:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Thursday, January 31, 2008 | [fix unicode]
 

एउटा वास्तविकता,
सधैं मलाई घच्घचाउन आइरहन्छ ।
मडारी रहन्छ मेरो वरिपरी ।
म डराउन पुग्छु,
कतै मलाई जलाउने त होइन् ।
कतै मेरो अस्तित्व मेटाउने त होइन् ।

कुन अनिकालमा जन्मेको म ?
शंका उपशंकामा डुब्नु पर्ने ।
हतास मनको धड्कन नै बढि,
मुटु नै फुट्ला जस्तो गरि ।
सुन्दर भन्दा सुन्दर चीज पनि,
असहज सिद्ध हुने गरि ।

जे होस जसो होस
म जहाँ छु जे छु
म ठिक छु ।
किनभने यो भन्दा पर,
मेरो अर्को वास्तविकता छ ।
जुन अटल छ, अमर छ ।
जसमा यथार्थ छ, सार्थकता छ ।
अनि एउटा सुनौंलो अर्थ छ ।
जुन मेरो धड्कनको मापक हुनेछ ।
मेरो यथार्थको अर्थ हुनेछ ।
मेरो मुटुको रक्तकोषिका हुनेछ ।

त्यसैले मेरो उपलब्धि भनेको,
त्यो परको वास्तविकता हो ।
जसमा मेरो जीवन छ, व्यथा छ ।
जसमा समाधान छ, अनि अन्त्य पनि छ ।
सायद त्यहिनै मेरो उत्तम वास्तविकता ।

२०५९।०७।२७ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 08:10 AM ] | Viewed: 2528 times [ Feedback]


: