:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Monday, January 21, 2008 | [fix unicode]
 

एउटा बग्ने नदिले,
म खेत बगाउँछु,
घर डुबाउँछु,
...... त पक्कै भनेन् ।
हावा गतिहिन भएर,
म धुलो उडाउँछु,
रुख लडाउँछु,
...... त पक्कै भनेन् ।

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
अरु ठाउँमा त भयो भयो,
नहुनु पर्ने बुद्धको भुमिमा पनि भएको छ ।
अहिंसा पाठ बिर्से जस्तो ।
शान्तिको मार्ग भुले जस्तो ॥
पल्लो पाखा पनि भत्केकै छ ।
वल्लो पाखा पनि बगेकै छ ॥

आँधिबेहरी, अनि मानव निर्मित चक्रवातले,
भुमि भिजिएर रातिएकै छ ।
अनिश्चितताको समय चलेकै छ ।
कहाँको वादल कहाँ मडारिन्छ ?
कहाँको भुमि कहाँ पुग्छ ?
आखिर......,
लक्ष सागर भेट्ने ।
प्रयास महासागर बनाउने नै हो ॥
नदिलाई माटो त चाहिदैन् होला ।
गहिराई त महासागरको विशेषता नै हो ॥

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
जति बुझ्यो त्यति जटिल,
यी भाषाहरू प्राकृतिक हुन या मानव निर्मित ।
तर आज म,
बुद्धको देशमा बुद्धु भएको छु ।
शान्तिको ठाउँमा हिँसा देखेको छु ॥

कुरुप पार्छन् अरुलाई,
राम्रो बनाउन आफुलाई ।
नपुगे बगाउँछन् रगत पनि ।
उल्टै भन्छन्,
शान्तिको लागि यो आवश्यक छ ।
उदाहरण अनि महाभारत बन्छ ।

तर मेरो प्रश्न एउटै छ,
शान्तिको लागि हिँसा महाभारतमा भयो,
अहिले हामीले किन गर्ने ?
साक्षि त भगवान स्वयं थियो,
अहिले को नै छ र ?
त्यसैले म त भन्छु,
हिँसा हिँसा नै हो,
चाहे शान्तिको लागि नै होस् ॥

२०५८।०४।०२ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 08:37 AM ] | Viewed: 2411 times [ Feedback]


: