:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Wednesday, June 18, 2008 | [fix unicode]
 

फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे "ली" र ड्राइबर "झाङ" कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को "साइट" जाँदा त्यस्तै घटीमा ४- ८ घन्टाको "ड्राइब" हुन्थ्यो। सडकहरु पक्कि नैं थे, तैपनि त्यत्रोबेर गाडीमा बस्दा असाध्यै थाकिन्थ्यो। ग्वाङ्सी प्रान्तभित्रै ६ वटा फिल्ड साइट थियो, त्यससैले हामी नानिङ सहरबाट अन्तिम साइट ४५० कि। मि। को दुरीमा "उजो" भन्ने सानो उपत्यकामा पुग्यौं। बाटोमा मैले "ली" लाइ सपना सारै नराम्रो देखेको कुरा बताएकी थें। हरियो बाँस भनेको नेपाली सपनामा राम्रो कुरा होइन, नेपालमा बुबाआमालाइ फोन नगरेको पनि धेरै भएको थ्यो। सन्चो बिसन्चोको कुराले चिन्ता लागेको थ्यो। खराब सपना देखेको बिहानै मन छटपटिरहेकोथ्यो। कतै बुबालाइ फेरि सन्चो भएन की? वा आमालाइ प्रेसर बढ्यो की? मनमा अनेक चिन्ताहरु आँउदै, तर्साँउदै जान्थे। बिहानै नेपालमा फोनको लाइन पनि लागेन। मन झन् भुट्भुटियो। अन्तिम अनुगमन थ्यो, बिचैमा छोड्ने कुरा पनि थिएन। चाइनीज बिस्वासमा "हरियो बाँस" एक्दम राम्रो हो सपनामा देखिएको भये। ली ले मेरो मनलाइ शान्त गर्ने कुरा सुनायो।


"तिमी अहिले चाइनामा छौ, त्यसैले अहिले तिम्रो सपना चाइनीज अर्थको हुनेछ। हरियो बाँस भनेको सम्पति हो हाम्रो बुझाइमा। तिम्रो सपना अनुसार तिम्रो जिबनमा अझै धेरै सम्पति आउनेछ।" ली ले जे भने पनि मन खुसी थिएन।
बाटोमा हरियाली देखेर काठमान्डौको याद आयो। हरियो पहाड, चिसो बतास र मेरो जन्मथलोको माया। अङरेजी मार्च महिनाको अन्तिम अन्तिम थियो। बसन्तको भर्खर आगमन शुरु भएको थ्यो उजो शहरमा पनि। शुक्रबार सबै काम सकेपछि भोलिपल्ट बिहान मन्दिर जाने योजना बनायो ली ले।
"के तिमीहरु पनि भगवानमा बिस्वास गर्छौ?" सोध्नै मन लागे पनि मैले रोके यो प्रश्नलाइ। मन्दिर जानु राम्रै कुरा थ्यो, अरु भन्दा पनि चाइनिज मन्दिर हेर्ने इक्ष्या थियो मलाइ।


"मन्दिर गएर धुप बालेपछि तिम्रो "सपना" झन् राम्रो हुन्छ।" झाङले धेरै बेर पछि मौनता तोड्यो।


"तर मन्दिर जाँदा उकालो चढ्नु पर्छ। हिम्मत छ?" ली ले सोध्यो।


"कति बेर लाग्छ?" अलि हिच्किचाँए म। उकालो चढ्ने रहर थिएन मलाइ।


"धेरै होइन १ देखि २ घन्टा आउन जानलाइ। यहाँको त्यो उकालो प्रसिद्द छ पर्यटकहरुको लागि।"
मलाइ मन्दिर हेर्नु थ्यो, भगवान हरु हेर्नु थ्यो, मैले सहमति जनाए उनिहरुको प्रस्ताबमा।

बिहानै हामी उकालो चड्न शुरु गर्यौं। बानी नभएकोले पसिना र "स्याँ स्याँ" हुनु स्वाभाबिकै थ्यो।
"जिबन उकालोको प्रतिबिम्ब हो। कहिले कहिँ जति माथि पुगियो त्यति थकाइ लाग्छ। तर माथी पुगेर आफु तलको धरातल हेर्नुको आनन्द नैं अर्कै हुन्छ।" झाङ मलाइ उकालो र जिबनको सम्बन्ध बताँउदैथ्यो। म चुपचाप सुन्दैथें, ली पनि।


"जब म कुनै समस्याको को समाधान पाँउदिन थें, म हाम्रो गाँउको यस्तै उकालो चड्न मन पराँउथे। त्यस्ले मलाइ केहि शक्ति दिएको जस्तो लाग्थ्यो र फर्किदा म केहि संयम हुन्थे। समस्या सङ जुध्न केहि साहस बढ्थ्यो।"


"जीवन उकालो जस्तै कठिन छ। जति ठुलो सपना बोक्यो उति धेरै चुनौतीहरु,कहिले नसकिने दुखका पहाडहरु।" ली ले अलि गम्भीर हुँदै भन्यो।


"मलाइ त यो पनि थाहा छैन म यो उकालो किन चढ्दैछु ? खोइ कहाँ छ तिम्रो मन्दिर?" मैले ली लाइ जिस्काउन थाले।


"धैर्य गर भगवान भेट्न त्यति सजिलो हुँदैन। उकालो र ओरालो जिबनका नियमहरु हुन्।"
ली ले हाँस्दै भन्यो।

१ घन्टा पछि हामी त्यो टुप्पोमा पुग्यौं ली र झाङ सङ मैले अङरेजी बोलेको सुनेपछि एक हुल निम्न माध्यमिकका बिध्यार्थीहरुले मलाइ भने "उजो सहरमा तिमिलाइ स्वागत छ। फेरि फेरि आउदैं गर है।" उनिहरुले म सङै फोटो पनि खिचे र तल झरे।


त्यहाँबाट देखिने द्रिस्यले मलाइ चोभारको हरियो डाँडा याद आयो। त्यहाँ बहने शीतल हावा अनि किर्तिपुर जाने त्यो थोत्रो हल्लिने पुल भएको बाटो। ती सबैसङ सम्झनाहरु गाँसिएकाथे। नजिकैको चमेली फुलबाट मिठो बस्ना आइरहेकोथ्यो। "यो फुल त हामीकहाँ पनि छ।" मैले झाङलाइ भने।
"यसको नाम ९ किलोमिटर फुल हो। यसको सुगन्ध ९ किलो मिटरसम्म फैलिन्छ रे नि।"
नाम जे भए पनि सुगन्ध उस्तै थ्यो, सुन्दरता त्यस्तै। २० मिनेट बसेर बसन्तको सौन्दर्य अनुभुत गरेपछि हामीहरु मन्दिरतिर लाग्यौं, मन्दिर चारपाटे खालको देखिन्थ्यो परबाट र भर्खरै रङाएको जस्तो। मन्दिर देख्नासाथै मेरो थकाइहरु एक्छिनलाइ हरायो।


मन्दिर भित्र पस्नु अघि ली ले मलाइ स्टीलको बाटामा रहेको फोहोर थिग्रेको पानी देखायो र भन्यो, "मन्दिर पस्नु अघि त्यहाँ हात धुनु पर्छ।" र उसले हात धोयो र त्यही राखेको रुमाले हात पुछ्यो।


"त्यस्तो फोहोर पानीमा म त धुन्न हात।" मैले भने।


"भगवानको मन्दिरमा सबै सफा छ। मन सफा पार तिमी पहिला। सबैले यही हात धुन्छन्।" मैले ली ले भने जस्तै गरें।


"तिमी सङ चानचुन "यानहरु" छन् ?" झाङले सोध्यो।


"किन?" मैले पनि सोधें।


"भित्र धेरै भगवानहरु हुनुहुन्छ। उहाँहरुलाइ चढाउन। छैन भने यी लिउ।"
म सङ चानचुन नभएको लिनु पर्ने बाध्यता आयो। "तर म तिम्रो पैसाले धर्म गर्न सक्दिन। म सङ पछि फिर्ता लिने भए मात्र लिन्छु। येदि मैले तिम्रो पैसा चढाँए भने मेरो सबै धर्म तिमिलाइ लाग्छ नि।" मैले झाङलाइ भने।


"हुन्छ नि त। मलाइ भरै डलर दिनु नि त।" झाङ पनि जिस्क्यो।

"ल हेर ! यो चाहि यस मन्दिरको सबै भन्दा ठुलो भगवान, उहाँलाइ ढोग। त्यो जनावरमा चढ्नु भएको भगवानले चाँही तिम्रो सुरक्षा गर्नु हुन्छ, गुलाबी फुल हातमा लिनु भएको भगवानले चाँही तिम्रो गल्तीहरु माफ गर्नु हुन्छ, उताको भगवानले चाहि सन्तान प्राप्तिको लागि कल्याण गर्नु हुन्छ, त्यो भन्दा परको भगवान चाहि अलि कडा रिस भएको हुनुहुन्छ, राम्ररी ढोग र भेटी पनि चढाउ...." मैले सबै भगवानहरुलाइ त्यसरी नैं ढोगे जसरी ली ले सिकाएको थ्यो। बाहिर निस्केर धुप पनि बाँले। एक्छिन त्यही शीतलमा बसेर मन्दिरको कथा सुने। मेरो मन हलुका भैरहेको थ्यो। भगवान, मन्दिर र देश फरक भए पनि हाम्रो आस्था उस्तै थ्यो। म मा फेरि एउटा आनन्दको अनुभुति हुँदै थ्यो र हामी मन्दिरबाट ओरालो झर्दैं थ्यौं। थकाइले हो कि आनन्दले हो सबै मौन थे बाटोमा। म चाँहि सोच्दैथें, सपना, उकालो अनि आस्था।


समाप्त!

   [ posted by crazy_love @ 04:17 PM ] | Viewed: 2696 times [ Feedback]


: