:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Sunday, June 29, 2008 | [fix unicode]
 

साइकल भाग ३

हेर्दा हेर्दै साँझ पनि पर्न थाल्यो। सुकिसकेका लुगाहरु laundry basket बाट निकाल्दै पट्याएर राख्न थाल्दा पो घुँडा अलि-अलि दुखेको महशुस गर्न थाल्यो कृसले। “आठ-दश बर्ष पछि साइकल चलाउँदा यस्तै त हो नि, आ… अहिले साथीहरु सँग पिएपछि सबै दुखाइ हराइ भैहाल्छ”- मनमनै आफूलाई फकायो उसले। माइक त उसको apartment मा सँधै आउने जाने गरेकै छ, त्यसै भएर त्यै अघि दिउँसो कुरा गरेका दुइटी केटीहरु नै वास्तबिक guest हुने भए उसका लागी। फेरी कस्तो संयोग, डेबी चाँहि कृस बस्ने यहि building मै बस्छे; अनि जुली चाँहि माइक बस्ने building मा।

सबै लुगा पट्याएर राखिसके पछि hibernate गराइराखेको ल्यापटपलाई जगाएर windows media player मा आफुलाई मन पर्ने गीतहरु राखी बनाएको ‘New English songs’ नामको playlist छान्यो उसले। Chris Brown को ‘with you’ गीतमा volume अलिक बढाएर जीउ मच्चाउन मात्र के थालेको थियो, ढोकामा ढक-ढक आवाज आयो।

माइक र जुली सँगै आएछन्, जुलीले यस अघि उसको कोठा (र शायद locality पनि) नदेख्या भएर होला। अघि दिउँसो भन्दा झनै राम्री देखिएकी थिइ उ अहिले – सेतो फुलका बुट्टा भएको अनि घुँडा भन्दा निकै तल सम्म लामो निलो कुर्ता र सेतो सुरुवाल जस्तो लुगामा। यो लामो कुर्ता सुरुवाल जस्तो लुगालाई उनीहरु ‘ao dai’ भन्दा रैछन्। माइक पनि दारी काटेर चिटिक्क परेर आको रैछ। डेबीकै लागि होला यति राम्रो भ'र आको, आखिर उसैले त हो अघि बिहान डेबीलाई निम्तो दिएको ।

नभन्दै एकै छिनमा डेबी पनि आइपुगी। जुलीसँग परिचय गरिसकेपछि laptop मा बजिरहेको ‘you can stand under my umbrella’ नामको गीतमा जिउ हल्लाउँदै कोठाको एउटा कुनामा रहेको कृसको basketball लिन गई उ।
“ए कृस, तिमीले यस अघि त भनेको थिएनौ नि बास्केटबल खेल्छु भनेर?”
“संगत मात्रै गर्दै जाउ न, धेरै कुरा थाहा पाउँदै जान्छ्यौ”, कृसले संयमित जवाफ दियो।
“back home पनि तिमी basket-ball खेल्थ्यौ शायद, कि यहिँ आए पछि खेल्न थालेको?” डेबीले फेरी सोधी।
नेपालमा क्याम्पस पढ्दा class का साथीहरु कोही table-tennis त कोही cricket, त कोही soccer, अनि कोहि चाँहि केटीहरु पट्याउन volleyball, badminton आदि खेले पनि आफू चाँहि basket-ball court मै झुन्डीएर समय बिताएको अनि केही प्रतियोगिताहरु पनि जितेको कुरा बताउँदै उसले भन्यो – “तर डेबी हेर, म यि भन्दा बढी प्रतियोगिता जितेको कुरा गर्दिन अहिले, किनकी यो माइक छ नी म भन्दा 1.1 गुणा मात्रै भए पनि राम्रो खेलाडी निस्कियो। शायद हामी साथी हुनुको कारण त्यो last semester को statistics class भन्दा पनि हामीले साँझमा गर्ने basketball practice नै हो जस्तो लाग्छ"।
“I agree” भन्दै माइकले जुलीसँग भैरहेको उसको बार्तालापबाट डेबीतिर हेर्दै टाउको हल्लायो।
डेबी पनि के कम्ती थिइ र, आफू पनि basketball को राम्रो खेलाडी भएको अनि आफुले पनि ladies team बनाएर practice गर्न चाहेको कुरा गरेर माइकको ध्यान सम्पुर्ण रुपमा आफूतिर खिँची।

“हुन त Los Angeles Lakers र Kobe Bryant को खेल पनि मन पर्छ, तर मेरो best team भन्नु पर्दा Boston Celtics नै हो। अघिल्लो बर्षको झुर खेललाई बिर्साउँदै यसपाली हेर न कस्तो उत्कृष्ट लयमा फर्केको है।” माइकले थप्यो।
“मलाई नि त्यस्तै लाग्छ, यो बर्ष Celtics ले बास्तबमै राम्रो खेल्यो”-डेबीले सहमति जनाई।
माइकलाई अरु के चाहिन्थ्यो र, 2008 को NBA champs को बारेमा थाहा भए जति र गर्न सक्ने जति सबै प्रशंसा गरेर सुनायो डेबीलाई, आखिर फाइनल खेल हेरेको पनि केहि दिन अघि मात्रै त हो।
“Celtics को बिजय शायद माइक र डेबीको मिलन हुनको लागि पो भको हो कि क्या हो?” - कृस र जुलीका आँखाले एक अर्का लाई यहि प्रश्न गरे, एक चोटि, एक निमेशका लागि।

आँखा जुधाईबाट सम्हालिन नचाहे नि जुलीका आँखा त्यस पश्चात कोठाको भित्तामा राखिएको एउटा ग्रुप फोटोमा गए। ताइक्वान्दो खेलाडीहरुको त्यो हुलमा कृसलाई ठम्याउन नसकेर उसले सोधी – “ आर यु अल्सो इन् दिस् पिक्चर?, विच वन?”। जुलीले कृसलाई त्यसमा चिनोस् पनि कसरी - करीब आठ बर्ष अघि र अहिलेको उसको अनुहार र शरीरमा धेरै बदलाव आइसकेको छ, स्वभाविकै हो। ब्ल्याक-बेल्ट पाएको दिन गुरु र साथीहरुसँग खिचेको त्यो फोटो कृसलाई नेपालको झन्डा जत्तिकै प्यारो लाग्छ, र त कोठामा नेपाल र क्यानाडाको झन्डासँगै झुन्ड्याएर राखेको छ।

“ए यो पो रैछौ है तिमी, कृस तिमी कति cute देखिएको यो फोटोमा, अनि तिमी कस्तो बच्चा जस्तो टाँसिएर बसेको नि coach सँगै”।
साँचै भनेकी भएपनि, जिस्किनलाई एत्तिकै भनेकी भएपनि धन्यबाद दिँदै उसले स्पष्टीकरण दियो - “cause I was one of her best students at that time”.
“त्यस्तो आफैले आफैलाई best student भनेर धाक दिनेले मलाई नि सिकाउ न त ताइक्वान्दो। हेरुम् म पनि कतिको आउँदो रैछ तिमीलाई। अनि थाहा छ तिमीलाई, मैले नि करिब छ महिना जति त खेलेकी थिएँ नि सानो छँदा, एक जना कोरियन गुरु सितै सिक्थ्यौँ हामी”।
“अनि किन खेल्न छोडेकी त बिचमै?” कृसले कुरा लम्ब्याउनलाई सोध्यो।
“कृस, तिम्लाई नै अर्को ताइक्वान्दो गुरु बनाउनलाई होला जस्तो लाग्छ मलाई त” – जुलीले बोल्न नपाउँदै माइकले भनिदियो।
बास्तबमा यसरी बेला-मौकामा कुरा synchronize गरिदिने साथी हुँदा पनि निकै फाइदा हुन्छ। जे सुन्न चाहेको थियो कृसले, माइकले त्यहि भनिदियो। सबै जना हाँसे गललल। दंग पर्दै छोटकरी मै लामो जवाफ दियो कृसले जुलीलाई - “that would be my pleasure, I’m ready whenever you are.”

Meeting मात्रले कहिले, कहाँ पो भको छ र? eating पनि चाहियो नि। अनि eating शुरु गर्न लाई drinking पनि त चाहियो नै। चारवटै बियरका बोतल चियर्सका लागि ठोक्किन तयार भए। थोत्रा साइकल किनेको अनि नयाँ साथी बनाएको त्यो दिनको ‘चियर्स’को गुन्जाई निकै बेर सम्म महशुस गर्दै आनन्दित भैरहे कृस र माइक दुवै, शायद जुली र डेबी पनि।

समाप्त
(कथा सकियो, पढ्ने जति सबैलाई धन्यबाद)

शरद्
http://heregoesmyroad.blogspot.com/2008/06/blog-post_29.html

   [ posted by दशैँ तिहार @ 03:50 PM ] | Viewed: 1618 times [ Feedback]


: