:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Saturday, January 26, 2008 | [fix unicode]
 

ऊ धर्तीमा उभिएर,
एकोहोरो आकाश तर्फ बढिरहेको छ ।
म धर्तीमा उभिएर,
अघि पछि दायाँ बायाँ गरिरहेको छु ।

ऊ आफ्नो जीवन बिताउदै छ ।
म आफ्नो जीवन बिताउदै छु ।
ऊ आफ्नो भविश्य खोज्दै छ ।
म आफ्नो भविश्य खोज्दै छु ।

थाहा छैन मलाई,
ऊ किन शुन्यता तर्फ दौंडदै छ ?
मैले त केहि पनि देख्दिन् ।
किन ऊ त्यसरी लालायित छ ?
विशाल आकाशको स्पर्श गर्न ।
के त्याहाँ स्वतन्त्रता छ ?

थाहा छैन् मलाई,
म प्रति उसको सतर्कता कति छ ?
म त हरपल उसलाई हेर्ने गर्छु ।
के उसलाई थाहा होला ?
मेरो अवस्थाको बारेमा ।
मेरो वरिपरी के के छ भनेर ?

तर वास्तविकता,
याहाँ स्वतन्त्रता छैन् ।
विल्कुलै छैन् ।
शोषण र दमन छ ।
भोग र पीडा छ ।
दु:ख र रोग छ ।
तर.. आनन्द पनि छ ।
जव कदर हुन्छ पसिनाको ।
आनन्द पाईन्छ मिठो फलमा ।

वास्तवमा,
उसको र मेरो फरक भनेको ।
ऊ दाऊरा भई खरानी हुन्छ ।
म लास भई खरानी हुन्छु ।

त्यसैले,
अन्त्य हाम्रो एउटै हो ।
खरानी भई धर्तीमा समाहित हुने ।
मृत्युलाई आलिङ्कन गर्ने ।

२०५९।०७।२२ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 07:07 AM ] | Viewed: 2360 times [ Feedback]


: