:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Sunday, June 15, 2008 | [fix unicode]
 

साइकल भाग-२

शनिबारको दिन – बाटोमा गाडीहरु अलिक कम नै थिए। अत्यन्तै छोटा-छोटा ह्याफ प्यान्ट्स लगाएर jogging गर्दै गरेका युवतीहरु (slang मा भन्नु पर्दा- eye candy हरु) बाटोमा छिन-छिनमा आज पनि भेटिँदै थिए नै। यिनीहरुसितको आजको भेटाइ हिजो अस्तिको भन्दा भिन्न लागिरहेको थियो कृस र माइक दुवैलाई। कार चलाउँदा धेरै वटीसँग भेट त हुने तर छोटो समय मात्र भेट हुने, अनि आफु नै बाटोमा हिँड्दा भने धेरै बेर भेट हुने तर थोरै वटी सँग मात्रै हुने, त्यसै माथि सँधैभरि आँखाले खोजेजस्ता र मनले चाहेजस्ता मोरीहरु भेट नहुने। आज भने दुवैलाई बुद्धले भने जस्तै ‘ The Middle Way’ - अर्थात् ‘neither of the extremes' अलि-अलि बुझ्न थाले जस्तो लागिरा’थ्यो। १५ डिग्री celcius को तापक्रम हुँदो हो, अनि बाटोको दुवैतिर बढेका हरिया रुखहरुलाई छिचोल्दै उनीहरुलाई नै स्पर्श गरिरहेको शितल हावासँगै रमाउँदै गुडिरहे उनीहरु।


अघि साइकल दिँदा मोटी दिदीले भनेको संझियो कृसले- “मेरो छोरो र उसको साथी हप्ता दिन अघि भ्यान्क्युभर गए देखि नै यि साइकल कसैले नि प्रयोग गर्या छैनन्, त्यसैले हावा भर्ने बेला नि भए जस्तो लाग्छ”। कुदाउँदै गरेका दुवै साइकललाई हेर्दै उसले माइकलाई भन्यो - “साँचै हावा नि भर्दै जाउँ है tire मा”। नजिकैको gas station मा रोकिए उनीहरु हावा भर्नलाई।


“टन्न हावा भरेर साइकल कुदाउनको मजा नै छु्ट्टै छ यार”- tire मा हावा भरिसकेर साइकलमा चढ्दै कृसले भन्यो। टाउको हल्लाएर सहमति जनाउँदै माइकले भन्यो- “तिमीलाई थाहा छ कृस, किन होला साइकल नचलाइ थन्क्याएर राख्दा tire को हावा हप्ता दिनमा सकिन्छ, अनि त्यै साइकल दिन-दिनै चलाउँदा भने दुई हप्ता भन्दा बढि नि चल्छ?” कृसले जवाफ दियो - “साइकलको tire लाई नि घरमा थन्किनुपर्दा भन्दा बाटो तिर गुड्न पाउँदा नै रमाइलो लाग्छ होला, त्यै भ’र घरमा थन्क्याएर राख्दा रिस पोख्ने होला नि ”। दुवै हाँसे गललल। माइकले फेरी भन्यो - “हेर कृस, आज हामी दुवैले धेरै समय पछि साइकल चलाइरा कुरा त छँदैछ। के तिमीले सुनेको छौ खुट्टाको रौँ खौरिएको मान्छेले खुट्टामा रौँ हुँदा भन्दा बढि स्पीडमा साइकल चलाउन सक्छ भनेर"? घुँडा सम्मको हाफ प्यान्ट लगाएको कृसले आफ्ना खुट्टाका रौँ तिर हेर्दै भन्यो- " jogging गर्ने देबीहरुका लागी हो भने यि जंगल फडानी गर्न मलाई कुनै समस्या होला जस्तो लाग्दैन"। अब भोलीदेखि उनीहरुले चलाउने स्पीडमा दुवै सहमत भए।


“ओइ, साँचै हामी कहाँ जान लाग्या हँ?”

“अब यि साइकलहरुको स्याहार सुसार नि त गर्नै पर्यो, पहिला ‘केनेइडियन tires’ मा गएर lubricant किनौँ, अनि त्यसपछि मेरो त grocery गर्न सुपरस्टोर नि जानु छ। साँचै भरेलाई के-के को ब्यवस्था गर्ने हँ?

"डेबीले नि के ल्याउँछे कुन्नी?”

“ल ल तेतै जाउँ, सुपरस्टोर तिरै decide गरौँला नि त”।


थोत्रा साइकललाई cycle-stand मा पार्क र लक गरेर दुवै 'केनेइडियन tires' मा पसे। Lubricant खोज्न चार आँखा चारै दिशातिर दौडाउदै गर्दा त्यहीँ काम गर्ने एउटा केटो नजिकै आएर भन्यो – “Hi, may I help you please ?”। माइकले भन्यो – “ya, surely, we're looking for bicycle lubricants”। “Right there !” भनेर देखाइदिँदै दुबैको धन्यबाद बटुल्दै गयो त्यो केटो। ९ डलर ९९ सेन्टको lubricant मन परे पनि मुल्य अलिक बढि नै ठानेर एउटै मात्र लिएर दुबैले त्यसबाटै काम चलाउने बिचार गरे। आखिर कारले gasoline खाए जस्तो गरि खाने हैन क्यारे साइकलको चेनले lubricant लाई, उहि हप्ता-दुईहप्तामा यसो अलि-अलि चुहाए जस्तो गर्नु पर्ने त हो।


सुपरस्टोरमा शनिबार हुने भिडले कृसलाई मोरंग-सुनसरीको हटियाको संझना गराउँछ। त्यसो त हटिया भन्न अवश्य पनि मिल्दैन सुपरस्टोरलाई, कारण चाहेको सामान यसमा पाउन बिशेष बार नै कुरिराख्नु पर्दैन हटियामा जस्तो। जहिले सामान चाहिन्छ गयो, डेबिट कार्ड वा क्रेडिट कार्ड swipe गर्यो, किन्यो, लियो। उहि कार्डमा पैसो अथवा क्रेडिट (पछि तिर्न सक्ने छ्यमता) हुनु पर्यो।


मानिसहरु भन्छन्- “फुर्सदमा grocery, shopping गर्नुको मजा नै छुट्टै छ”। यहि मजा लिन भनेरै होला शायद त्यतिका मान्छेहरु शनिबारको दिन त्यहाँ झुम्मीएका। Parking lot पनि त्यै भ’र होला भरिभराउ झैँ देखिन्थ्यो। हेर्दा हेर्दै रहर-लाग्दा दुई जोडी केटाकेटी छत नभका (infact, summer लाई भनेर छत निकालिएका) कार पार्क गर्न हान्नीएर आइपुगे। यो देखेर अरु केही गर्न नसके नि माइकले भन्यो - “अर्को समरमा त म नि यस्तै कारमा यसै गरि मेरी गर्लफ्रेन्डसँग आएर त्यहीँ कार पार्क गरेर grocery गर्छु।”। “sounds good” - कृसले थपिदियो।



साइकल पार्क गरेर दुबै जना स्टोर भित्र पस्न मात्र के लागेका थिए पछाडि बाट एउटा आवाजले बोलायो।

"hey Mike"

“hey Julie !, how are you doing?” आवाज आए तिर फर्किँदै माइकले भन्यो।

“not too much” भन्दै जुली उसँग हाँसी।



माइकले जुली र कृसको परिचय गराइदियो। उपत्यका बाहिरबाट काठमान्डुमा पढ्न आउने बिध्यार्थीहरुले परिचय गर्दा प्रयोग गर्ने अनि यहाँ अन्तराष्ट्रिय बिध्यार्थीहरुले नि परिचय गर्दा प्रयोग गर्ने cliché प्रश्न आदान-प्रदान गरिसकेपछि बल्ल थाहा भो- कृसले जुलीलाई चाइनिज होली भनेर सोचेको अनि जुलीले उसलाई इन्डीयन वा अरेइबियन होला भनेर सोचेको दुवैको अनुमान गलत परेछ। भिएतनामबाट आ’की रैछ जुली।



“को को छन् नि तिम्रो यहाँ क्यानडामा?” कृसले सोध्यो।

“आमा, बुवा, र भाई”

उसको अँग्रेजी एयाक्सन्ट र सपरिवारै यहिँ बस्ने गरेको भनेको सुनेर कृसलाई अनुमान गर्न गार्हो परेन। तैपनि यकिन गर्नलाई सोधिहाल्यो-“तिम्रो बुवाले क्यानडाको पि. आर. लिनु भएपछि तिमीहरु सपरिवार यता बसाँइ सरेको हो?”

“हो, तर तिमीले कसरी त्यो अनुमान गर्यौँ?"

“अरु देशहरुबाट पनि पि. आर. लिएर सपरिवारै यतै बस्ने गरि आएका केहि परिवारहरु भेटेको छु, त्यस्तै त्यस्तैबाट अनुमान गरेको नि ”

“यो अनुमान चाँहि तिम्ले मज्जाले मिलायौ। अनि तिम्रो इंलिस पनि मेरो भन्दा धेरै राम्रो छ। कहाँ, कसरी सिक्यौ? तिम्ले कहिले देखि इंलिस बोल्न थालेको? मलाई पनि सिकाउ न।”


जुली प्रभावित भ’को देखेर कृस नि दंग पर्यो। नपरोस् पनि किन, जुलीको बाले अल्बर्टामा जागिर पाएकाले उसका बा-आमा दुवै उतै बस्छन् रे अनि यहाँ मन्ट्रीयालमा चाँहि उ र उसको भाई बस्छन् रे। अनि माइकसँग उसको चिनजान चाँहि दुवैको apartment एउटै building मा भ’को भ’र भ’को रे। कृसले जुलीलाई बेलैमा निम्तो दिइहाल्यो - “भरे बेलुका मेरोमा बिशेष मान्छेहरुको बिशेष जमघट छ, यदि तिमीलाई नि फुर्सद भएदेखि तिम्ले नि आफुलाई त्यहाँ पाउन सक्छ्यौ। लौ, जुली पनि सामेल हुने भइ भरेको gathering मा।


किनमेल सकिसके पछि दुवैलाई “ bye ” भन्दै साइकलमा आफ्नो ओडारतिर लाग्यो कृस। माइक र जुली एउटै building मा बस्ने भए पनि बसमा आ’की जुली बसमै गइ अनि माइक पनि त्यही बसको पछि पछि लाग्यो, साइकलमा……….


Sharad
http://heregoesmyroad.blogspot.com/2008/06/blog-post_15.html

   [ posted by दशैँ तिहार @ 12:25 PM ] | Viewed: 1351 times [ Feedback]


: