|
|
| |
|
बिगत केहि समयदेखि म भित्रको लेखक म सङ रिसाएको छ। मलाइ थाहा छैन कहाँ मेरो गल्ती भयो? उ मेरो अभिब्यक्तिसङ सहमत हुँदैन। म लेख्न चाहन्छु। लेखन मेरो लागि बाँच्ने प्रक्रिया हो। तर म भित्रको लेखक पटक्कै लेख्न चाहदैंन। मैले सोधेको हो मेरो भुल भयो कि भनेर। उ मसङ बोल्दै बोल्दैन। म ब्यक्त गर्न चाहन्छु म भित्रका छरप्रस्ट भावनाहरु। तर दुखको कुरा म भित्रको लेखक कलम समाउदैन। म दुखी छु, म हतास भएको छु। म भित्रको लेखक जो मेरो दुखसुखको सहयात्री हो उसले पनि मलाइ गलत बुझ्दैछ। उसलाइ जरुर केहि भएको छ। यति धेरै मौन रहने स्वभावको होइन उ। उ कैयौं रात मेरो आँसुको साक्षी बनेको छ। मेरो छटपटिहरुको साथी भएको छ। हरेकचोटि उसले मेरो कथाहरु लेखेको हो। अहिले म उसको मनको हालत लेख्न चाहन्छु।तर उ भन्छ "तिमी मलाइ कहिले चिन्दैनौ।" कति चोट लाग्छ जब मलाइ मेरो आफ्नै लेखकले यस्तो गुनासो गर्छ। म प्रयास गर्दैछु उसलाइ चिन्ने, उ सङ नजिकिने अनि उ सङ एकाकार हुने। "मैले के गल्ती गरे र तिमी मलाइ यो सजाँय दिरहेछौ?" म सोध्छु म भित्रको लेखकलाइ। "तिमी स्वार्थी छौ। तिम्रो लागि आफ्नो खुशी र सन्तुस्टिभन्दा ठुलो अरु केहि छैन। तिमी आधारातमा उठेर मलाइ प्रेमोत्कर्शको कथा लेखाउन चाहन्छौ, झिस्मिसे सघारै मलाइ ब्युँझाएर प्रेमगीत लेख्न लगाँउछौ, कहिले साँझ नहुँदै बिरह ब्यथा मलाइ लेख्न बाध्य बनाँउछौ। तर तिमी कहिले मलाइ सोध्दैनौ म के चाहन्छु? मेरो मनले के भन्छ त्यो सुन्न सक्दैनौ। तिमी सारै मतलबी छौ। आफ्नो भावहरु को माला उन्नलाइ मलाइ प्रयोग गर्छौ। मेरो दुरुपयोग गर्छौ। मलाइ उपभोग गर्छौ अनि मेरो उपहास पनि गर्छौ।" आँखाभरि आँसु टिलपिल गर्दै म भित्रको लेखक मलाइ भन्छ। म केहि भन्न सक्दिन म भित्रको लेखकलाइ। के मैले उसलाइ अन्याय गरिरहेको रहेछु? म यस प्रस्नको उत्तर भेट्टाउन सक्दिन। घाँटीभित्र उकुसमुकुस हुन्छ, स्वास फेर्न गार्हो हुन्छ। मैले आफ्नै सम्झेको म भित्रको लेखक पनि मेरो आफ्नो होइन रहेछ। "मैले तिमीलाइ धेरै सताएँ मलाइ माफ गर। मेरो उदेश्य तिमीलाइ दुख दिनु थिएन। तिमीलाइ पीडा दिएर म कसरि सुखि हुन सक्छु र?" "म त्यहि भन्दैछु। न तिमी सुखि हुन सक्छौ न म तिमीसङ खुशी हुन सक्छु। यदि तिमी म प्रति इमान्दार हुन सक्दैनौ भने म कसरि तिम्रो लागि कर्तब्यनिश्ठ बन्न सक्छु र? तिमी सङ मेरो धेरै गुनासोहरु छन्। तर तिमीलाइ सुन्ने फुर्सद कहिले भयो र?" "ओहो, म बाट यति ठुलो पाप भएछ। त्यो जानाजानी गरेको होइन है मैले।" म स्पस्ट गर्न चाहन्छु म भित्रको लेखकलाइ। "तिमीलाइ म लेख्न चाहन्छु तिम्रो अभियक्तिहरुलाइ होइन।" म भित्रको लेखक बोल्छ। "हँ, मैले बुझिन तिम्रो भनाइको तात्पर्य।" म अल्मलिन्छु। "म तिम्रो अनुहारको भावहरुलाइ जस्ताको तस्तै उतार्न चाहन्छु तिम्रो कथामा।" उ जिद्दि गर्छ। "म पारदर्शि छु लेखाइमा लेखक। म तिमीलाइ केहि लुकाउन सक्दिन।" बचाब गर्न चाहन्छु आफुलाइ। "तिमीलाइ त्यो भ्रम हुँदैछ। तिम्रो अभिब्यक्ति र तिमीमा ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ कहिलेकाँहि। तिमी आफु मात्र "ठिक" भन्ने रोगले पनि ग्रसित रहेछौ।" उ अब मलाइ एक पछि अर्को अभियोगको लगाउन थालेको छ। "म आफैमा सम्पुर्ण "ठिक" नहुन सक्छु तर म कमजोरीलाइ सुधार्न कोशिश गर्छु।" म हार्दैछु उ सङ। "अबस्य, हरेक ब्यक्तिको गुण र अबगुण हुन्छन्। त्यसलाइ चिन्न सक्नु पर्छ। आबस्यक परेमा सच्याउन पर्छ।समय लाग्न सक्छ तर आतिनु हुँदैन।" "त्यसोभये मैले के गर्नु पर्यो त?" म निरिह भएर सोध्छु। "तिमी अन्योलमा संयोगान्त कथा लेख्न छोड।" रेडिमेड उपाय सुझाँउछ। "म अरु बियोगान्त कथा लेख्न सक्दिन।" म पनि जिद्दि गर्छु। "तिम्रो देश रोएको बेला, तिम्रो परिचय हराएको बेला र तिमी आफैसङ परायी भएको बेला तिमी कसरि सुखान्त कथा लेख्ने कोशिस गर्दैछौ?" म भित्रको लेखक मलाइ निशब्द बनाउदैछ। "लेखक! तिमी मलाइ निरुत्साहित गर्दैछौ।" म निरास हुँदै भन्छु। "म तिमीलाइ यथार्थबादि बन्न अनुरोध गर्दैछु। तिम्रो बर्तमानलाइ लेख, आफुलाइ लेख, आफ्नो देशलाइ लेख, त्यहाँ बढीरहेको भोकहरुलाइ लेख, कसैले नसुनेको चित्कारहरुको बारेमा लेख। दुखबोध गर लेखाइमा। क्रितिम हाँसोमा रम्न नखोज। तिमी पोख आफुलाइ त्यसरी नै जसरी तिमी आफुलाइ महसुस गर्दैछौ।" "त्यसो भए अब म लेख्न सक्दिन।" म पनि आफ्नै अडान लिन्छु। "तिमी कहिले नलेखि रहन सक्दैनौ।" म भित्रको लेखक अट्टहास गर्छ। हामी बिच असफल बार्ता हुँदैछ.................। म भित्रको लेखक र मेरो बिच अन्तर्द्वन्द चलिरहेको छ..................................
[ posted by
crazy_love @
01:34 PM ] | Viewed: 2895 times
[
Feedback]
|
|
|
| : |
|