बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : "खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !" उनको कुरा सुनेर उपस्थित पाहुनाउरु मध्य केहिले सोचे- 'आउनु पर्ने मान्छे त आएनन् , मतलव हामि त नआउनु पर्ने मान्छे पो रहेछौं ।" यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १० जना त्यहा बाट निस्केछन् । ति महाशयले आईसकेका पाहुना पनि फर्केको देखेर फेरि भने : " नजानु पर्ने मान्छे पनि गए "। यो वाक्यलाई पनि बाँकी पाहुना मध्यका केहिले अर्कै अर्थमा लिए – ' ओहो ! उनिहरु नजानु पर्ने मान्छे भए जानु पर्ने मान्छे त हामि पो रहेछौं "। यति सोचेर फेरी अरु १० जना पाहुन पनि त्यहाबाट निस्केछन । यस पटक उसलाई आफूले बोल्दा केहि गल्ति भएको आभाष भएछ र उनले आफूलाई प्रष्ट पार्ने हेतुले भने :" मैले उनिहरुलाई लक्षित गरेर त्यसो भनेको होईन" । तर उनको य वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोचे 'ति जानेहरुलाई लक्षीत नगरेको भए हामिलाई नै लक्षीत गरेर भनिएको होला' । यति सोचेर बाँकी १० जना पनि तुरुन्तै विना भोजन त्यहा बाट निस्केछन् ।
[ posted by
Acharya Dilip @
10:02 PM ] | Viewed: 2286 times
[
Feedback]
|