:: Blog Home       :: sprakashp ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW sprakashp's BLOGS
:: बेइमान ती सडकहरु ... !
:: भोक, भोग र सम्भोग
:: माता र मातृभूमि .....।
:: सहमति र सहबास !
:: उत्तर आधुनिक मान्छे !
:: गाईजात्राको सुखद् समाचार !
:: भुक्तान गर सम्भोगका मूल्यहरु
:: पतन गर तिम्रा वीर्यहरु !
:: मान्छे खोजीको नियात्रा
:: अमेरिका अध्ययन:
:: जीवन कस्तो-कस्तो ?
:: आकाशमाथिको शहरको विचरण गर्दा
:: एउटा योद्धाको खोजी !
:: जीवनसाथी !
:: मान्छेभित्रको मान्छे !
:: मृत्यु बोकेका खुसीहरु !
:: भोको मृत्यु !
:: समवेदनाका स्वरहरु !
:: मान्छेको अर्थ !
:: जनवरी 15 मा Tufts University जाऔं
:: असत् दृष्टि !
:: संघर्ष र समर्पण !
:: डाक्टर साप्को मुटुनेरीको सिस्नेरी
:: साहित्यको बिषयमा छलफल गरौ ।
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
बेइमान ती सडकहरु ... ! [sprakashp's blog]
Blog Type:: Blog
Friday, February 06, 2009 | [fix unicode]
 

बेइमान ती सडकहरु ... !
शिव प्रकाश

ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।

तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु .... !

हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो रङ भएका गाडीहरुलाई
बेइमानीको विम्व / प्रतिविम्व
बेइमान ती काला सडकहरु ... !
Feb 03, 2009 Boston , USA,

   [ posted by sprakashp @ 02:08 PM ] | Viewed: 3167 times [ Feedback]


:

   
भोक, भोग र सम्भोग [sprakashp's blog]
Blog Type:: Poem
Thursday, January 15, 2009 | [fix unicode]
 

भोक, भोग र सम्भोग
शिव प्रकाश

भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।

भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ

आँशु पनि खा‌न्छ
मन पनि खा‌न्छ
माटो पनि खा‌न्छ
र, मा‌न्छे –
मा‌न्छे पनि खा‌न्छ
त्यसैले मा‌न्छे –
माछो पनि हो
बाच्छो पनि हो
र, मान्छे माकुरो पनि हो ।

भोगको भोको मा‌न्छे
भोग्नका लागि ईश्वर पनि भाक्छ
सबैभ‌दा बढी भोक मा‌न्छेलाई नै लाग्छ
सबैभ‌दा बढी भोग मा‌न्छेले नै गर्छ
सबैभ‌दा बढी सम्भोग मान्छेले नै गर्छ ।

निश्चित याम र मौसम हु‌न्छ
हरेक प्राणीको भोक, भोग र सम्भोगको
तर मा‌न्छे –
हरेक समय भोको छ
हरेक समय भोगी छ
हरेक समय सम्भोगी छ
ईश्वरको वरदानको सधैं लोभी छ ।

अनिश्चित विचार
अस्वाभाविक व्यवहार
सृष्टिको अनुपम् उपहार मा‌न्छे –
भोक, भोग र स्भोगका लागि सधैं भोको छ
ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ ।

जनवरी १५, २००८ बोस्टन, अमेरिका ।

   [ posted by sprakashp @ 05:57 PM ] | Viewed: 3822 times [ Feedback] (1 Comment)


:

   
माता र मातृभूमि .....। [sprakashp's blog]
Blog Type:: Personal Thoughts
Sunday, January 04, 2009 | [fix unicode]
 

ति देवी र त्‍यो भुमिको पूजा गरौ जसले हामीलाइ कोखमा बास र धरततीमा पहिलो आश्रय दिइन्
माता र मातृभूमि .....।
बुद्दको जन्मभूमि, मेरो मातृभूमि नेपाल !

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी..!
मेरो एउटा सपना छ जसका लागि म केही गर्दैछु……
"महिनाको एक डलर मातृभूमिका लागि" एक अभियान


Shiva Prakash

   [ posted by sprakashp @ 07:43 AM ] | Viewed: 3355 times [ Feedback]


:

   
सहमति र सहबास ! [sprakashp's blog]
Blog Type:: Poem
Tuesday, December 02, 2008 | [fix unicode]
 

सहमति र सहबास !

शिव प्रकाश


सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।

सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो !

सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।

सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।

सहमति !
नेता-नेताबीच हुन्छ
वेश्या-वेश्याबीच हुन्छ
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।

चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा !

हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका ।

   [ posted by sprakashp @ 09:38 AM ] | Viewed: 3794 times [ Feedback] (3 Comments)


:

   
उत्तर आधुनिक मान्छे ! [sprakashp's blog]
Blog Type:: Blog
Tuesday, April 22, 2008 | [fix unicode]
 

उत्तर आधुनिक मान्छे !

शिव प्रकाश

मान्छे जस्तो देखिने
विनम्रताविहीन मान्छे
भकभकाउँछ एक्लै, बक्बकाउँछ,
सग्लै छन् खुट्टा
टेकिँदैन सीधा
बङ्ग्याएर हिँड्छ
दुरुस्त मान्छेकै जीउडाल
कक्रक्क कक्रयाएको छ
मैमत्तता, घमण्ड, अहङ्कार
मान्छेको नयाँ सँस्करण
उत्तर आधुनिक मान्छे
एउटा नौलो परिचय बाँडेर हिडेको छ ।

मान्छे जस्तो देखिने
मान्छेको वहुरुपी स्वरुप
अशिष्ट व्यवहार
अश्लील बोली
नवीन सभ्यताको नपुङ्षक प्रयोग
असभ्यताको अनुपम उपमा
आधुनिकताको विडम्बना
कुरुप सभ्यताको यो नौलो हाँक
मान्छेका रुपमा
डरलाग्दा बिम्वहरु सल्बलाउन थालेका छन्
गाउँका पाखापखेरा, गोरेटा, कटेराहरुमा
शहरका गल्ली गल्छेडाहरुमा
सहज प्रस्तुति बनेको छ जताततै
उछ्श्रृङ्खल यौन अभिव्यक्ति
सीमाहीन नग्नताभित्र
मौलाएकोछ शरमपूर्ण अङ्ग प्रदर्शन
नशापानको निमग्नताभित्र
जाकिएका छन् भड्खालोमा
विष्मयविहीन बरवादीका रमाइला खेलहरु खेलिरहेछन्
उत्तर आधुनिकताको परिचय बन्दै
उत्तर आधुनिक मान्छेहरु !

आमाबाबुबाट समेत श्रापित ती सन्तान
सायद उज्यालोबाट अँध्यारोतिर हामफालिँदैछन्
र, बन्दैछन् चुनौति
सरदर समय र मान्छेका लागि ।
नवीन सभ्यताको भाड्ग्रा ओढेका
उत्तर आधुनिक मान्छेहरु !!
अप्रिल २१–२००८
बोष्टन, अमेरिका ।

   [ posted by sprakashp @ 06:24 PM ] | Viewed: 2873 times [ Feedback]


: