथान चरीहरु तिमीलाइ हेर्न आँउदैछन्,
मेरो मायाको चिट्ठी तिमीलाइ हातैमा दिनेछन्,
मैले लेखेका शब्दहरुलाइ तिमीले प्रेमले अङाल्नु,
बिहानको पहिलो घामसङै तिम्रो माया पठाउनु।

   [ posted by urfrenrites @ 06:25 PM ] | Viewed: 3278 times [ Feedback] (2 Comments)


:

   
तिमी अनि तिमी................... [urfrenrites's blog]
Blog Type:: Blog
Friday, February 08, 2008 | [fix unicode]
 

तिमीलाइ कुरी बस्ने बाटाहरु अझै थाकेका छैनन्,
न त ती बाटाहरुमा बिछ्याएका यी आँखाहरु,
रातको गहिराइसङै निराश मेरो मन रुन सक्दैन,
साँझसङै मात्तिएर जब गुन्जिन्छन् तिम्रा भाकाहरु,

तिम्रो शहरमा पनि त मिठो हावा आँउदो हो,
मलाइ छोएर गएपछि तिमीलाइ पनि सुम्सुमाउँदो हो,
तिम्रो प्रतिक्षामा फुलमाला उनेको एक जुग भैसक्यो,
कहिलेकाहीँ तिमीलाइ पनि बाडुल्कि त आँउदो हो।

सडक यो दौडीरहेछ, किनाराहरु हेरिरहेछन् एकअर्कालाइ,
म अपलक निहारीरहेछु नीलो आकाश।
उसले त तिमीलाइ देख्छ होला भन्ने कल्पनामा खुशी छु,
झन बलियो हुँदैछ मेरो भगवान प्रतिको बिस्वाश।

तिम्रो सम्झनाले मात्र पनि आनन्दित बनाँउछ मलाइ,
यस्तो लाग्छ तिमी यही बसेर मलाइ मुग्ध भएर हेरिरहेछौ।
पात्रो, काल र घडिका कुराहरु बिर्सिसके मैले,
मानौं तिमी मात्र मेरो निरन्तर समय बनिरहेछौ ।

   [ posted by urfrenrites @ 11:05 AM ] | Viewed: 3133 times [ Feedback] (3 Comments)


:

   
शुभकामना [urfrenrites's blog]
Blog Type:: Blog
Monday, December 31, 2007 | [fix unicode]
 


भींडहरुको माझ हराएको शुन्य शहर,
एक्टक लाएर तिम्रो बाटो हेर्दैछ।
अनि सोध्दैछ आकाशलाइ मौन हेराइले,
कहिंकतै तिमीसङ मेरो मन फैलिदैंछ।
यो रात छ र तिम्रो स्वरको नशा,
मेरो अधरमा गुलाबी छर्दैछ।
सगरभरीका ताराहरु एकतमासले,
चम्किएका छन् तिम्रो यादमा,
जिन्दगीको उकाली ओरालीहरुसङ थकित म,
तिम्रो सम्झनामा हरेक दिन ब्युँझन्छु।
तिमी मेरो हौसला, तिमी मेरो अभिप्रेरणा,
म तिम्रो सपनामा उज्यालो खोजिरहन्छु।
आजलाइ बिदा गर्ने र भोलिलाइ निम्त्याउने क्रममा,
मैले जुनेली रात साँची राखेर,
यो चिसो पवनसङै "शुभकामना" पठाएकी छु,
आउने बर्स पनि मेरो सारा खुशी तिमीलाइ,
मेरो धेरै धेरै माया तिमीलाइ।

   [ posted by urfrenrites @ 10:36 PM ] | Viewed: 2848 times [ Feedback] (6 Comments)


:

   
तिमी जे हुन सक्छौ र जे नहुन पनि सक्छौ. [urfrenrites's blog]
Blog Type:: Blog
Monday, November 05, 2007 | [fix unicode]
 

तिमी बेजोडको हुरी हुन सक्छौ,
अथवा किनारा बगाउने उर्लिँदो भेल हुन सक्छौ,
तिमी बिना आकार बहने हावा हुन सक्छौ,
त्यही हावा सङ् उड्ने बादल हुन सक्छौ,
मलाइ अझै थाहा छैन,
तिमी के हुन सक्छौ?
मेरो कल्पनामा तिमी अकथित पात्र हुन सक्छौ,
मनभित्र रचिएको अलिखित कबिता हुन सक्छौ,
मेरो भावनामा तिमी अस्पस्ट बिम्ब हुन सक्छौ,
वा भनौं तिमी मभित्रै गुन्जिएको झिनो गीत हुन सक्छौ।

तिमी जे हुन सक्छौ र जे नहुन पनि सक्छौ,
म आफुलाइ भुल्दै जाँदा तिमी मेरो यथार्थ हुन सक्छौ,
अथवा निको हुदैं बल्झिने घाउहरुको मलम हुन सक्छौ,
कहिलेकहिँ अवास्तबिक स्वप्नको भ्रम हुन सक्छौ,
मेरो यात्रामा साथ दिने अद्रिश्य सहयात्री हुन सक्छौ,
म यो मौन आकास हेरेर म तिमीलाइ रङ भर्दैछु,
तिमी येही आकास जस्तो असीमित हुन सक्छौ।

   [ posted by urfrenrites @ 11:31 PM ] | Viewed: 3235 times [ Feedback] (2 Comments)


:

   
बुझ्न नसकिएका कुराहरु। [urfrenrites's blog]
Blog Type:: Blog
Monday, October 15, 2007 | [fix unicode]
 


एक झुल्को खुशी,
एक थुङ्गा माया,
फैलिएर छुट्याउने निश्ठुरी दोबाटोहरु,
रोक्न किन सकिदैन अद्रिश्य घुम्तीहरु?

एक प्रहरको मिलन,
एक मुट्ठि पीडा,
घमन्डले अग्लिएका पहाडहरु,
फुकाउन किन सकिदैंन जेलिएका साँधहरु?

एक प्रकारको अत्रिप्त रहर,
आफुभित्रै हराएको बिचित्रको मनकै शहर,
अबिरल बग्ने प्रेमको निर्मल धारा,
बग्न किन दिदैंनन् पापी बाँधहरु?

अनगिन्ती चाहनाहरुको उर्लंदो भेल,
परायाको माझ खोजिने न्यानोपन,
उन्मुक्त रहरहरुलाइ रङ भरेर,
उड्न किन सक्दैनन् दिग्भ्रमित सपनाहरु?

   [ posted by urfrenrites @ 09:00 PM ] | Viewed: 3009 times [ Feedback] (7 Comments)


: