एउटा वास्तविकता,
सधैं मलाई घच्घचाउन आइरहन्छ ।
मडारी रहन्छ मेरो वरिपरी ।
म डराउन पुग्छु,
कतै मलाई जलाउने त होइन् ।
कतै मेरो अस्तित्व मेटाउने त होइन् ।
कुन अनिकालमा जन्मेको म ?
शंका उपशंकामा डुब्नु पर्ने ।
हतास मनको धड्कन नै बढि,
मुटु नै फुट्ला जस्तो गरि ।
सुन्दर भन्दा सुन्दर चीज पनि,
असहज सिद्ध हुने गरि ।
जे होस जसो होस
म जहाँ छु जे छु
म ठिक छु ।
किनभने यो भन्दा पर,
मेरो अर्को वास्तविकता छ ।
जुन अटल छ, अमर छ ।
जसमा यथार्थ छ, सार्थकता छ ।
अनि एउटा सुनौंलो अर्थ छ ।
जुन मेरो धड्कनको मापक हुनेछ ।
मेरो यथार्थको अर्थ हुनेछ ।
मेरो मुटुको रक्तकोषिका हुनेछ ।
त्यसैले मेरो उपलब्धि भनेको,
त्यो परको वास्तविकता हो ।
जसमा मेरो जीवन छ, व्यथा छ ।
जसमा समाधान छ, अनि अन्त्य पनि छ ।
सायद त्यहिनै मेरो उत्तम वास्तविकता ।
२०५९।०७।२७ © 2008, P. Gurung