:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, July 14, 2008 | [fix unicode]
 

नोबेल पुरस्कार पाएकी आङ सान सुचीको बारेमा कसैले किताब पढ्नु मेरो लागि ठुलो कुरा हैन। पस्चिमी समाजले उसलाइ त्यस्तै "सेलिब्रेटी" बनाइदेको छ। जवानीमा बिदेशमा बसेर पढी, बिदेशीसङै घरजम गरी र आफ्नो जन्मभुमी फर्कदाँ उसले धेरै ढिलो गरी। बिसौं बर्सपछि उ बर्मा फर्की जुन बेला सैनिक शासनले प्रजान्तन्त्रको लागि प्रदशन गर्ने हजारौं बिध्यार्थीहरुलाइ रङूनको सडकमा मारेकोथ्यो। उ प्रति मेरो सम्मान नभएको होइन, तर उसको बाबु जर्नेल आङ् साङ्कि छोरी भएपछि उसले आफ्नै देशको केटोसङ बिहे गर्नु पर्थ्यो मेरो ब्यक्तिगत बिचारमा। त्यसैले अझै पनि आर्मीका जेनेरलहरु उसलाइ बिदेशी भन्छन्, उ उसको लोग्नेकै देश, इङ्ल्यान्ड फर्केको हेर्न चाहन्छन्। अहिले उसले आफ्नो परिवार त्यागेर, जिबनको खुशी छोडेर जुन तन्मयताका साथ "प्रजातन्त्र" को माग गर्दैछिन। त्यसमा मेरो भन्नु केहि छैन। मेरो जागीरमा खाएको शपथले मलाइ उसको प्रसंशा गर्न भने दिदैंन। मेरो अहिलेको समय भनेको "अपरेसन ००३" को खोजी गर्नु हो। उ जे सुकै किताब पढोस, जो सुकैको समर्थक होश्, खाली मेरो देशमा अरु राजनिति नखेलोस। तस्करै भए पनि यो कार्यकालमा कुनै लागु औषधको बेच बिखन, निकासी पैठारी नगरोस। मेरो प्रतिबेदन पुरा नभएसम्म कतै केहि नबिगारोस। प्रतिबेदन भन्नासाथ सम्झें, सुत्नुअघि केहि बुँदाहरु लेख्नु छ डायरीमा। कलम मैले पछाडीको पकेटमा राखेको थें। त्यो कलम साधारण थ्यो तर कसैले दिएको बिशेष उपहार थ्यो मेरो लागि। उपहार दिनेहरु हराँउछन तर उपहार चाहिँ रहिरहन्छ स्म्रितिको पाना बनेर। येसो कलम छामे पकेटको बाहिरबाट, भेटिन। यताउता खस्यो कि भनेर हेरें, कतै देखिन। अब यो कोठाको तलासी आजलाइ यति नै भनेर "००३" को कोठा बन्द गरेर निस्के। फेरि कलम नभै भएन राती एक्छिन त सबै "इन्फर्मेसन" लेख्नु थ्यो। लब्बीमा गएर चाबी सुम्पे, "००३" मरिसक्या भए पनि भुत बनेर भए पनि आइदिए हुन्थ्यो जस्तो छट्पटी भयो मलाइ। त्यसलाइ केहि भाको छैन र केहि गरेकी छैन भन्ने कुरामा ढुक्क हुनु थ्यो। अब चाहीँ हेडक्वार्टरमा खबर नगरी भएन भन्ने बिचार गरें। अँ, कलम अघि मैले खाना खाँदा भन्छाघरमा के पो लेख्न हो झिकेको थें। शायद त्यहीँ हुनु पर्छ भनेर फेरि म भान्छातिर लागें।

ढोकाबाट छिर्नासाथ मैले अचम्मको द्रिस्य देखें।
"महारानी ००३" र भान्छे हाँसी हाँसी कुरा गरी रहेका। येत्रो दुख दिएर कहाँ मरी भनेको त यही भान्छामा पो बसेकी रैछ। चाइनिज मग हातमा लिएर अझ मेचमा पनि होइन त, टेबुलमा बसेर खुट्टा हल्लाइ हल्लाइ गफ हाँकेर बसेकी रैछ। मलाइ फेरि अर्को अचम्म लाग्यो। त्यो भान्छेसङ कसरी सम्बाद गर्दैछे भनेर। जहाँसम्म लाग्छ भान्छेले स्थानिय भाषा बोल्दैथ्यो र "००३" अङ्रेजी बोल्दैथी। फेरि दुइ जना कति नै कुरा मिल्या जस्तो गरेर हांस्दै पनि थे।

"तिमीलाइ अङ्रेजी पनि आँउछ?" मैले जानी जानी त्यो "००३" वास्तै नगरीकन सोधें।

"काँ आउनु हाकिम?" भान्छेले भन्यो।

"तेसो भए उ सङ के कुरा गरी राको त?" मैले फेरि सोधें

"कफी, कफी भन्दै तिन कप खाइसकी मैले धेरै कफी खायो भने रातभरी निद्रा लाग्दैन भन्छु। उ "धन्यबाद", "सन्चै" र "खुशी लाग्यो" मात्रै भन्छे। जतिखेर पनि त्यहि मात्रै दोहोर्याउदी रैछ। हजुर जानासाथ कफी भन्दै बसेकी, झन्डै २ घन्टा बिताइसकी त।" भान्छेले अचम्म मान्दै सोध्यो।

"उसलाइ आउने नैं त्यति हो नि त। अरु के भनोस त?" त्यसपछि बल्ल मैले रितुतिर हेरें। उ मैले भान्छेसङ उसको नराम्रो कुरा गर्या हो कि भनेर मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै थी। उसको अनुहार निद्रा र थकाइले हो कि हेरोइनको नशाले हो लठ्ठ देखिन्थ्यो।

"मिन्जो, तिमी किन कहिले हांस्दैनौ?" सोधी हाली मलाइ।

"किन हाँस्नु पर्यो र तिमी भएपछि। मेरो सट्टा पनि तिमि हाँसी देउ न। अनि तिमी चाहि के बुझेर भान्छे सङ कुरा गरि राको नि?" मैले सोधें।

"भान्छेले त कस्तो राम्रो कथा भन्यो नि मलाइ।" दङ पर्दै भनी उसले।

"कस्तो कथा?" मैले फेरि सोधें

"आधा बाँदर र आधा मान्छेको शरिर भाको प्राणीको कथा।" उसले स्वर ठुलो पार्दै भनी।

म एक्छिन ट्वाल्ल परेको देखेर फेरि खित्का छोडेर हाँसी। "तिमीले साँच्चै पत्याको?"

"तिमी जस्तो गफाडीले भनेको पनि कहिं पत्याँउछु। मेरो कलम देख्यौ कतै यहाँ?" मैले सोधें।

"यो हो ? यो कलम जसको भए पनि म तिमीलाइ नि "गिफ्ट" दिन्छु भनेर राखेको। लौ, लिउ।" उसले मेरो कलम दी। अर्काको भावनासङ रङेको त्यो कलम अझै उसको उपहार रे। कति कुरा जानेकी ?
केहि बेरपछि उ आफ्नो कोठामा सुत्न गइ। मैले आनन्दको सास फेरें। भोलिपल्ट कार्यतालिका अनुसार उसको तालिम शुरु भयो। बेलुकी यिन्तेको निम्तोमा हामी खाना खान गयौं। सासा उसकै साथीकाँ खान बोलाको छ भनेर गइ।
कुरै कुरामा मैले जानी जानी यिन्तेलाइ हिजो राती "ओवरडोज" भएकी केटिको बारेमा सोधें।

"उ त आज रिह्याबमा गै सकी।" यिन्तेले छोटो उत्तर दियो।

"किन खान्छन् मानिसहरु "ड्रग्स्"? त्यति जवान केटी। हेर त्यसको जिबन बर्बाद हुने भयो।" मैले रितुको अनुहारको नमिठो रेखाहरु पढ्दै भने।

"तिमी चुरोट किन खान्छौ?" अचानक सोधी रितुले।

"त्यसै, यसै, टेन्सनले अथवा बानी...।" मैले भने।

"हो त्यस्तै, "ड्रग्स्" खानेहरुको पनि त्यस्तै हो। कुनै खास कारण हुँदैन।" उसले स्पस्ट पार्न खोजी।

"के तिमीले पनि कहिले "ड्रग्स्" खाएकी छौ?" मैले मौका छोपेर उसलाइ प्रश्न गरें।

"के खाएको छैन भनेर सोध न। गाँजा, चरेश, हेरोइन, ब्राउन सुगर्, एम्फिटामिन........। अरु के?" उसले त यति लामो लिस्ट बनाइ।

"साँच्चै कि तिमी जोक गरिराको म सङ। यहाँ इन्स्पेक्टर यिन्ते हुनुहुन्छ। फेरि तिमीलाइ यही कुराको आधारमा रिह्याब पठाइदिनु होला।" मैले जिस्किदै भने। मेरो कुरा सुनेर इन्स्पेक्टर यिन्ते अलि अप्ठ्यारोमा परेको जस्तो गर्न थाल्यो र फिस्स हाँस्यो बाताबरनलाइ सहज पार्न।

"म पहिले कुनै बेला "हेरोइन युजर" थें, तर अहिले मैले छोडिसके।" उसले यसरी भनी मानौं कुनै ठुलो बहादुरीको काम गरेकी छ।

म झल्याँस्स भएँ, हिजो राति मेरो साथीले दिएको खबर झुठो थिएन। "अपरेसन ००३" पनि त्यो चाइनिज केटी जस्तै "ड्रग् एयाडिक्ट" थी, शायद लागु औषध तस्कर पनि।

"अपरेसन ००३" एक जंकी थी, अहिले पनि त हुन सक्छे वा भोली गएर फेरि "ड्रग्स्" नखाली भन्ने के बिस्वास? यस्तो राम्रो जिवनलाइ कसरी कुरुप पारेकी होली यो केटीले। मलाइ उसको आमा बुबाको प्रति दया लाग्यो। कस्तो सन्तान जन्मियो भनेर रोए होलान। के यसलाइ कसैको आँसुले छुन सक्ला? सिर्फ आफ्नो ब्यक्तिगत जिवन भन्दा पर उसले कसैलाइ पनि बुझ्न सक्दिन होला। अहिले पनि उ खालि आफ्नै जिबन बाँचेकी छे। कस्ति स्वार्थी रैछे? उसलाइ केहि कुराको चिन्ता छैन, न त डर नै। आफुले "ड्रग्स्" खाएको कुरा बताँउदा पनि उसको अनुहारमा अलिकति पनि संकोच र हिच्किचाहट देखिदैनथ्यो। उसले यसरी भन्दैथी, मानौं उसले खाना खाएकी हो, दैनिक खाने साधारण खाना। यस्तो सन्तान त शत्रुको पनि नहोओस। रितुको रुप मात्र होइन उसको मन पनि सार्है असुन्दर लाग्यो मलाइ। यो संसारकी सबै भन्दा नराम्री केटी। हे भगवान! मलाइ अझै काम गर्नु छ यो केटी सङ अरु १२ दिन। मेरो सोचाइको क्रमलाइ बिथोल्दै यिन्ते बोल्न थाल्यो।
"रिह्याबमा राखेर पनि के गर्नु। छुटेर गएको ३ महिना भित्र फेरि "ड्रग्स्" खाएर उस्तै भएर फर्किन्छन्। मामाघर गाको भन्दा सजिलो। कुनै ठोस कार्यक्रम संचालन गर्न सकिएको छैन। त्यो "डिटक्स" ले मात्र के हुन्थ्यो?" यिन्ते यथार्थ बताँउदै थ्यो।
"तिनीहरु सबैलाइ "शूट" गर्नु पर्छ। यसै पनि धर्तीको बोझ त हुन्। बाँचेर के काम?" मैले रितुको प्रतिक्रिया हेर्ने आशाले भने।
उसको अनुहारमा "आँधीबेहरी" आउनु अघिको शुन्यता देखिएको थ्यो। सोचे भन्दा बेग्लै तरिकाले उ बोली। "त्यहि त! मिन्जो सङ रैछ नि राम्रो उपाय।" फेरि यिन्तेतिर फर्किदैं भनी। " येसो गर्नु न इन्स्पेक्टर यिन्ते! तपाइ त्यो फेरि "लागु पदार्थ खाने" सबैलाइ मिन्जोका पठाइदिनुस् न। उसले समस्या समाधान गर्दो रैछ नि।" त्यसपछि मेरो मुखलाइ पढ्न थाली।
"अस्ति पनि एउटा ठुलो परिणामको अफिम चाइना जाँदैछ भन्ने खबर आको थ्यो।" यिन्तेले अर्को कुरा निकाल्यो।
"अनि.........?" बिचैमा बोली "००३"।
"१०० कि. मि. पर ३ घन्टा पहाड चढेर तस्करहरुको कारोबार हुने ठाँउमा पुग्नु थ्यो। हामी राती उकालो चढेर टुप्पोमा पुग्दा उनिहरु त भागीसकेछन्। हथियार पनि थ्यो रे उनिहरु सङ। भौगोलिक कारणले पनि हामीलाइ कठिनाइ भएको छ।" यिन्ते अलि बढी नै कुराहरु गर्नु थाल्यो त्यो सङ।
"कस्तो रमाइलो कुरा। अरु पनि होला नि त्यस्ता अनुभवहरु। भन्नुस्न इन्स्पेक्टर यिन्ते। जस्तै जङलको बिचमा तस्करहरुलाइ लखेटेको, गोली चलेको, सबै अफिम पकडेको अनि तपाइको बहादुरीको कथा पत्रिकामा छापेको कुरा हरु क्या।" रितु अरु उत्सुक भइ।
"अब जानु पर्छ।" मैले घडी हेर्दै भने। भर्खर ९।३० भाको थ्यो। बिदेशीलाइ धेरै कुरा बताउनु ठिक छैन। त्यसमा पनि यो रहस्यमयी "००३" लाइ।

"तपाइको कुरा सुन्न त फुर्सदमा आउनु पर्ला यिन्ते। भोली हामी आधा दिनमा अर्को साइट जाँदैंछौ। मिस रितुको तालिमको लागि। अरु ६ घन्टाको ड्राइव छ। बिहान रितुको तालिम पनि छ। अलिकति "रेस्ट" पनि गर्नु पर्यो र भोलीको तयारी पनि।" मैले अप्रत्यक्ष रुपमा यिन्तेलाइ धेरै नबोल्न संकेत दिए।
"यति छिट्टै होटेलमा गएर के काम? मलाइ त निद्रा पनि लाग्दैन।" रितु अनिक्षा देखाँउदै थी।
म उठे पछि उ मेरो पछि लागी। यिन्तेले हामीलाइ होटेल "ड्रप" गर्यो। "अपरेसन ००३" आफ्नो कोठामा गइ। मैले आफ्नो काम शुरु गर्न थाँले। मैले मेरो मिल्ने साथी जो म सङै यो "अपरेसन ००३" मा संलग्न छ उसलाइ फोन गरें। हिजो पनि मैले फोन गरेको थें नि। ए, उसको नाम त भन्नै बिर्सेछु। उसको नाम "च" हो।
"आजको ताजा खबर?" च ले "हेल्लो" भन्नासाथ सोधें।
"खासै केहि छैन पनि र छ पनि।" उसले कुरा घुमाइ घुमाइ बोल्यो।
"सिधा सिधा भन त।" मलाइ झर्को लाग्यो।
"एउटा online लेख ले international संसारमा तहल्का मचाएको छ।"
"कस्तो लेख?" मैले बिचैमा सोधें।
"रङूनको नाइट क्लबमा हुने "यौन ब्यबसाय र त्यसमा हुने कमिसनतन्त्र"।" उस्ले भन्यो।
"त्यो त संसारको सबै ठाँउमा हुन्छ। त्यस्तो बिशेष सनन्सनीपूर्ण समाचार कहाँ भयो र?"
मैले आफ्नो धारणा सुनाए।
"त्यस्तो होइन, त्यस लेखमा त्यस "कमिसनमा" संलग्न सबै सैनिक हाकिमहरुको "पोस्ट" र नाम पनि उल्लेख गरिएको छ। कसले कति प्रतिशत पाँउछ भन्ने कुरा पनि छ। अहिले यो लेखले फेरि संसारको ध्यान हाम्रो देशको अर्थतन्त्रमा तानेको छ।" उसले सबिस्तार भन्यो।
"ए, त्यो दुइ चार दिन पछि आफै सेलाँउछ। बाहिर जति त्यो लेखले हाम्रो देशको धज्जी उडाए पनि यहाँ इन्टर्नेटको सुबिधा त्यती छैन। निमुखा जनताहरु थाहा पाएपनि केहि गर्न सक्दैनन्। उहि बिरालोको घाँटीमा घन्टी झुन्ड्याने को ? भने जस्तै हुन्छ। यो ठुलो कुरा होइन।" मैले त्यति ठुलो मुद्दा बनाउनु पर्ने जरुरी देखिन।
"अमेरिकाले त उहिले सबै सहयोग बन्द गरिसक्यो। अरु रहेपयेका देशहरुले पनि UN मार्फत दबाब दिन शुरु गर्ला भन्ने आशंका छ।" उ गम्भिर थ्यो।
"त्यस्तो ठुलो कुरामा तैले र मैले टाउको दुखाउनु जरुरत छैन। त्यस्तो पत्रकार मुला त कति आँउछन्, लेख्छन् अनि हराँउछन्। हामीलाइ "अपरेसन ००३" मा जति धेरै कुरा खोज्नु छ। अँ, त्यो कुनै बेला को "हेरोइन युजर" पनि हो रे। त्यस्ले आफै भनेकी आज बेलुकी।" मैले उस्को हिजोको जानकारीलाइ अलिकति बलियो गर्ने प्रमाण पेश गरे।
" सुन ! त्यो लेखकले आफ्नो बास्तबिक नाम देको छैन अनलाइन पत्रिकामा। तर हामीहरुको शंका "००३" नैं छ। त्यसले केही यौनकर्मी केटीहरुको गोप्य अन्तर्बार्ता लिएकी थी। केटीहरुले यो कुरा अस्वीकार गरीरहेछन्। तर नाइटक्लबका केहि कर्मचारीहरुले "अपरेसन ००३" ती केटीहरुसङ धेरै नैं घुलमिल भएको कुरा बताएका छन्।" उसले अर्को कुरा जोड्यो फेरि "००३"।
"यो कहिले को कुरा हो?" मैले अरु प्रश्न गरें।
"लेख निस्केको ३ दिन भयो अनि उसले ती केटीहरुसङ कुरा गरेको यस्तै दुइ हप्ता जती।" च ले लामो स्वास फेरेको सुनियो।
"कस्ती "बोक्सी" रैछे? के मात्र गर्न भ्याउने? लेख लेख्ने, अन्तर्बार्ता लिने, तालिम गर्ने। यसको अरु काम छैन भन्या?" मैले आफ्नो दिक्दारी पोखें च लाइ।
"अहिले अरु कुरा होइन। यो हाम्रो देशमा छे। झन बिभिन्न ठाँउमा घुमिरहेकी छे। यसले अरु पनि त्यस्तै गोप्य कुराहरु भेट्न सक्छे र बिश्वलाइ आफ्नो लेखद्वारा सुचित गर्न सक्छे। त्यसैले त्यसको हरेक गतिबिधिमा नजर राख। फोटो कहाँ कुन ठाँउमा खिच्छे याद गर्नु। मैले सुने अनुसार त्यसको लेखहरुको माग बढ्दै छ रे।" च ले अरु सचेत बनायो मलाइ।
"अहिले सम्म त त्यस्तो मौका पाएकी छैन। तर एक्दम कुरा खोतल्न बाठी छे। म छु नि त्यसलाइ ठिक पार्ने।" मैले आफुलाइ पनि बिस्वस्त बनाए मनमनमा।
"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।" च ले यो बाक्यसहित फोन राखिदियो।
मेरो कानमा त्यही बाक्य बारम्बार गुन्जिन थाल्यो।
"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।"

अर्को जानकारीले म फेरि "अपरेसन ००३" को बारेमा सोच्न थाँले। किन उसलाइ यी सबै कुराको चासो। संसारमा सबै कुराहरु यस्तैगरी भैरहेको छ। फरक के भने देखिने र नदेखिने मात्र हो। मानिसहरु कमिशन खान्छन्, छोरी बेच्छन्, स्वास्नी बेच्छन्। तर यो उनिहरुको नितान्त ब्यक्तिगत मामिला हो। उसलाइ किन खसखस? यौनकर्मीहरुले कमिसन दिन्छन् र ग्राहक पाँउछन्, पैसा कमाउछन्, जिबन चलाउचन्। उसलाइ किन बढ्ता भएर लेख लेख्नु पर्ने। अरिङालको गोलोमा हात राख्दैछे उ। यसको परिणाम अबस्य पनि राम्रो हुँदैन। जे सुकै होस। मेरो काम प्रतिबेदन तयार गर्नु हो। उसको चियो चर्चो गोप्य रुपमा गरेर हाकिमलाइ रिपोर्ट बुझाइ पछि हाइसन्चो हुन्छ। तर यो केटीले यो प्रतिबेदन तयार नहुँदै टाउको दुखाउली भन्ने पो पीर। मनमा कुरा खेलाउदै निदाये म त्यो रात।
भोली पल्ट बिहानै "ब्रेकफास्ट" पछि नैं होटेलबाट "चेक-आउट" गर्यौं। "००३" ले फोनको पैसा धेरै नैं तिरी। कति फोन चलाएको तिमीले भन्दा "डायल- अप" इन्टर्नेट चलाउदा महङो पर्यो भनी। उसको तालिम १ बजे सकाएर हामी "मुसे" भन्ने अर्को प्रोजेक्ट साइट हिड्यौं। बाटोमा उ बोली रहन्थी, सोधी रहन्थी, बाहिरका द्रिश्यहरुमा टोलाउदै घरि घरि कतै डुबेकी जस्ती पनि देखिन्थी। यसपटक उ बिरामी भैन। मुसे पुग्दा ५:३० भैसकेको थ्यो। त्यहाँका कर्मचारीहरु स्वागत गर्न बसेका थे। सामान्य परिचय पछि हामीलाइ स्थानीय होटेलमा लगियो। होटेल हाम्रो देशको सीमा नजिकै थ्यो, जुन चाइनाको "युनान" प्रोविन्स सङ जोडिएको थ्यो। चाइनिज सामानहरु भएका पसलहरु प्रसस्तै थे बाटामा। यहाँका मानिसहरुको लवाइ, खवाइ, रहन, सहन सबैमा चाइनाकै प्रभाव थ्यो। प्रायले चाइनिज लाइनको मोबाइल बोकेको देखिन्थ्यो।

"यहाँ त मोबाइल सस्तो रहेछ। सबैले प्रयोग गरेको देखिन्छ। रङूनमा त अत्ति महङो। यहाँ संचारको पनि राम्रो सुबिधा हुनु पर्छ। एकचोटी यहाँको बजार पनि हेर्न जाउ न है?" अपरेसन ००३ खुशीले बोली।
"अहिले बेलुकी "नाइट बजार" लाग्छ रे यहाँ। तर बैंककको जस्तो ठुलो हुदैन, ९ बजे बन्द हुन्छ रे। भरै खाना खान निस्किदा जाउला नि घुम्न।"सासाले भनी।
योजना अनुसार हामी सबै ७ बजे होटेलबाट निस्क्यौं र रितुलाइ "सीमा" देखाउन गयौं।
"ल हेर, यो सीमा पारी देखिएको ठुलो ठुलो पक्कि घर, चिप्ला फराकिला सडक र सडक बत्ती हरु चाहि बिकाशको परिचायक हुन्। तिमीले फरक देख्यौ हाम्रो देश र उनिहरुको बिच।" मैले "००३" लाइ भनें।
"हामी त्यहिँ सम्म जान सक्दैनौ एकछिनको लागि?" उसले उताको द्रिश्य हेर्दै भनी।
"कहाँ?" सासा ले सोधी।
"यो सीमा पारीको चाइनामा।" उसले मलाइ हेर्दै भनी।
"तिमी जान सक्दैनौ।" मैले रुखो उत्तर दिए।
"किन?" उसले उल्टो प्रश्न गरी।
"तिमी बिदेशी हौ र तिमीलाइ अरु देश घुम्ने अनुमति छैन यो तालिम अबधिमा।" कुरा प्रस्ट्याएँ।
उ केहि बोलीन, खाली त्यो ठुलो फलामको बार भाको ढोकाबाट चाइनालाइ धेरै बेर नियाली रही। त्यो सङैको काँडाघारी बाट बच्चाहरु फुतु फुतु सीमा काटेर उता गए। सीमाले मान्छेलाइ कहिले पो छेक्छ र?
त्यसपछि खाना खाइसकेर हामीहरु एकछिन "नाइट बजार" घुम्न गयौं। सासाले केहि किनमेल गरी। "००३" निरिक्षण मात्र गरि रही उसको आँखाहरुले तर मूल्य सोधीन केहिको पनि। होटेल फर्केर सबै आ- आफ्नो कोठामा लाग्यौं। "च" लाइ फोन गर्दा लाइन लाग्दै नलागे पछि मेरो पनि आँखाहरु निद्राले बोझिल भए।
"ट्रिङ्, ट्रिङ्" फोनको घन्टीले मलाइ झस्कायो। मैले घडी हेरें, सवा बार्ह बजेको थ्यो। यतिखेर कस्को फोन होला भन्दै निद्रामै बोलें।
"सर, .......सर!" नचिनेको कुनै मर्दको आवाज सुनियो।
"को? किन? कहाँबाट बोलेको?" मैले एकैचोटी सबै प्रश्न ओयिर्याइदिये।
"हजुर म यही होटेलको रिसेप्सनबाट।" बल्ल मेरो निद्रा भाग्यो। कान अलि टाठा भए। जुरुक्क उठेर सोधें।
"के भयो?" मुटु ढुक ढुक हुन थाल्यो आफै।
"बिदेशी भर्खरै बाहिर निस्की।" उसको कुरा नसकिदै" मैले पाइजामा लाएं र रिवाल्वर राखे खल्तीमा। हतार हतार "टी -शर्ट" लगाए। चप्पल नैं लाएर तल झरें।
"कति खेर निस्केकी?" रिसेप्सनको केटोलाइ सोधें।
"भर्खरै। मलाइ हेर्दै नहेरी आफै ढोका खोलेर जानु भयो। मैले "मिस" भनेर बोलाए पनि सुन्नु भएन। यति राती कहाँ जान लाग्नु भाको भन्दा पनि हेर्नु भएन।" उ पनि आतिएको थ्यो।
म सरासर होटेल बाहिर निस्के र मुख्य सडकको बाँयातिर हेरें। चकमन्न अध्याँरो रात थ्यो। सडकमा कोहि पनि थिएनन, पर कतै कतै कुकुर रोएको झैं आवाज सुनिन्थ्यो। मोटर पनि बन्द भैसकेका थे। अलि नियालेर हेर्दा पर एउटा आक्रिती "सीमा" तिर मोडिन लागेको देखें। हिडाइले "अपरेसन ००३" हो भनेर ठम्याए र उसको पछि पछि लागें। उसले एकचोटी पनि पछाडी फर्केर हेरिन। मैले पनि बोलाइन। मलाइ उसले के गर्न लागि भन्ने कौतुहुलता थ्यो। गडबड गर्नासाथै "शूट" गर्ने अधिकार थ्यो म सङ। डराउने कुरा थिएन। तर उ सङ पनि हथियार छ भने चाहि मैले मुर्ख्याइ गर्नु राम्रो हुँदैनथ्यो।
एकछिन पछि उ त्यो अध्याँरोमा हराइ, मैले आफ्नो गति अझै बढाएँ उसलाइ देखिन। झन छिटो छिटो हिडें अझै पनि भेट्न सकिन। सीमा पुग्नु भन्दा केहि वरबाट मैले उसको छाँया फेरि देखेँ त्यही फलामको ढोका अघि उभिरहेकी थी। उ टक्क उभिएर चाइनातिर को द्रिश्य हेर्दैथी। म बिरालोको चालाले उ भन्दा १० हात पछि बसेर उसको क्रियाकलाप नियाल्दै थें। उ त्यो नजिकैको झाडीतिर पनि हेर्दै थी जहाँबाट बच्चाहरु साँझमा चाइना पसेका थे।
"मिन्जो हेर त! त्यहाँ पनि दमन छ।"
पछाडी नफर्किकनै उसले अचानक भनी। मेरो खुट्टाहरु लगलग काम्न थाले। उसले मलाइ देखेकि छैन, उसले पछाडी पनि हेरेकी छैन। तै पनि मेरो नाम लिएर मलाइ उता पनि दमन छ भन्छे। उसले कसरी थाहा पाइ म उसको पिछा गर्दै छु भनेर। मैले खल्तीभित्रको रिवाल्वर छामे र बिस्वस्त भएं म सङ शक्ति छ भनेर। कतै यो केटी "बोक्सी" त हैन? मलाइ बोक्सीको कथाहरुमा बिस्वास लाग्दैन। तर "अपरेसन ००३" बोक्सी नैं हो भन्ने कुरा चाहि शतप्रतिशत हो जस्तो लाग्यो। म दोधारमा परें। उस्लाइ के भनुँ? यो बोक्सीलाइ म किन उसको "फलो" गर्दै आँए भनुँ? मेरो बोली घाँटीमा अड्कियो। उ अझै उतै हेरिरहेकी थी, मेरो बोली फुट्नै सकेन। मन चिसो हुँदै थ्यो अनिश्चित भयले।


बोक्सीहरुले के के गर्न सक्छन् भनेर सानोमा साथी हरु कुरा गर्थे। लोग्ने मान्छेलाइ आधारातमा कुकुर पनि बनाउछन् भनेर सुनेको थें। अहिले स्वयं साँचिकै बोक्सी भन्दा केहि हात पछाडी छु। उसको मन्त्रले मेरो रिवाल्वर पनि काम नलाग्ने हुन सक्छ। ह्या के तेस्तो चाहिने नचाहिने सोचिराको? आफैले आफुलाइ भने। "००३" अझै पनि चाइनातिरै हेरिरहेकी थी, केहि नबोली। मलाइ भने उ सङ कुरा गर्ने इक्ष्या लागेन। अब के गर्दी रैछ मैले केहि नभने पछि भनेर कुरि रहें। अचानक मेरो खुट्टामा रग रग साना साना किरा हिड्या जस्तो लाग्यो। नभन्दै कमिला नराम्ररी टोक्यो तिघ्रामा। मैले "ऐया" भन्न पनि सकिन बोक्सी ले सुन्ला भन्ने डरले। मैले अझै पछाडी फर्किन खोजे, खुट्टाहरु उचाल्दै अनि भुइमा बिस्तारी झड्काल्दै एउटा हातले तिघ्राको कमिला माड्दै अर्को हातले रिवाल्वर छाम्दै दुइ पाइला पछि सरें। दोस्रो पाइला राखेको ठाँउमा सिस्नो घारी रैछ क्यारे, झ्याम्म पोल्यो दाँया खुट्टामा। मैले त्यसबेला पोलाइले गर्दा जिउलाइ ब्यालेन्स गर्न सकिन र अझै पछि फर्किन्छु भन्दा ग्वाम्राङ लडें। सिस्नोघारी नजिकै फोहोरको पाँच फिट जति गहिरो ढल बगिरहेको रहेछ। चप्पल कहाँ फुस्क्यो कहाँ, मान्छे पुरै त्यो ढलको फोहोर् पानीमा। अध्याँरोमा मैले आफुलाइ त्यहाँबाट कसरी निस्किने भन्दै संघर्ष गर्न खोजें। जति चल्यो त्यति गहिरो भित्र तान्या जस्तो हुन थाल्यो। मैले चप्पल सप्पल माया मारें, र बिस्तारै भित्ता भित्ता समातेर बिस्तारै माथी आँये। मेरो सम्पुर्ण शरिर त्यो फोहोर पानीको कारण गनाइ रहेकोथ्यो। कतै पोखरी भये पनि चुर्लुम्म डुबेर सफा हुँ जस्तो भयो मलाइ। खाली खुट्टा म सिस्नोले फेरि नपोलोस् भन्दै सतर्क भएर बिस्तारी "अपरेसन ००३" उभिएको ठाँउतिर गएँ। त्यहाँ उ थिन, यता उता सबैतिर हेरें। उ गायब भै सकेकी थी। के उस्ले मलाइ ढलमा खसेको थाहा पाइन? जे भए पनि त्यस्तो बेलामा त सोध्न आउनु पर्ने नि। के मदत गरुं भनेर? कस्ति स्वार्थी रैछे। म सङ होटेल फर्किनु बाहेक अरु उपाय थिएन। फोहोर शरिर नधोइकन म केहि गर्न नसक्ने भएको थें। सिस्नोले पोलेको खुट्टा पनि झम झमाइरहेको थ्यो। म जे सुकै होस भनेर होटेल फर्कें। लब्बीको केटा मलाइ देखेर छक्क पर्यो। केहि सोध्ने आँटै गरेन।

"बिदेशी त अघि भर्खर फर्की।" मेरो अप्ठ्यारो बुझेर उसले भन्यो।

"के रे? एक्लै थी कि अरु पनि कोहि थिए?" मैले केहि नदेखेको जस्तो गरेर सोधें।

"एक्लै थी, मैले कहाँ गएर आको भन्दा नसुने झैं गरेर सरासर माथी गइ।" मेरो टेन्सन हट्यो। म नुहाउने हतारमा थें र त्यो केटोसङ धेरै कुरा नगरिकन आफ्नो कोठामा लागे। त्यसरी आफै जाने आउने मन थ्यो भने मध्यरातमा किन जानु पर्ने त्यसलाइ? बिहान गए हुन्थ्यो। भोलीको साँझ पनि समय बांकि थ्यो नि। बेकारमा अर्कालाइ सिस्नोले पोलाएर, ढलमा खसालेर अझ चप्पल पनि पो हरायो त। भोली बिहानै एकजोर नकिनि भएन। आधा रातमा नुहाएर म सुत्ने चेस्टा गर्न थाले। बिहान भएपछि मात्र निद्रा लाग्यो। त्यो बिहान मलाइ उठ्न मन लागेन, सिस्नोले पोलेको खुट्टा अझै झम झमाइरहेकोथ्यो र राति ढलमा खसेर बजारिदा जिउ पनि दुखिरहेको थ्यो। फोनबाटै सासालाइ मैले "आज मलाइ अलि सन्चो छैन, म होटेलमा नैं आराम गर्छु। तिमीहरु तालिम गर्न जाउ" भने। मैले कोठामा बसेर खाना खाए। दिउसो एकचोटि "च" लाइ फोन गरेको उ ब्यस्त छ भनेर पछि गर्नु भन्यो। प्रतिबेदनमा हिजो रातिको कुरा पनि थपें। बजार गएर एकजोर चप्पल किनेर ल्याएँ। चप्पल किन्दा अर्को "एक्स्ट्रा" पनि किन्नु पर्ने हो कि जस्तो लाग्यो। के थाहा "००३" को पछि लाग्दा कहाँ निर कुन् चप्पल चुंडिन्छ कि हराँउछ्? जे होला होला भनेर एक जोर मात्र किने। त्यो दिउसो अति आराम भयो मलाइ। मैले रितुलाइ सकेसम्म नसोच्ने प्रयास गरे। तिन घन्टा मज्जाले सुतें।
३ बजेतिर त्यो इलाकाको पुलिस अफिसरहरु आएर चिया खान लगे। साधारण कुराहरु भए। म फेरि ६ बजे होटेल् नै फर्कें। च लाइ फेरि फोन गर्न खोजेको फेला परेन। त्यसपछि टि.बि. हेर्दै समय कटाउन थाले। बेलुकि ७ बजेतिर कसैले ढोकामा "ढक् ढक्" गर्यो। खोलेर हेर्दा, रितु र सासा उभिएका थे। मैले भित्र बोलाउन करै लाग्यो।

"तिमीलाइ के भयो भनेर हेर्न आको हामी त?" ००३ हिजो रातीको घटनाको बारेमा बिलकुल अनभिग्य बनी।
"खासै केहि भाको होइन।" मैले पनि नाटक गर्ने कोशिश गरें।
"चिसो लाग्यो होला मिन्जोलाइ।" सासाले सोफामा बस्दै भनी।
"त्यस्तै होला, सामान्य रुघा खोकि" मैले कुरालाइ छिटो सकाउने कोशिस गरें।
"टाउको दुख्या छ?" रितुले सोफामा बसेर खुट्टा हलाउदै सोधी।
"अलि अलि मात्र।" मैले उसलाइ भन्दा उसको खुट्टालाइ हेर्दैं भने।
"म सङ औसधी छ। खाने हो?" उ झन बेगले पिङमा बस्या जस्तो खुट्टा हल्लाउन थाली।
"पर्दैन। फेरि अर्को साइड इफेक्ट होला।" सासा हाँसी। "००३" मलाइ नहेरी टि. बि. हेर्न थाली। एकछिनमा सासाको को नातेदार भेट्न आको छ भनेर सासा तल झरी। कोठामा "अपरेसन ००३" र म मात्र भयौं।
"सुन्तला खानी? रुघा लागेको भए विटामिन "सी" प्रसस्त खानु पर्छ। मैले अघि सस्तोमा २ किलो किनेको छु। एक्दम गुलियो छ।" कति प्यारप्यार बोल्नु पर्ने यो केटीलाइ। आफै बिरामी बनाएर आफै निको पार्ने जस्ती।
"पर्दैन भन्या।" भन्दै म टि. बि. बन्द गर्न "रिमोट" लिन छ पाइला जति हिँडेर टेबुलमा भएको "रिमोट" ल्याएं र टि. बि. बन्द गरें। उ एकछिन मौन रही र फेरि बोली।
"तिम्रो त्यो खुट्टामा के भयो? किन खोल्च्याङ् खोल्च्याङ गर्या?" कस्ति बाठी एकैछिनमा सबै हेरि सकिछ।
हिजो तिमीलाइ पछ्याँउदा सिस्नोले पोलेर खाल्डोमा खसेको भन्न मन लागेकोथ्यो। तर उ त केहि नभाको जस्तो गरि राकि थी। म जान्ने भएर किन भनुँ भनेर ? "बिहान त्यो टेबुलमा खुट्टा ठोक्यो" मात्र भने।
"त्यस्तो खुट्टा ठोकिने गरी काँ हेर्दै हिडेको? अलि राम्ररी हिंड्नु पर्छ नि।" उल्टो उपदेश दिन थाली।
"खोइ दिन नराम्रो भाको बेला जति राम्ररी हेरे पनि त्यस्तै हुँदो रहेछ।" मैले मन मनमा "००३ बोक्सी" अलक्षिनले गर्दा भने।
"हो भन्या। मलाइ पनि आजकाल अचम्म अचम्म कुराहरु भइ राको छ।" उसले सहमतिमा उसकै कथा शुरु गरी।
"मतलब ?" मलाइ पनि आश्चर्य लाग्यो मलाइ दुख दिनेको पनि अचम्मको कुरा रहेछ।
"अस्ति हामी आको पहिलो दिन थ्यो नि। मेरो सुट्केस कसैले खोलेर सामानहरु भद्रगोल गरी राखेको जस्तो थ्यो। मलाइ थाहा छ मैले त्यो सुट्केस कफी खान जानु अघि खोलेकै थीन। कस्तो अचम्म हेर न? मलाइ त कोहि मेरो जासुसी गरि रहेको जस्तो लाग्यो। है?" मेरो आँखामा हेर्दै भनी।
मेरो रहे पहेको सातो जान लाग्यो। मैले उसलाइ हेर्नै सकिन। झ्याल पारीको द्रिश्य हेर्दै के उत्तर दिने भनेर सोच्न थाले।
"मिन्जो, तिमिलाइ के लाग्छ भन त ? कसले मेरो सुटकेस खोल्यो होला?" अर्को प्रश्न तुरुन्तै गरी उसले।
"होटेल कै कोहि कामदारहरुले बिदेशीसङ पैसा छ भनेर हो कि? तिमीले मलाइ किन पहिले नै नभनेकि? यस्तो कुरा भन्नु पर्दैन?" अन्तिम बाक्य भन्दा मेरो स्वर राम्ररी निस्केन।
"अनि सुन न। अर्को कुरा पनि छ।" मलाइ यसपाली उत्सुक बनाइ उसले।
"के भयो? तिम्रो पछि पछि कोहि आयो कि क्या हो?" अलिकति ब्यङ गरें।
"होइन भन्या। आज बिहान उठ्दा मेरो कोठाको चुकुल खुल्लै थ्यो अनि मेरो खुट्टा पनि बाहिर गयेर आको जस्तो फोहोर थ्यो।" उसले आफ्ना आँखाहरु अरु ठुलो बनाइ।
"तिमी राति कतै गयौ कि?" मैले अन्जान बनेर सोधें।
"कहिं गको भए मलाइ थाहा हुन्न र?" एक्छिन सोची अनि भनी। "लौ बर्बाद भयो।"
"किन र ? कसरी बर्बाद भयो?" झन् अर्को रहस्य थपियो।
"शायद म निद्रामा हिड्न थाँले। धेरै बर्स अघि २ चोटि यस्तो भएको थ्यो।" उ आफै छक्क परी।
"निद्रामा हिड्ने रे?" म पनि अचम्म भए।
"हेर न। पहिला मलाइ दुइ चोटि येस्तै भएको थ्यो। पछि चाहि हुदैन होला भन्या थे। अब के गर्ने?" उसको समस्या देखियो।
"आज राति पनि याद गर। यदि फेरि त्यस्तै भयो भने भोली देखि तिमीलाइ ताल्चा लाइदिने कोठाबाहिरबाट।" मैले समाधान बताए।
" जे भए पनि तिमी छौ मेरो रेखदेख गर्ने। त्यसैले म ढुक्क छु।" भन्दै उठी र आफ्नै कोठामा गइ।
मलाइ प्रश्नले सताउन थाल्यो। के हिजो राति उ साँचिकै निद्रामा थी? यदि थी भने किन मेरो नाम लिएर कुरा गरी? कि यो उसको अर्को नाटक हो? सताउन सताउने भइ मलाइ "राजकुमारी ००३" ले। अबस्य पनि उ मेरि पुर्बजन्मकी साहुनी हुनु पर्छ। जसको मैले धेरै रिण खाएको छु र अझै तिर्न सकेको छैन। उफ्फ्, कति दुख खेप्नु पर्ने हो अझै?
क्रमश:

   [ posted by crazy_love @ 09:59 PM ] | Viewed: 2541 times [ Feedback]


: