:: Blog Home       :: mail2rabindra ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW mail2rabindra's BLOGS
:: जाडशाला संबाद
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
जाडशाला संबाद [mail2rabindra's blog]
Blog Type:: Blog
Tuesday, June 30, 2009 | [fix unicode]
 

काठमान्डौमा लामखुट्टेको संख्या बढिरहेछ । जेष्ठ महिना भएकोले होला दिनदिनै पानि पर्छ । आज कत्तिदिन पछि दिनेशले फोन गर्यो । बसन्तपुरमा भेटौ भन्यो- हुन्छ भने ।

बसन्तपुर दरबार अगाडि चिया पिउदै गर्दा पानिका छिटा पर्न थाले । मौसमलेChallenge ग्रदैछ दिनेशले भन्यो । मैले बुझिन । उस्ले औला तेर्स्याउदै बसन्तपुरजाडशाला देखायो । नाम अनौठो लाग्यो । सम्झे केटाकेटिको पाठशाला जस्तै होला । ऐकैछिनमा पानि दर्किन थाल्यो । हतार हतारमा हामि छिर्यौ ।

भित्र ठांउ भरि भराउ थियो । मधुरो प्रकाश अनि सुकर्मको संगित बजिरहेको थियो ।

दिनेशले Beer Order गर्यो । सामन्य हाल खबर, Career, प्रेम प्रसंग सबै जारि थिए । यत्तिकैमा एकजना अर्धबैसे ठाउको खोजिमा हाम्रो नजिक आयो । Excuse me please, Can you adjust to me? । हामि तिर प्रश्न तेर्सायो । हामि मौन सहमति जनायौं । मैले उस्लाई एक्लै ? भने । आनाकानि गर्दै अ एक्लै भन्यो ।

सबैलाई Cheers !! Cheers !!!!!!!

म एक NGO मा काम गर्छु । आज ऐक्लै छिरेको । तपाईहरु young देखेर संगै बस्न आएको । एकै श्वासमा भन्यो ।

तपाईहरु नी ?

हामी बिधार्थी हो काम पानि गर्छौ Pocket money का लागी ।

धेरै राम्रो- उस्ले भन्यो ।

बिस्तारै रात पर्दै गयो । हाम्रा बिषयहरु पनी बढ्दै गये किनकि झोलको मात्रा बढिरहेको थियो। जस्तै केहि प्रसंगहरु :

  • आफै नबुझेको Topic क्लासमा पढाउदा सबैले राम्रो संग बुझेको ।
  • १ ली. Petrol र १ Qtr Royal Stag को दाम बराबर ।
  • १ ली petrol भर्दा राती लाईनमा 1 Qtr Royal Stag सक्याएको ।
  • बाहुन केटिले सगरमाथा चुमेको । क्या बात ।
  • माओबादिले सबै जनजातीको मोर्चा बनाएको तर बाहुन र छेत्रिको नभएकोले खस स्वायत्त प्रदेशको माग ।
  • राजा ग्यानेन्द्र (हुनेवाला नागरिक राजा ग्यानेन्द्र) संगै बसेर फेरि यसरि जांड खाने दिन कहिले आउने ?
  • काठमान्डु बाट घर जादा VISA लगाएर जानु पर्ने ??

यावत गफ छल्दै थिए । घडि हेरे रात को ११ बजेछ । कोठा खालि भैसकेको थियो ।

Toilet आउने जाने क्रम चलिरह्यो । दिनेशले फेरि अन्तिम Cheers भन्यो । के का लागि ? मैले भने ।

माथिका बुंदा लागु गर्न ऊस्ले भन्यो । म हाँसे ।

हामि पैसा बुझाउन counter अगाडी गयौ । म घर जादिन बुढाले भन्यो । अनि कहाँ जाने?- मैले सोधे ।

बिष्णुमतिमा Swimming जान्छु भन्यो ।

किन?

आज बिष्णुमति भन्दा म गन्हाएकोछु त्यसैले ।

बुढा खुस्किएछ- मनमनै सोचे ।

त्यतिकैमा दिनेश करायो । ओए के भयो? ID Card देखाएर ३३% छुट माग्दै रहेछ ।

बुढा खोई कता हराएछ । अलिक धेरैनै भएछ- दिनेशले भन्यो । सगै बाहिर निस्कियौं ।

आजको जाडशालाको क्लास यत्तिनै 

   [ posted by mail2rabindra @ 06:34 PM ] | Viewed: 2581 times [ Feedback]


: