:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, February 18, 2008 | [fix unicode]
 

(Contd from previous TRAVEL diary---Aimless in London)


Leicester , मिडल्याण्डको सानो शहर, देशको (England) ठिक बिच भागमै रहेकोले मिड्ल्याण्ड राख्या होला, अनि सबैभन्दा धेरै भारतियहरु बस्ने शहर, इङ्ल्याण्डमा मात्र नभयर सारा बिश्वमै कहलियको। England को नवौ ठुलो शहर रहेछ। भर्खरै National Express Bus बाट उत्रे, दुइ घन्टामा आराम सङ ल्याइपुर्‍याओ लन्डनबाट, Leicester शहर सानो छ, वातावरण सुनसान छ, कुनै गाउमा आयजस्तो भान भयो। अबका ८ दिनहरु यहि बिरानो ठाउमा बिताउनु थियो मलाइ। एकै देशभित्रपनि कति असमानता कहाको लन्डन कहाको लेस्टर्। Perhaps लन्डनबिनाको इङ्ल्यान्ड र फुटबल बिनाको ब्राजिल उस्तै उस्तै हुन्थ्यो होला

Enjoy the melodious song while reading this blog............Thanks all.



। कालो च्यात्तियको Jeans, रीबकको स्पोर्टस bag, अनि त्यो मैलेसिकेको तर कसैले थाहा नपाउने खैरो जुत्ता, कानमा हेडफोन, हातमा पेप्सि बोकेर अनि थकित जिउ बोकेर यताउति चहार्न थाले। हातमा City map थियो, दुम्सिको काडा जस्तो कपाल र घाटिको दाम्लोको त कति कुरा गर्नु।



मलाइ पनि katiले भारतियहरुको शहरमा अर्को भारतिय भने होलान् अनि थोरै बाकि भयकाहरुले मिडिल इस्टको रेफुजी भने होलान्, तर केहि मतलब् थियन, मलाइ किनकि जसो गर जे भन जतासुकै लैजाउ मलाइ……………you know it LOL



कहिल्यै नसोचेको ठाउमा आफुलाइ पाउदा, कस्तो कस्तो फील भयो, यात्रै यात्राको क्रममा आज यहा अैयो, नया ठाउ, नया वातारावण, गल्लि, सडक, आकाश, मानीस सबै बिराना छन। यहा कसैले पनि मलाइ चिन्दैनन्, जे गरे पनि हुन्छ्, कसैको बाल मतलब थियन तर फेरि मनमा त्यस्तै बिचार खेल्यो यदि म हिड्दा हिड्दै केहि भयो भने, दुर्घटना भएर लडे भने के होला? के मलाइ सहयोग गर्ने कोहि अौला त? Tyati bela pani malai sabile Baal matlab dine ta hola ni jasto lagyo.. मान्छेको मन न हो के के सोचिन्छ के के। सन्सारमा सबैभन्दा गारो चीज के होला? मेरो बीचारमा मनलाइ कन्ट्रोलमा राख्नु नै हो, दस दिने बिपश्यना शिविरमा (Budhanilkantha, Kathmandu) गयपछि मलाइ यो कुराको प्रस्ट जानकारि भयको थियो.. बिग्रेको रेडियो जस्तै २४ घन्टा बोलिरहने म, बिपश्यानामा १० दिन सम्म एक् शब्द पनि नबोलिकिन दिनमा ११ घन्टा ध्यान गर्दा त मेरो हालत सुकेर काठमाण्डुको बाग्मति जस्तै भयको थियो..तर जे होस् बीपश्यना जीबनमा एक् पटक जानै पर्ने ठाउ हो।





एुउटा फास्टफुड छिरेर बर्गर के बुजो हाल्दै थिय, मोबाइलको घन्टि बजी हाल्यो, यसो हेरेको Albert को रहेछ, उ चिच्याउदै थियो 'काम् पाइयो रे समरको लागि, दिनमा छ घन्टा तर २ घन्टामै सकिन्छ रे अनि तलब पनि राम्रै रहेछ 11 euro/per hour मैले म त्यो देशमा छैन भने तै पनि त्यो काले बोल्न रोक्ने होइन 'Man there are three Russian Chix too at work' अलि अलि भयको जिउ पनि Russian sanga lagera सुकाउने पक्षमा थीइन म... फोन राखिहाले, त्यसै त त्यो कालेले बोलेको आधा बुझ्नै गार्हो अझ त्यसैमा रोमिङ चार्ज। तर मनमा कता कता भने घोच्यो, यो यात्रा सार्है महङ्गो हुने भयो भनेर, कम्तिमा २-३ लाख त घाटै लाग्ने भयो ..तर केहि थियन, खासै पछुतो छैन, जीबन भनेको यस्तै न हो, जति गरे पनि बिहान बेलुका खाने न हो, अनि अनुभव भन्ने कुरो कह सधै सधै मिल्छ त, पढ्ने पढाइ पढेकै छु, पैसा भन्ने कुरा बेलामा कमाइ हाल्छु भन्नेभन्दै सान्तवना दिय….





मैले पहिला नै लेखिसकेको छु सायद, यो मेरो ३० दिने बेवारिसे यात्राको १० दिन नियोजित नै थियो भनेर। २-३ दिन त लन्डनमा नै बित्यो, अब लेस्टरमा ८ दिनको भलुन्टरी वर्क थियो euta Workcamp ma, खास त मैले समरमा घुम्न र साथसाथै केहि भलाइ हुने काम गरु भनेर Civic Service International मार्फत ३ वटा देशमा निवेदन हालेको थिय, लक्कीली सबैबाट राम्रै जवाफ आयो तर travel fare मेरो क्षमता भन्दा बढि भयकोले सुडानको डार्फर र न्युजिल्याण्डको क्राइसचर्च भन्दा लेस्टरनै उपयुक्त ठाने अनि फेरि यतै बाट युरोटुर पनि सजिलो पर्थ्यो। तर मलाइ भने अफ्रिका जाने एक्दम ठुलो इच्छा थियो, सायद कुनै दिन म त्यहा गयर केहि गर्न सके भने जीवनकै ठुलो सपना साकार हुन्थ्यो



नक्सा हेर्दै हेर्दै सान्झको ५ बजे भनेकै ठाउमा पुगे, त्यो हाम्रो वर्कक्याम्पको लिडर मलाइ कुरेर बसेको रहेछ, उसले मलाइ आफ्नो गाडिमा राखेर हामि बस्ने ठाउमा पुर्यायो। उसलाइ पनि अचम्मै लागेछ कि आज पहिलो पल्ट कुनै नेपालि त्यहा Volunteer को रुपमा आयको देखेर. बस्ने ब्यवस्था मैले सोचेभन्दा धेरै धेरै राम्रो पाय, हामिहरुलाइ एुटा Student House ma राखियो र सबैलाइ Private रुम दियका थिय, रुम पनि सफा चिटिकक परेको राम्रो थियो, सायद 20-25 sq meter ko हुनुपर्छ। ६ बजे तिर Introduction कार्यक्रम भयो, ८ देशका १० जना युवाहरु थिय, त्यसमध्य ७ जना केटि ३ जना केटा थियो।





त्यो ८ दिन सम्म खाने बस्ने सबै बन्दोबस्त CSI ले गरेको थियो। म बसेको Floor मा ४ वटा रुम थियो, दुइ जना केटा र दुइ जना केटि आडैमा सर्बियन केटि, अने मेरो अगाडि एुटि डेनिश केटि थीइ र लास्टको रुममा जोकर जस्तो रसियन केटो थियो।





त्यो दिन सबै थाकेर आयकोले सबै आफ्नै आफ्नै धुनमा थिय, ८ बजे तिर डिनर रेडि भयो, आज पहिलो दिन् भयकोले २ जना हेल्पर आयका रहेछन, भोलिदेखि हामि सबै आफैले मिलेर पकाउनु पर्ने रे, जे होस् सारै मजा अौनेअौने लख्सन् देखियो

किचन पनि हाम्रै फ्लोरमा थियो, अनि मैले र रसियन केटा मिलेर अर्को किचनको टेबल पनि त्यहा ल्यायो, शुरुमै सबैको स्याबासि खाइयो हे हे।



