:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Friday, January 25, 2008 | [fix unicode]
 

कुनै बेला मात्र ठेस लाग्दा,
भयभित अनुहार लिई,
डरको अघि भागेथे ।
गला नै फाड्ने गरि चिच्चाएथे ।

रसाएका मेरा आँखाहरू,
ओइल्याएर थकित देखिन्थे,
एउटा सहारा पाउने आँशमा ।
अनि, एक्लोपनको आभास हुदा,
‘आमा आमा’ यी शब्दहरू,
हृदयको अन्तसकरणबाट प्रस्फुटन हुन्थ्यो ।
वातावरण नै गुञ्जायमान हुन्थ्यो ।
मानौं जानेका शब्द यिनै हुन् ।
सधैंको सहारा यहि हो ।
कत्ति प्यारो लाग्थ्यो ।
कत्ति आत्मियता बढ्थ्यो ।
अनि कत्ति उत्साहित हुन्थे ।
उच्चारण यी शब्दहरूको गर्न पाउदा ।
भयभित मनलाई सान्त्वना हुन्थ्यो ।
हराएको साहस पाए जस्तो ।
अनि उत्साहित पाईलाहरू आकाशमा हुन्थे ।
कमलो भिजेको धर्तीले शान्तिको कामना गर्थ्यो ।

तर,
बिधिको बिडम्बना भनौं या
कुसस्कारको विकाश या
असाधारण महत्वकांक्षा ।
दिन प्रति दिन,
केहि न केहि भएकै छ ।
कोहि न कोहि मरेकै छ ।
एक धर्तीका सन्तान नभएको जस्तो ।
धर्ती माथि नै सौता हाले जस्तो ।
एउटा सुशिल धर्ती अहिले, विधुवा बनि सकेको छ ।
आफ्नै रगतले लत्पत्तिएका छन्, सेता फरियाहरू ।
सुन्दै कहाली लाग्ने आवाजहरू,
आज मस्तिष्क नै स्तब्ध हुने गरि,
आधा आँखा बाहिर आधा भित्र,
अडिएका आसुका थोपाहरूले,
अवश्य पनि केहि मागेको हुनु पर्छ ।
नत्र लुकिएको वेदनाहरू आँखामा किन अडिन्थ्यो ।
निक्लिएको आवाजहरू गलामा नै किन रोकिन्थ्यो ।

तर,
अहिले यहाँ बुझ्ने व्यक्तिको कमि छ ।
एउटा ठोस नितिको आवश्यकता छ ।
कालो भन्दा कालो बादल,
ठुलो पहिरो लैजानलाई,
धर्तीलाई जर्जर बनाउनलाई,
मडारिरहेको छ धर्ती माथि ।
तर अफसोच,
हिजो सम्म आमा आमा भन्ने आवाजहरू,
आज अवाक छन् ।
रगत बगाउदै र बगाउन बाध्य गराउदैं ।

२०५९।०६।१५ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 11:19 AM ] | Viewed: 2494 times [ Feedback]


: