:: Blog Home       :: Pandey anil ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW Pandey anil's BLOGS
:: Shooting Report राष्टियताको गाथा कसम सगरमाथाको
:: ANA (आना) सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ
:: भारतीय अतिक्रमणविरुद्ध एक होऔं
:: Interaction Progrm.
:: ए एन ए २००९ बिशेष NEWS
:: कविता �एकता� (anil Pandey)
:: 27 th ANA -Oakland,california 2009
:: Nepali Army
:: प्रवासी प्रतिभाको प्रयोग अनिल पाण्डे
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Shooting Report राष्टियताको गाथा कसम सगरमाथाको [Pandey Anil's blog]
Blog Type:: Blog
Monday, June 22, 2009 | [fix unicode]
 

                             Shooting Report

Kasam Sagramathako  shooting nearly completed

 

For the first time in the history of California Nepali Community, a Cine Drama Kasam Sagarmathako is being shot in California. Nepal Association for Global Cooperation NAGC is the producer of this drama which supports the spirit of NAGC philosophy. The story was written by Mani Nepali Paneru and Iswar Sitaula, which has a loud and clear message of patriotism. The drama is directed by Anil Pandey, the president of Motherland Nepal. Mr. Ashok Gautam is the production Manager  of this endeavor whereas Sangita Sharma has directed the dances. Famous Singer Sapanashree and friends are serving as playback singers and almost hundred people are involved in this Cine Drama as actors and technicians who have volunteered their time to help NAGC an emerging international nonprofit organization of the Nepalese community.  

The first part of drama was shown during the historical RAMJHAM HIMALI SAANJH, the first public appearance of NAGC which was rated excellent  by the happy audience. Mr. Nabin Adhikari one of the main actors of widely talked about movie KATHMANDU, has played the major role in this drama and emerging artist, beautiful Khusbu Neupane is the principal actress. Other notable artists are Ashok Gautam, Jiwan Limbu Harihar Dahal, Baikuntha Khanal. Sagar Koirala, Mani Nepali Paneru, Kamala Bhattarai, many other enthusiastic adults and children. The witness of the shooting showed her confidence that it is coming beautifully and it is a MUST SEE Cine Drama. 

  नायक सगरमाथालाई नेपाली राष्ट्रियताका गौरब र नयाँ नेपालको सपनाको प्रतिक मान्दछन् । इतिहासका मोडहरुमा राष्टिय चिन्हरु फेरिन सक्छन् राष्टिय विभूतीहरु फेरिन सक्छन् राष्टिय परिभाषा  फेरिन सक्छन् तर हामी नेपालीहरुको गौरव सगरमाथा हिजो थियो आज छ र निरन्तर रहिरने छ। त्यसैले यो अजर अंमर राष्ट्रियताको प्रतिकको नाममा कसम खान्छन् हाम्रा नायक। किन खान्छन् कसरी खान्छन् अनि कसम पुरा गर्छन् वा गर्दैनन् हेरौँ यो राष्टियताको गाथा कसम सगरमाथाको ।    लेखक- इस्वर सिटौला र मणी नेपाली   निर्देशक  अनिल पाण्डे

   [ posted by Pandey Anil @ 10:11 AM ] | Viewed: 2420 times [ Feedback]


:

   
ANA (आना) सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ [Pandey Anil's blog]
Blog Type:: Blog
Sunday, June 14, 2009 | [fix unicode]
 

आना सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ

Published by Hamaosamaj on June 11, 2009

आना सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ

अनिल पाण्डे

                                       Anil Pandey

                                      California

अमेरिकामा रहेका नेपालीहरुको लोकपि्रय छाता-संघ एशोसिएसन अफ नेपाली अमेरिकन एएनए�अना को २७औं सम्मेलनको तयारी जसरी भएको छ त्यो एकता लोकतन्त्र र समावेशी सहकार्यको उदाहरण बन्न पुगेको छ । सम्मेलन तयारी समिति उपसमितिहरुको कामबाट एक महिना लगाएर पनि सरकार गठन गर्न नसक्ने नेपाली राजनीतिक पार्टीहरुले ठूलो पाठ सिक्नसक्ने अवस्था छ ।
नेपालमा नेताहरुले मन्त्रीको कुसर्ीका लागि ताण्डवनृत्य नाचेर सर्वाङ्ग नग्न स्वरुप सार्वजनिक गरिरहेका छन् । पार्टीहरुको छाती कति सङ्कीर्ण रहेछ- जनताले लामो उच्छ्वासका साथ अवलोकन गरेका छन् । राजनीतिक दलले नयाँ नेपाल निर्माण गर्ने जनचाहनालाई होइन कुसर्ीलाई महत्व दिएका रहेछन् भन्ने कटुसत्य प्रकट हुन पुगेको छ । स्वभावतः जनतामा यति वढी निराशा छाएको छ कि विदेशी अतिक्रमणकारी शक्तिले हात हाल्यो भने पनि ुआफ्नाले सकेनन् के गर्नु तु भन्ने समर्पणवादी सोच सिर्जना हुने समय आएको छ । यस प्रकारको चिन्तन भयानक भूकम्पको पूर्वाभासका रुपमा प्रकट भैसकेको छ ।

आना सम्मेलन सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर यसको तयारी पाका व्यक्तित्व गोविन्द शाहीको नेतृत्वमा केही साताअघि नै पूरा भैसकेको छ । प्रारम्भमा केही असहज परिस्थिति सिर्जना नभएको होइन । अना सम्मेलन आयोजक को हुने भन्ने विवाद पनि देखियो । तर द्वन्द्व व्यवस्थापनमा समेत अनुभवी रहेका शाहीले यस विवादलाई अत्यन्त सफलताका साथ निवारण गर्नुभयो । भनिन्छ द्वन्द्व मूलतः चार किसिमले निवारण गर्न सकिन्छ- प्रारम्भमा रोकथाम दोस्रोमा व्यवस्थापन तेस्रोमा समाधान र चौथो रुपान्तरण । आयोजक को हुने भन्ने विवाद सतहभित्र मात्र नरहेर बाहिर पनि प्रकट भैसकेको अवस्थामा थियो । व्यवस्थापनको चरणमा पुगेको त्यस द्वन्द्वका पक्षहरु आज एकसाथ मिलेर कन्भेनर शाहीलाई नै सघाइरहनु भएको छ ।

खासमा अना अमेरिकामा रहेका नेपालीहरुको आस्था पुाज हो भन्ने तथ्य बुभुन र बुझाउन सकेकै कारण सम्मेलनको तयारी चौथो गियरमा दौडिन सकेको हो । सम्मेलन क्यालिफोर्नियामा हुनु यस क्षेत्रका सारा नेपालीको गौरवको विषय हो भन्ने आत्मबोधले पनि तयारीको तीव्रतामा पखेंटा हालिदियो । सम्मेलनको तयारीका लागि विभिन्न विभाग शाखा र क्षेत्रमा रहेर काम गर्ने हरेर व्यक्तिले आपुूलाई यसको एक अभिन्न पात्र मात्र सम्झेन एक सम्मानित सदस्य पनि महसुस गर् यो । विदेशमा आएपछि नेपालीहरु एक प्रकारले पहिचानको खोजीमा भौतारिइरहेका हुन्छन् । नयाँ र अनौठो किसिमको भोक जाग्छ प्रवासी नेपालीहरुमा पहिचानको । अना सम्मेलनको तयारीमा लाग्नुहुने सम्पूर्ण दाजु-भाइ-दिदी-बहिनी नेपाल र नेपालीको पहिचान उच्च राख्न समर्पित हुनुहुन्छ । उहाँहरुको यही समर्पणका कारण समयमै सम्मेलनको तयारी पूरा हुन सकेको हो ।

अना सम्मेलनको सफलताका लागि मन वचन र कर्मले समर्पित साथीहरुले कुनै भौतिक प्रतिफलको आशाले यो काम गर्नुभएको होइन । ुकर्मण्येवाधिकारस्ते माफलेसु कदाचनःु को आदर्श तयारी समितिका हरेक सदस्यमा रहेको अनुभूत गर्न सकिन्थ्यो । यद्यपि यस सम्मेलनले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालीलाई भौतिक लाभ पनि नदिने भने होइन । किनभने सम्मेलनमा व्यापार व्यावसाय प्रवर्धन साहित्य सङ्गीतको उत्थान नयाँ तथा पुरानो फेसन कला खेलकुद लगायतका विधामा नेपाली समुदायले आफ्नो एउटा उचाईं हासिल गरेको प्रमाण अना सम्मेलनमा प्रस्तुत हुनेछ । अर्को शब्दमा भन्नुपर्दा नेपाली जातिको सभ्यता यस सम्मेलनले व्यक्त गर्नेछ । हामीले आफ्नो पहिचान र अस्तित्व यस सम्मेलनमा प्रकट भएको देख्नेछौं । एकातिर नेपाली समुदायले मनदेखि गौरवको अनुभूति गर्नेछ भने अर्कातिर व्यापार व्यवसाय अभिबृद्धि गर्दै धन आर्जन गर्ने अवसर पनि नेपाली समाजले पाउन सक्नेछ ।
ुपछिल्ला बर्षहरुमा अमेरिकामा नेपाली समुदायको उपस्थिति र घनत्व बढेको छ । यस समुदायलाई गौरवान्वित गराउनु अत्यन्त आवश्यक छ । हामी अर्को कुनै समुदायभन्दा कुनै पनि अर्थमा कमजोर छैनौं । हाम्रो कला संस्कृति परम्परा मौलिकता व्यापारव्यवसायका सीप र प्रसिद्धिमा हामीले सगरमाथाको उचाईं छोएका छौं भन्ने आत्मिक अनुभूतिका लागि एएनए सम्मेलनले कोशेढुङ्गाको काम गर्नेछ । हामीमा आफ्नो शक्तिको पहिचान भएमा नै हामीले विश्वका आम समुदायको
बसोबास रहेको अमेरिकामा आफ्नो पहिचान बनाउन सक्नेछौंु कन्भेनर शाहीको यस भनाइसँग लेखक शतप्रतिशत सहमत छ ।

अना सम्मेलनको सफलता पत्रकार मित्रहरुको सहयोगमा निर्भर गर्दछ । तयारीमा पनि उहाँहरुको सहयोगले एक रक्तसाचारको काम गरेको छ । समाचार लेखेर मात्र उहाँहरुले यसका गतिविधिलाई उजागर गर्नुभएन तयारीमै पनि जुट्नुभयो । जनमत बनाउँन र अना सम्मेलनमा स्वयंसेवीका रुपमा सरिक हुन अमेरिकामा रहेका नेापालीलाई अभिप्रेरित गर्ने काम उहाँहरुले नै गर्नुभएको हो । आम साचारका चार काममध्ये सूचना शिक्षा र अभिप्रेरणा दिने काम साचारकर्मी मित्रहरुबाटै भयो जसले गर्दा आज सयौंको संख्यामा अना सम्मेलनको तयारीका लागि मात्र नेपालीहरु जुटिरहेका छन् । सम्मेलनमा स्वयंसेवी भएर काम गर्न खासगरी युवा समुदाय विद्यार्थी निकै तदारुकताका साथ प्रस्ताव लिएर आएका छन् । यी यावत तत्परताका लागि साचारकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
अन्त्यमा तयारी समितिमा साचार क्षेत्र हेर्ने एक सदस्यका हैसियतले म सम्पूर्ण सहयोगी महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु । हामीले एकताबद्ध ढंगबाट विदेशमा जे-जति काम गरेका छौं त्यो आफ्नै मुलुकभित्र पनि गर्नसक्छौं । हामीले विदेशमा हासिल गरेको सफलता मुलुकमा सरकार गठन गर्ने नेताहरुसम्म पनि पुग्नु आवश्यक छ । आफै मात्र अवसर लिने र त्यागको भावना नराख्ने हो भने अना सम्मेलन मात्र होइन नेपाल सरकारले पनि पूर्णता पाउने छैन । यस सत्यप्रति सबै सचेत हुनु आवश्यक छ ।

   [ posted by Pandey Anil @ 02:28 AM ] | Viewed: 2133 times [ Feedback]


:

   
भारतीय अतिक्रमणविरुद्ध एक होऔं [Pandey Anil's blog]
Blog Type:: Blog
Tuesday, June 09, 2009 | [fix unicode]
 

भारतिय ज्यादती बिरुद्ध मदरल्याण्ड नेपालको प्रेस बिज्ञप्ति

                   भारतीय अतिक्रमणविरुद्ध एक होऔं

                            सनफ्रान्सिस्को ,जुन ०८, २००९

भारतीय प्रहरीले दाङ बारा जिल्लाका नेपाली नागरिकमाथि अमानवीय व्यवहार प्रदर्शन गर्दै उनीहरुलाई जबरजस्ती विस्थापित गरेको समाचारले मदरल्याण्ड नेपाल परिवार तथा अमेरिकामा रहेका नेपाली समाजलाई स्तव्ध बनाएको भारतसँग सिमाना जोडिएका ती जिल्लामा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीले कुटपिट िहंसात्मक दुव्र्यवहार यौन अत्याचारसमेत गरेको तर नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय पक्षमै वकालत गरेको थाहा पाएर हामी मर्माहत भएका छौं

नेपाली नागरिकमाथि भारतीय पक्षले गरेको दुव्र्यवहारका कारण उनीहरुले आफ्नै भूमिबाट विस्थापित हुनुपरेकोमा गम्भीर आपत्ति जनाउँदै त्यस िहंसाका विरुद्धमा १६ राजनीतिक दलले संयुक्त रुपमा भत्स्रना गरेको अवस्थामा पनि नेपाल सरकार गम्भीर नभएको भारत सरकारलाई आफ्नो हैसियतमा बस्न गल्ती सच्याउन चेतावनी दिन नसकेकामा हामी गम्भीर खेद प्रकट गर्दछौं

भारतीय पक्षले सिमान जोडिएका विभिन्न ठाउँमा सीमास्तम्भसमेत सारेर नेपाली भूमि अतिक्रमण गर्दै आएको जानकारी यसअघि पनि बारम्बार प्राप्त भएको हो सिमाना तथा भन्सार नाकाहरुमा नेपालीमाथि भारतीय सीमासुरक्षा बलले ज्यादती गर्दैआएको जानकारी पनि प्राप्त भएको हो सीमानानजिक अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गर्दै नेपाली भूमि जलमग्न हुनेगरी अग्लो बाँध बनाउँने कार्य पनि भारतले रोकेको छैन एक सार्वभौम मुलुकमाथि यसरी सर्वपक्षीय आक्रमण हुँदा पनि नेपाल सरकारले विरोध गर्न नसक्नुका पछाडि दास मानसिकता नै कारणका रुपमा रहेको हाम्रो ठहर

हामी अमेरिकामा रहेका नेपाली समाजका तर्फबाट जोडदार माग गर्दछौं कि भारतले एक सार्वभौम मुलुकमाथि गरेको आक्रमणका लागि नेपाली जनतासँग माफी मागोस् आइन्दा यस

   [ posted by Pandey Anil @ 02:29 AM ] | Viewed: 2606 times [ Feedback]


:

   
Interaction Progrm. [Pandey Anil's blog]
Blog Type:: Blog
Monday, June 08, 2009 | [fix unicode]
 

Interaction Progrm.

with IGP Dhurba B. Pradhan

         and

Pradip Gyawali


http://vimeo.com/5056959                http://vimeo.com/5056959               http://vimeo.com/5056959

   [ posted by Pandey Anil @ 12:41 PM ] | Viewed: 1628 times [ Feedback]


:

   
ए एन ए २००९ बिशेष NEWS [Pandey Anil's blog]
Blog Type:: Blog
Monday, June 01, 2009 | [fix unicode]
 

ए एन ए २००९ बिशेष NEWS

http://hamrosamaj.net/?p=4519
Dear All Please visit www.hamrosamaj.net
 to know what's happening in ANA's Preparations and if you have anything to update about the upcoming events of our area/ community or anything that makes us proud to be the part of hamrosamaj. please remember us.

http://video.yahoo.com/watch/5205196/13748107‏

   [ posted by Pandey Anil @ 01:54 AM ] | Viewed: 1824 times [ Feedback]


: