:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Tuesday, January 29, 2008 | [fix unicode]
 

सपना कस्तो यो विपनाको सपना,
सपना कस्तो यो मैंले नदेखेको सपना,
सपना केहि सिकाउन खोजे जस्तो सपना,
सपना मेरो मित्रको आखाँमा बिझेको सपना ।

यथार्थतालाई पछ्याउन खोज्छु,
तर असमर्थ भए जस्तो लाग्छ ।
कतैं यो गरिब देशको जल त होइन,
सोझैं आँखा चिम्लि पिउनु पर्ने ।
कतैं यो बोतलमा नअटेको,
गिलासको पीँधको झोल त होइन,
कुनैं मुल्य नभएको ।

संकुचित विचार धारामा अल्झिएको जीन्दगी,
नदि किनारको साँघुरो बाटो हिडे जस्तो लाग्छ ।

सपनाको एक त्यो पलले,
विपनामा मेरो आँखा रसायो ।
मेरो सहाराले नयाँ साथ पाउदा,
उसको सुखको अनुहार हेर्दा,
मनले अचम्मको हर्षको अनुभुति दिलायो ।
सपना मेरो, यदि विपना हुने भए,
मैंले दिन नसकेको माया उसले पाउने थियो ।
मैंले धान्न नसकेको प्राण जन्जालमा अड्कने थिएन ।

बचाउन उनले मलाई खोज्छ,
तर हावाको लहरमा आफै डुब्न पुग्छ ।
दृश्य उसको अदृश्य भयो,
हाल बेहाल मेरो भयो ।
उत्रन नसक्ने म डुब्न कसरी जाऊ ।
स्वतन्त्र हावालाई जलमा कसरी पठाऊ ।

पाइला अब चलबलाउँछ ।
बाटो बिराएको आँधि झै गरी ।
गन्तब्य भेटाउन नसक्दा,
जथाभावी ठोक्किए झै गरी ।
मेरो छट्पटी जलमा देख्छु ।

अनि ... दृष्टि मेरो बुढो स्वरुप,
कुरुपको शरणमा पुग्छ ।
मद्दतको भोको हेराई बुझ्छ उसले,
लाचारपन मेरो देख्छ उसले ।
उसको मन्द मुस्कानले,
मेरो अयोग्यता झल्काउँछ ।
अनि देख्छु,
स्वरुप उसको डलफिन जस्तो ।
जल त्यो केहि भन्दैन्,
उसको इशारामा हिड्छ जल ।

हरे कति भेदभाव अघि र अहिलेमा,
हरे कति फरक ऊनी र उसमा ।
देख्छु अव,
मेरो सहाराले आकाश चुमेको,
अनि आधार उनको जलमा ।

दिशा त्यो हावाको म तर्फ परेन,
आवाज त्यो खासखुसको बुझ्न सकिन् ।

मान्छे ऊ कुरुप मात्र,
बुढो भने होइन रैंछ ।
अनुहार उसको नमिलेको मात्र,
योग्यता भने भरपुर रैंछ ।

चाहना मेरो उनलाई अंगाल्ने,
परिस्थिति अब उल्टो भयो ।
योग्यता मेरो कहाँ भाग्यो,
अयोग्य म हुँ साबित भयो ।
पारी गयो एक भएको दुई आकृति,
टाढा हुदैं गयो सुन्दर त्यो प्रकृति ।
मेरो सहाराले पाएको नयाँ जीवन,
उनको सहाराको शरणमा पुग्यो ।

सुकरात त्यो अनुहार उसको,
म मात्र एउटा सुन्दर फूल भयो ।

उनको तराजुलाई हार्दिक बधाई,
ज्ञान र क्षमता पहिल्याउन सकेकोमा ।
उसको पाईला बलियो आधार बनोस,
सूधार र उन्नतिको चाहना गरेकोमा ।
आँसु र हाँसोको मेल यो कस्तो,
शान्त मनको नमिठो आनन्द जस्तो ।

गर्व गर्छु आफूलाई त्यागी हुन सकेकोमा,
शुभकामना छ उसलाई, नयाँ जीवन पाएकोमा ।

हाँसेको अनुहार हेर्ने मेरो चाहना,
उसलाई हसाँउने मेरो अठोट,
सुख दिने मेरो लक्ष्य ।
दु:ख बिर्सन सक्छुकी,
दु:ख चढ्न सक्छुकी,
पिँडा सहन सक्छुकी,
सपना यो विपना भइदिए ।

सपना यो विपनाको सपना,
सपना यो मैले नदेखेको सपना,
सपना यो मैले केहि सिकेको सपना,
सपना तिमीलाई धन्यवाद ॥

२०५७।०६।०१ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 06:25 AM ] | Viewed: 2252 times [ Feedback]


: