:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Friday, March 28, 2008 | [fix unicode]
 


अघिल्लो शताब्दीका अत्यन्त बिबादास्पद रहस्यदर्शी ओशोले कतै भनेका छन कि चार ओटा बाँदरले चारथरी झण्डा समाते पनि बाँदर त आखीर बाँदर नै रहन्छन् । राजनीतिको फोहरि खेल र त्यसका खेलाडिमाथी ईगींत गर्दै उनले माथिका कुरा भनेका हुन ।

वास्तबमा बिभिन्न दल, गुट वा पार्टि जे भने पनि समष्टिमा केवल झण्डा मात्रै फरक हुने र उद्देश्‍य भने सबैको यौटै हुने, अर्थात जसरी भए पनि सत्ता प्राप्त गर्नु मात्रै रहेको कुरा भने हामि सबैले देखेकै र भोगेकै कुरा हो। अनी आफू सत्तामा पुग्नलाई जुनसुकै उपाए पनि अपनाउनु नै हाम्रा नेताहरुको पहिचान बनिसकेको छ।

त्यसपछि सो सत्ता प्राप्त गर्न प्रयोग गरिन्छ बिभीन्न रंगका झण्डा, नारा र गँजडी गफ।

गँजडी गफको कुरा गर्दा कहिले २ बर्षमा मेलम्चीको पानि काठमाण्डौमा ल्याउने असम्भव योजना बताईन्छ त कहिले नेपाल लाई सींगापुर अनि कहिले स्विजरल्याण्ड बनाउने हावादारी आश्‍वासन। वास्तबमा यो सबै केबल चुनाव जित्‍नलाई प्रयोग गरिने यौटा हौवा मात्रै हुन्छन् । चुनाव सक्कीने बित्तीक्कै यो सब नारा र हौवा हावामा बिलाउँछन र अनी शुरु हुन्छ खुट्टा तान्ने खेल ।

यहाँ कहिले ईन्जिनियरींग र निर्माण विज्ञानको बारेमा क ख ग नजान्नेले विना जानकारी ठूला ठूला योजनाको हावादारी घोषणा गर्छन त कहिले पाँच कक्षाको पाठ्यक्रममा लेखीएको "नेपाललाई एशीयाको स्विजरल्याण्ड पनि भनिन्छ" भन्ने हरफ पढेको भरमा नेपाल लाई साँच्चै स्विजरल्याण्ड बनाउँछु भन्दै हिडछन् । तर भौगोलीक कठिनता अर्थको अभाव अनी अन्य बिभीन्न कारणले गर्दा मेलम्चिको पानी १० बर्षमा पनि काटमाण्डौ आउदैन भने कहिले चाहि गँजडी गफ गर्नेहरु आफै एकचोटी सिंगापुर वा स्विजरल्याण्ड पुगेपछि त्यहाको वास्तबिक उन्नती र बिकास देखेपछी पाँच कक्षा पढेको ज्ञानले मात्रै केहि नहुने यथार्थको जानकारी भएर आफै 'झेंप खाएर' चुप लाग्छन ।

तर पनि यो रंग-बिरंगी झण्डा र गँजडी गफको निरन्तरता भने चलि रहन्छ अनि ओशोले भने जस्तै चुनाव नजिक आउने बित्तीकै सबै बाँदरहरु थन्क्याएर राखेका आ-आफ्ना नयाँ-पुराना झण्डा र नया नया गँजडी गफका पोका लिएर मैदानमा निस्कन्छन: " ...... हाम्रो नीति यस्तो छ ......", " हामि यस्तो गर्छौं ...... हामि उस्तो गर्छौं ......"

अहिले नेपालमा एकचोटी फेरी चुनाव नजिकिएको छ, अनी सुनिन्छ सडकमा नया पुराना बाँदरहरु फेरि रंगि चंगि झण्डा बोकेर निक्लेकाछन र गँजडी गफको पनि बर्षा भईरहेको छ । यो चुनाव केबल संबिधान निर्माण गर्नकोलागी मात्रै हो र यसले सरकार बनाउने होईन भन्ने कुरा नेता, प्रतिस्पर्धी वा दललाई पनि थाहा नभएर हो वा किन हो, सुनिन्छ अहिले पनि आश्‍वासन, नारा र सपना बाँढ्ने गँजडी गफको भरमार छ । अनि आफूलाई साच्चै बाँदर भएको प्रमाणीत गर्न यस पटक थप एक अर्कामा गालि गलौज र हान-थाप अनि लुछाचुडिँ गर्ने गर्ने कार्यको पनि अधिकतम उपयोग गरीएको छ ।

अन्तमा केहि दिन पहिले 'च्याट' मा बस्दा नेपालबाट घर-परिवार र साथिहरुले सोधेका थिए " भोट हाल्न नेपाल नआउने? " मैले भने " पहिला झण्डा मात्रै नहेर्नु, झण्डा बोक्नेलाई पनि हेर्नु ...... त्यँहा कुनै झण्डा बोक्ने 'मानिस' देखीएमा र गँजडी गफ हैन यथार्थबादी कुरा गर्ने र साँच्चै देशकोलागि केहि गर्ने अठोट देखीएमा मलाई खबर गर्नु म भोट हाल्न आउँछु । त्यस दिन पछि आजसम्म कसैले फेरी "भोट हाल्न आउनु" भनेर बोलाउन हिम्मत गरेका छैनन् ...... तर म अझै प्रतिक्षामा छु ......

   [ posted by Acharya Dilip @ 09:36 PM ] | Viewed: 2398 times [ Feedback]


: