|
|
| |
|
साइकल भाग ३ हेर्दा हेर्दै साँझ पनि पर्न थाल्यो। सुकिसकेका लुगाहरु laundry basket बाट निकाल्दै पट्याएर राख्न थाल्दा पो घुँडा अलि-अलि दुखेको महशुस गर्न थाल्यो कृसले। “आठ-दश बर्ष पछि साइकल चलाउँदा यस्तै त हो नि, आ… अहिले साथीहरु सँग पिएपछि सबै दुखाइ हराइ भैहाल्छ”- मनमनै आफूलाई फकायो उसले। माइक त उसको apartment मा सँधै आउने जाने गरेकै छ, त्यसै भएर त्यै अघि दिउँसो कुरा गरेका दुइटी केटीहरु नै वास्तबिक guest हुने भए उसका लागी। फेरी कस्तो संयोग, डेबी चाँहि कृस बस्ने यहि building मै बस्छे; अनि जुली चाँहि माइक बस्ने building मा। सबै लुगा पट्याएर राखिसके पछि hibernate गराइराखेको ल्यापटपलाई जगाएर windows media player मा आफुलाई मन पर्ने गीतहरु राखी बनाएको ‘New English songs’ नामको playlist छान्यो उसले। Chris Brown को ‘with you’ गीतमा volume अलिक बढाएर जीउ मच्चाउन मात्र के थालेको थियो, ढोकामा ढक-ढक आवाज आयो। माइक र जुली सँगै आएछन्, जुलीले यस अघि उसको कोठा (र शायद locality पनि) नदेख्या भएर होला। अघि दिउँसो भन्दा झनै राम्री देखिएकी थिइ उ अहिले – सेतो फुलका बुट्टा भएको अनि घुँडा भन्दा निकै तल सम्म लामो निलो कुर्ता र सेतो सुरुवाल जस्तो लुगामा। यो लामो कुर्ता सुरुवाल जस्तो लुगालाई उनीहरु ‘ao dai’ भन्दा रैछन्। माइक पनि दारी काटेर चिटिक्क परेर आको रैछ। डेबीकै लागि होला यति राम्रो भ'र आको, आखिर उसैले त हो अघि बिहान डेबीलाई निम्तो दिएको । नभन्दै एकै छिनमा डेबी पनि आइपुगी। जुलीसँग परिचय गरिसकेपछि laptop मा बजिरहेको ‘you can stand under my umbrella’ नामको गीतमा जिउ हल्लाउँदै कोठाको एउटा कुनामा रहेको कृसको basketball लिन गई उ। “ए कृस, तिमीले यस अघि त भनेको थिएनौ नि बास्केटबल खेल्छु भनेर?” “संगत मात्रै गर्दै जाउ न, धेरै कुरा थाहा पाउँदै जान्छ्यौ”, कृसले संयमित जवाफ दियो। “back home पनि तिमी basket-ball खेल्थ्यौ शायद, कि यहिँ आए पछि खेल्न थालेको?” डेबीले फेरी सोधी। नेपालमा क्याम्पस पढ्दा class का साथीहरु कोही table-tennis त कोही cricket, त कोही soccer, अनि कोहि चाँहि केटीहरु पट्याउन volleyball, badminton आदि खेले पनि आफू चाँहि basket-ball court मै झुन्डीएर समय बिताएको अनि केही प्रतियोगिताहरु पनि जितेको कुरा बताउँदै उसले भन्यो – “तर डेबी हेर, म यि भन्दा बढी प्रतियोगिता जितेको कुरा गर्दिन अहिले, किनकी यो माइक छ नी म भन्दा 1.1 गुणा मात्रै भए पनि राम्रो खेलाडी निस्कियो। शायद हामी साथी हुनुको कारण त्यो last semester को statistics class भन्दा पनि हामीले साँझमा गर्ने basketball practice नै हो जस्तो लाग्छ"। “I agree” भन्दै माइकले जुलीसँग भैरहेको उसको बार्तालापबाट डेबीतिर हेर्दै टाउको हल्लायो। डेबी पनि के कम्ती थिइ र, आफू पनि basketball को राम्रो खेलाडी भएको अनि आफुले पनि ladies team बनाएर practice गर्न चाहेको कुरा गरेर माइकको ध्यान सम्पुर्ण रुपमा आफूतिर खिँची। “हुन त Los Angeles Lakers र Kobe Bryant को खेल पनि मन पर्छ, तर मेरो best team भन्नु पर्दा Boston Celtics नै हो। अघिल्लो बर्षको झुर खेललाई बिर्साउँदै यसपाली हेर न कस्तो उत्कृष्ट लयमा फर्केको है।” माइकले थप्यो। “मलाई नि त्यस्तै लाग्छ, यो बर्ष Celtics ले बास्तबमै राम्रो खेल्यो”-डेबीले सहमति जनाई। माइकलाई अरु के चाहिन्थ्यो र, 2008 को NBA champs को बारेमा थाहा भए जति र गर्न सक्ने जति सबै प्रशंसा गरेर सुनायो डेबीलाई, आखिर फाइनल खेल हेरेको पनि केहि दिन अघि मात्रै त हो। “Celtics को बिजय शायद माइक र डेबीको मिलन हुनको लागि पो भको हो कि क्या हो?” - कृस र जुलीका आँखाले एक अर्का लाई यहि प्रश्न गरे, एक चोटि, एक निमेशका लागि। आँखा जुधाईबाट सम्हालिन नचाहे नि जुलीका आँखा त्यस पश्चात कोठाको भित्तामा राखिएको एउटा ग्रुप फोटोमा गए। ताइक्वान्दो खेलाडीहरुको त्यो हुलमा कृसलाई ठम्याउन नसकेर उसले सोधी – “ आर यु अल्सो इन् दिस् पिक्चर?, विच वन?”। जुलीले कृसलाई त्यसमा चिनोस् पनि कसरी - करीब आठ बर्ष अघि र अहिलेको उसको अनुहार र शरीरमा धेरै बदलाव आइसकेको छ, स्वभाविकै हो। ब्ल्याक-बेल्ट पाएको दिन गुरु र साथीहरुसँग खिचेको त्यो फोटो कृसलाई नेपालको झन्डा जत्तिकै प्यारो लाग्छ, र त कोठामा नेपाल र क्यानाडाको झन्डासँगै झुन्ड्याएर राखेको छ। “ए यो पो रैछौ है तिमी, कृस तिमी कति cute देखिएको यो फोटोमा, अनि तिमी कस्तो बच्चा जस्तो टाँसिएर बसेको नि coach सँगै”। साँचै भनेकी भएपनि, जिस्किनलाई एत्तिकै भनेकी भएपनि धन्यबाद दिँदै उसले स्पष्टीकरण दियो - “cause I was one of her best students at that time”. “त्यस्तो आफैले आफैलाई best student भनेर धाक दिनेले मलाई नि सिकाउ न त ताइक्वान्दो। हेरुम् म पनि कतिको आउँदो रैछ तिमीलाई। अनि थाहा छ तिमीलाई, मैले नि करिब छ महिना जति त खेलेकी थिएँ नि सानो छँदा, एक जना कोरियन गुरु सितै सिक्थ्यौँ हामी”। “अनि किन खेल्न छोडेकी त बिचमै?” कृसले कुरा लम्ब्याउनलाई सोध्यो। “कृस, तिम्लाई नै अर्को ताइक्वान्दो गुरु बनाउनलाई होला जस्तो लाग्छ मलाई त” – जुलीले बोल्न नपाउँदै माइकले भनिदियो। बास्तबमा यसरी बेला-मौकामा कुरा synchronize गरिदिने साथी हुँदा पनि निकै फाइदा हुन्छ। जे सुन्न चाहेको थियो कृसले, माइकले त्यहि भनिदियो। सबै जना हाँसे गललल। दंग पर्दै छोटकरी मै लामो जवाफ दियो कृसले जुलीलाई - “that would be my pleasure, I’m ready whenever you are.” Meeting मात्रले कहिले, कहाँ पो भको छ र? eating पनि चाहियो नि। अनि eating शुरु गर्न लाई drinking पनि त चाहियो नै। चारवटै बियरका बोतल चियर्सका लागि ठोक्किन तयार भए। थोत्रा साइकल किनेको अनि नयाँ साथी बनाएको त्यो दिनको ‘चियर्स’को गुन्जाई निकै बेर सम्म महशुस गर्दै आनन्दित भैरहे कृस र माइक दुवै, शायद जुली र डेबी पनि। समाप्त (कथा सकियो, पढ्ने जति सबैलाई धन्यबाद) शरद् http://heregoesmyroad.blogspot.com/2008/06/blog-post_29.html
[ posted by
दशैठतिहार @
03:50 PM ] | Viewed: 1619 times
[
Feedback]
|
|
|
| : |
साइकल भाग-२ शनिबारको दिन – बाटोमा गाडीहरु अलिक कम नै थिए। अत्यन्तै छोटा-छोटा ह्याफ प्यान्ट्स लगाएर jogging गर्दै गरेका युवतीहरु (slang मा भन्नु पर्दा- eye candy हरु) बाटोमा छिन-छिनमा आज पनि भेटिँदै थिए नै। यिनीहरुसितको आजको भेटाइ हिजो अस्तिको भन्दा भिन्न लागिरहेको थियो कृस र माइक दुवैलाई। कार चलाउँदा धेरै वटीसँग भेट त हुने तर छोटो समय मात्र भेट हुने, अनि आफु नै बाटोमा हिँड्दा भने धेरै बेर भेट हुने तर थोरै वटी सँग मात्रै हुने, त्यसै माथि सँधैभरि आँखाले खोजेजस्ता र मनले चाहेजस्ता मोरीहरु भेट नहुने। आज भने दुवैलाई बुद्धले भने जस्तै ‘ The Middle Way’ - अर्थात् ‘neither of the extremes' अलि-अलि बुझ्न थाले जस्तो लागिरा’थ्यो। १५ डिग्री celcius को तापक्रम हुँदो हो, अनि बाटोको दुवैतिर बढेका हरिया रुखहरुलाई छिचोल्दै उनीहरुलाई नै स्पर्श गरिरहेको शितल हावासँगै रमाउँदै गुडिरहे उनीहरु। अघि साइकल दिँदा मोटी दिदीले भनेको संझियो कृसले- “मेरो छोरो र उसको साथी हप्ता दिन अघि भ्यान्क्युभर गए देखि नै यि साइकल कसैले नि प्रयोग गर्या छैनन्, त्यसैले हावा भर्ने बेला नि भए जस्तो लाग्छ”। कुदाउँदै गरेका दुवै साइकललाई हेर्दै उसले माइकलाई भन्यो - “साँचै हावा नि भर्दै जाउँ है tire मा”। नजिकैको gas station मा रोकिए उनीहरु हावा भर्नलाई। “टन्न हावा भरेर साइकल कुदाउनको मजा नै छु्ट्टै छ यार”- tire मा हावा भरिसकेर साइकलमा चढ्दै कृसले भन्यो। टाउको हल्लाएर सहमति जनाउँदै माइकले भन्यो- “तिमीलाई थाहा छ कृस, किन होला साइकल नचलाइ थन्क्याएर राख्दा tire को हावा हप्ता दिनमा सकिन्छ, अनि त्यै साइकल दिन-दिनै चलाउँदा भने दुई हप्ता भन्दा बढि नि चल्छ?” कृसले जवाफ दियो - “साइकलको tire लाई नि घरमा थन्किनुपर्दा भन्दा बाटो तिर गुड्न पाउँदा नै रमाइलो लाग्छ होला, त्यै भ’र घरमा थन्क्याएर राख्दा रिस पोख्ने होला नि ”। दुवै हाँसे गललल। माइकले फेरी भन्यो - “हेर कृस, आज हामी दुवैले धेरै समय पछि साइकल चलाइरा कुरा त छँदैछ। के तिमीले सुनेको छौ खुट्टाको रौँ खौरिएको मान्छेले खुट्टामा रौँ हुँदा भन्दा बढि स्पीडमा साइकल चलाउन सक्छ भनेर"? घुँडा सम्मको हाफ प्यान्ट लगाएको कृसले आफ्ना खुट्टाका रौँ तिर हेर्दै भन्यो- " jogging गर्ने देबीहरुका लागी हो भने यि जंगल फडानी गर्न मलाई कुनै समस्या होला जस्तो लाग्दैन"। अब भोलीदेखि उनीहरुले चलाउने स्पीडमा दुवै सहमत भए। “ओइ, साँचै हामी कहाँ जान लाग्या हँ?” “अब यि साइकलहरुको स्याहार सुसार नि त गर्नै पर्यो, पहिला ‘केनेइडियन tires’ मा गएर lubricant किनौँ, अनि त्यसपछि मेरो त grocery गर्न सुपरस्टोर नि जानु छ। साँचै भरेलाई के-के को ब्यवस्था गर्ने हँ? "डेबीले नि के ल्याउँछे कुन्नी?” “ल ल तेतै जाउँ, सुपरस्टोर तिरै decide गरौँला नि त”। थोत्रा साइकललाई cycle-stand मा पार्क र लक गरेर दुवै 'केनेइडियन tires' मा पसे। Lubricant खोज्न चार आँखा चारै दिशातिर दौडाउदै गर्दा त्यहीँ काम गर्ने एउटा केटो नजिकै आएर भन्यो – “Hi, may I help you please ?”। माइकले भन्यो – “ya, surely, we're looking for bicycle lubricants”। “Right there !” भनेर देखाइदिँदै दुबैको धन्यबाद बटुल्दै गयो त्यो केटो। ९ डलर ९९ सेन्टको lubricant मन परे पनि मुल्य अलिक बढि नै ठानेर एउटै मात्र लिएर दुबैले त्यसबाटै काम चलाउने बिचार गरे। आखिर कारले gasoline खाए जस्तो गरि खाने हैन क्यारे साइकलको चेनले lubricant लाई, उहि हप्ता-दुईहप्तामा यसो अलि-अलि चुहाए जस्तो गर्नु पर्ने त हो। सुपरस्टोरमा शनिबार हुने भिडले कृसलाई मोरंग-सुनसरीको हटियाको संझना गराउँछ। त्यसो त हटिया भन्न अवश्य पनि मिल्दैन सुपरस्टोरलाई, कारण चाहेको सामान यसमा पाउन बिशेष बार नै कुरिराख्नु पर्दैन हटियामा जस्तो। जहिले सामान चाहिन्छ गयो, डेबिट कार्ड वा क्रेडिट कार्ड swipe गर्यो, किन्यो, लियो। उहि कार्डमा पैसो अथवा क्रेडिट (पछि तिर्न सक्ने छ्यमता) हुनु पर्यो। मानिसहरु भन्छन्- “फुर्सदमा grocery, shopping गर्नुको मजा नै छुट्टै छ”। यहि मजा लिन भनेरै होला शायद त्यतिका मान्छेहरु शनिबारको दिन त्यहाँ झुम्मीएका। Parking lot पनि त्यै भ’र होला भरिभराउ झैँ देखिन्थ्यो। हेर्दा हेर्दै रहर-लाग्दा दुई जोडी केटाकेटी छत नभका (infact, summer लाई भनेर छत निकालिएका) कार पार्क गर्न हान्नीएर आइपुगे। यो देखेर अरु केही गर्न नसके नि माइकले भन्यो - “अर्को समरमा त म नि यस्तै कारमा यसै गरि मेरी गर्लफ्रेन्डसँग आएर त्यहीँ कार पार्क गरेर grocery गर्छु।”। “sounds good” - कृसले थपिदियो। साइकल पार्क गरेर दुबै जना स्टोर भित्र पस्न मात्र के लागेका थिए पछाडि बाट एउटा आवाजले बोलायो। "hey Mike" “hey Julie !, how are you doing?” आवाज आए तिर फर्किँदै माइकले भन्यो। “not too much” भन्दै जुली उसँग हाँसी। माइकले जुली र कृसको परिचय गराइदियो। उपत्यका बाहिरबाट काठमान्डुमा पढ्न आउने बिध्यार्थीहरुले परिचय गर्दा प्रयोग गर्ने अनि यहाँ अन्तराष्ट्रिय बिध्यार्थीहरुले नि परिचय गर्दा प्रयोग गर्ने cliché प्रश्न आदान-प्रदान गरिसकेपछि बल्ल थाहा भो- कृसले जुलीलाई चाइनिज होली भनेर सोचेको अनि जुलीले उसलाई इन्डीयन वा अरेइबियन होला भनेर सोचेको दुवैको अनुमान गलत परेछ। भिएतनामबाट आ’की रैछ जुली। “को को छन् नि तिम्रो यहाँ क्यानडामा?” कृसले सोध्यो। “आमा, बुवा, र भाई” उसको अँग्रेजी एयाक्सन्ट र सपरिवारै यहिँ बस्ने गरेको भनेको सुनेर कृसलाई अनुमान गर्न गार्हो परेन। तैपनि यकिन गर्नलाई सोधिहाल्यो-“तिम्रो बुवाले क्यानडाको पि. आर. लिनु भएपछि तिमीहरु सपरिवार यता बसाँइ सरेको हो?” “हो, तर तिमीले कसरी त्यो अनुमान गर्यौँ?" “अरु देशहरुबाट पनि पि. आर. लिएर सपरिवारै यतै बस्ने गरि आएका केहि परिवारहरु भेटेको छु, त्यस्तै त्यस्तैबाट अनुमान गरेको नि ” “यो अनुमान चाँहि तिम्ले मज्जाले मिलायौ। अनि तिम्रो इंलिस पनि मेरो भन्दा धेरै राम्रो छ। कहाँ, कसरी सिक्यौ? तिम्ले कहिले देखि इंलिस बोल्न थालेको? मलाई पनि सिकाउ न।” जुली प्रभावित भ’को देखेर कृस नि दंग पर्यो। नपरोस् पनि किन, जुलीको बाले अल्बर्टामा जागिर पाएकाले उसका बा-आमा दुवै उतै बस्छन् रे अनि यहाँ मन्ट्रीयालमा चाँहि उ र उसको भाई बस्छन् रे। अनि माइकसँग उसको चिनजान चाँहि दुवैको apartment एउटै building मा भ’को भ’र भ’को रे। कृसले जुलीलाई बेलैमा निम्तो दिइहाल्यो - “भरे बेलुका मेरोमा बिशेष मान्छेहरुको बिशेष जमघट छ, यदि तिमीलाई नि फुर्सद भएदेखि तिम्ले नि आफुलाई त्यहाँ पाउन सक्छ्यौ। लौ, जुली पनि सामेल हुने भइ भरेको gathering मा। किनमेल सकिसके पछि दुवैलाई “ bye ” भन्दै साइकलमा आफ्नो ओडारतिर लाग्यो कृस। माइक र जुली एउटै building मा बस्ने भए पनि बसमा आ’की जुली बसमै गइ अनि माइक पनि त्यही बसको पछि पछि लाग्यो, साइकलमा………. Sharad http://heregoesmyroad.blogspot.com/2008/06/blog-post_15.html
[ posted by
दशैठतिहार @
12:25 PM ] | Viewed: 1352 times
[
Feedback]
|
|
|
| : |
‘ओम जय जगदिश हरे …..’ हरेक दिन झैँ नोकियाको मउबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो बेलुकाको रमाइलो जीउमा अझै नि हल्का महशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास दुध खाइ-नसक्दै नौ बजिसकेकोले जुत्ताका तना कसि कोठा लक गरेर हस्याङफस्याङ गर्दै elevator तिर हानियो उ। अस्ति भर्खरै यहि तलामा सरेकी एउटी केटीसँग जम्काभेट भयो त्यहीँ निर। काली, अलिक मोटी, डोरी जस्तो तर हल्का रँगाइएको कपाल अनि ठुला-ठुला आँखा, उचाइमा झन्डै उ जत्री नै होली, त्यसैसँग खिसिक्क हाँस्दै एलभेइटर भित्र पस्यो उ पनि। फोनको घन्टी बज्यो, माइकले गरेको रैछ। जो पहिले पुग्छ यार्डसेलमा, त्यसैले अर्कोलाई फोन गर्ने भनेर कुरा गरे अनुसार फोन गरेको रैछ। आखिर शनिबारै त पर्यो, जति फोन गरे नि के फरक पर्थ्यो र। फुर्सदैले डेबीसँग नाम आदान-प्रदान गरिसके पछि भने अलि हतारिए झै लम्कियो उ, साथी त्यहाँ पुगिसकेकोले हो कि किन हो। मान्छेहरु त्यतिसारो आउन थालिसक्या रैनछन्, अथवा भनौँ बेच्न बसेकाहरु आउनेहरुलाई कुर्दै, सामान मिलाउँदै चियाको चुस्की लिँदै बसिरा रैछन्। माइक र कृस (यता सबैले उसलाई कृष्णको साटो यहि नामले बोलाउछन्, कसैकसैले चाँही ‘न्या’ पनि थपि टोपल्छन् कृस भनिसके पछि) दुवै यार्डसेलमा आज यिनीहरुलाई डोर्याउने बस्तु तिरै हानिए। यस्ता सेलहरुमा समरमा अन्त जाने बिध्यार्थीका सस्ता गतिला साइकल पनि कहिले-काँहि भेटिन्छन् हौ। जस्तो भेटिए नि टिप्ने बिचारले गएका दुवै १५-१५ डलर मा काम चलाउ साइकल पाएर दंग परे। हिजै बेलुका किनिराख्या नयाँ हेलमेट नि झोलाबाट निकालेर लाउन अब कुनै संयमता अपनाइराख्नु परेन। केन्याबाट आएको माइकसँग उसको भेट statistics को क्लासमा भएको हो। statistics दुबैको मेजर बिषय नभए'नि असाइन्मन्टहरु गर्ने क्रममा साथी बन्न पुगेका थिए यिनीहरु। माइकले उसको देशमा गर्मीमा ४-५ किलोमिटरको दुरी साइकलबाट आउने जाने गरेको अनि त्यसले हात-खुट्टा र ढाडको पनि राम्रो कसरत हुने र बस टिकटको खर्च बचाउने गरेको भनेर सुनाइरहँदा कृष्ण भने उ नौ-दशबर्षको छँदा बुवाले जोगवनीबाट ल्याइदिनु भएको तीन पांग्रे साइकल र केहि बर्ष पछि सात क्लासको फाइनल जाँचमा पहिलो हुँदा बिराटनगरमै किनीदिनु भएको रातो रंगको दुई पांग्रे ‘हिरो’ ब्रान्डको साइकल संझिदै थियो। तीन पांग्रेको ब्रान्ड वा रंग केही नसम्झे पनि पुजासँगै स्कुलबाट फर्के पछि खाजा खाएर साँझ पालै पालो चौरमा उसैको साइकल कुदाएको, अनि केहि दिन पछि पुजाको बुवाले उसलाई नि साइकल किनिदिए दुवै जनाले सँग-सँगै साइकल गुडाएको संझेर उ आनन्दित भइराख्या थियो। यतिन्जेल सम्म त घाम पनि चर्किन थालिसकेको थियो। फराकिलो स्ट्रीट-वे मा दुवै आइपुगेका मात्र के थिए, डेबी पनि त्यही यार्ड सेलतिरै आउँदै रहिछे। समरको लागी भनेर यहाँ आ'की रैछ। अनि बिध्यार्थी मान्छे बेड स्कर्ट, कम्फर्टर सेलमा भए देखी लिने बिचारले आकी रैछ। कृसलाई थाहा थियो, माइकले डेबीलाई छुट्टीने बेलामा यो सोध्छ भनि –‘socialize गर्नलाई आज बेलुकालाई फुर्सद छ?’। पहिला त “भैगौ आजलाई, आइ गाडा डु अ बन्च् अफ स्टफ्स्” भन्दै थिइ उ, तर पछि सहमत भई। कृसकोमा भरे भेट्ने टुँगो भो। केटाहरु अनि हुईकिए त्यहाँबाट साइकलमा.................. शरद् http://heregoesmyroad.blogspot.com/2008/06/blog-post.html
[ posted by
दशैठतिहार @
11:12 AM ] | Viewed: 1497 times
[
Feedback]
|
|
|
| : |
कसैले पत्याउला मैले नेपालमा अढाई दशक भन्दा पनि बढि समयमा केवल एक पटक मात्र [त्यो पनि क्लास २ जतिमा पढ्दाखेरी दाँत अति दुखेको भएर] डेन्टिस्ट कहाँ गएको सम्झन्छु भन्दा खेरि ? शायद दाँत सँधै राम्ररी माझ्ने बानी भएकोले होला जानु नपर्या ! ! अघिल्लो हप्ता र यो हप्ता गरेर डेन्टिस्टसितको अपोइन्टमन्ट पछि त "माई माउथ इज फिलिन्' एयाज् फ्रेस एयाज् एइ डेइजी"। अघिल्लो बर्षको एयाक्अडेमिक इयरमा डेन्टल इन्स्युरन्ट्सलाई पैसा तिरेर पनि यो सुबिधा उपयोग नगरेकोमा अहिले आएर थकथकाउनु बाहेक केहि गर्न सकिएन, कति न सोझो बन्नु परेको नि मलाई त्यतिखेर। यसपालि त यो सुबिधा उपयोग गर्छु नै भन्ने बिचार अघिदेखि नै थियो। त्यसमाथि एक रात सुत्नु अघि दाँत ब्रस गर्दा टुथब्रसको लठ्ठीको टुप्पोले बुद्धि-बंगारा माथिको छालामा हान्न पुगेकोले भोलिपल्ट देखि हल्का दुख्न थाले पछि त डेन्टिस्टकहाँ अपोइन्टमन्ट लिन साइत जुरिहाल्यो। आफ्नै रिसर्च ग्रुपको एउटा साथीले अघिल्लो हप्ता डेन्टिस्टकहाँ गएर बुद्धि बंगारा निकाल्या हुँदा कुन डेन्टिस्ट कहाँ जाने भनेर चिन्ता पनि गर्नु परेन। अपोइन्टमन्ट फिक्स गरेको टाइममा पुग्नै पर्यो। त्यहाँ पुगेपछि दुई पेज फारम दिएर नाम, ठेगाना, डेन्टल हिस्ट्री, धुम्रपान, मध्दपान, अरु कुनै रोग-ब्याध छ कि .. जस्ता कुरा भर्नु पर्दो रहेछ यो मेरो पहिलो डेन्टिस्ट भेटाइ भएकोले यो देशमा। जुत्ता फुकालेर त्यहाँ राखिदिएको स्लिपर लगाएर बसेको के थिएँ एकै छिनमा सुजान आइपुगिन् मलाई उनको इक्विप्ड् ल्याबमा लैजानलाई। त्यहाँ एकछिन परिचयात्मक गफ शुरु भो उनीसँग। कुइब्याक् कि रहिछिन् उनी, अनि उनको 'नेपाल' शब्द उच्चारण गराइले मलाई अचम्मित पार्यो। उनले पनि 'नेफोउल' भन्छिन् जस्तो लाग्या थियो। यति प्रस्ट गरि ‘नेपाल’ शब्द उच्चारण गर्न सक्छन् फ्रेन्च स्पिकरहरुले ! थाहा थिएन। मैले पनि उइ, सा भा, मेख्सि बोकु जस्ता केहि फ्रेन्च शब्दहरु जानेको पनि काम लागे। सिलिङमा टिभी राख्दिएको हुँदो रहेछ, उनले दिएको रिमोटले मैले सि.एन.एन. रोजेँ। टि. भी.ले "यु.एस्.मा आज फेरि ०.५% ले ब्याज दर घटाइयो" भन्दै थियो, यस अघि भर्खरै केहि हप्ता अगाडि पनि ०.७५% ले घटाएका थिए। मैले यहाँ रिसेसनको बारेमा लेख्न लागेको भने पटक्कै होइन। सुजानले मलाई एउटा तार जस्तो दिएर "यो चिप हो यसलाई मुख भित्र हालि दाँतहरुले च्याप्नु भएदेखि तपाईँका दातँहरु यहाँ कम्प्युटरमा हेर्न सक्ने थियौँ "भनिन्। नभन्दै दुई सेकेन्डमै मेरा सबै दाँतहरु उनको कम्प्युटर स्क्रिनमा ! त्यस्तै उनले मेरो टाउकोलाई तीनवटा प्रजेक्सनहरुले हल्का थिच्ने मसिन् बाट स्क्यान पनि गरिन्। यि सबै गरिसके पछि थाहा हुँदोरहेछ मेरो कुन दाँत, बंगारा ठिक छन्, कुन कुनलाई चाँहि भर्ने बेला भएको छ भनि। त्यसपछि भयो दाँत सफा गर्ने काम (स्केयलिङ्) र ३ वटा दाँत भर्ने काम (टुथ कलर्ड रेस्टोरेइसन्)। रेस्टोरेइसन् गर्ने काम चाँहि डेन्टिस्टले गर्दो रहेछन्। रेस्टोरेइसन् गर्नु अघि गिजामा सुइ लगाइदिँदा रहेछन्। साँझ दुई तीन घन्टा पछि सम्म पनि हल्का सुन्नीइ राख्या र हल्का दुखिराख्या थियो तीनटा सुईको तोड। दुईदिनको अपोइन्टमन्टमा गरेर स्केयलिङ्, रेस्टोरेइसन, पोउलिसिङ् र फ्लोराइड ट्रिट्मन्ट सबै गरेर भ्याइयो। स्ट्युडन्ट डेन्टल पलसीले गर्ने कभरेजले रेस्टोरेइसनको ७५% मात्र ब्यहोर्ने हुँदा र पलसीले भ्याउने भन्दा केहि बढि सेवा (डेन्टिस्टको सल्लाह अनुसार) लिएको हुँदा त्यो रकम तिरेपछि बल्ल नेपालमा हुँदा पनि डेन्टिस्टकोमा नियमित जाने गरेको भए हुन्थ्यो भन्ने महशुस गर्न पुगियो। सकिन्छ भने बर्षै पिच्छे डेन्टिस्टलाई देखाउन नभुल्नु भन्ने सुजानको सन्देश मैले सबै सम्म पुर्याउन यहि माघ्यम रोजेँ।
[ posted by
दशैठतिहार @
07:38 AM ] | Viewed: 1820 times
[
Feedback]
|
|
|
| : |
समय: राति १०:१५ जति बजेको हुँदो हो (अर्थात नेपालमा बिहानको सात) ....... धेरै दिन भयो नेपालमा फोनमा कुरा नगरेको, आज गर्नु पर्यो भनेर ५ डलरको नोटलाई मेसिन भित्र हालेर एउटा कलिङ् कार्ड किन्छु म। नेपालमा फोन मा कुरा गर्ने पछिल्ला प्रयास खेर गएको हुँदा आज पनि त्यति धेरै आस नभए नि कार्डमा भ' को यो town को नंबरमा डायल गर्छु, अनि 'press 1 for english..' भनेर कार्डको अटोमेटेड voice ले भन्न नपाउँदै १ थिच्छु, अनि त्यस्तै 'plz enter ur pin' भनेर उता बाट भने पछि ११ अंकको पिन फरक नपर्ने गरि थिच्छु। त्यस पछि बल्ल आउँछ पालो '०११ ९७७ १ .... ...' अर्थात मेरो घरको नंबरको पालो। रिसिभरलाई कानमा टाँसेर प्रतिछ्या गर्छु फोन लाग्छ कि भन्ने आस गर्दै, तर करिब एक मिनेट पछि फोन नलागेको टुंगो हुन्छ। माथिकै प्रक्रिया पुरा गरेर फेरि फोन लगाउने प्रयास गर्छु। यस पटक फोन लाग्छ, तर बातावरण काठमान्डूमा मेरो घरमा नभइ कुनै अफिसमा कर्मचारीहरु काम गरिरा ठाउँ जस्तो लाग्छ। म अचम्मित हुन्छु- हैन, मैले आज आफ्नै घरको फोन नं पनि बिर्सेँ कि क्या हो यहाँ आएर? तर, अँह त्यो त हुनै सक्दैन। मलाई थाहा छ, मैले फोन नं थिच्दा पुरा होसियारी अपनाएको छु। अँ साँच्चै, त्यो कर्मचारी(?)ले हेलो भनेको सुनेर म पनि हेलो हेलो भन्छु, उता बाट कुनै रिप्लाई आउँदैन, बरु ५ सेकेन्ड जति पछि टेलिफोन कनेक्ट हुन लागेको जस्तो आवाज आँउछ। म मख्ख पर्छु - ए यो कर्मचारीले फोन कनेक्ट गरिदिइ जस्तो छ। अनि १०-१२ घन्टी पछि उता बाट आवाज आउँछ- हेलो। फेरि अचम्म यो पनि मेरो घरको कुनै पनि सदस्यको आवाज जस्तो लाग्दैन। ब्याक्ग्राउन्ड्मा बजेको म्युजीक र भाषा मलाई नितान्त नयाँ लाग्छ। यता बाट म बोल्छु - हेलो, इज दिस् नेपाल.....आम् ट्राइनु कल नेपाल...वाट्स् गोइन अन हेयर? तर उता बाट केहि जवाफ आउँदैन। पुन: लाइन कनेक्ट हुन लागेको जस्तो साउन्ड आँउछ। ५-७ घन्टि पछि अटोमेटेड रिप्लाइ आँउछ- 'योर् रिक्वेस्ट कुड नट बि कम्प्लीटेड एट दिस् टाइम, द नम्बर ..... यु आर ट्राइन् इज् नट अभेइलेवल एट दिस टाइम्। म घोर अचम्मित त्यो बेलामा हुन्छु जब उसले भनेको नंबर मेरो घरको नंबरसँग छेउ - पुच्छर केहि मिल्दैन। huh फेरि प्रयास गर्छु, अर्को ८-१० मिनेट त्यसै खेर जान्छ। यति भइसके पछि ५ डलरको कार्डमा पूरै मुल्य बाँकी नै छ कि पैसा अलिक घट्यो भनि चेक गर्छु र थाहा पाउँछु कि कार्डमा अब मात्र १ डलर र कुनि कति हो सेन्ट मात्र बाँकी छ। huh मलाई लाग्छ - यो त कार्ड कम्पनिले सिधै cheat गरेको भयो। 'फर कस्टमर सर्भिस् कल् ..’ भनेर दिएको नंबरमा फोन गरेर सबै बेहोरा बताउँछु त्यँहाको कर्मचारीलाई, उसलाई यो कुरा थाहा दिने पहिलो ब्यक्ति म नै हुँ जसो गरि। तर उसको लाचार स्वर सुन्ने बित्तिकै म सजिलै बुझ्छु कि उसका कानहरुलाई त यस्ता कम्प्लेन सुन्ने बानी नै छ, अनि उसको मुखमा यस्ता कम्प्लेनहरुका लागि दिने जवाफ पनि कन्ठस्थ छ। उ भन्छ- हो तपाईले एउटै नंबरमा पटक पटक कुरा गर्नु भ'को छ; एकपटक ३ मिनेट, अनि त्यस पछि .. मिनेट, अनि त्यस पछि ... त्यसैले तपाईको पुरै समय त रिटर्न गर्न सकिँदैन। हेर्नुस, आफूलाई फोन डेस्टिनेसनमा लागेको छैन भन्ने लाग्ने बित्तिकै तपाईले लाइन काटेर फेरि प्रयास गर्नु भ’को भए बरु फिर्ता गर्न मिल्थ्यो तपाईको समय। यहाँ म तपाईलाई १ डलर र कुनि कति हो सेन्ट चाँहि रिटर्न गरिदिन्छु अहिल्यै। म भन्छु - त्यसो भए तपाईको कार्डले दिन सक्ने 'सर्भिसेबलिट' मात्र यो स्तरको हो भनेर बुझौँ त? उ भन्छ- हैन, हेर्नुस् त्यसरी त नभन्नुस् न, खास कुरा के भने यो कार्डबाट फोन गर्दा यहाँ बाट झ्याप्पै काठमान्डू लाग्ने हैन, बिच-बिचमा अपरेटर/पार्टीहरु हुँदै पुग्ने हो। त्यसैले कहिले काँही ../ बरु म तपाईलाई के भन्छु भने अबको दुई घन्टा पछि फोन गर्नुस न, त्यति खेर कनेक्ट हुन्छ कि? म बिचार गर्छु - त्यति खेर त मेरो सुत्ने बेला हुन्छ, अनि गर्न चाहेको बेलामा फोन लाग्दैन भने त .. । उ भन्दै छ - हेर्नुस काठमान्डु त्यति बिजि route पनि नभएको ले गर्दा अनि 'यु नो ट्राफिक आवर्स अल्सो .... मलाई झनक्क रिस उठिरा ' छ। म भन्छु- यदि चाहेको बेला चाहेको, चाहेको ठाउँमा फोन गर्न मिल्दैन भने तपाईको कम्पनीको यो कार्ड किन किन्ने? एनि वे थ्याङ्क्स फर् द इन्फो, बाई। यस्तो छ कुरा ! !त्यै भ'र, ब्याक् होम् कुरा गर्न चाहेर पनि कार्ड प्रयोग गर्न मन लाग्दैन अचेल। बरु “ह ट मे ल” नै नेपालमा परिवारसँग अनुहार पनि हेर्दै कुरा गर्न मिल्ने सजिलो माध्यम भएको छ। अर्को सजिलो तरीका “स्का इ प” पनि हो जो सित १० पाउन्डको क्रेडिड किनेर यहाँको कम्प्युटरबाट नेपालमा ल्यान्डलाइन फोन गर्न मिल्छ। तपाईलाई पनि था' छ कि अरु सजिलो तरीका ? यति लेख्दा लेख्दै मलाई निद्रा नि लाग्न लागे जस्तो छ – हाइ..य। शरद् http://heregoesmyroad.blogspot.com/2007/08/blog-post.html
[ posted by
दशैठतिहार @
02:12 PM ] | Viewed: 1542 times
[
Feedback]
|
|
|
| : |
|