|
|
| |
|
"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।" लामो सुस्केरा हाल्दै उ फेरि छेउमा आइसकेछ। मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली म सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको। "केटीहरु किताब हो?" "होइन।" "केटीहरु हिसाबको सुत्र हो?" "होइन।" "केटीहरु पास गर्नै पर्ने जाँच हो?" "होइन।" "अनि किन बुझ्न पर्यो त केटीलाइ?" "कुरै मिल्दैन त।" उसको अनुहारमा तनाब देखियो। "अहिलेकै कुरा गरुँ न। म चाहीँ अघिदेखि राम्रो कुरा गर्न खोजीराको छु। तिमी चाहीँ आफै बाङो बाङो कुरा गर्दै निहुँ खोजिरहेछौ।" "म सङ निहुँ नखोज है फेरि । अहिले………………..? " मेरो रिसको पारा चढ्न थाल्यो। "सबै केटीहरु उस्तै हुन्छन्।" फनक्क उता फर्केर बोल्यो उ। "के रे?" "केटीहरु सबै स्वार्थी त हुन्छन् नि।" "मैले तिम्रो के बिगारे हँ?" "मेरो नबिगारे पनि अरु कसैलाइ त अबस्य रुवाएकी होलौ।" झन् जोस्सियो उ। " ल भन। तिमी के चाहन्छौ ? त्यति खराब नियतको जस्तो देखिदैंनौ।" उसलाइ फुर्काउनै पर्ने भयो। कतै पढेको कुरा याद आयो। कोहि पनि मानिस आफैमा खराब वा असल हुँदैन। " "एकछिन मेरो कुरा सुनिदेउ। मेरो जीबन कथा भन्छु, मन नपरे पनि बुझ्या जस्तो गरि देउ। म तिमीलाइ त्यसपछि दुख दिन्न।" "ल, मन्जुर छ। तर तिम्रो कथा छोटकरीमा भन्ने भए मात्र सुन्छु। रात छिप्पिसक्यो मलाइ अध्याँरोमा एक्लै जान भुतको डर लाग्छ के।" "गफाडी ! खाली हावादारी कुरा मात्र आँउछ। सोध न भन्या म येस्तो जवानीमा किन भिक्षु बने भनेर?" "ल, भन भन। तर लामो बेलिबिस्तार लाउन थाल्यौ भन्यौ भने म हिँडी हाल्छु है त?" "एक जना मात्र हो र? तीन तीनजना केटीले धोखा दिएपछि पो म यस्तो भिक्षु बन्नु परेको। आज भन्दा २ महिना अघि त म पनि कसैको प्रेमि थिएँ। तर एउटा सानो झगडाको कारण उ मलाइ छोडेर गइ। त्यसपछि मलाइ प्रेम भन्ने शब्दसङ नै घ्रिना लाग्न थाल्यो। मन धेरै नैं अशान्त भएपछि केहि महिना येस्तै भिक्षु बन्ने निणर्य गरें। तर अझै पनि म उसको यादबाट मुक्त भएको छैन। कस्तो गारो कुरा। जो बाट भाग्न खोज्छु, उसकै सम्झनामा झन् झन् कैद हुँदैछु। "तिमी ध्यान गर्दैनौ?" मलाइ अलि अलि उ प्रति दया लाग्यो। "गर्छु।" "ध्यानमा तिम्रो मन एकाग्र हुँदैन?" "हुन्छ। तर मेरी प्रेमिकाको तस्बिर सङै एकाग्र हुन्छु। जहिले देखि ध्यान गर्न थाले, तेहि बेला देखि म झन् उसको समीप पुग्न थाले। यो प्रेम भन्ने कुरा नै कस्तो हो? जसलाइ पाउन सकिदैन, उसैलाइ धेरै सम्झिने।" "अब कति दिन भिक्षु बन्ने तिमी प्रेमिकालाइ भुल्ने कोशिशमा?" "१ महिना मात्र बाँकी छ। त्यसपछि म सामान्य जिबन बाँच्नेछु। अब त केटीहरुको नाम पनि लिन्न म। बाहिर हेर्दा कोमल देखिने केटीहरु भित्र त फलाम भन्दा पनि कठोर हुँदा रहेछन्। कत्रो ठुलो भ्रम हो जिन्दगीको।" "सरी है। धेरै गहिरो चोट परेको रहेछ नि तिमीलाइ ।" "मुख त तिम्रो पनि छुच्चै छ, एउटा कुरा सोधुँ?" "के भन?" "तिमीले पनि कहिले प्रेम गरेकी छौ?" "तिमीलाइ कस्तो लाग्छ? मेरो मन चाँही ढुँगा नै भन्ठान्यौ कि के हो?" "तिमी कठोर देखिन्छ्यौ तर हुन सक्दिनौ जस्तो लाग्छ। तिम्रो पनि ट्र्याजिडी नै पर्या हो कि के हो?" "मेरो त दुइ कक्षामा नै दुइ चोटि लव परेको अनि तिन कक्षामा तिन चोटि ट्र्याजिडी । धन्न म जोगीनी बनिन।" "छुच्ची, हरेक कुरालाइ ठट्टा गर्ने गर्दो रहेछौ। जिबन नैं ठट्टा हो तिम्रो लागी?" "हैन। जिबन जिबन हो।" "तेसो भये तिमीलाइ प्रेमले, धोखाले, बिछोडले केहि गर्दैन? तिमी जहिले पनि येतिकै हाँसी रहन्छौ?" "किन म मान्छे हैन र?" "तेसो भये भन न त तिमी प्रेमलाइ कसरी बुझ्छौ?" "जसरी सबै प्रेमिप्रेमिकाहरु बुझ्छन्। एक्दम सरल, प्राक्रितिक, प्रस्ट र भाबनात्मक सम्बन्ध।" "तेस्तो सुन्दर सम्बन्ध टुट्दा मुटु दुख्दैन ? मन रुँदैन ? जिबनदेखि भाग्न मन लाग्दैन?" "हरेक सम्बन्ध बिशेष लाग्छ, टुट्दा दुख लाग्छ र समयको क्रमसङै घाउ पुरिदैं जान्छ। बिछोड भयो भनेर जिन्दगी त रोकिदैन नि। जिन्दगी त बग्दै जान्छ खोला जस्तै।" "तिमी केटाको मनलाइ बुझ्छौ?" "म आफ्नै मनलाइ त बुझ्दिन। अरुको मन बुझ्ने कोशिश किन गरुँ?" "प्रेममा एक अर्कालाइ बुझ्न जरुरी छैन?" "छ, तर दुइ जनाको फरकपनालाइ पनि स्वीकार्न सक्नु पर्छ। म तिमी जस्तो कहिले बन्न सक्दिन। मेरो आफ्नै मौलिकता हुन्छ, आफ्नैपन, जसलाइ कसैले परिबर्तन गर्न सक्दैन। " "त्यो कसरी सम्भव छ?" "धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमि/प्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि र कमजोरीहरुले उसको सम्पुर्ण माया र अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।" "मायामा त हरेक कुरा प्यारो हुन्छ। कमजोरी पनि। तर तेही कुरा पछि किन स्वीकार्य हुँदैन?" "मलाइ थाहा छैन।" "तिमीलाइ के थाहा छ त?" "तिमी जिबनदेखि कहिले भाग्न सक्दैनौ न त माया बाट नै।" "अब म के गरुँ त?" "कुन्नि? जे मन लाग्छ गर। मेरो चाहि जाने बेला भयो। अध्याँरो भैसक्यो" "मेरो गुरुले पनि भन्न नसकेको कुरा गर्यौ तिमीले। तिमीसङ कुरा गर्दा सारै आनन्द आयो। जानु भन्दा अघि एउटा कुराको जवाफ देउ त मलाइ।" "के?" "केटिहरुलाइ किन मैले कहिले बुझ्न सकिन ?" उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा। घुमिफिरि रुम्जाटार। हे भगवान! सबैको कल्याण गर। समाप्त।
[ posted by
crazy_love @
09:05 AM ] | Viewed: 3214 times
[
Feedback]
|
|
|
| : |
|