डिनर शुरु भयो, कसैले पनि कसैलाइ चिनेको थियन, हुन त परिचय कार्यक्रम भैसकेको थियो तर पनि कसले सम्झिने नाम। पहिले देखिनै एक् जना केटि सारै राम्री लागेको थियो अब बेला छ भनेर नबोलिकिन बसेको थिय, अहिले त झन डिनरको बेलामा उ साच्चिकै अप्सरा जस्ति भयर आयकि थीइ। कलेजि रङको हाफ स्लीभ टीसर्ट अनि ब्लु टाइट जीन्समा कुनै मोडल भन्दा कम देखियकि थीइने त्यो। कपाल् पनि अतिनै सिल्कि थियो, सलक्क परेको अनि एक्दम लामो, मोरिले पक्कै सन्सिल्क श्याम्पु युज गर्थि होलि। हुन त डेनिश र सर्बियन पनि सारै लोभ लाग्दा थिय तर अर्कि अप्सराको अगाडि एश्वर्या रायको अगाडि जुहि चावला जस्तै देखिन्थे,…hahha I don’t like Juhi Chawala..दीप र बाङ्गे भयको भय सायद एश्वर्याको लागि मारामारि चल्थ्यो होला…

डिनर सकियो, त्यो बेला खासै बोल्न पाइयन, आफ्नो भने मुटुमा ढ्याङ्रो ठोक्य ठोक्यै थियो, म पनि सबैलाइ बाइ भनेर आफ्नो कोठा तिर लागे…



दिनभरि घुम्दा घुम्दा थाकेको ज्यान बिस्तारामा ढलक्क ढल्किय अति नै आनन्द आयो,

१५-२० मिनेट पछि पिसाब गर्न जान्छु भनेर यसो निस्केको त किचनको बत्ति बोलेको देखे, को रहेछ भनेर यसो ढोका चिहायर हेरेको त आखा नै पवित्र भयो, त्यति बेला अचानक मलाइ जगजित सिङ्को गजल आयो… त्यहि मोरि अप्सरा Journal जस्तो के के हो पढ्दै रहिछे, ढोका खोलेर म भित्र छिरे….



‘You are from Nepal right?’ मोरिलाइ याद त रैछ भनेर मनै चङ्गा भयो

‘Oh ya, great u remember, sorry I forgot your name’ उसको नाम मलाइ याद थियन तर देश भने सम्झेको थिय

‘Hihi, I don’t remember either’ भन्दै मोरिले कमलको फुलको पात जस्तै नरम नरम हात म तिर तेर्साउदै भनि’ By the way, Im Rozailia’

त्यस्तो मौका कहा छोड्नु भन्दै च्याप्प हात समाउदै भने

‘U from Austria, right?

‘ Oh u also remember’ मक्ख पर्दै जर्मन Accent मा भनि

उसको हातलाइ फेरि जोडसङ तर मायालु पारामा दबाउदै अलि नरम भासामा भने ‘Well, can I call you just Rose?’

-----------------
आज, पहिलो औपचारिक दिन, हिजो सबैलाइ रातिमा देखेको आज बिहान उज्यालोमा बल्ल सबैको अनुहार देखियो। बिहान यसो हल्ला सुनेर म उठे, यसो घडि हेरेको त ८ बजिसकेछ, नजिकै किचनमा ब्रेकफास्टको हल्ला रहेछ। फेरि हामि चारवटा रुमको लागि एुटा बाथरुम मात्रै थियो, यसोहल्का शावर दिनुपर्यो भनेर बाथरुम छिर्न मात्र के लाग्या थिय, सर्बियन केटि केटि ढोका बाट निस्कि, एकाबिहानै, उसको त्यो चिसो कपालले एक् झट्का हान्यो। मोरि त झकास नै रहिछे, हल्का भिजेको जीउ, चिसो चिसो कपाल अनि त्यो लुज सेतो टिसटमा त मोरी त रोजको निकटतम प्रतिस्पर्धि जस्तो नै लाग्यो। मोरीले त त्यस्तो कपालले AK 47 ko jasto shoot मेरो जीउमा हान्दा पनि थाहा नपायजस्तो पो गर्छे बा, यसो मैले पनि कर्के नजर दीइहाल्, अनि त उसले पनि Oh Im so sorry , भनि, म पनि के कम, मनमा जे छ त्यहि भन्दिय Not at all, its my pleasure. मोरि पनि छुट्टै किसिमको एक् नजर म तिर फ्याकेर गै। यता आफुलाइ भने १७ को माल नै परे जस्तो लाग्यो, रातभरि रोजसङको कुरा अनि बिहान बिहानै त्यस्तो सुस्वागतम, लौ न प्रभु के हो यस्तो। मनकामना गयको बेलामा मैले त केहि चढायको थीइन तर आज किन हो भगवान म प्रति त्यति उदार



बाथरुममा १५ मिनेट् बिताय, के ढाट्ने है, १० मिनेट ट आफुलाइ एनामा हेर्दैमा बित्यो।९ बजे हामिलाइ लिन बस आऊथ्यो त्यसैले, सकेसम्म छिटो छिटो तयारि गर्नु थियो। किचनमा पस्दा पौने नै भैसक्यो, ब्रेकफास्ट आफैले बनायर खानुपर्ने, समानहरु टन्न थियो फ्रिजमा तर केहि खानै मन लागेन, ३ ग्लास जुस ताने मजाले। किचनको वातारावण नै अर्कै थियो, सबै आफ्नो आफ्नो ताल्मैरमाउदै थिए, अझै पनि त्यहा असजिलोको थियो भन्ने कुरा स्पस्ट बुझ्न सकिन्थ्यो। रोजको रुम अर्को बिल्डिङमा थियो तर उ अझै सम्म आयकि थीइन। त्यत्तिकैमा ९ बजि हाल्यो, ओलिभर (Our group leader) गाडि लियर आयो, आज पहिलो दिन सबैलाइ ८ दिनको प्रोग्राम लिस्ट दियो र त्यसै अनुसार आजको काम एुटा बुद्धिस्ट गुम्बामा गार्डेनिङ् गर्ने, अनि २ घन्टा प्रवचन सुन्ने, अनि लन्च पनि त्यहि गरेर साझ ६ बजे होस्टेल फर्कने थियो

यसो हेरेको हस्याङ फस्याङ् गर्दै दुइ जना नखरमाउलिहारु kitchen ma आय, कालो शर्ट् र कालै जीन्समा रोज सारै नै कामुक भयर अैछे, बिहान बिहानै मुड खराब भयो अनि फेरि त्यसको पछि पछि अर्कि मन्द मुस्कान दिदै डेनिश अैइपुगि, मलाइ त बिश्वास गर्नै गारो भो, कतै मलाइ टुरिस्ट भिसा को ठाउमा झुक्कियर Romance Visa त दियन, पासपोर्ट फेरि चेक गरु जस्तो लाग्यो, जे होस् यो यात्रा चाहि बबाल् नै हुने जस्तो लाग्यो

डेनिश सङ्ग आखा जुध्यो, रोज सङग मन, साइडमा सर्बियन छदै थीइ, मनै न हो सबैलाइ आफ्नै भागमा पारु जस्तो लाग्ने। अरु रसियन्, जर्मन, स्रिलन्कन र अंरिकन हरु पहिलो दिन हो सकेम्सम्म स्टाइल्नै पार्दै थिय। गाडिमा गयर बसेउ, मिनिबस जस्तै थियो त्यो बस, सबै garera sayad १२-१३ वटा सिट थियो होला, म भने प्रभु सङग प्राथना गर्दै थिय, रोजलाइ मेरो सिटमा पार्देउ भनेर, Rose le हास्दा पनि पैसा नै पर्ला जस्तो गरेर हासेजस्तो गर्दै हाइ भनि, त्यो फिक्का हासोले मेरो कलेजोको बिच भागमा भने नराम्रो सङग तिर हान्यो, मैले पनि त्यस्तै किसिमको हाइ फर्काय, के मतलब, पुजा नहि तो दुजा। त्यहि पनि मेरै सिटमा अौछे भन्ने ठुलो आशा थियो तर हेर्दा हेर्दै, त्यो भुस्तिघ्रे रसियन सङग गयर टासिदै ‘Oh you from Russia, Russian language is so sweet, I love it so much’’ भन्दै मस्किन thali. हातमा गिटार भयको भय John Lenon को I am just a jealous guy गाउन मन लाग्यो

ओह् हाइ, यसो साइडमा हेरेको त नखरमाउलि डेनिश मेरै सिटमा अैछे, बाढिपिडितलाइ राहत मिले जस्तो भयो। बस गुड्यो, यता आफ्नो भने डेनिश सङग गहिरो दोस्तिनै होला जस्तो भैसक्यो, उ रोज जस्ति स्वर्गबाट झरेजस्ति त थीइन तर उसको अनुहारमा एक् किसिमकओ जादु थियो अनि परत्यक पल्ट हास्दा प्रिटि जिन्टाको भन्दा सुन्दर डिम्पल बस्थ्यो। बेलै त्यस्तो हो कि जसलाइ देख्यो त्यहि राम्रो लाग्ने, रामजाने

तर सबै भन्दा अचम्मको कुरा त के भने उ डेनमार्क बस्न छोडेको २ बर्श भयछ, कुरै कुराम थाहा भयो उ त म बसेको देशमै बस्दि रैछे, उसको बाट मेरोमा आऊन जम्मा ७० कीलोमिटरको दुरि थियो। बिरानो ठाउमा आफ्नै भेगको मान्छे भेटे जस्तो लाग्यो, उसलाइ पनि अचम्मै लागेछ अनि हामि दुबै जना स्थानिय भासामै कुरा गर्न थाल्यो, उस्लाइ पनि खासै न अौने अनि मलाइ पनि लटरपटर् अौने। जे होस अति नै मजा भयो..


काम गर्ने साइटमा पुगियो, आज पहिलो दिनको काम् मजा नै आयो, २ -२ जनाको ५ ग्रुप थियो, म र रसियन केटा एुटा ग्रुपमा पर्यो, उ सारै हसिलो मान्छे रहेछ, बोलि पिच्चे जोक गर्नु पर्ने, उसको अङ्ग्रेजि नबुझ्दा त यति हासो लाग्छ भने खररर भनेको सबै बुझियो भने के होला भनेर म आफै हास्न थाले। तर मनको अतिनै सफा थियो उ। जे भयपनि, जहाको भयपनि, जस्तो भयपनि, केटा सङ्ग कुरा गर्दा अलि फ्री नौ हुदो रहेछ भन्ने कुरा फेरि हो कि जस्तो लाग्यो।



२० मिनेटको कुरै कुराम त्यो मोराले पनि त्यहि रोजलाइ निशाना बनाउन भ्याइसकेछ, भित्र भित्र रिस् पनि उठ्यो, हेर्दा पनि त लक्का छ नि यो रसियन बज्या, जिउडाल् पनि खाइलाग्दो, राजेश हमाल जत्तिकै अग्लो होला, अनि कपडा पनि खतरा नै लगाको छ, त्यस्को अगाडि त मेरो के चान्स यार तर घोडा चड्ने मान्छे लद्छ त्यसैले ट्राइ त् मार्नै पर्य्, केहि नभय सेकेण्ड सम्म त भैन्छ



पहिलो दिनको काममा रमाइलो लाग्यो, धेरै बुद्दिजिविहरुलाइ भेटियो, Gardening gariyo, City tour pani bhayo Praवचन सुनियो, ति सबै कुराहरु त एक् ठाउमा छदैछ, यहा त रमाइलोकु कुरामात्र लेख्नु पर्यो



आज साझको डिनर पछि कुनै बारमा गयर रिल्याक्स गर्ने प्लान थियो हामि सबैको त्यसै अनुसार, साढे दस बजे राति एूटा ग्याङ भयर निस्केऊ, लेस्टर शहरको वास्ताविक आनन्द लिन, दिनभरि काम गरेजस्तो गरेर थाकेका, बार जाने भनेपछि त अरे बाफ्रे कति फुर्ति, कति जागर , अचम्म लाग्ने यस्तो स्फुर्ति पहिला कहा थियो भनेर ….यतिबेला सम्म अरु साथिहरु सङ पनि राम्रै हेलमेल बढिसकेको थियो, बिस्तारै बिस्तारै अबै एक् आपसमा घुलमिल हुदै थिय।



बारमा नाना थरिका कुराहरु भय, सबैले आफ्नो आफ्नो देशको बखान गरे, कहिले जज्र बुश, कसैले माइकल सुमाकर, कसैले बेल्ग्रेडको सुन्दरताअ, कसैले कोपेनहेगनको साइकल लेन्, कसैले भियनाको ओपेरा हल त कसैले रसियन भोडका र ठिटिहरु, मैले पनि सबै राम्रो राम्रो मात्र छानेर भनिदिय, बालै भयन नि, देशको स्थिति जस्तो भयपनि स्विट्जरल्यान्ड भन्दा राम्रो रहेछ, ढाट्या होइन है, त्यता तिर पनि पुग्या हो एकपटक कुरै कुरामा कसकस्ले आफ्नो पार्ट्नरलाइ मिस् गर्या छ भन्ने कुरा उठ्यो, अनि आफ्ना आफ्ना भुस्तिघ्रे र नखरमाउलि लाइ अति नै मिस् गर्या छु भन्दै अझ ३-४ वटा बियर थप्न थाले, अनि मलाइ सोधे ‘Amazing, don’t you miss your GF?’ अब एक् छिन त घोरिय अनि फेरि सोचे, आफ्नो खुट्टामा के आफैले बन्चरो हान्नु, एक् टक रोजको त्यो चन्द्र जस्तो मुहारमा हेरे अनि तुरुन्त दीइहाले I am single.

,यो कुराले केहि गर्छ कि भन्या त, रोजलाइ त कागलाइ बेल पाक्यो……. भन्ने उखान झै लाग्यो होला, रसियन मोरोको पालि आयो, अब सविधान सभाको चुनावको घोशणा हुन थाले जस्तो गरेर कान ठाडो गरेर सुन्या त बज्याले राम्रै कुरा गर्यो, उसको त ३ वटा गर्ल् फ्रेन्ड छ रे, अझ नाम समेत भन्यो Natalia, Valentina ani arko chai k ho kunni। अरुले त बिश्वास गरे कि गरेनन मलाइ भने १००% बिश्वास लाग्यो, रसियाको बारेमा अलि अलि त हाम्लाइ पनि थाहा भयकै हो।



अब भने देशमा राजतन्त्र राख्ने कि गणतन्त्र ल्याउने भन्ने जस्तै गहन बिशयमा फैसला हुन लागे जस्तै हुन लाग्य थियो मलाइ, रोजको पालो थियो। उसका आखाहरु अलि नशालु नशालु भैसकेका थिय, त्यो जिब्रो पनि बोल्दा बोल्दा कता कता लर्बरियको जस्तो लाग्थ्यो, कालो शर्ट्को ३ तिनवटा बटन खुलै छोडेकि थीइ मोरिले, जवानि छताछुल्ल भयजस्तो, उसको घाटिमा झुण्ड्याको लकेट पनि अन्त कतै ठाउ नपायर त्यहि दुइ पहाडको बिचमा नदि बिलाय जसरि बिलायको थियो।

I hate serious relationship भन्दै FOSTER Beer को ग्लास ओठमा जोडि, कति भाग्यमानि त्यो ग्लास, इर्श्या नै लाग्ने

‘Sorry, I forgot your name’ भन्दै स्लिम अंेरिकन ले बिचमै उसको कुरो काटि

‘ From today, just call me Rose’ भन्दै धेरै कामुकता, थोरै मुस्कान अनि थाहै नपाउने किसिमको स्स्विकीर्ती को इशारा उसको आखा बाट आय जस्तो लाग्यो।

आखा लोभि मन पापी, मेरो मनमा अबको २-३ घन्टामा बज्ने गित अहिल्यै नै बज्न थाल्यो जोड जोड सङग 'सुहागरात है घुङ्गट उठारहा हु मै......................'

-----------To be contd----------
Thanks for reading, its from 3rd and 4th part from ROSE thread....sorry if u happen to read twice....

   [ posted by Amazing @ 10:58 AM ] | Viewed: 4186 times [ Feedback]


: