|
|
| |
|
बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड। "आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ। कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता। O, my love is like a red, red rose, That is newly sprung in June. O, my love is like the melody, That is sweetly played in tune. - Robert Burns. कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी क्रिसमस हो क्यारे, दोस्रो चोटि नयाँ बर्स र यो समेत तेस्रो। म फेरि सोच्न थाले को हुन सक्ला यो भ्यालेन्टाइन। मेरो चिनेको परिचितहरुमा मप्रति रुचि देखाउने कोहि छैन। इस्कुलमा एक जना म सङ मिल्छ तर उ त साथी मात्र हो। मेरो अपार्टमेन्टको अफिसमा छ एकजना ह्यान्सी। तर उसले म बिना काममा घरिघरि उसलाइ हेर्न मात्र जाने भनेर थाहा पायेपछि कुनि कहाँ सरुवा गरेर गएछ। मोरो ठ्याक्कै Patrick Dempsey जस्तै थ्यो। पहिलो चोटि त मेरो बेसिनको धारा लिक भएर नैं कम्प्लेन गर्न गएकी हुँ। पछिल्लो चोटि चाहि मेरो पार्सल येहाँ आयोकि भनेर सोध्न गएकि हुँ। तेसपछि चाहिँ कहिले के कहिले के भनेर बहाना बनाँउदै अफिस भित्र छिरेर दिनको एकचोटि चाहिँ Hi भन्थे। १ महिना देखि चाही उ गायब भयो, अर्को ठाँउमा गयो रे काम गर्न मोरो। मैले हेर्दैमा तेसको के बिग्रेको थियो र तेस्तो? अँ, येदि कसैले फुल पठाउने भए मेरो ठेगाना थाहा पाएकै हुनु पर्छ। मेरो अड्कलमा कि त त्यो हुनु पर्छ कि नभए अर्को एउटा काले छ मेरो बैँकको काममा जहिले पनि मद्दत गर्ने। मलाइ देख्ना साथ बत्तिस बङारा देखाएर हाँस्छ काले चाहिँ अनि जिस्किन थाल्छ। तर उ त जिस्किने मात्रै हो तेस्तो फुल नै पठाउने जस्तो त लाग्दैन। तेसो भये यो गोप्य भ्यालेन्टाइन को हुन सक्छ त? रातो गुलाफलाइ हेर्दै मैले फेरि कार्डमा हेरें। न त्यहाँ पठाउनेको नाम थियो न त मेरो। तर सम्बोधनमा Sweetheart लेखिएको थियो। Heart कहिँ sweet हुन्छ त? रगत सफा हुने त्यो ठाँउ त नुनिलो पो हुनु पर्ने हैन र? आफै हाँस्न मन लाग्यो मलाइ। ढोकामा कसैले knock गर्यो। मेरो ढोका अफाडी फेरि रातो गुलाफको ठुलो झुप्पाले मुख छोपेर कोहि उभिएको थियो। "Hi" "कसलाइ खोज्नु भएको?" "क्रेजीलाइ" "तपाइको परिचय?" "म आकाशे हिरो, होइन होइन झ्याल कुमार, त्यो पनि होइन बिजे। नाम राख्न त तिमीलाइ आइहाल्छ नि तिम्रो कथामा। तिमि नैं नाम राखिदेउ न। भोली त मेरो कथा पनि लेख्छौ होला नी। ल मेरो नाम पनि तिमी नैं राख।" म एकचोटी मेरो शहर थर्किने गरि हाँसे। "जोक नगरौँ न बरु त्यो अनुहारको दर्शन पाँउ।" "बिस्तारी मुस्कायौ भने झन् हिस्सी देखिन्छौ। बाटो हिड्ने मान्छे लड्ने गरी किन हाँसेकी।" "म जसरी हाँसु तपाइलाइ के मतलब? खै तपाइको अनुहार हेरु न भनेको। गुलाफको फुलको झुप्पालाइ एकछिन भुँइमा राख्नुस न।" "कहाँ भुँइमा राख्ने। यो त तिमीलाइ दिन ल्याएको। बरु भरै बेलुकी डिनरको लागे पनि रिक्वेस्ट गर्न आएको म त।" "मुख नैं देख्या छैन। को हो पनि थाहा छैन। पहिला मुख देखाउनु न भनेको। अनि कुरा गरुलाँ नि।" ट्रिन्न ट्रिन्न ट्रिन्न। फोन पनि अहिले आउनु पर्ने। "जाउ, फोन उठाउ। म यहीँ तिमीलाइ कुरी रहन्छु।" गुलाफ बहादुरले भने पछि म फोन उठाउन भित्र पसेँ। रिसिबर उठाउन खोज्छु मरे सक्दिन, १० किलोको ढुङा भन्दा पनि गरुङो बा। कस्तो गारो भाको यो। घन्टि पनि रोकिदैंन रिसिवर पनि हातमा आँउदैन, जबरजस्ती दुबै हातले रिसिवर उठाएर 'हलो' भनेको त अनुहारमा चिसो के ले छोयो र म ब्युझिएँ। म त गुलाफको त्यो बुकेलाइ बोकेर निदाएकी रहेछु डाइनिङ् टेबुलमा। घडी हेर्दा त दुइ बजिसकेको रहेछ। आजलाइ गुप्तबास अब। येतिखेर कहाँ जाने। गुलाफ बहादुर पनि हराइ हाल्यो। डिनर पनि क्यन्सिल। यत्रो भ्यालेन्टाइनमा सारा संसारको रमाइलो म चाहि धुमधुम्ती एक्लै कोठामा। मेरो भ्यालेन्टाइन पनि कसो नआउला भन्दै कोठा सफा गर्न थाँले। ५ बजे ढोकामा knock knock गर्यो। सपना त होला नि भनेर ढोका खोलिन। १ मिनेट सम्म लगातार knock सुने पछि मैले हातमा चिमोटें। दुख्यो त्यसपछि ढोका खोलें। अगाडी ५ फिट ८ इन्चको भुतुक्कै पार्ने जवान केटो थियो। अलि अलि ब्राउन कलर, ठिक्कको माछा जस्तो आँखा अनि कालो कपाल। मेरो मनमा लड्डुहरु फुट्न थाले। शायद यही हो ,,,,, "के म इज्जिसङ भेट्न सक्छु?" "हजुर म क्रेजी यहीँ छु।" "क्रेजी होइन के इज्जि।" "को इज्जि?" "यो apt no: B 206 होइन?" " त्यहाँ पढ्नुस् न?" भित्ता तिर देखाउदैं भने मैले। "C 206!! हे भगवान! मैले यो के गरें?" एक्कासी उसको सुर्य जस्तो तेज भएको अनुहारमा गल्तीका रेखाहरु निराशाका बादल सङै दौडिन थाले। एकछिन लामो स्वास फेरेर उसले भन्यो। "त्यो मेरो गुलाफको बुके र भ्यालेन्टाइन कार्ड दिनुस त। म सङ बजार गएर किन्ने समय छैन। नत्रभए आज पनि इज्जि अर्कैसङ डेट जाने भइ।" मैले अबेर नगरी गुलाफको बुकेलाइ उठाँए र एकचोटि चुमें। रातो गुलाफको बुकेलाइ ढोकैबाट उसको हातमा दिएँ। रातो गुलाफसङै मेरो सपना र गुलाफ बहादुर धमिलो हुँदै क्षितिजमा बिलीन भए। केही बेरको मौनतापछि भरेङ ओर्लिदैं उसले भन्यो- HAPPY VALENTINE DAY ! P.S. Make sure you send your valentine roses and gifts to your beloved in correct address. Otherwise I won't return again. he he he
[ posted by
crazy_love @
06:12 PM ] | Viewed: 3167 times
[
Feedback]
|
|
|
| : |
|