:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Tuesday, January 22, 2008 | [fix unicode]
 

प्रकृतिको सिर्जनामा,
कोहि उड्छन् ।
कोहि हिड्छन् ।
त कोहि पौंड्न्छन् ।

उड्दा खस्लाकि,
हिड्दा लड्लाकि,
पौंड्दा डुब्लाकि,
भनि सबै डराउँछन् ।
जुन स्वभाविकै छन् ।
जसलाई सतर्कता मान्न सकिन्छ ।
‘बाँच्नको लागि संघर्ष’
त्यसैले सबै बाच्न चाहन्छ ।

तर,
परिस्थिति अहिले त्यो छैन् ।
डर त्यति देखि मात्र छैन् ।
व्यक्ति व्यक्तिमा डर छ ।
समाज देखि डर छ ।
हिंसा प्रति हिंसा देखि डर छ ।
विज्ञान देखि डर छ ।

डर ‍... डर ... डर ...
जताततै छ ।
साँईली साँईला देखि डराउँछन् ।
माँईली माँईला देखि डराउँछन् ।
कतै माया मार्ने त होईन् ?
कतै बेचिने त होईन् ?

डरको खाडल बढेकै छ ।
डरको सागरमा डुबेकै छ ।
महामारी फैलिएकै छ ।
भयानक रोग देखिएकै छ ।
त्यसैले त डर बढेकै छ ।

समाजमा बितृष्णा बढेकै छ ।
स्वार्थले व्यक्ति लतपत्तिएकै छ ।
एक आपसमा अलग्गिएकै छ ।
महत्वकांक्षाको चुलि थपिएकै छ ।
त्यसैले त डरले घेरेकै छ ।

जातियताको सवाल उब्जिएकै छ ।
गुटगुटको कठ्घरा बनेकै छ ।
कोहि ‘राम’ भन्छन् ।
कोहि ‘मरा’ जब्छन् ।
आफू देखि आफै लुक्ने बेला आएको छ ।
डरका सागरहरू फैलिएका छन् ।
पर पर क्षितिजसम्म पुग्ने गरि ।
सिमा नाघ्न मृत्यु नै कुर्नुपर्ने गरि ।

२०५८।०९।१७ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 04:42 AM ] | Viewed: 2315 times [ Feedback]


: