:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Sunday, June 08, 2008 | [fix unicode]
 

‘ओम जय जगदिश हरे …..’
हरेक दिन झैँ नोकियाको मउबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो बेलुकाको रमाइलो जीउमा अझै नि हल्का महशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास दुध खाइ-नसक्दै नौ बजिसकेकोले जुत्ताका तना कसि कोठा लक गरेर हस्याङफस्याङ गर्दै elevator तिर हानियो उ। अस्ति भर्खरै यहि तलामा सरेकी एउटी केटीसँग जम्काभेट भयो त्यहीँ निर। काली, अलिक मोटी, डोरी जस्तो तर हल्का रँगाइएको कपाल अनि ठुला-ठुला आँखा, उचाइमा झन्डै उ जत्री नै होली, त्यसैसँग खिसिक्क हाँस्दै एलभेइटर भित्र पस्यो उ पनि। फोनको घन्टी बज्यो, माइकले गरेको रैछ। जो पहिले पुग्छ यार्डसेलमा, त्यसैले अर्कोलाई फोन गर्ने भनेर कुरा गरे अनुसार फोन गरेको रैछ। आखिर शनिबारै त पर्यो, जति फोन गरे नि के फरक पर्थ्यो र। फुर्सदैले डेबीसँग नाम आदान-प्रदान गरिसके पछि भने अलि हतारिए झै लम्कियो उ, साथी त्यहाँ पुगिसकेकोले हो कि किन हो।

मान्छेहरु त्यतिसारो आउन थालिसक्या रैनछन्, अथवा भनौँ बेच्न बसेकाहरु आउनेहरुलाई कुर्दै, सामान मिलाउँदै चियाको चुस्की लिँदै बसिरा रैछन्। माइक र कृस (यता सबैले उसलाई कृष्णको साटो यहि नामले बोलाउछन्, कसैकसैले चाँही ‘न्या’ पनि थपि टोपल्छन् कृस भनिसके पछि) दुवै यार्डसेलमा आज यिनीहरुलाई डोर्याउने बस्तु तिरै हानिए। यस्ता सेलहरुमा समरमा अन्त जाने बिध्यार्थीका सस्ता गतिला साइकल पनि कहिले-काँहि भेटिन्छन् हौ। जस्तो भेटिए नि टिप्ने बिचारले गएका दुवै १५-१५ डलर मा काम चलाउ साइकल पाएर दंग परे। हिजै बेलुका किनिराख्या नयाँ हेलमेट नि झोलाबाट निकालेर लाउन अब कुनै संयमता अपनाइराख्नु परेन।

केन्याबाट आएको माइकसँग उसको भेट statistics को क्लासमा भएको हो। statistics दुबैको मेजर बिषय नभए'नि असाइन्मन्टहरु गर्ने क्रममा साथी बन्न पुगेका थिए यिनीहरु। माइकले उसको देशमा गर्मीमा ४-५ किलोमिटरको दुरी साइकलबाट आउने जाने गरेको अनि त्यसले हात-खुट्टा र ढाडको पनि राम्रो कसरत हुने र बस टिकटको खर्च बचाउने गरेको भनेर सुनाइरहँदा कृष्ण भने उ नौ-दशबर्षको छँदा बुवाले जोगवनीबाट ल्याइदिनु भएको तीन पांग्रे साइकल र केहि बर्ष पछि सात क्लासको फाइनल जाँचमा पहिलो हुँदा बिराटनगरमै किनीदिनु भएको रातो रंगको दुई पांग्रे ‘हिरो’ ब्रान्डको साइकल संझिदै थियो। तीन पांग्रेको ब्रान्ड वा रंग केही नसम्झे पनि पुजासँगै स्कुलबाट फर्के पछि खाजा खाएर साँझ पालै पालो चौरमा उसैको साइकल कुदाएको, अनि केहि दिन पछि पुजाको बुवाले उसलाई नि साइकल किनिदिए दुवै जनाले सँग-सँगै साइकल गुडाएको संझेर उ आनन्दित भइराख्या थियो।

यतिन्जेल सम्म त घाम पनि चर्किन थालिसकेको थियो। फराकिलो स्ट्रीट-वे मा दुवै आइपुगेका मात्र के थिए, डेबी पनि त्यही यार्ड सेलतिरै आउँदै रहिछे। समरको लागी भनेर यहाँ आ'की रैछ। अनि बिध्यार्थी मान्छे बेड स्कर्ट, कम्फर्टर सेलमा भए देखी लिने बिचारले आकी रैछ। कृसलाई थाहा थियो, माइकले डेबीलाई छुट्टीने बेलामा यो सोध्छ भनि –‘socialize गर्नलाई आज बेलुकालाई फुर्सद छ?’। पहिला त “भैगौ आजलाई, आइ गाडा डु अ बन्च् अफ स्टफ्स्” भन्दै थिइ उ, तर पछि सहमत भई। कृसकोमा भरे भेट्ने टुँगो भो। केटाहरु अनि हुईकिए त्यहाँबाट साइकलमा..................


शरद्
http://heregoesmyroad.blogspot.com/2008/06/blog-post.html

   [ posted by दशैँ तिहार @ 11:12 AM ] | Viewed: 1496 times [ Feedback]


: