:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Tuesday, January 29, 2008 | [fix unicode]
 

Crazy टीनएज र चिच्याइरहने चाहना






कुरा उहि गुम्दै फिर्दै फेरि १६-१७ को। हजुरहरुलाइ नि दिक्क लागि सक्यो होला यो थुलि कालि १६/१७ को कुरा बाहेक अरु केहि गर्दैन भनेर। उ बेला हामि कम्ताको उत्फत्याङ गर्दैन थिम। उ बेला chat गरेर केताहरुलाइ नि रिंग्याउनु रिंग्यायो। उ बेलाको कुरै अर्कै क्या। कुरा उहि high school जादाको म र मेरो ३ जना नेपालि साथिहरु, २ जना नेपालि भाईहरु एउटै हाइ स्कुलमा जन्थेम। हामीहरु सबैको बुवा नेपालमा एउटै अफिसमा काम गर्नु हुन्त्यो र यहाँ नि एउटै कोम्प्लेक्समा बस्थेम।

opssssssss मैले त हजुरहरुलाइ मेरो साथिहरुको झन्दै इन्त्रो दिन बिर्सेको। केतिहरुमा म (थुलि), सपना, हेमा र सबिना थिएम भने भाइहरु चै दिपक र सुमित थियो। प्राय जसो हामी जो पहिले उथ्यो उस्ले सबैलाई उठाउनु पेर्ने नियम नि बनाको थ्यो। एक दिन हुन त म र दिपक समय मै उठेको थियो तर खै के ले गर्दा हो बस स्तपमा पुग्न २ मिनेट मात्रा के ढिलो भेको थियो उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् त्यो बस ड्राइभरले हामी आको देख्दा देख्दै नि बस गुदाउन थाल्यो अरु बेला त हामी आको देख्यो भने बस रोक्थ्यो खै त्यो दिन चै उस्लाई साह्रै रिस उथ्यो होला। यिनिहरु सधैं यस्तै भनेर हाम्लाई सबख सिकाउने भनेर बस रोकेन। म र दीपक बसको पछी पछी हात हात हाललाउदै दौदिए । बस भित्रबाट हाम्रो अरु साथीहरु हाम्लाई हेर्दाइ हाँस्दै थियो। अली माथि पुगे पछी बस रोक्यो र हामी बसमा चढेम। अनी बस ड्राइभरले भन्न लाग्यो भोली देखी ठीक ताइमा आउने है होइन भने म त बस सस रोक दिन नि भन्देको छु भन्दै कराउन थालयो।

मैले नि उस्लाई dirty eyes ले हेरे। मलाइ उ सङ रिस उथिराको थियो। तर नि केहि भन्नु भएन क्यारे फेरि अरु बेला नि यस्तै गर्ला कि भन्ने दरले चुप् चाप् लागे। र मन मनै गाली नि गरे। अहिले यो कुरा सम्झिदा त कस्तो हास उत्थ्ने क्या खित खित खित। हामी 6 जनै एउटै तरकारी बेच्ने पसल्मा क्यासिएर भएर weekend मा काम गेर्थेम। हामी काम गेर्ने तरकारी पसल साह्रै ठुलो थियो शनिबार र आईतवार त कुरै न गर्नुस् त्यो हादी गाउमा मेला लगेको भन्दा नि चर्को हुन्थ्यो। एकै चोटि १० वटा क्यासिएर लेन खोल्दा नि लाइन उुउुउुउुउ पर सम्म पुग्थ्यो।

शनिबार र आईतवार भने हामी नेपालीहरु कै राज हुन्त्यो काममा। 5 वता लेन त नेपाली क्यासिएर कै हुन्त्यो। हामीहरु कुरा गर्दै काम गर्थेम। कोही ह्यान्सी केटाहरु आयो कि एक्ले आर्कालाई ईशारा गर्थेम र मन मनै मेरै लेनमा आएनी हुन्थ्यो भनेर सोच थिम। यस्तै यस्तै गरी दिन बिथ्यो। एक दिन हाम्रो स्कुलमा bio ग्रुप प्रोजेक्ट गर्नु थियो। म, हेमा र दिपक एउटै bio class मा थिएमा। तिचरले ग्रुप चुत्याउन थालनुभो हामी मन मनै तिनै जना एउटै ग्रुपमा परे हुन्थ्यो भनेर सोच्न थालएम। मेरो ग्रुप्मा म, एउटा इन्दिन केटा राज, म्याथिउ र तासा पर्‍योउ। तिचरले अब हेमाको ग्रुप्लाई देखाउदै भन्यो "hey Brad u go with hem. so pls go sit near hem" teacher ले जहिलेनि हेमालाइ हेम भनेर बोलाउथ्यो। खै उस्लै हेमा भन्नै जादैन थियो। Brad वाल्ल पर्दै हेमा तिर हेर्दै भन्यो "Mr. Daly (teacher) she is not him she is her" सबै जना गल्ल हस्यो। उथा हेमा चै मुख रातो बनाएर बस्यो र teacherle भन्यो"I know she is her but her name is hem" अनी Brad "oh sorry " भन्दै हेमाको चेउमा गएर बस्यो। हुननि त्यो ब्राइनलाइ हेमाको नाम के थाहा हुन्थ्यो उनिहरु यहि bio class मा मात्रै सङ थियो। त्यो दिनको कुरा सम्झदा अहिले लदि बुदि गरेर हास्न मन लाग्च। लदी बुदी लदी बुदी खित खित खित

शनिबार आयो कि काममा जानु पेर्ने। एउटा शनिबार सबै 6 जनै १-१० को सिफ्तमा थियो। म, सविना र हेमा चै ८,७,र छ को रजिस्तरमा थिएम भने दिपक र सुमित चै एक्स्प्रेस लेन १ र २ मा थियो। अनी सपना चै हाम्रो हेद क्यासिएर थि। उ चाहि रजिस्तरमा बस्न नपेर्ने। काम गेर्नेलाइ रजिस्तरमा केहि problem पर्यो भने हेल्प गर्न अौथि। अरु बेला चै कस्तमर सर्विस देस्कमा बस्ति। अनी म्यानेजर घर तिर लाग्यो कि हामी सँग कुरा गर्न आउथी। उ हेद क्यासिएर भर नि हाम्लाइ फाइदै थियो। उस्ले हामि सबै केटीहरुलाई सँगइको रजिस्तरमा राक्थी। कुरा यस्तै राती ९ बजे तिरको थियो। खासै तेती बिजी थिएन। हामी ४ जनाइ साथीहरु उही सधैं झै उही स्कुलko ह्यान्सी केटाहरुको कुरा कात्दै बस्थिम।

यो रात नि खै भाईहरु दुई जना नि मस्त आफ्नै तालमा कुरा गर्दै थियो। हामी ४ जना नि आफ्नै तालमा उही सधैं झै केटाहरुको कुरा गर्दै थिम। उता धोका बात् ४ जना ह्यान्सि ह्यान्सि केताहरुको सवारि भो। हामि चारै जनाको आखा धोका तिर गयो र सबै साथिहरु मुखा मुख गर्दै एक आर्कालाइ हेर्दै हास्न थालेम। ति केताहरु खै सामान किनेको जस्तो गर्यो र पचि भाइहरु भएको रजिस्तर तिर लाग्यो। हामि चै मर्न नसकेको केताहरु हाम्रो रजिस्तरमा आको भए के नै बिग्रिथ्योर भन्दै सानो स्वरमा एकले आर्का लाइ भन्दै थिम्। अनि हामि ति केताहरुले भाइहरु सङ के कुरा गर्दै च भनेर कान नि थाप्दै बसिम। खै कता कता नेपालि बोलेको जस्तो नि लाग्यो। भाइहरु उनिहरु सङ हास्दै कुरा गर्दै थियो। एक चिन पचि भाइहरु कुरा गर्दै हामी तिर आउँला देखाउदै हाँस्दै कुरा गर्दै थियो। हामी चै यो भाईहरुले दिदिहरुको बारेमा क्या सोच्ने रैच। हेर त त्यो हान्सि केताहरुलाइ हामि तिर देखाउदै च भनेर मक्ख पर्दै हामी नि कपाल सपाल मिलाउन थालइम।

यस्तै १५ मिनेट कुरा गरेची ति केटाहरु हामी तिर मुस्सुक हाँस्दै आँखाले ईशारा गर्दै बिदा भो। ति केटाहरु बाहिर पुग्ने बितिकै हामी ४ जना भाईहरु भएको रजिस्तर तिर गएम र भाईहरुलाई ति केटाहरु को हो हेर्दा त नेपाली जस्ताइ देखिन छ नि। हुन त उ बेला नेपालिहरु तेस माथि नि नेपालि केताहरु देखिदैन थ्यो। कोहि नेपालि देख्यो कि त हामि दङ पर्थिम् तेस माथिनि ह्यान्सि नेपालि केता उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ कता बात देख्न पाउनु। भाइहरुले तिमिहरुलाइ केताहरु देख्नै नहुने है नक्कलिहरु भन्दै फेरी सुमितले "जो भएनि तिमिहरुलाइ किन चाहियो" भन्यो अनि मैले भन न भाइ तिनिहरु को हो। केहि बेर भाइहरुको चाकदि गरे पचि दिपकले भन्य तिनिहरु नेपालि बिधार्थिहरु रे DC घुम्न आएको West Virginia बात. बातो हरार बातो सोध्न चिरेको। अनि उनिहरुलाइ तिमिहरु नि नेपालि हो भनेर देखाको के।

हामि तेति सुने पचि मक्ख पर्द आफ्नै आफ्नै रजिस्तर तिर लाग्योम्। र मैले भने त्यो Sky blue colorको T-shirt लगाउने केता चै मेरो है। तिमिहरु आखा लगाउने होइन नि। सबिना नि के कम त्यो सबै भन्दा आग्लो केता चै मेरो नि। मेरो हाइत् सङ उस्को हाइत् नि मिल्च। यसरि सबै जना एक एक जना केता रोजिम। बिचरा ति केताहरुलाइ केहि थाहा थिएन। नेपालि केताहरुको कमि थियो उ बेला। अनि हाम्रो आमा बुवाले जे जस्तो भएनि नेपालि केता सङै बिहे गर्नु पर्च भनेर हाम्रो दिमागमा यो कुरा राम्रो सङ चिराइ दिनु भएको थियो। जति सुकै अरु देसको केता राम्रो लागेनि हाम्रो कामको चै थिएन। हुन त कहिले काहि नेपालि भोज् हरुमा जादा ह्यान्सि नेपालि केताहरु नदेखेको त होइन तर नि जो नेपालि केता देखे नि के गेर्ने आफु भन्दा अलि एजमा थुलोलाइ दाइ भन्नै पर्ने र आफु भन्दा सानोलाइ चाइ भाइ भन्नै पेर्ने। कहिले काहि त रिसै उथ्यो हाम्रो नेपालि चलन देखेर तर के गेर्ने हामि केतिहरु यसै हो भन्दै चित्त बुझाउ थिम।

नेपालि भोजमा जादा ह्यान्सि नेपालि केताहरुलाइ हेर्यो चित्त बुझायो। कहिले काहि त आमा बुवाको हामिलाइ नेपालि केता सङ बिहे गराइ दिने सपना सपनै हुन्च जस्तो नि लाग्थ्यो। अस्ति सबिनाको बदे पार्तिमा जादा यहि West Vrginiaको केताहरु कता चन् होला है भन्दै उ बेलाको कुरा सम्झदै खित खित खित गर्दै हास्न थालेम। सबिनाले भनि अब त तिनिहरुलाइ देख्यो भने नि चिन्दिन होला। हुन त त्यो दिन देखि हामिले उनिहरुलाइ कहिले नि देख्ने मौका पाएनम्.के सबै केतिहरु १६/१७ मा यस्तै हुन्च?

   [ posted by uptowngal @ 07:53 AM ] | Viewed: 2871 times [ Feedback]


: