|
|
| |
|
(यो कथा पुरै कल्पनामा आधारित छ, कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।) "बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना र निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा घोप्ट्याएर निधार राख्यो। "धन्यबाद।" मैले उसलाइ नहेरी भनें। ""किन तिमीलाइ पहिले कसैले सिकाएन?" "सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै त हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन। "हाम्रो भाषा त राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" उ त मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ। "हैन, तिम्रो काम छैन? खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ उ देखि झर्को लाग्यो। "कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ त ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै प्रश्न गर्छ। जति बोल्यो उति नै छेउ न पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो। "मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ। "के?" झसङ हुँदै मैले सोधें। "तिमी जहिले पनि entrance fee नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। उ तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै म छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें। "भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा ५ डलर। म हरेक Sunday आँउछु, त्यो हिसाबले त महिनाको २० अनि बर्सको २४० डलर त अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?" "मुख हेर्दा त सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले त मन्दिरको जिर्णोद्वार गर्छ नि त? हामीलाइ बाँड्नलाइ हो र? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?" "हेर, पहिलो कुरा त म टुरिस्ट भयेर मन्दिर आको होइन। म येहीँको बासिन्दा जस्तै हुँ केही बर्स। अर्को कुरा म पैसा तिरेर धर्म गर्ने कुरामा बिस्वास गर्दिन। तिमी पनि हेर्दा येस्तो फतौरे जस्तो त लाग्दैनौ नि। आज तिमीले धेरै बोलीसक्यौ। अब १५ मिनेटलाइ मलाइ एक्लै छोडिदेउ, प्लिज।" तेति भनेपछि उ जुरुक्क उठेर हिड्यो। अहिले पो मेरो ध्यान उ तिर गयो। उ त भिक्षु पो रहेछ। अघिसम्म मैले उस्को अनुहार मात्र हेरेकी थें। अहिले त उसले पहेंलो कपडा बेरेको देखें। कस्तो कलिलै देखिन्छ। २० नाघ्यो की नाघेन जस्तो। यो भन्दा पहिले मैले उसलाइ कहिले देखेकी छैन। यो देशमा बच्चा देखि बुढासम्म कोहि पनि बाटोमा अथवा मन्दिरमा भिक्षु भएर हिंडेको जहिं पनि देखिन सकिन्छ। कोहि केहि दिनको लागी र कोहि जिबनभरको लागी। बुद्ध हाम्रो देशमा जन्मेका थिए तर उनलाइ हामीले भन्दा बढी त अरुले पो चिनेका रहेछन्। सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "ॐ" का तरङहरु झन्क्रित हुन थाले। "केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।" लामो सुस्केरा हाल्दै उ फेरि छेउमा आइसकेछ। मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली म सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको। "केटीहरु किताब हो?" "होइन।" "केटीहरु हिसाबको सुत्र हो?" "होइन।" "केटीहरु पास गर्नै पर्ने जाँच हो?" "होइन।" "अनि किन बुझ्न पर्यो त केटीलाइ?" क्रमश:.....................................................
[ posted by
crazy_love @
09:54 AM ] | Viewed: 3045 times
[
Feedback]
|
|
|
| : |
|