वि. सं. २०६७ साल वैशाख १९ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष
महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म,
कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मीन राशिमा प्रवेश गरेका छन् ।
बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा
घटनाक्रमहरू देखिन्न थालिसकेको छ । विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न
हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् ।
फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष
महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं
विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् बृहस्पति एक राशिमा लगभग १
वर्षसम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको
भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको
भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ ।
ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम
हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि
त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने
हुन्छ भने प्रकाश नपरेमा त्यस स्थानमा ढुसी परी काम नलाग्ने हुन्छ । कहीँ
प्रकाश अर्थात् ज्योतिपुञ्ज भनेका नै ग्रह हुन् । हरेक राशिबाट गुज्रने
ग्रहले पार्ने प्रभावको आधारमा गरिने भविष्यवाणी नै राशिफल हो । अतः हामी
यहाँ हाम्रा प्रबुद्ध पाठकहरूको राशिअनुसार बृहस्पतिको यस भ्रमणले के,
कस्तो प्रभाव पार्नेछ त भन्ने जानकारीको साथसाथै यसले जीवन र जगत्मा पर्ने
असरको जानकारी दिनेछौँ । जसमा समाजलाई दिशानिर्देश गर्ने मन्त्री,
प्रधानमन्त्रीदेखि तपाईं आफू पनि पर्नु हुनेछ ।
मेषादि द्वादश
राशिमा बृहस्पतिको यस राशि परिवर्तनले पार्ने असर:-
मेष:- मेष राशि भएका व्यक्तिहरूको खर्च एवं शत्रु
बढ्नेछन् । आफन्तसँग नै मुद्दा लड्नुपर्ला । तर, विदेशी सम्बन्धबाट चाहिँ
फाइदा नै हुनेछ ।
Visit For More Info