|
|
| |
|
Source: http://www.mysansar.com/?p=2514 अहिले देश ठूलो फड्को मार्ने तयारीमा छ- राजनीतिक र आर्थिक रुपमा पनि। तर केही निहीत स्वार्थ भएका मानिसहरु भने देशको विकास भएको हेर्न चाहँदा रहेनछन्। गरीब जनताको पैसा चुस्न व्यस्त रहेका वर्ल्डलिङ्क, मर्कन्टायल र अरु केही आईएसपीहरुको समूह आईटीको विकासमा बाधा पुर्याउन मुद्दा हाल्न गएका छन्। हजुर, यी आईएसपीहरुको एसोसिएसनले आईटीको विकासमा बाधा पुग्ने गरी मुद्दा हाल्न गएका छन्। यस्तै निहीत स्वार्थ भएका साना तर ‘प्रभावशाली’ समूह कै बाधाका कारण विकासमा ठूलो अवरोध पुग्ने गरेको छ। कुरो एडीएसएल सेवाको हो। एडीएसएल अर्थात् द्रुत गतिको Asymmetric Digital Subscriber Line इन्टरनेट सेवा। नेपाल टेलिकमले आउँदो अप्रिल २००८ देखि यो सेवा सुरु गर्न लागेको छ। तर आईटीका मै हुँ भन्ने साहूहरुको भने यसले टाउको खाएको छ। र, उनीहरु यो प्रक्रिया रोक्न लागिपरेका छन्। उनीहरुले यसको एनटीसीको विरोधमा मुद्दा पनि दर्ता गरेका छन्। किन ? किनभने उनीहरुका अनुसार एनटीसीले यो नयाँ सेवा सुरु गर्यो भने उनीहरुको व्यापार पूर्णरुपमा डुब्छ रे। यसको अर्थ हो आईटी प्रविधिको बारेमा धेरै नजान्ने सर्वसाधारणहरुलाई उनीहरु चुस्न पाउँदैनन्। हामीलाई थाहा छैन, वर्ल्डलिङ्क वा मर्कन्टायलले अरु देशबाट ब्यान्डविथ खरिद गर्न कति रुपैयाँ तिर्ने गर्छ। तर मेरो अनुभवको आधारमा, म यहाँ जर्मनीमा ३ वर्षभन्दा बढी भयो बसेको। म ६ एमबीपीएस अनलिमिटेड ब्यान्डविथका लागि हरेक महिना ५० डलर शुल्क तिर्छु। अनि यहाँ नेपालमा म ६४ केबीपीएसका लागि चार हजारभन्दा बढी तिर्छु। भन्नलाई ६४ केबीपीएस भनिए पनि मैले सामान्यतया ३० केबीपीएसभन्दा बढी पाउँदिन। मध्यरात भइसकेपछि मात्र मैले सरदर ४५ केबीपीएसको तीव्रता पाउँछु। टेलिकमका अनुसार नयाँ इन्टरनेट सेवाको मूल्य यी आईएसपीहरुले असुल गरिरहेको दरभन्दा निकै कम हुनेछ। झण्डै पाँच गुणा कम मूल्य त छँदैछ, सेवा पनि यी आईएसपीहरुको भन्दा १० गुणा बढी हुनेछ। आफ्नो नाम प्रकाशित गर्न नचाहने टेलिकम निकट एक सूत्रका अनुसार १२८ केबीपीएसको मूल्य प्रति महिना आठ सय रुपैयाँको हाराहारीमा रहनेछ। मर्कन्टायलले अहिले यही सेवाको मोल सात हजार नौ सय रुपैयाँ र भ्याटसहित १३ प्रतिशत शुल्क अलग्गै लिइरहेको छ। वर्ल्डलिङ्कले ८८ केबीपीएसको नै प्रति महिना भ्याट बाहेक साढे पाँच हजार लिइरहेको छ। अझ रमाइलो कुरा के हो भने यी आईएसपीहरु जस्तै मर्कन्टायल, सुबिसु, वर्ल्डलिङ्कहरुको आफ्नो स्याटेलाइट कनेक्सनलाई कट अफ गर्न क्रमशः १०, १० र ८ एमबीपीएस ब्यान्डविथ भर्खरै खरिद गरेका छन्। अनि अहिले आएर उनीहरु त्यही सेवा एनटीसीभन्दा धेरै धेरै (पाँच गुणा महँगो) मा बेच्न चाहन्छन् र एनटीसीलाई सस्तोमा सेवा दिन रोक लगाउन चाहन्छ। कति वैधानिक कुरा हो यो ? स-साना कुरामा पनि बाटोमा टायर बाल्ने जमात किन यस्ता जनता चुस्ने र आईटी र सञ्चारको विकासमा अवरोध पुर्याउन चाहने आईएसपीका कार्यालयहरुमा ढुंगा हान्दैनन् ? किन यहाँ चक्का जाम जस्तो आईटी जाम हुँदैन यी कथित आईएसपीहरुको सेवाविरुद्ध ? किन मानिसहरु एनटीसीको जति मूल्य नघटाए उनीहरुको सेवा बहिस्कार गर्न सक्दैनन् ? नेपाल युरोप र अमेरिका जस्तो विकसित छैन। हाम्रो आयस्रोत कम छ। तर पनि हामीलाई इन्टरनेटका लागि उस्तै दरमा रकम तिर्न बाध्य बनाइन्छ ? अनि किन कसैले सस्तोमा दिन खोज्दा बाधा पुर्याइन्छ ?
[ posted by
bdur @
01:18 AM ] | Viewed: 2127 times
[
Feedback]
|
|
|
| : |
|