:: Blog Home       :: anjaansharma ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW anjaansharma's BLOGS
:: प्रजातन्त्र पछिको मेरो नेपाल।।
:: यथार्थ
:: मैले नभनेका ऊनका कथाहरु॥॥१
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
प्रजातन्त्र पछिको मेरो नेपाल।। [anjaansharma's blog]
Blog Type:: Blog
Friday, April 18, 2008 | [fix unicode]
 

निचोरेको कागति जस्तो
थेचारिएको नानी जस्तो
ददारिएको घाऊ जस्तो
गरिबको नाऊ जस्तो
च्यातिएको लुगा जस्तो
खान नपाको सुगा जस्तो
ग्राहक नभेटेको व्यापारी जस्तो
जज्मान नभेटेको पुजारी जस्तो
गोली नभएको वन्दुक जस्तो
सामान नभएको सन्दुक जस्तो
गृहकार्य नगरेको विधार्थी जस्तो
देश छाडेको शरणार्थी जस्तो
दिँऊसोको जुन जस्तो
हराएको सुन जस्तो
रेगिस्तानको मरुभुमि जस्तो
महाभारतको रणभुमि जस्तो
प्रजातन्त्रपछिको मेरो नेपाल।।।।

   [ posted by anjaansharma @ 10:24 AM ] | Viewed: 2576 times [ Feedback]


:

   
यथार्थ [anjaansharma's blog]
Blog Type:: Blog
Friday, April 18, 2008 | [fix unicode]
 

बलेको आगो ताप्ने यथार्थ
धनि गरिब नाप्ने यथार्थ
दु:खी र गरिबलाई हेप्ने यथार्थ
आफ्नालागी अरुलाई रेट्ने यथार्थ
चाप्लुसि गर्दै ठुलालाई भेट्ने यथार्थ
अरुको शरिरमा आफनो प्यास मेट्ने यथार्थ।।।

   [ posted by anjaansharma @ 10:19 AM ] | Viewed: 2543 times [ Feedback]


:

   
मैले नभनेका ऊनका कथाहरु॥॥१ [anjaansharma's blog]
Blog Type:: IMHO
Sunday, April 06, 2008 | [fix unicode]
 

अन्जान शर्मा, २०६१/०९/२५ शुभम्॥॥


म एक व्यक्ती, जो समाज, शस्कार अनि आफ्नो जीवन प्रतिको दायित्व बुझेको एक निरिह हुँ। मलाइ थाहा थियो, ऊनि सफल हुन्नन् भन्ने। तर ऊनले मलाई असफल बनाउने र आफु सफल हुने कोसिसमा पनि थिईनन्। हुनत सबै दोश ममा आयो होला तर मैले आत्मालाई ढाँटिन र सकिन पनि। ऊनले मलाई औधि प्रेम दर्साइन्, मेरा लागी आँशुपनि बगाईन्। मैले ऊनको प्रेमको मुल्य बुझिन, अमुल्य प्रेम सम्झेँ। शायद केहि खोट ममा पनि थियो होला। म ऊनिसँग प्रतिस्पर्धा गर्न चाहन्न थेँ। यदि ऊनको चोखो प्रेम थियो भने, ऊनले पनि त्यसो गर्थिनन् होला।
ऊनको चाहना र मेरो सोच भिन्न बन्दै जान थाले। हाम्रो जीवन रेखा बिपरित ध्रुब तिर जान थालीसकेका थिए। तैपनि हामी सम्झौताको सँघारमा उभिने कोसिसमा थियौँ। सम्झौता गर्दा गर्दै पनि, एकले अर्कोलाई बुझ्दा बुझ्दै पनि, मैले र ऊनले हाम्रो जीवनरेखालाई मिलाउन सकेनौ, र समानान्तर रेखा बन्दै जान थाले।
ऊनले एक निरिहलाई मेरा सामु ऊभ्याइन। म एक निरिहले, अर्को निरिहसँग प्रतिस्पर्धा गर्नु गल्ति सम्झेँ र आफुलाई युध्द मैदानबाट टाढा लगेँ।त्यो निरिह जीवन ऊनिसँग फेरि कुश्ति खेल्दै छ। जुन उनको मनोरञ्जन नबनोस् मैले बुझेको छु। हार ऊनकै हुन्छ, किनकी, फेरि त्यो निरिह जीवन पनि युध्द मैदान छोडेर भाग्ने छ। ऊनले फेरि अर्को निरिह जीवनलाई ऊभ्उने छिन्। उनि यस मामिलामा कुशल खेलाडी हुन्। म जस्ता निरिह जीवनहरु कुनै श्रीङ्खलाका पात्र जस्ता हुने छौँ। त्यो पनि अतिथि पात्र जस्ता। क्रमश पात्रहरु बदलिने छन्। जहाँ ऊस्को भुमिका स्मरण योग्य हुने छैन।

   [ posted by anjaansharma @ 08:50 AM ] | Viewed: 2721 times [ Feedback]


: