:: Blog Home       :: Acharya Dilip ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW Acharya Dilip's BLOGS
:: Hip-Hop Generation and New Nepal
:: बाँदर, झण्डा र गँजडी गफ
:: गिरिजा कोईरालको 'ग्रया्‍ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन'
:: बोल्ने कला (चिनियाँ नीति कथा)
:: पेशागत प्रतिभा
:: पेशा
:: तीन सुत्र कथा
:: सम्मोहन
:: निकम्मा नेता र देशको दुर्गती
:: यहाँ यस्तै हुन्छ (सूत्र-कथाहरु)
:: ई-श्राध्द (लघुकथा)
:: Specialty (Short story)
:: मूर्छीत संस्कार (लघु कथा)
:: मर्द (लघुकथा)
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Hip-Hop Generation and New Nepal [Acharya Dilip's blog]
Blog Type:: Blog
Tuesday, April 22, 2008 | [fix unicode]
 

The other day I was online and talking with a junior relative of mine in Nepal. As the CA Election result is still a hot cake we began to share view about it.

Though I was not astonished by the sudden Maoist victory this time, but had and still have doubt about how they will handle the nation.

During the short "chat" I found that Nepalese youth; which I am calling the Hip-Hop Generation are very much hopeful and are in blind support of Maoist.

As we are all free and are also free to carry-over any ideologies, isms or support a particular party, group of organization, I found that the blind support of the Hip-Hop Generation to Maoist is a basic and main cause of their victory this time.

"Now the New Nepal will be constructed!" he was flying in his dreamland and telling me that how our country will become a Developed nation in a short period.

As it was not possible for me to drag him up to the thinking level of mine, I just joked and asked " well … tell me where it will be constructed?" , I just gave him an example of New Baneshwar and Old Baneshwar and asked him in which empty land the so called "New Nepal" is being built. "No Big bro!… you don't understand… this is a completely a new concept!".

I told him that "Mao died in 9th. September 1976 and it is already more than half a century that his ism was introduced" and again asked him that how it is a new concept"

He became answer less… just to freshen his mood and give continuity, I threw another card " Yes like America purchased Alaska… we can also buy some land…"

He interrupted my lines with a big surprise "….What ???, Alaska was purchased by America? from whom???". I just laughed and asked him to search the net for detail. But his spirit and enthusiasm was in it's zenith " No Big bro!.., you will see …. our economic will boom in short period…"

I just asked him to get thorough and basic knowledge of Nepal's economic condition and reminded him that:

# Only 30% of Nepal’s population have easy access to all weather roads
# Where, average annual rate of inflation is about 6%,
# 24%of population lives below US$1 a day/income,
# GDP per capita average annual growth rate is only 1.9%,
# Population living below the national poverty line is about 42%,
# There is only about 7,080 Km of Highway (I'd rather call it 'Road'), 52 Km of railroad and only one
international airport
# And the scaring data of population growth is still above 2.4%.
I told him these are just few data's and static's, and our country's market is 'alive' hardly due to the "remittance" .

" No Big bro!, we'll make it…", he was still hopeful that, a magic will happen and everything will be changed. It was clear enough for me that he only had dreams and 'goals' without any means and practical methodology to achieve it.

It seemed to me that all The Hip-Hop Generations were never aware of these fundamental facts and are only flying high in the seventh sky thinking that what the leaders promise in election time will become reality with a magic stick.

I also do wish that Nepal will be transformed (I am using the term "transformation" because I understand that we can't built a 'New Nepal' as no more Alaska's are on sale now, where we can construct it) for betterment and whoever does this great work will be remembered in Nepalese history, without any prejudice of ism, ideology or doctrine, but I feel pity over these Hip-Hop Generation who only have wings to fly but no foot to walk in the ground.

   [ posted by Acharya Dilip @ 06:29 AM ] | Viewed: 1264 times [ Feedback]


:

   
बाँदर, झण्डा र गँजडी गफ [Acharya Dilip's blog]
Blog Type:: Blog
Friday, March 28, 2008 | [fix unicode]
 


अघिल्लो शताब्दीका अत्यन्त बिबादास्पद रहस्यदर्शी ओशोले कतै भनेका छन कि चार ओटा बाँदरले चारथरी झण्डा समाते पनि बाँदर त आखीर बाँदर नै रहन्छन् । राजनीतिको फोहरि खेल र त्यसका खेलाडिमाथी ईगींत गर्दै उनले माथिका कुरा भनेका हुन ।

वास्तबमा बिभिन्न दल, गुट वा पार्टि जे भने पनि समष्टिमा केवल झण्डा मात्रै फरक हुने र उद्देश्‍य भने सबैको यौटै हुने, अर्थात जसरी भए पनि सत्ता प्राप्त गर्नु मात्रै रहेको कुरा भने हामि सबैले देखेकै र भोगेकै कुरा हो। अनी आफू सत्तामा पुग्नलाई जुनसुकै उपाए पनि अपनाउनु नै हाम्रा नेताहरुको पहिचान बनिसकेको छ।

त्यसपछि सो सत्ता प्राप्त गर्न प्रयोग गरिन्छ बिभीन्न रंगका झण्डा, नारा र गँजडी गफ।

गँजडी गफको कुरा गर्दा कहिले २ बर्षमा मेलम्चीको पानि काठमाण्डौमा ल्याउने असम्भव योजना बताईन्छ त कहिले नेपाल लाई सींगापुर अनि कहिले स्विजरल्याण्ड बनाउने हावादारी आश्‍वासन। वास्तबमा यो सबै केबल चुनाव जित्‍नलाई प्रयोग गरिने यौटा हौवा मात्रै हुन्छन् । चुनाव सक्कीने बित्तीक्कै यो सब नारा र हौवा हावामा बिलाउँछन र अनी शुरु हुन्छ खुट्टा तान्ने खेल ।

यहाँ कहिले ईन्जिनियरींग र निर्माण विज्ञानको बारेमा क ख ग नजान्नेले विना जानकारी ठूला ठूला योजनाको हावादारी घोषणा गर्छन त कहिले पाँच कक्षाको पाठ्यक्रममा लेखीएको "नेपाललाई एशीयाको स्विजरल्याण्ड पनि भनिन्छ" भन्ने हरफ पढेको भरमा नेपाल लाई साँच्चै स्विजरल्याण्ड बनाउँछु भन्दै हिडछन् । तर भौगोलीक कठिनता अर्थको अभाव अनी अन्य बिभीन्न कारणले गर्दा मेलम्चिको पानी १० बर्षमा पनि काटमाण्डौ आउदैन भने कहिले चाहि गँजडी गफ गर्नेहरु आफै एकचोटी सिंगापुर वा स्विजरल्याण्ड पुगेपछि त्यहाको वास्तबिक उन्नती र बिकास देखेपछी पाँच कक्षा पढेको ज्ञानले मात्रै केहि नहुने यथार्थको जानकारी भएर आफै 'झेंप खाएर' चुप लाग्छन ।

तर पनि यो रंग-बिरंगी झण्डा र गँजडी गफको निरन्तरता भने चलि रहन्छ अनि ओशोले भने जस्तै चुनाव नजिक आउने बित्तीकै सबै बाँदरहरु थन्क्याएर राखेका आ-आफ्ना नयाँ-पुराना झण्डा र नया नया गँजडी गफका पोका लिएर मैदानमा निस्कन्छन: " ...... हाम्रो नीति यस्तो छ ......", " हामि यस्तो गर्छौं ...... हामि उस्तो गर्छौं ......"

अहिले नेपालमा एकचोटी फेरी चुनाव नजिकिएको छ, अनी सुनिन्छ सडकमा नया पुराना बाँदरहरु फेरि रंगि चंगि झण्डा बोकेर निक्लेकाछन र गँजडी गफको पनि बर्षा भईरहेको छ । यो चुनाव केबल संबिधान निर्माण गर्नकोलागी मात्रै हो र यसले सरकार बनाउने होईन भन्ने कुरा नेता, प्रतिस्पर्धी वा दललाई पनि थाहा नभएर हो वा किन हो, सुनिन्छ अहिले पनि आश्‍वासन, नारा र सपना बाँढ्ने गँजडी गफको भरमार छ । अनि आफूलाई साच्चै बाँदर भएको प्रमाणीत गर्न यस पटक थप एक अर्कामा गालि गलौज र हान-थाप अनि लुछाचुडिँ गर्ने गर्ने कार्यको पनि अधिकतम उपयोग गरीएको छ ।

अन्तमा केहि दिन पहिले 'च्याट' मा बस्दा नेपालबाट घर-परिवार र साथिहरुले सोधेका थिए " भोट हाल्न नेपाल नआउने? " मैले भने " पहिला झण्डा मात्रै नहेर्नु, झण्डा बोक्नेलाई पनि हेर्नु ...... त्यँहा कुनै झण्डा बोक्ने 'मानिस' देखीएमा र गँजडी गफ हैन यथार्थबादी कुरा गर्ने र साँच्चै देशकोलागि केहि गर्ने अठोट देखीएमा मलाई खबर गर्नु म भोट हाल्न आउँछु । त्यस दिन पछि आजसम्म कसैले फेरी "भोट हाल्न आउनु" भनेर बोलाउन हिम्मत गरेका छैनन् ...... तर म अझै प्रतिक्षामा छु ......

   [ posted by Acharya Dilip @ 09:36 PM ] | Viewed: 2399 times [ Feedback]


:

   
गिरिजा कोईरालको 'ग्रया्‍ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' [Acharya Dilip's blog]
Blog Type:: Blog
Friday, March 14, 2008 | [fix unicode]
 

धेरै समय भएको छैन, हाम्रा हालका प्रधानमन्त्री त्यतिबेला नेपालमा घटेका र घट्दै गरेका हरेक घटनालाई यौटै नाम दिदैं बर्बराउँथे "ग्रया्‍ण्ड डिजाईन" ।

रत्‍नपार्कमा बस ठोक्कियोस की ग्यासको आपुर्ति रोकियोस, बैंकको सेफ फोरियोस की टेलीफोनको तार चोरियोस उनि यौटै नारा घन्काउँथे ".......यो सबै ग्रया्‍ण्ड डिजाईन हो ......."

राजा बिरेन्द्रको बंश नास भएको घटना देखि लिएर त्यतिबेलाका यावद कुरालाई उनि त्यहि सजिलो र 'लोकप्रिय' नाम दिन्थे। जे सुकै होस न! "ग्रया्‍ण्ड डिजाईन" भनिदिए पछि न त कुनै कुराको बारेमा पूर्ण जानकारि लिनु पर्ने, न त आफुले बोलेको कुराको बारेमा जिम्मा नै लिनु पर्ने। त्यसैले उनले बर्षौं सम्म ग्रया्‍ण्ड डिजाईनको भाँडो बजाए । कहिले ठुलो टुलो कुरामा ग्रया्‍ण्ड डिजाईनको डम्फु बजाएर रहस्यमय बनाए भने कहिले स-साना कुरालाई पनि त्यहि संज्ञा दिएर पत्रकार हसाँए ।

समष्टीमा ग्रया्‍ण्ड डिजाईनको डम्फूले गिरिजा कोईरालाले पूर्ण राजनैतीक फाईदा उठाए। पछि कतै पत्रकारहरुले सो ग्र‍याण्ड डिजाईनको बारेमा प्रकाश पार्न अनुरोध गर्दा उनले सधै 'पछि थाहा हुने' बताउँदै आएका थिए ।

समयले कोल्टे फेर्दा हाल उनी पून: देशको प्रधानमन्त्री र राष्ट्राध्यक्ष समेत बनेका छन्, तर अब कमजोर स्मरणशक्ति भएका जनता र पत्रकारले एकातर्फ त्यो कुरा सोध्न बिर्सेका छन भने अर्कोतर्फ उनलाई त्यो ग्रया्‍ण्ड डिजाईनको बारेमा बताउने फुर्सद पनि छैन । उनले आफू चर्चामा बनिरहन र राजनैतीक बृत्तमा छाईरहन त्यसको भरमार प्रयोग गरे भने जनता र पत्रकारले पनि कहिले गमेर त कहिले हाँसेर त्यसलाई उडाए । अहिलेको स्थितिमा आफू करिव करिव नेपालको सर्बशक्तिमान व्यक्ति हुँदा सम्म त्यस तथाकथित ग्रया्‍ण्ड डिजाईनको पर्दा नखोलिनुले त्यो 'पिटारा' केवल आफ्नो निहित स्वार्थ सिद्द गर्न मात्र निर्माण गरिएको कुराको भने पर्दा खोलीएको छ।

यो त भयो गिरिजा कोइरालाको ग्रया्‍ण्ड डिजाईनको कुरो, तर वास्तबमै हेर्दा नेपालमाथी कूदृष्टि राख्‍ने केहि तत्व साँच्चै यौटा विशाल ग्रया्‍ण्ड डिजाईन बनाएर लागि परेको कुरा हालसम्मका बस्तुस्थितिले उदाङ्गो पारेको छ । नेपालमा घटने प्रत्यक साना तिना घटना देखी लीएर ठुला परिवर्तन र हालैका दिनमा भएका तराई आन्दोलनलाई नजिकबाट हेर्ने सबैले सजिलै अनुमान गर्न सक्ने कुरा हो त्यो ।

आफू कुनै बेला 'divide and rule" को शिकार भएको यौटा तत्व हाल त्यहि नीति नेपालमाथी प्रयोग गर्ने कुचेष्टा गर्दै छ र त्यो ग्रया्‍ण्ड डिजाईन भित्र हाम्रा सबै 'मै हुँ' भन्ने नेताहरु पनि नराम्ररी गाँजिएका छन् । पहिला पहिला ग्रया्‍ण्ड डिजाईनको हौवा फैलाउँदै हिड्ने धेरैलाई अहिलेको स्थितिसम्म आईपुग्दा आफू स्वयं पनि अर्कै कुनै 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' को यौटा कठपुतली मात्रै भएको ज्ञान प्राप्त भैसकेको छ भने कति जनाले या त अझै मुर्छीत र गहन सम्मोहित निन्द्रामा परेर यथार्थलाई बुझ्न सकेका छैनन् वा केहि गुलीयो चाटन पाउने लालसामा देशकै अस्मिताको व्यापार गर्न पनि तयार छन ।

नेपाल साँच्चै यौटा 'ग्रेट-ग्रया्‍ण्ड डिजाईन' को भुमरिमा रुमल्लिने स्थितिमा छ र अबका दिनहरुमा दिवा-स्वप्न बाँडने र गँजडि गफले देश बनाउँछु भनेर मात्रै केहि हुनेवाला छैन । आफ्नो हैसियत भन्दा बाहिरको भ्रम बाँडने र आफ्नो योग्यता भन्दा बढता कुरा गर्ने सबै यहि 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' का कठपुतली मात्रै हुन ।

अन्तमा, गिरिजा कोईरालाको 'ग्रया्‍ण्ड डिजाईन' त केवल यौटा हौवा मात्रै थियो र त्यसको अहिले कुनै औचित्य छैन तर अहिलेको 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' को भने सबै नेपालीले एकजुट भई मुकावला गर्नु पर्छ । होईन भने त्यो दिन धेरै टाडा छैन जुन दिन हामिले हाम्रा 'महान' र 'हक्की' मानिने धेरै नेतालाई पनि त्यहि 'ग्रेट-ग्रया्‍ण्ड डिजाईन' को यौटा 'मोहरा' मात्रै भएको थाहा पाउने छौं र केवल पश्चातापको लागि मात्र हामिसंग प्रशस्त समय हुनेछन् ।

   [ posted by Acharya Dilip @ 12:37 AM ] | Viewed: 2122 times [ Feedback]


:

   
बोल्ने कला (चिनियाँ नीति कथा) [Acharya Dilip's blog]
Blog Type:: Story
Thursday, January 24, 2008 | [fix unicode]
 

बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : "खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !" उनको कुरा सुनेर उपस्थित पाहुनाउरु मध्य केहिले सोचे- 'आउनु पर्ने मान्छे त आएनन् , मतलव हामि त नआउनु पर्ने मान्छे पो रहेछौं ।" यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १० जना त्यहा बाट निस्केछन् ।

ति महाशयले आईसकेका पाहुना पनि फर्केको देखेर फेरि भने : " नजानु पर्ने मान्छे पनि गए "। यो वाक्यलाई पनि बाँकी पाहुना मध्यका केहिले अर्कै अर्थमा लिए – ' ओहो ! उनिहरु नजानु पर्ने मान्छे भए जानु पर्ने मान्छे त हामि पो रहेछौं "। यति सोचेर फेरी अरु १० जना पाहुन पनि त्यहाबाट निस्केछन ।

यस पटक उसलाई आफूले बोल्दा केहि गल्ति भएको आभाष भएछ र उनले आफूलाई प्रष्ट पार्ने हेतुले भने :" मैले उनिहरुलाई लक्षित गरेर त्यसो भनेको होईन" । तर उनको य वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोचे 'ति जानेहरुलाई लक्षीत नगरेको भए हामिलाई नै लक्षीत गरेर भनिएको होला' । यति सोचेर बाँकी १० जना पनि तुरुन्तै विना भोजन त्यहा बाट निस्केछन् ।

   [ posted by Acharya Dilip @ 10:02 PM ] | Viewed: 2286 times [ Feedback]


:

   
पेशागत प्रतिभा [Acharya Dilip's blog]
Blog Type:: Blog
Sunday, December 02, 2007 | [fix unicode]
 

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

त्यसपछि अर्को दिन यौटा धार्मीक समारोहमा बोल्ने व्यक्तिले गिताको बारेमा खुब जोडदार व्याख्या गर्‍यो । सुन्ने व्यक्ति उसको धार्मिक आस्था र नैतिक मान्यता देखेर ओतप्रोत भयो ।

त्यसको केहि समयपछि बोल्ने व्यक्ति यौटा साहित्यिक जमघटमा देखीयो । त्यहाँ बोल्ने व्यक्तिले साहित्यको उत्थानको बारेमा साहित्यकारले भन्दा पनि ओजपूर्ण र सारगर्भित भाषण दियो । सुन्ने व्यक्ति उसको साहित्य प्रतिको सदभाव र मिठासपूर्ण वचनले गद्‍गद् भयो ।

त्यसपछि पनि कहिले व्यापारिक मेलामा कहिले वैज्ञानिक भेलामा, कहिले विद्वानहरुको छलफलमा कहिले कलाकारहरुको दलबलमा उनिहरुको भेट भइनै रह्यो ।

प्रत्येक पटकको भेटेपछि सुन्ने व्यक्ति बोल्ने व्यक्तिबाट झन् झन् प्रभावित हुदैँ गयो । सुन्ने व्यक्ति आश्‍चर्य चकित थियो र उसले यो पनि निर्क्योल गर्न सकेको थिएन कि वास्तबमा त्यो बोल्ने व्यक्ति प्राविधिक थियो वा प्रशासक, साहित्यकार थियो वा वैज्ञानिक किनकि त्यो बोल्ने व्यक्ति जुनसुकै ठाउँमा पनि पुग्थ्यो र जुनसुकै विषयमा पनि बोल्न सक्थ्यो ।

अन्तमा सुन्ने व्यक्ति बोल्ने वयक्तिबाट यति प्रभावित भयो कि उसले बोल्ने व्यक्तिको बहुमुखी प्रतिभाको बारेमा अनुशन्धान गर्न थाल्यो । तर जति जति खोजीनीति चल्यो उति उति सुन्ने व्यक्ति भने छक्क पर्दै गयो, किनकि न त त्यो बोल्ने व्यक्ति उद्योगधन्दाको बारेमा नै विज्ञ थियो, न त आध्यात्मिक चिन्तक । न त उसले वाणिज्यशास्त्र पढेको थियो न त साहित्य वा धर्ममा नै उसको झुकाव थियो । बिस्तारे खोजि पस्दा सुन्ने व्यक्तिले थाहा पायो कि त्यो बोल्ने व्यक्तिले औपचारिक शिक्षा समेत पुरा गरेको रहेनछ ।

आजकल सुन्ने व्यक्ति बोल्ने व्यक्तिको बोलिबाट प्रभावित हुन छाडेको छ, तर पेशा र बाध्यताका कारण बोल्ने र सुन्ने कार्य भने पूर्ववत् नै चलिरहेको छ ।

कसैलाई भन्नु नपर्ला तर कुरा के हो भने उनिहरुमध्ये बोल्ने व्यक्ति एकजना नेता वा मन्त्री भएकोले उसले जुनसुकै विषयमा पनि बोल्ने गर्थ्यो र सुन्ने व्यक्ति चाही एकजना पत्रकार भएकोले जे बोलिए पनि उसले सुन्नै पर्थ्यो ।

(गोरखापत्र १५-०२-२०५६)

   [ posted by Acharya Dilip @ 08:58 AM ] | Viewed: 2014 times [ Feedback]


: