:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, January 28, 2008 | [fix unicode]
 

कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्पनामा मनलाइ सम्झाउन थालेकी छु। मेल लेख्ने क्रममा पनि सुस्तता आउन थालेको छ उसले अस्ति गुनासो गरेको थियो। मैले चाहेर नलेखेकी होइन, तेस्तै पर्‍यो भनेर जवाफ लेखेकी थें। के अब हाम्रो सम्बन्धमा पूर्णबिराम लागेको हो त? त्यो मेलको उत्तर चाँहि म सङ थिएन। म पनि तेहि सोचिरहेकी छु। के अब सबै सकिएको हो? मैले उसलाइ बिर्सनै पर्ने हो? किन त? कारण केहि छैन।

उ मेरो कहिले थिएन, मन त उ सङै थियो मेरो। अहिले पनि छ। भोली म भन्न सक्दिन। जब म उसलाइ भुल्ने प्रयाशमा हुन्छु, उ झन् म सङ नजिकिदै आँउछ, उहि हाँसो, उहि हिस्सि परेको अनुहार। मध्यरातमा उठेर लेखेको चिट्ठिहरु, बेला बेलामा हुने मिठो झगडा अनि तेसपछिको मिलन। यो भौतिक दूरिले त झन नजिकियाएको छ हामीलाइ। 'सङै बस्दैमा मन नजिक हुँदैन' उसको हरेक कुरा चित बुझ्छ मलाइ। 'तेसो भये यो सम्बन्धको औचित्य नै के रह्यो र?' मैले सोधेकि थें। 'अहिले आएर तिमीले मलाइ भुल्ने अधिकार छैन' उसले लेखेकोथ्यो। ' म तिमीलाइ फोन गर्न सक्दिन' मैले पनि उसलाइ प्रस्ट भनेकि थें।

त्यसपछिका उसको मेलको प्रतिक्षा त अत्ति गार्हो थ्यो। उ मौन छ, केहि लेख्दैन, न त फोन गर्छ। अब चाँही सकियो यो मायाको समय पनि मैले सोचें। तर मन ब्यग्र हुन थाल्यो। उसलाइ लेख्न मन लागेपनि इगोले रोक्छ। म मात्र के कम? येदि उसले पनि मलाइ माया गर्छ भने एक चोटी लेखेर के नै बिग्रन्थ्यो? म हजारचोटी उसले लेखेको मेलहरु पढ्छु अनि सम्झिन्छु हाम्रो पहिलो भेट। अब कथा हुन्छ सबै कुरा, अनि हिजो हुनेछ अर्को बिगत। फोनमा घरि घरि चेक गर्छु, शायद उ मलाइ कल गर्ने ट्राइ गरिरहेकै होला। नेपालको लाइन पनि त कहिले राम्रो हुन्न। हिजो राति तेस्तै एउटा कल आकोथ्यो। मैले 'हेल्लो' भन्नासाथ उता लाइन काटियो। उसलाइ इमेल लेख्न मन नलागेको होइन तर अब लेखेर के हुन्छ? अत्ति निस्सारबाद हुँदैछु म। जिन्दगीको अगाडी पहाडजस्ता चुनौतीहरु, सामना गर्नै पर्ने बाध्यता। मनको चाहना र जिबनरुपी यात्रा कुन मोडमा गएर रोकिने हो अथवा दौडिदैं बित्ने हो। केहि बुझेकि छैन मैले। उसको स्वरले उस्तै जादु गरिरहेको छ, म उसलाइ कहिले भुल्न सक्दिन। धेरै चोटि कोशिश गरेकी हुँ, तर असफल मात्र। कति कुरोस त अब उसले पनि। समयले त कसैलाइ कुर्दैन। उसले पनि भेट्यो होला कोहि साथी र मेरो सम्झनाहरुलाइ मेट्दै होला मनबाट। केहि कुरा पनि सधैंको लागी हुँदैन, न माया, न साथ न सम्बन्ध। म कोल्टे फेर्दै सोचिरहेकीथें। यो समय मलाइ कमजोर बनाँउदै छ, म बिस्तारी जिबनप्रतिको मोह त्याग्दैछु। 'फ्रस्ट्रेसन' हुन्छ मान्छेलाइ, कहिलेकाहीं त्यो राम्रो पनि हुन्छ उसले भनेको थ्यो। खोइ मलाइ के भाको हो? यो कुहिरो, मुटु छेड्ने चिसो र उराठ ठाँउ अलिकति पनि बाँच्ने प्रेरणा दिदैन।

'मलाइ बिस्वास छ तिमी फेरि आउनेछौ मेरो जिबनमा जब तिम्रो अप्ठ्याराहरु आफै सुल्झिन्छन्' उसको बिस्वासले म पराजित भएकिथें। हरेक शब्द मेरो मनलाइ न्यानो बनाउदैथ्यो। डेट हेर्छु त्यो त धेरै पुरानो मेल हो, कति महिना अघिको। 'डिलिट' गर्न चाहन्छु म सक्दिन, मेल मात्र त हो नि उसको सम्झना अनि त्यो रमाइलो पलहरु। होइन अब म लेख्नेछु 'हाम्रो सम्बन्ध येहिं सम्म थ्यो तिमीलाइ शुभकामना।' कसरी सुरु गर्ने भनेर सोचि रहेकिथें। 'प्रिय' लेख्न मिल्छ र? अक्षर जे भये पनि मनमा त उ नै मेरो प्रिय छ नि। हर पल सताउन थालेको छ उसले मलाइ आजकाल। 'ध्यान' गर्न खोज्छु उ मलाइ माया गरिरहेको हुन्छ। किताब पढ्न खोज्छु, उ जिस्काइरहेको हुन्छ। मेटाउन खोज्छु अतीत मानसपटबाट, उ अडिग भएर हाँसिरहेको हुन्छ।

मोबाइल बज्न थाल्छ, यो भ्रम हो म भन्छु। केहि बेरसम्म बजिरहेको भ्रमलाइ उठाँउछु र भन्छु।
"हेल्लो"।
"किन नसुतेको अहिले सम्म? मेरो याद आयो? मेरो झगडालु ................. "
म सुनिरहन्छु उसलाइ, उहि मन्त्रमुग्ध पार्ने आवाज, उहि लय, उहि मिठास। मेरो मनको बादल आफै फाट्दैछ। मन उजेलिदैछ, जीबन अनायास सुन्दर भएको छ।

   [ posted by whoIam @ 12:19 PM ] | Viewed: 2133 times [ Feedback] (2 Comments)


: