:: Blog Home       :: shirish ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW shirish's BLOGS
:: गजल
:: छोरीको झोलामा
:: गुनकेशरि सुनाखरी.....
:: गजल
:: Ghazal
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Tuesday, November 25, 2008 | [fix unicode]
 

पछि लाग्दा भाग्ने, छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने, छाया जस्तो चाला !

आफ्ना जन खोई कंहा गए लड्दा ?
उठ्दा मात्र जाग्ने, छाया जस्तो चाला !

बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने, छाया जस्तो चाला !

खोजी जारी राख्न आफ्नै भन्न मिल्ने
मेरो साथ माग्ने, छाया जस्तो चाला !

   [ posted by shirish @ 05:05 PM ] | Viewed: 3523 times [ Feedback]


:

   
छोरीको झोलामा [shirish's blog]
Blog Type:: Blog
Thursday, August 30, 2007 | [fix unicode]
 

छोरीको झोलामा

सबेरै मस्त सुतिरहेकी छोरीलाई ऊठाउंदै भनें
उठ - आज तिमी फेरि पाठशाला जादैछौ !

बाबाले तिम्रो झोलामा
जिन्दगी जस्तो रातो, नीलो, सेतो, कालो
रङ्गीन फाईलहरुको थुप्रो राखी दिएको छु –
ता कि आफ्नै खुट्टामा टेकेर तिमी
- रातोमा साहस लेख्न सकौला
- नीलोमा शान्ती देख्न सकौला
- सेतोमा ईन्द्रेणी भर्न सकौला
- कालोमा सेतोले भबिष्य कोर्न सकौला !

केहि थकाबत जस्तो
केहि उत्साह जस्तो
अल्छी गर्दै ऊठिन् तिनी स्कूल जान !

सांझ फर्किईन् घरमा मुस्कुराउंदै छोरी,
फाईल जति पाठशालामै राखि छे ,
बरु गुरुमाले दिनु भएको सानो थैलीमा
एक-एक बटा पेन्सील, ईरेजर, धागो,
रबर ब्याण्ड, ब्याण्ड-एड, चकलेट, टिस्यू
र लाईफ सेभर मिन्ट ल्याएछन् !

उनी दोहर्याउदै गईन् – गुरुमाले भनेका कुरा
बाबा – यो पेन्सीलले म सपना कोर्छु
यहि क्रममा म जानाजानी गल्ती गर्दिन
तर कहिले कांहि भई हाले,
कुनै होसमा राखेर फेरि दोहराउदिन
त कुनै यहि बिबेकको ईरेजरले मेट्ने छु !

लन्च बक्स जस्तो जिन्दगीमा
संधै भरि मीठो खान पाईदैन होला !
कहिले तीतो पनि खानु पर्ला,
त्यति बेला मुख मीठो पार्न
सानो मूस्कानको गुलीयो चकलेट खानु पर्ला !

अप्ठ्यारो लामो बाटो हिड्नु छ,
धूलो माटोमा खेल्नु छ,
सीधा बाटोमा त लडिन्छ – सम्हाल्दा समाल्दै
धाउ लाग्छ पक्कै,
पोल्ने अल्कोहोलले ईन्फेक्सन रोकी
म आत्मबिश्वासको ब्याण्ड-एड लगाउछु !

बुझ्नु भो बाबा –
त्यो धागो सुनको धागो हो
शत्रु मित्र सबैलाई म उत्तिकै नजीकै
बांधेर राख्ने छु !

यो टिस्यू छ नि बाबा-
आफ्नै गालामा आंसु चुहिए
भिजाउनको लागी हो,
ताकी म अरुको आंसु पनि
देख्न सकुं, बुझ्न सकुं र पुछ्न सकुं !

लाईफ सेभर क्याण्डी
गुरुमाले पठाएको निमन्त्रणा हो –
तनाबहरुमा, दबाबहरुमा, खुशीयालीहरुमा
जब मलाई मनको कुरा खोल्न आबश्यक पर्छ
तिनी छिन् भन्नलाई !

   [ posted by shirish @ 04:16 PM ] | Viewed: 2949 times [ Feedback]


:

   
गुनकेशरि सुनाखरी..... [shirish's blog]
Blog Type:: Blog
Wednesday, July 25, 2007 | [fix unicode]
 

A ghazal inspired by Bhaute's ghazal....


गुनकेशरि सुनाखरी भेटें आफै भित्र
के पो खोज्नु अरु ? मन्जरी भेटें आफै भित्र !

बिट्टाले अब सच्चा झुठ्ठा साबित हुंदैन !
ठट्टा नहुने कचहरी भेटें आफै भित्र !

ऊप्रान्त पाप रोक्ने प्रहरी भेटें आफै भित्र
पश्चाताप पखाल्ने पोखरी भेटें आफै भित्र !

मनभेद मतभेद होला र कसैगरि ?
स्तर सबैको उस्तै बराबरी भेटें आफै भित्र !

काल- कोठरीको डरले म चुप रहन्न
दौंतरी सहितका नगरी भेटें आफै भित्र !

भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ
निरन्तरताको अन्ताक्षरी भेटें आफै भित्र !


Glossary of terms:

सुनाखरी –orchid
गुनकेशरि – flower with white petels
मन्जरी - A cluster of blossoms
कचहरी- court
ऊप्रान्त – now onward
पश्चाताप - regret
काल- कोठरी – a dark room where prisoners are kept for life
दौंतरी – friends of similar age
दोहरि – a competition with rhyming songs usually with men and women
निरन्तर - continuous
अन्ताक्षरी – a game played with songs. The other party has to start a new song with the same letters that the other has ended.

   [ posted by shirish @ 05:52 PM ] | Viewed: 2396 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Blog
Saturday, March 17, 2007 | [fix unicode]
 

गजल

ओत खोजेर हिड्दा तिम्रो घर, मन्दिर जस्तो लाग्यो !
तिमीले खेल्दै कोरेका ती रेखा, तक्दीर जस्तो लाग्यो !

नितान्त एक्लो महसुस भएन कुनै एकान्तमा
तिम्रो उपस्थिती मेरो मनमा, तस्बीर जस्तो लाग्यो !

तरल सतह माथी हिडि रहेका पाईलाहरु
बिश्वाशको आधारले होला, सुस्थीर जस्तो लाग्यो !

बिर्सेर मैले जब एकै क्षण भुलें तिमीलाई
जमीन प्रक्रिति र समय नै, अस्थीर जस्तो लाग्यो !

उड्न खुल्ला आकाश नै उपहार दिएका हौ
बाधिन आउं आउं लाग्ने माया, जन्जीर जस्तो लाग्यो !

- मबि सि

   [ posted by shirish @ 10:14 PM ] | Viewed: 3385 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Poems
Monday, November 22, 2004 | [fix unicode]
 

Ghazal

   [ posted by Shirish @ 11:18 AM ] | Viewed: 2419 times [ Feedback]


: