च्याङ्ग्रा- "लौ हिड परको गल्ली सम्म एक चुस्को लगाउँ दिन भरी तान्या छैन, डेट सकिएर सिधै यही आको । फेरी तेरो घराँ आउनु थियो बाहिरै तानेर आउँदा तेरो घराँ थाहा पायो भने तेरो बाले मलाई एक छ्याकमा खत्तम पारेर, मेरो टाउको तेरो बैठकमा झुन्ड्याउला भन्ने डरले नतानी आको ।"
.......................
भेट्ने कुरा सोचेर सुर्यले चन्द्रमा निलेको याद नै भएन , बिहानै उठेर हल्का नाश्ता गरी आमासँग खर्च पानी मागियो, सुको नझर्ला भनेको त, बाघनै झर्यो दँग परी बत्तिए च्याङ्ग्राको घर तिर ।
च्याङ्ग्रालाई लेर निस्क्या मात्रै के थिए, सोमको बाउँ सुमेरु पर्बत झै हाम्रो सामु उभिएको भेटियो । कहाँ ५१ र ५७ ? ५१ र ५७ चाँही हाम्रो जाँचमा आएको प्रतिसत थियो , बुढाले त्यसै गरी हाम्रो सम्बोधन गर्थ्यो ।
मेरो नम्बर च्याङ्ग्राको भन्दा बेसी भाकोले नाइके मै थिए यो पाली, पछ्छिल्लो पाली त्यस्को पधबाट त्यसलाई मुक्त पार्न सफल भाको थिए तर खुशी भन्दा दु:ख धेरै परेको थियो त्यो बिजयमा । कारण बुढाहरुको सामु नाइके बन्नु थियो ।
म - "आज केटाहरु मिली नगरकोट सम्म जाउँ कि भनेर सोच्या थियौ, एसो रिफ्रेश हुन्थ्यो भनेर । "
च्याङ्ग्राको बाउँ - "अनी बास उहीकी फर्किने बिचार छ ? "
म - "खै ! सके सम्म फर्किने छ तर निस्चित चाँही केही छैन , बरु एसो ईमर्जेन्सी फन्ड पाए हुन्थ्यो । "
बुढाले ७०० झारे- "ईमर्जेन्सी नि....., फिर्ता आउनु पर्छ नभए बिहे नहुन्जेल यती मै चित्त बुझाउनु पर्ला नि ।"
बुढा भित्र छिर्ने बित्तिकै च्याङ्ग्राले - "कुदा बैरे कुदा, बुढाले भित्र गएर आमालाई मैले उहिले नै ५०० लुट्या कुरा थाहा पायो भने तेरो र मेरो लाश लापता हुन्छ ।"
लुट्या पैसो १७००, हाम्रो फन्डमा अर्को १००० लौ आज चाँही, रहिथानी झै खर्च गर्न पाइने भयो भन्दै दँग पर्दै लाग्यौ सन्खमूल तर्फ ।
सन्खमूल पुगेर च्याङ्ग्रीलाई भेटियो , "खै त तिम्रो साथी ? "
च्याङ्ग्री- "उसलाई लिन जानु पर्छ, अनी के यो स्कूटी नगरकोट सम्म पुग्छ र ? "
च्याङ्ग्रा - "कहाँ यो स्कूटी लाने, तानेन भने मैले नै ढकालनु पर्छ, मैले अर्को बाइकको बन्दो बस्त गर्या छु, यहाँ बाट चाँही जाम त्यहाँ तीन कुनेमा बाइक लिनु पर्छ । "
त्यहाँ बाट हामी तीन कुने तिर लाग्यौ । कुखुरेको पसलमा रोक्यौ , कुखुरे चाँही हाम्रो अर्को अन्न दाता थियो पेट्रोल पम्पको साहुको एक्लौटो वारीश । अनीकाल परेको बेला, तिर्खित बाइक त्यही गएर आफ्नो प्याश बुझाउने गर्थ्यो । तरुनीको स्कूटी पछाडि तिर लुकाएर कुखुरेको बाइक लिएर निस्कियौ । जानु अघी ५ लिटर फोकडमा राखियो।
बाइकको मेट्या प्याश, पाकेटमा टन्नै क्यास अनी तरुनीको साथ , के चाहियो ? अब मेरीलाई लिएर नगरकोट हुत्तिनु बाहेक केही काम थिएन । कुखुरेको बाइक तरुनीले चलाऊने कुरा थिएन, च्याङ्ग्राले चलाऊने भने पछी मेरी त मै सँग साथमा हुने भई । मेरो मन हर्शले नाच्दै थियो, साथ दिन मेरो मुखले नि समय समयमा धुन गुन्जाइ दिएको थियो ।
मेरीको घर छेउ पुघेर हामी चाँही सडकमै बस्यौ, च्याङ्ग्री चाँही उस्लाई लिएर बहिर निस्की । उसलाई नदेखेको युग भएको थियो, उनी पहिले भन्दा अझै राम्री देखेकी थियी । कालो बादलले ढाकेको भुमीमा बादल फाटेर जब सुर्यको पहिलो किरणले जमिनलाई सुसज्जित गरिदिन्छ, उनी पनि त्यसरी नै सुसज्जित भई मेरो अघी त्यही पहिलो किरण भएर आको थियो । जसरी हटेको कालो पन र आउँदै गरेको उज्यालोलाई चरा चुरुङीहरुले गीत गाउदै स्वागत गर्थ्यो मेरो मनले उसलाई देखेर त्यसरी नै सम्बोधन गरेको थियो । मेरो आँखा धन्य भएको थियो ।
उनी मेरो सामु आएर मलाई - हाई भनेर सम्भोदन गरीन् मैले पनि हासेर उही हाई लाई उसकै तर्फ मोडीदिए ।
उसलाई बस्न सजिलो पार्नो को निम्ती पछाडिको खुड्गिलो तल झारी दिए, उनले आफ्नो हात मेरो काधमा राखी पछाडी बसी । उसले लाएको सुगन्धले कस्तुरीको सुगन्धलाई पनि मात पारेको थियो । उसको स्पर्श मेरो शरीरमा रगत झै बगी रहेको थियो, मेरो हरेक श्वासमा उसको सुगन्ध मिसिएको थियो । एउटा ऐना बाटो तर्फ अर्को चाँही उनी तिर थियो । हावाको बेगले पनि उसको मुहार चुमी , केशहरु लहरा झै उडाइ रहेको थियो, म हावासँग पनि इर्शित थिए ।
समय समयमा च्याङ्ग्रालाई जित्न बाइक हुइकाउथे , हावाको बध्दो बेगबाट बँच्न आफ्नो मुख मेरो धाड पछाडि लुकाउथी, र मैले हेरेको याद गर्दै उनी पनि मस्काउथी र समय समयमा मलाई आफ्नो अधिनमा अली बेसरी कस्थी र एक दुई चोटि उस्को ओठको स्पर्श आफ्नो काधमा परेको पाउथे, शायद त्यो भ्रम होला झै लाग्थ्यो तर त्यो भ्रम भए म त्यही भ्रममा बाँच्न चाहन्थे ।
केही क्षण पछी हामी नगरकोट पुग्यौ ।
पहिले पेट पूजानै गर्ने निर्णय भएकोले उतै तिर लागियो, च्याङ्ग्राको त कुरै थिएन एक प्लेट म:म: मगाई हाल्यो, मेरीले नि चौमिन मगाईन, च्याङ्ग्री र मैले चाँही लोकल कुखुरा चापाउने रहरले रोस्ट मगायौ । अब होनचा र काठमाडौं गणेशथानको अगाडि यो खानाको दाजो के गराइ भो र त्यही पनि हुल्न चाँही सही हुलियो । खान पिन सकाएर एक सर्को लगाउन बाहिर निस्क्यौ, शायद चिनेको धेरै नभएकोले होला उसले म माथि आफ्नो हक पनि जताउन सकिनन्, तर उस्को आँखा बोली रहेको थियो र मलाई त्यो ठुटो फ्याक्नको लागि आग्रह गरिरहेका थिए । मैले त्यो आग्रहलाई नकार्न सकिन, त्यही पनि एक पफ मन त्रिप्त गर्नको लागि लगाए अनी भुई तिर फ्याकेर किल्चिए ।
च्याङ्ग्रा - "थुक्क १.५० सत्यानाशी "
मैले केही बोलिन, त्यसलाई के थाहा, ती आँखाहरु ले के भनी रहेका छन भनेर ? त्यो त केवल मसँग कुरा गरिरहेका थिए । च्याङ्ग्राको धुवा हावा मिसी सकिएपछी हामी टावोरतिर लाग्यौ । मौसमले नि हाम्रो साथ दिएको थियो, सुर्यले आफ्नो न्यानो किरण हाम्रै लागि साचेर राखेको झै त्यो न्यानो पन हामी जहाँ जहाँ गयौ उही उही नै छाइदिएको थियो । पवन पनि मन्द मन्द गर्दै उसको मस्तिस्क्कलाई चुम्न घरी घरी बहदै थियो । टाढै भएनी दोलालघाटबाट सुन्कोशी छछल्किएको धुन र वरी परी फुलेका सप्त रङ्गी फूलहरु को मिठो बास्नाले त्यो बातावरणलाई सजाएर प्रफुल्लित पारेको थियो । सुनको औठिमा चम्केको हिरा झै मेरी मायालु गमक्क चम्की रहेकी थियी, मानौ त्यो बातावरणको उद्देश्य आज उसको उपस्थितीले पूर्ण भएको थियो ।
त्यो हृदय छुने द्रिश्यहरु र उसको स्पर्श लिदै कती खेर टावोर पुगियो थाहा नै भएन । एक्कै छिन त्यहाँ ढिस्कोमा बसेर कुरा गरियो, च्याङ्ग्री र च्याङ्ग्रा सिंह जुधाई रहेको थियो, कुन बेला को थला पर्ने हो थाहा थिएन ।
- "ओ तिमीहरुको सुगौंली सन्धी भएको छैन ? अझै महाभारतको युद्ध चल्दै छ ?" मैले सोधे
मेरो कुराले उनिहरुलाई केही असर परेको थिएन । - "हो च्याङ्ग्रा दाई कत्ती झगडा गरी रहनु भाको तपाई, अनी तलाई चाँही किन निउ खोज्नु पर्ने च्याङ्ग्रा दाई सँग ?" उसले पनि आफ्नो मनको कुरा पोखिन ।
च्याङ्ग्राले मलाई नसुने पनि उसको कुराले आफुलाई छोएको नकार्न सकेन, त्यस माथि उसले च्याङ्ग्रालाई दाई भनेर सम्मानित गरेकी थियिन्, अरुले नदेखे नि च्याङ्ग्राको आँखामा पानीले ठाउँ ओगटेको चाँही मैले देखे ।
दिदी बहिनी हिन थियो च्याङ्ग्रा र सधैं मलाई एउटा बहिनी भए खूब मोज हुन्थ्यो बुझिस । तिहारमा यो पाली कसले टिका लगाइदिने भन्नु नि छैन, आफ्नै बहिनीको हात को टिका लाउन पाइन्थ्यो । दाई बनेर एसो उसो नगर भनेर भन्न पाइने, आफुले उसको हेर्चाह गर्न पाउने । सके सम्मको सब खुशी दिन्थे यार भनी रहन्थ्यो । शायद आज मेरीले उसलाई दाई भनेकोले उसलाई फेरी त्यो कुराहरु याद आए होला । च्याङ्ग्रा आएर हामी भए ठाउँमा बस्यो । च्याङ्ग्रालाई मैले राम्ररी चिनेको थिए उसको त्यो मौन्ता केही क्षणमा भंग हुने निस्चित थियो ।
च्याङ्ग्री - "अन्ताक्षरी खेलुम न "
आफुलाई आफ्नो मायालुसँग कुरा गर्नु थियो, उसलाई अझै राम्ररी जान्नु बुझ्न्नु थियो, त्यही पनि मैले च्याङ्ग्रीको प्रस्तावलाई नकारीन । कती खेर सुरु भयो त्यो पनि थाहा भएन तर च्याङ्ग्रा - "ढुङ्गे साँउको मेलामा " भन्दै गाउदै थियो । केटा र केटीहरु बिचको युद्ध थियो । गीतको शब्दहरु आँफै फेर्दै च्याङ्ग्राले - "च्याङ्ग्रीलाई दाम्लोले बानी, घुमाइ दिउ कि शहरैमा" भन्दै गीतको बिश्राम गर्यो ।
हुन त केटा केटीको बिचको युद्ध थियो तर हाम्रो तर्फ बाट च्याङ्ग्रा र केटीहरु तर्फबाट च्याङ्ग्री भिड्दै थिए । गीतहरुको घमाशान शस्त्र अश्त्रहरु चली रहेका थिए । आफुलाई पनि गीत हरु टन्नै फुरेका थिए तर म सँग केवल एउटा ब्रम्हास्त्र थियो, त्यसको उपायोग मैले ठीक समयमा मात्रै गर्नु पर्ने थियो ।
च्याङ्ग्री - " बैरे तिमी गाउन, तिमीले गाएको सुनेकै छैन, कत्ती यो च्यात्या बोह्रा मात्रै सुन्ने ? "
मलाई त गीत कहाँ अड्कियो पनि थाहा थिएन , मेरो ध्यान त उनी माथि मात्रै थियो । च्याङ्ग्रा तिर हेरे - " अ " बाट भनेर संकेत गर्यो । मेरो ब्रह्मास्त्र चलाऊने अवसर आँफै मेरो सामु आएको थियो तर निशाना अचुक हुनु पर्ने नितान्त जरुरी थियो ।
स्रुरुवात गजलबाटै गर्नु निको हुन्छ झै लाग्यो -
" आइना देख्के बोले ये संवर्ने वाले ,
अब तो बे-मौत मरङ्गे मेरे मर्ने वाले "
गीतलाई सुरु नै नगरि सिधै आफुले गाउनु पर्ने लाइन गाइयो
"देख कर तुम्को यकीन होता है ,
कोही इत्ना भि हसीन होता है ।
देख पाते हैं कहाँ हम तुमको ,
दिल कही होश कहिन होता है । "
उसको आँखा लाजले झुकेको थियो, ओठमा मुस्कान थियो , त्यो लाज र मुस्कानलाई छोप्न उ सँग न त घुम्टो नै थियो न त पक्षौरी । त्यो लजालु आँखा र मुस्कान मेरो प्रत्यक्ष थियो र उसको अफ्थ्यारो पन लाई उु आँफै बाट बचाउन म उसको छेउमा बसे । उसले मेरो हातलाई आफ्नो लाज ढाक्ने ओछ्याउने बनाईन् ।
च्याङ्ग्रा हाँस्दै - " तलाई अहिले गीतहरु क्या फुरी रहा होला हगी "
उसको कुरामा सत्यता थियो, त्यो क्षण मेरो मनमा गीतहरुको मूल फुटेको थियो, कविताहरु मन मनै रची सकेका थिए, पोख्न सकेको भए आदी कवी र महा कवी पनि मेरो समुन्न्य झुक्नु बाहेक अरु केही उपाय देखदैन थिए । मलाई उु सँग एकान्तमा कुरा गर्नु थियो , तर यो अन्ताक्षरी हिम्द महासागरले झै मेरो बाटो रोकेको थियो, यसलाई चिर्नु थियो । आफु सँग कुनै क्षेप्यास्त्र छ कि भनेर हेर्दा राम बाण नै भेटियो, "न" बाट गाउनु पर्ने थियो । मैले भजन गाइदिए - " नारायण नारायण नारायण श्रिमद नारायण नारायण नारायण ......" अब "ण" बाट गाउन असम्भव थियो ।
राम बाणले आफ्नो काम गर्यो अन्ताक्षरीको पूर्ण बिराम भयो ।
अब ति दुई अघोरीहरु बाटा लाग्लान कि भनेको के हुन्थियो, एक छीन त्यही बसे । माहोल सुन्य थियो, वरी परी चरा चुरुङ्गीको मधुर गीत हरु गुन्जी रहेको थियो ।
च्याङ्ग्री - " कस्तो रमाइलो दिन आज, देव नै खुशी भएको जस्तै "
च्याङ्ग्रा - " तिमी मेरो साथमा छौ अनी मैले देवलाई बिहान बिहान पूजा गर्या, सुन्नु त पर्यो नि, तिम्रो लागि यती गर्नु के ठुलो कुरा हो र ?"
च्याङ्ग्राले धेरै बोल्या कुरा मलाई प्रस्ट भयो अब उु आफुले खनेको खाल्डोमा आँफै पुरिने भयो भन्ने कुरा पनि मलाई आथात थियो, मेरो आथातलाई च्याङ्ग्रीले पुरा गरिदियो ।
च्याङ्ग्री - " तिमी मेरो लागि जे पनि गर्न सक्छौ ?"
च्याङ्ग्राले नसोची "सक्छु" भन्यो, उसले सोच्या होला कि उसको जवाफले च्याङ्ग्री मख्ख पर्ला भनेर तर पासो पल्टेको उसलाई थाहा नै भएन , च्याङ्ग्रीले फेरी प्रश्न गरी - "के के गर्न सक्छौ ?"
च्याङ्ग्रा देखी म वाकिफ थिए, स्कुल भागी भागी सिनेमा हेर्न गाको कहिले काम आउँला हनी कुर्थ्यो अघोरी आज दैवले त्यो पनि जुराइ दियो, तर मैले मन मनै -" फिल्मी डाईलोग नभन च्याङ्ग्रा भनी रहेको थिए, " तर मेरो मन अर्कैको अधिनमा थियो उसले के सुन्थ्यो ?
च्याङ्ग्रा - "तिम्रो लागि म आकाशको तारा, महासागरको मोती, हिमालमा फुल्ने गुराँस ल्याउन सक्छु ..... "
कुरा त्यही टुङ्गाको भए नि हुन्थ्यो तर च्याङ्ग्राको कुरै अर्को थियो, उस्लाई हरेक कुरा त्यसको चर्म बिंधु सम्म लानु पर्थियो , उसले आफ्नो वाक्यलाई - " तिम्रो लागि त म मर्न पनि सक्छु भनेर टुङ्गायो । "
च्याङ्ग्रीलाई यो कुराले असर पार्दैन भनेर म धुक्क थिए, तर उसको मुहारमा हिमालमा सुर्यको पहिलो किरण परेर टापु चम्केको झै मुस्कान चम्केको देखेर म आस्चर्यमा परे र मन डराउन थालयो । त्यो प्रश्नको हुरीले मेरो घर पनि ताक्छ भन्ने म निस्चित थिए, के गर्नु त्यो हुरी बिलाउने बाटोमा मेरो घर जो पर्थ्यो । त्यो हुरीको मुहान मै तिर बग्यो - " बैरे तिमी मेरो साथीको लागि मर्न सक्छौ ?" च्याङ्ग्रीले मेरो तर्फ राम बाण छोडि । उु मेरो छेउलाई आफ्नो वास स्थान बनाएर बसी रहा थिन अब यो अस्त्रले हाम्रो भर्खरै हालेको जग ढलौलाकी भन्ने त्रास उसको मुहारमा देखिन थालेको थियो । मैले च्याङ्ग्राको उत्तरमा सहमती देखाए भने आफु सँग शब्दको भन्डार खाली भएको संकेत हुने थियो, भने असहमती देखाउनु आफ्नो खुट्टामा आँफै बन्चरो हान्नु बरावार थियो ।
भन्क्तलाई भगवानले चाहेर पनि क्षती पुराउन सक्दैनन् भन्थे, मैले पनि मन मनै त्यो राम बाणलाई प्रणाम गरी - "सक्दिन" भनेर जवाफ दिए । उसको मुहारमा पृथ्वीमा ग्रहण परे झै कालो पनले ढाक्न थालेको थियो , नचाएर पनि होला उसको आँखामा पानीका थोपा हिलोमा कमल फुले झै सुसज्जित थियो । त्यो आशुको थोपाले आफ्नो मालिकलाई छोडि मेरो काधमा बिलाउने निर्णय गरेको थियो र त्यो चिसोपन मेरो काधमा गई बिलाएको मलाई महसुश भयो ।
च्याङ्ग्री - "किन तिमी उसलाई मन पराउदैनौ, के तिमीले मेरो साथीसँग खेलवाड मात्रै गर्या हौ ?" भनेर सोधिन । उसको आवाजमा आफ्नो साथीको निमित्त प्रेम र उसको हितेशीपन झल्केको प्रष्ट थियो , तर त्यो स्वोरमा मेरो निम्ती बहेको क्रोधलाई पनि मैले चिनेको थिए ।
म पनि च्याङ्ग्राकै घनिष्ट परे, उु स्कुल भागी भागी सिनेमा हेर्न जादा उसको साथमा मै हुन्थे मैले पनि त्यत्रो सिनेमा हेर्या काम त लगाउनु नै थियो ।
मैले च्याङ्ग्रीको प्रश्नलाई - " म तिम्रो साथीलाई एक दम मन पराउछु, म उु सँग मेरो जीवन बिताउन चाहन्छु । म उसको हरेक सुख दु:खको साथी हुन चाहन्छु , हरेक बिहान उसको छेउ उठेर, उसको मुहार हेरेर भगवानलाई आफुलाई भाग्यमानी बनाएकोमा धन्य दिन चाहन्छु, बिहानको नास्ता, दिउसोको खाना, साझँको चिया र रात्रीको गासँ उु सँगै खान चाहन्छु । उु सँग म आफ्नो नयाँ परिवार बनाउन चाहन्छु, जानी जानी उु सँग झगडा गरी उसलाई फकाउन चाहन्छु, आफ्नो हदले भयाको सम्म सबै सुख दिन चाहन्छु । म मरे भने यो चाहना पुरा हुँदैन त्यसैले म उसको लागि मर्न सक्दिन " भनेर जवाफ दिए ।
रामबाणले हनुमानको भक्तीलाई प्रणाम गरे झै च्याङ्ग्रीको प्रश्नले पनि मेरो उत्तरलाई प्रणाम गरी बिलायो । केही क्षण चन्द्रको ग्रहण पछी सुर्य फेरी पृथ्वीमा झल्किदा, चन्द्रको परीधीबाट मणी अन्कित औठी झल्केको झै उसको मुहारबाट त्यो ग्रहण हटी, उज्ज्यालो पन झुल्कन थाल्यो । त्यही मणी अन्कित औठी मैले मन मनै उसलाई लगाइदिए । उसले मेरो हातलाई अंकमाल गरिन तर वास्तबमा उसको हृदयले मेरो हृदयलाई अंगालोमा लिएको थिईन् । मेरो काधमा फेरी उसको ओठको स्पर्श महसुश भयो र यस पटक त्यो स्वप्न थिएन, यथार्त थियो ।
यो नीर्मल क्षणलाई भंग पार्न च्याङ्ग्राले कोशीश गर्यो - " माने प्रभु माने, तपाईलाई कोटी कोटी प्राणाम । " तर समयको परिस्थिती च्याङ्ग्रीले बुझेको थिईन् र च्याङ्ग्राको दाम्लो समाउदै उसलाई त्यहाँबाट चर्न अन्तै लगिन् । हाम्रो सामु बिलाउन अघी दुबै हाम्रो तर्फ फर्की च्याङ्ग्राले - "ल अब हाम्रो नासो तेरो भयो बैरे, राम्रो सित साचेर राख्नु नि फेरी " भनेर भन्यो । उसले च्याङ्ग्रालाई दाई भनेर सम्भोदन गर्या भएर च्याङ्ग्रा दाईको हक निभाएर आफ्नी बहिनी मलाई स्वोम्पेको कुरा मैले बुझेको थिए ।
म केही बोलिन, उनीहरु हाम्रा आँखा अगी बिलाए ।
हामी एकै छिन मौन थियौ, म वरी परीका द्रिश्यलाई आफ्नो मायालुको दाजो गर्दै थिए र हरेक चोटि उस्कै जीत हुन्थ्यो । त्यो मौन्तालाई भंग गर्ने मन मलाई थिएन, तर पच्चिम दिशा क्षितिज भन्दा माथि आएर मन्दौदै गरेको सुर्यलाई निल्न खोज्दै थियो , उदाउदै गरेको चन्द्रले हाम्रो भेटको अन्त जताउदै थियो । चन्द्रमा गमक्क पर्नु अघी मनको कुरा उु सँग पोख्नु जरुरी ठानेर मैले - "किन मौन छौ, म सँग केही कुरा गर्नु मन छैन " भनी सोधे ।
"होइन, कुरा कहाँबाट सुरु गर्ने भनी सोची रहेकी थिए " भनी उसले जवाफ दिदै फेरी मलाई - " अघी तिमीले भनेको कुरामा सत्यता थियो कि मलाई मख्खाउन मात्रै भनेको" भनी सोधिन ।
म - "तिमिलाई के लाग्छ ? "
उ - "खै म तिम्रो मनको कुरा कसरी बुझु ?"
म - "मन त तिमी सँगै छ सोधे भई हाल्यो नि, यदी च्याङ्ग्राले भने झै जे पनि गर्न सक्या भए त यो समयलाई अहिले यही रोकिदिन्थे। "
उनी पेरी मुस्काराईन
यसरी नै हामी केही क्षण आ-आफ्नो तर्क हरु गर्दै थियौ साथै आफ्नो भविष्यको कुराहरु पनि । उसलाई डाक्टर पढ्नु मन रहेछ र उसको दाई झै उसलाई पनि पाकिस्तान बाट त्यो डिग्री हसिल गर्नु थियो । घरमा छोरीपनी छोराको दाजोमा अघी बढ्न सक्छ भनी देखाउन उसलाई मन रहेछ । मैले उस्को निर्णय लाई आफुले पनि समर्थन गरेको र हरेक कदममा उसको समर्थन गर्ने छु भनी सुनाए, तर पनि मन खिन्न थियो । उनी परीक्षा परिणाम पछी नै जानु पर्ने रहेछ । आफुबाट आफ्नो माया टाढा हुने भईन् भन्ने पिरले उनी साथमा हुँदा पनि उसको अवाभ महसुश हुन थाल्यो ।
उसले मेरो हात थाम्दै ,
"
बैरे जाने कुरा आहिले सम्म निस्चित भएको छैन, अतितको कुरा गरेर फाईदा नभएको झै, भविश्य पनि अनिश्चित छैन, त्यसैले भविश्यको बिकल्पमा हामी आफ्नो बर्तमानलाई खेर नफालौ । अहिले म तिमीसँग छु, तिमी म सँग यो भन्दा अरु केही मैले खोज्या पनि छैन र खोज्दिन पनि । अहिले तिमी नै मेरो अतित, बर्तमान र भविश्य हौ र यो कुरालाई तिमी बदल्न नखोज । "
भावुक कुरा हुँदै थियो, कवाफमा हड्डी भन्या झै दुई मलेवा जोडी टप्किए ।
च्याङ्ग्री - " के हो तिमीहरुलाई घर जानु छैन ? ओये तलाई तेरो बाउँले मार्ला नि लागुम अब घर तिर "
मैले च्याङ्ग्रीको कुरालाई नकार्न सकिन, हामी पो केटो मान्छे ढिला भएनी फरक पर्दैन , तर उनी त भर्खर जलजलाउदो युवती थिन्, मान्छे हरु कुरा काट्ने निउ मात्रै पाउथे । त्यसो हुन म चाहन्न थिए । हामी त्यहाँ बाट आफ्नो वास स्थान तिर फर्कियौ । जादा ओठका स्पर्श हरु भ्रम मात्रै थियो भने फर्किदा त्यो भ्रम साचो भई वास्तबीक्ता बनेको थियो । मेरो जिउलाई उसको अंगालोले थामेको थियो भने मेरो काधले उसको शिर र ओठका स्पर्शहरु लाई ।
तरुनीहरुलाई घर छोडेर हामी पनि आफ्नो आफ्नो बाटो नाप्यौ । च्याङ्ग्राले एकै छिन जाम मेरोमा भन्दै थियो तर म एकान्त चाहन्थे, उ सँग गरेका कुराहरु, उसको स्पर्शहरु सम्झी त्यो रात ताराहरु सामु बिताउन चाहन्थे । जीवनले नौलो मोड लिएको झै लागिरहेको थियो त्यसैले म एकान्त चाहन्थे । दिनले रात निघलेको , ताराहरु भएको आकाशमा कती खेर चरा चुरुङ्गीले ढाक्यो केही पनि यादै भएन ।
................... (अब हरेक भेटका कुराहरु लेख्न थाले भने कहिले टुङ्गिने ? त्यसैले हाम्रो बिछोडका दिन तिर लागुम् )
यसरी समय बिती रहेको थियो हाम्रो डबल डेट जाने क्रम पनि जारी नै थियो । उसले पढाईमा पनि ध्यान दिनु पर्छ भनेर कहिले काही कम्बाईन स्टडी पनि गरियो ।
हेर्दा हेर्दै परिक्षाले पनि ढोका ढक्ढक्याउन थाल्यो र जसरी आएको थियो उसै गरी बिलायो पनि ।
परिक्षा सके पछी हामी शहरका राजा भयौम्, सगरमाथा नै चढ्या झै हाम्रो सान थियो । घरमा पढ भन्ने कच कच पनि बन्ध भएको थियो, अब केवल प्रतिक्षा थियो त परीणामको ।
मलाई भविश्यको प्रतिक्षा गर्नु थिएन कारण परीणाम थिएन मेरी मायालु र मेरो बिछोडको चोट थियो । हरेक चोटि हाम्रो भेट हुँदा, जती नचाहदा पनि म हाम्रो बिछोडको साहीत लियी समय आइपुग्छ भन्ने चिन्तामा पर्थे । उसले पनि मलाई स्वान्तोना दिन धेरै प्रयास गर्थी, उसको प्रयास ब्यर्थ नजावोश भनी म हासिदिन्थे, त्यो क्षण नारायण गोपालले "मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ " भनेको मर्म बुझे ।
समयले रोक्ने कुरा नै गरेन, मेरो बसन्तमय जीवनमा काचुली फेरी हिंदको जाडो पन छाउन थाल्यो । कुह्री रहेको साहित पनि अब डाँडा काटी बेसी झरी टोल मै पुगिसकेको थियो, हल्ला खल्ला धेरै भयो र हावाले पनि साहितको समय मेरै कानमा ल्याएर सुनाईदियो अब त के पर्खाइ भयो र ?
जानु एक दिन अघी उसले मलाई रोक्न को लागि आग्र्ह गर्यो तर उसको उन्नतीको अड्कनको कारण म कसरी बन्नु ? अहिले हाम्रो दाइत्व फेरिएको थियो, सम्झाउनु पर्ने मान्छेलाई सम्झिनेले नै सम्झाउनु पर्यो ।
छेउमा च्याङ्ग्रा स्थितीलाई अली सरल बनाउन कहिले - "टाढा नजाइ देउ तिमी " र कहिले "आँखै मा झल झली " भन्दै गाउदै थियो । मेरो उपस्थितीले उसको आँखा रसाएको थियो भने च्याङ्ग्राको गीतले उसको ओठमा हासोको किरण झुल्काएको थियो ।
जाने दिन आफुले हासी हासी उसलाई नयाँ यात्रामा पठाउने निर्णय गरे । त्रिभुबन अन्तराष्ट्रिय बिमान्स्थलमा हाम्रो हुल जम्मा भयो , च्याङ्ग्रीको आँखाबाट टुकुचामा बाढी ल्याउने खोला बगीरहेको थियो, च्याङ्ग्रा पनि समय समयमा आँखा रसाउदै बिलाउथ्यो, म भने कापेको स्वोरले आफ्नो मायालुलाई बिदा गर्दै थिए, पुग्न साथ फोन गर्ने आग्रह गरे । च्याङ्ग्रा र मैले केही बाचावट गर्या पैसा पाकिस्तानी रुपैयामा साटेर उसलाई दिए । घरबाट लग्या पैसा त्यहाँ पढाईमा खर्च होला बरु अरु खर्च हामी बेवरौला, पैसा चाहिएमा फोन गर्नु, समय समय मा चिट्ठी लेख्दै पनि गर्नु भनियो, के गर्नु यो जमानामा झै ईमेल र ईन्टरनेटको सुविदा थिएन ।
बिछोड बिनाको मिलन पनि के मिलन भने झै जानु अघी मैले उसलाई म उसको प्रतिक्षा गरी रहने छु भनेर आश्वासन दिए र सोही उसले पनि मलाई । उसका आँखा फेरी रसाए, मलाई फेरी आफ्नो अंगालोमा बाधिन्, मैले पनि उसलाईलाई कसेर अंगालोमा लिए । जहाज उड्ने समय भई सकेको थियो उसलाई अरु थाम्न मैले सकिन ।
उनी हावाई जहाज भए तिर लागिन आफुले हावाई जहाज आँखामा नबिलाउन्जेल हेरी रहे ।
"ल ल हिड जाम, यो घाडोलाई (च्याङ्ग्री) नि घर छोड्नु छ " च्याङ्ग्राले च्याङ्ग्रीलाई अंकमाल गर्दै भन्यो
च्याङ्ग्रीले, च्याङ्ग्रालाई केही भनिन, उसलाई पनि थाहा थियो च्याङ्ग्राले उसको मुहारमा हासो ल्याउने प्रयत्न गर्दै थियो भनेर । हामी त्यहाँबाट घरतिर लागेम ।
अब मेरा दिन के रात के केही थाहा थिएन, केवल उसको यादले सताइ रहन्थ्यो , आफ्नो मनलाई सम्झाउन नारायण गोपाल, प्रेम धोज प्रधान, र अन्य गायकका सेन्टी गीतहरु आफ्न साथी बन्न पुगेका थिए । उ सँग, सके हप्ता दिन नसके १५ दिनको एक चोटी चाँही कुरा गर्थे । फोनमा उसको स्वोर कापेको हुन्थ्यो, तर आफु नै सम्हालेर उसलाई सम्झाउनु पर्थ्यो , उही नारायण गोपालले भने झै -
केही मिठो बात गर रात त्यसै ढल्किदै छ,
भरे फेरी एकान्तमा रुनु त छदै छ ।
मलेवा जोडीले पनि समय समयमा भेट्न बोलाउथे तर कवाफमा हड्डी हुन किन जाने भनेर सके सम्म चाँही टार्थे तर कहिले काही साह्रै कर गरे भने चाँही भेट्न जान्थे । भेट्ने ठाउँ फेरी उही बेकरी, नाङ्ग्लो त हो नि, त्यहाँ गए नि उसैको यादले सताउथ्यो, प्रेम धोजले भने झै -
शहरमा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठावै छैन ।
फोनमा कुरा भए नि चिट्ठी चाँही लेख्ने नै गरिन्थ्यो, रात गीतहरु ले कटाउथे भने दिन चाँही आर्चिस र हलमार्कमा गई, भावुक कार्ड र नयाँ नयाँ दिजाईन को प्याड खोजेर बित्दै थियो । उसका चिट्ठी आउँदा दिनै रमाइलो हुन्थ्यो, हरेक चिट्ठीमा उसले मेरो अभाव अनुभब गरेको कुरा लेक्थी। दुरीले मेरो महत्वो उसको जीवनमा झन धेरै भएको लेख्थी । अन्तमा चाँही सधैं उसको लागि कुह्री रहनुको लागि आग्र्ह गर्थी ।
जवाफमा मैले पनि सधैं हर पल हर क्षण उसलाई सम्झी रहेको कुरा लेख्थे र उसको लागि जती कुर्नु परे नि कुर्थे भनी लेख्थे, - " म केवल तिम्रो हुँ र तिम्रो बाहेक अरु कसैको कहिले हुन सक्ने छैन " यि शब्दले सधैं चिट्ठी टुङ्गाउथे ।
खडेरी परेको भुमीमा पानीको थोपाले जसरी त्रिप्त बनाइ नयाँ जीवन ल्याउछ, त्यसै गरी उसले पठाएको एउटा चिट्ठीले मेरो जिन्दगीमा रंग भरी दिएको थियो, उनी काठमाडौं आउँदै थियी, दशैंको छुट्टीको लागि । चिट्ठीको अन्त्यमा बैरे म दशैंको छुट्टीको लागि आउँदै छु, आस्विन १२ मा काठमाडौं आइपुग्छु, १ बजे पुग्छौ होला काठमाडौं ।
अब बाँकीको दुई महिना औंला भाच्दै बित्ने भयो । दिन धल्दै, रात बल्दै गए आउने दिन अब एकै हातमा गन्न मिली सक्या थियो । एकै दिन मात्रै बाँकी हुँदा म मलेवा जोडीलाई भेट्न गए, मेरो मुहारको रौनक देखेर च्याङ्ग्राले मलाई चाट्न गगल्स लगायो - "ओहो हिरो, हिरा झै चम्क्या छस नि के हो राजा ? "
मैले केही बोलिन, बोल्ने काम मेरो हातले त्यस्को ढाडमा गर्यो, च्याङ्ग्रीले "अनी भोलीको दिन सम्झी सम्झी निन्द्रा नै लाको छैन कि क्या हो" भन्दै सोधी, मैले उसको कुरा हासेर नै उडाए । "भोली १ बजेको आगमन छ १२:३० मै घर बाट निस्किनु पर्छ है " मैले भने
च्याङ्ग्रा हाँस्दै - "कहा १२:३० सधैं ढिला हुन्छ चाहे आर ए होस् या पि आइ ए । तेरो घरको छतबाट आकाश तिर हेरुम्ला जहाज आउँदै गर्या देख्नै बित्तिकै लागुम्ला नि, हुन्न र "
च्याङ्ग्रा अरु केही बोलेन उु ढाड सुम्सुमौदै ब्यस्त भयो । च्याङ्ग्रीले हुन्छ भोली १२:३० बजे तिरै पुगुला भनीन् । ढल्केको घाम सँगै हामी पनि त्यहाँबाट निस्केर सुस्ताउन गयौम् । तर मैले त त्यो दिन चन्द्रमाको पनि दाइत्व निभाउनु पर्ने थियो रात भरी अधेरो बाटोमा मार्ग देखाउने गरी चम्की रहे । चन्द्र र सुर्यले आफ्नो कार्य साट्ने छोटो समयको अन्तरमा आँखा लाग्या मात्रै थियो आमाले ढोका ढकढकाईन्, उठेर आफ्नो नित्य कर्म गरी गाडी लिदै लागे च्याङ्ग्राकोमा । त्यहाँ बाट नयाँ बानेस्वोर चोक मा च्याङ्ग्रीलाई लिदै हामी बिमान्स्थल तिर लाग्यौ ।
हरेक मिनट पनि युग बित्या झै भयो र घडीको सुईले १:०० लाई छोयो, तर प्लेन आगमन भएको कुरा चाँही सुनिएन । च्याङ्ग्रा करौदै मैले भनेकै थिए यहाँ सधैं प्लेन आउन पनि धिला जान पनि धिला , नेपाली टाईममा आउँ भन्या के मान्थीस्, ल एक सर्को लगाउ बिहान देखी तान्या छैन । मन नभए नि गए , हेर्दा हेर्दै, घडी १८० डिग्रीको अन्तरमा पुग्यो तर पनि जहाजको केही पत्तो थिएन ।
उसका परिवार पनि उसकै प्रतिक्षामा बसी रहेका थिए, साशुलाई त थाहा थियो ससुरालाई भने मेरो बारे ज्ञान थिएन । पर्खाइ पनि धेरै भयो भन्दै च्याङ्ग्रा खै को दाईलाई सोधी आउछु भनी गयो, उसको त्यो दाई चाँही टावोरमा काम गर्छ रे भन्दै गयो ।
म एक्कै छिन् त्यहाँ बाट हटी सौचालय तिर लागे, बाहिर निस्किदा च्याङ्ग्रा आउँदै गरेको देखे, तर उु आउनु भन्दा अघी नै माहोल बद्लिसकेको रहेछ । मेरी मायालुको बाउँ लाई खबर आइसकेको रहेछ उसका परिवारमा कोलाहल सुरु भयो । मैले सोच्नै नहुने कुरा हरु सोच्न थाले च्याङ्ग्री पनि त्यही बसी आँखाबाट आशु झार्दै थियीन् । च्याङ्ग्रा म भए ठाउँमा आयो , मैले के भो, भन्दा केही बोलेन मलाई हिड अली पर जाम भन्दै लग्यो । मैले सोचेको यथार्त भएको रहेछ, जहाजसँग बार्तालाव छुटे पछी विष्फोट भएको जानकारी गराईएको थियो ।
म निस्ब्द भए, हात खुट्टा काप्न थाले, आँखा अगाडि अन्धकार छायो, आशु झर्ने कि नझर्ने निर्णय नै गर्न सकेन । बिधाताले आएर मेरो शरीरबाट मुटु चुडाली लगे झै मुटु दुख्न थाल्यो । मेरो सारा संसार नै उल्टेको थियो , मैले त्यो कुरा हुनै सक्दैन भन्दै फेरी च्याङ्ग्रा सँग गई यात्रीको लिस्ट हेर्ने अनुरोध गर्यौ । बिधीको बिडम्बनालाई मैले फेर्न सकिन उस्को नाउँ त्यो लिस्टमा देखियो । च्याङ्ग्री आएर मलाई अंगालो हाली, म मा केही बोल्ने क्षमता नै थिएन, केवल आँखा बोली रहेका थिए ।
मेरो आँखा अगाडि मेरो मायालुको मुहार झल झली आइरहेका थिए । उसले चिट्ठीमा प्रतिक्षा गर, प्रतिक्षाको फल मिठो हुन्छ भनी लेख्या थियी, मैले प्रतिक्षा गरे तर निठुरी दैवले मेरो भागको फल अरु कसैलाई दिएछ । उसका हरेक कुरा हरु उसको हरेक स्पर्श हरु अझै पनि मेरो शरीरमा हरेक श्वास सँगै बगी रहेका थिए केवल उसको अवाभ थियो । उसकी आमा पनि मेरो सामु आएर मलाई अंगालो हाल्नु भयो , यो के भयो भन्दै मलाई सोध्नु भयो ....... म सँग वहाँको प्रश्नको जवाफ नै थिएन ।
खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ भने झै त्यो पिडाको पिडा केवल सहँदा नै थाहा हुन्थियो । त्यो एक्लोपन , पिडालाई बयान गर्न साहित्यकारहरुको कुबेरको शब्दवली त रित्तो हुन्छ भने म मा त्यस पिडालाई बयान गर्ने शब्दहरु के होला? तर त्यो पिडा सत्रुले भोग्न नपरोस् भन्ने कामना गर्छु । त्यो पिडाको चोट दैवले मेरो लागि साचेर राख्या थियो
च्याङ्ग्रा मलाई समहाली राखेको थियो, च्याङ्ग्रालाई हेर्दै , च्याङ्ग्रीले - " तिमीले मेरो लागि जे पनि गर्न सक्छु भन्या होइन, मेरो साथी लिएर आउन भन्दै बिन्ती गरिन "
च्याङ्ग्राले मेरो घरमा फोन गरी मेरो आमा बाउँ लाई खबर गरी सक्या रहेछ, मेरो आमा बाउँ आइ मलाई फेरी आफ्नो अंगालोमा हाले, मेरो आमा मेरी मायालुको आमालाई समवेदना, सहानुभुती दिन जानु भयो । हामीलाई लिएर घर तिर लाग्नु भयो।
म कोठामा पसे, साथमा च्याङ्ग्रा र च्याङ्ग्री पनि थिए । सबको आँखामा मेरी मायालुको तस्विर आशुले धुदै झन चहकिलो पर्दै थियो ।
च्याङ्ग्राले हिड माथि कौसी जाम भन्यो - हामी तिनै जना कौसी तिर लाग्यम् ।
केही क्षणको मौन्ता पछी च्याङ्ग्रीले - " बैरे तिमीले आफुलाई सम्हाल्नु पर्छ, जे भयो त्यसलाई न त तिमीले बदल्न सक्छौ न त मैले, तर तिमीले आफ्नो जीवनलाई यही क्षणमा राखी अघी नबढ्नु चाँही ठुलो गल्ती हुने छ " भन्यो ।
म सँग बोल्नको लागि न त केही शब्दहरु थिए न त ईच्छा नै । म केवल कौसी बाट देखिने त्रिभुवन बिमान्स्थल तिर हेर्दइ थिए ।
" बैरे, उसले भनेको कुरा ठीक हो, तैले जीवनमा अघी बढेर नै उसको मायालाई जिवित राख्नु पर्छ, त यहाँ यो तालमा बसिस भए उस्को आत्मा लाई पनि शान्ती हुँदैन " च्याङ्ग्रा ले भन्यो ।
म - " म कसरी अघी बढ्नु ? मैले मेरो जीवन उु सँगै बिताउने कसम खाएको छु, हर पल हर क्षण उु सँगै बिताउने बाचा गरेको छु, समय को अन्त सम्म उसको प्रतिक्षा गर्ने प्रण गरेको छु, म कसरी अघी बढ्ने ? "
च्याङ्ग्रा - " तेरो प्रण उु यहाँ भएको भए पुरा गर्ने कर्तब्य हुन्थ्यो तर जब उु नै यहाँ छैन, त्यो प्रणको के नै मान्यता भयो र ?"
म बहसमा पर्न चाहन्न थिए , चुप लागि बसे ।
त्यो रात च्याङ्ग्रा र च्याङ्ग्री दुबै मेरो मा नै बसे । रात भरी म आफ्नै भाग्य सँग जुधी रहेको थिए , रामले छोडेको राम बाण र बिधाताले लेखेको भाग्य के फर्किन्थ्यो र ? हार मेरै भयो । रातको अधेरोलाई आँखाको आशुले धोई बिहानीको किरण झ्याल बाट कोठा भित्र पस्यो , मलाई त्यो दिनको केही मान्यता थिएन । मेरो सुर्य त हिजै डुबेको थियो र अब कहिले उदाउने थिएन ।
च्याङ्ग्रा र च्याङ्ग्री पनि रात भर मेरै साथमा थिए उनीहरुको जीवनमा मेरी मायालुको अभावले एक्लो पन छाएको थियो ।
च्याङ्ग्रा - "बैरे, आज तेरो लागि नयाँ दिन हो, तैले पनि अब उसलाई जान दिनु पर्ने छ, तलाई समय लाग्ला तर छोड्नु तैले पर्छ । आज नै त्यसको सुरुवात गर्नु पर्छ, हुन त बुढा पाकाले यसतो समयमा मन्दिर जानु हुन्न भन्छन तर हामी चाँही जानु पर्छ । यो कथा जहाँ सुरु भाको हो त्यही टुङ्गाउनु पर्छ । आज मंगलबार हो , यो कथाले बङ्गला मुखीमा सुरुवात गरेको थियो आज त्यही गई एसको बिसर्ग गर्नु पर्छ । त तयार हुँ । "
हामी त्यहाँबाट बङ्गला मुखी तिर लाग्यौ , भागवती सँग एक छिन गुनासो पोखे तर ढुङ्गाको मन भएकीले के नै बोल्थी र ? दर्शन सँगै मेरो मायालुलाई शान्ती मिलोश भन्ने कामना गरेर त्यहाँबाट फर्के ।
बाटोमा च्याङ्ग्राले चुरोट सल्कायो, आँखा भरी आशु पार्दै, "यो तिहारमा बहिनीको हातको टिका लगाइ आफ्नो आयु पनि उसैलाई लागोस भन्ने कामना गर्छु भन ठानेको थिए, तर उनी रिसाइ मलाई एक्लो पारी गयो ।" आशु पुछ्दै उसले एक लामो सर्को तानी मुसुल्टो धुवा सँगै आफ्नो बहिनीलाई पनि आफ्नो गाठोबाट मुक्त गर्दै -
" जीवन छ छोटो यहाँ तर दरिलो माया,
झर्दो रहेछ आशु यहाँ छोडि जानेको यादमा ।
थाहा छ सबलाई यहाँ छोडि जानु छ एक दिन
त्यही पनि रोई दिन्छ, छोडि जानेको यादमा ।।"
हामी आफ्नो आफ्नो घर तिर लाग्यौ ..............................
समाप्त