सबै नेपालीको साझा ब्लग
Sajha.com
छोडी गए पनि मनमा रहिरहने तोडी गए पनि माया लागिरहने हेर्दाहेर्दै ऋतुहरु कति बिते कति बोटविरुवाले पनि पालुवा फेरे कति बितेको त्यो पल नै याद आईरहने गाउँ शहर हुँदै विदेशसम्म पुगेँ नसोध यो हृदयमा के के मात्र भोगेँ छुटेको त्यही डगर मै मन हिँडीरहने
[ posted by timaro_maya @ 01:10 AM ] | Viewed: 2635 times [ Feedback]